अर्थ

चितवनको किसान दानाको आठौं बिक्री डिपो पोखरामा शुभारम्भ

पोल्ट्री क्षेत्रमा अग्रणी दाउन्ने समूहको किसान दाना उद्योगले संकलन गर्ने अण्डा बिक्रीका लागि आठौं डिपो आजबाट पोखरामा शुभारम्भ गरेको छ ।पोखरा महानगरपालिका वडा नं २ बाग्लुङ बसपार्कमा स्थापित डिपोको पोखरा उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पवन कुमार प्रजापतिले उद्घाटन गरे । घरघरमा अण्डा पु¥याउने उद्देश्यका साथ पोखरामा डिपो सञ्चालन गरेकोमा खुसी व्यक्त गर्दै उनले देशभर शाखा बिस्तार गर्न शुभकामना दिए ।कार्यक्रममा किसान दाना उद्योग प्रा.लिका अध्यक्ष रघुनाथ भट्टले किसानबाट पाँचौ तह पार गरेर मात्र उपभोक्ताकोमा अण्डा पुग्दै आएकोमा अब सोझै… पुरा पढौ

धार्मिक महोत्सवबाट साढे तीन करोड सङ्कलन

बलेवा । गलकोटको लक्ष्मीनारायण मन्दिरमा सञ्चालन गरिएको धार्मिक महोत्सवबाट रु साढे तीन करोड सङ्कलन भएको छ । गलकोट नगरपालिका–९ छिसमा रहेको गलकोटकै पुरानो मन्दिरमा महोत्सव सञ्चालन भएको थियो । यही मङ्सिर ६ गतेदेखि मन्दिरमा आयोजना गरिएको महायज्ञ तथा विश्व जागरणात्मक धार्मिक महोत्सव सोमबार सम्पन्न भएको थियो । धार्मिक महोत्सवमा स्थानीयवासीले दान र चन्दा सहयोग गरेका महोत्सव व्यवस्थापन समितिका कोषाध्यक्ष यज्ञप्रसाद सापकोटाले जानकारी दिए । धार्मिक महोत्सवमा सुप्रसिद्ध कथा वाचिका यशोदा माता र युवा व्यास प्रखर भागवत वक्ता सुदर्शन रामानुजदास सन्तोषले… पुरा पढौ

पोखराको हेमजा स्थित जैसीकुना डहरे देउरालीमा मोटरेवल पुल निर्माण गर्न स्थानियको माग

पोखरा । गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले पोखरा २५ हेमजा स्थित जैसीकुना डहरे देउराली क्षेत्रमा मोटरेवल पुल निर्माण गर्न अभियानको शुरुवात गर्ने बताएका छन् । एक समारोहका बिच पैदल पुलको मंगलबार उद्घाटन गर्दै मन्त्री बरालले स्थानियको माग भए बमोजिम मोटरेवल पुल निर्माण गर्ने अभियानको सुरुवात गर्ने बताएका हुन् । सानो रकममा हालै निर्माण भएको उक्त पुलबाट स्थानियमा छाएको खुसिले आफु निकैै प्रभावित भएको बताउदै मन्त्री बरालले सानो रकमले जनतालाई धेरै खुसि छर्न सकिने जनाए । माओबादी… पुरा पढौ

चार महिनामा रु. ३४ लाखको टिकट बिक्री

तनहुँ । जिल्ला हुलाक कार्यालयले चार महिनाका अवधिमा झण्डै चौतिस लाख बराबरको हुलाक टिकट बिक्री गरेको छ । गत साउनदेखि गत कात्तिक मसान्तसम्मका अवधिमा रु. ३३ लाख ८३ हजार ८२० को टिकट बिक्री गरेको छ । कूल टिकट ६ लाख ६० हजार ८५० टिकट बिक्री गर्दा उक्त राजस्व सङ्कलन भएको कार्यालयका हुलाक अधिकृत मित्रलाल भट्टराइले जानकारी दिए । साउन महिनामा रु. सात लाख ३९ हजार ७७५ भदौमा रु. पाँच लाख ७६ हजार ४९५,असोजमा रु. एघार लाख २४ हजार १७५ र… पुरा पढौ

एघारौं पोखरा महोत्सव पुष २८ देखि माघ ९ सम्म, ४१ उपसमिति गठन

एघारौ पोखरा महोत्सव आगामी पुषको २८ देखी माघको ९ गते सम्म हुने भएको छ । युनाईटेड क्लव पोखराको आयोजनामा पोखराको अमरसिंह चौरमा महोत्सव हुने आयोजक युनाईटेड क्लवले जनाएको हो । महोत्सवलाई भव्य र सभ्य बनाउनका लागी विभिन्न उपसमिति तथा सल्लाहकारहरु चयन गरेको छ । कोभिड १९ का अघिल्लो वर्ष महोत्सव हुन सकेको थिएन ।सोमबार बसेको क्लवको बैठकले युनाईटेड क्लवका अध्यक्ष राजु श्रेष्ठ मुल आयोजक समिति संयोजक रहने गरि ४१ वटा उपसमितिहरु गठन गरेको छ । जस अन्तर्गत कार्य सम्पादन उपसमिति… पुरा पढौ

सुन तोलाको ९२ हजार

काठमाडौँ । सुनचाँदी बजारमा साताको पहिलो दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु. ९१ हजार ३०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु. ७०० ले बढेको हो । पाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु. ९१ हजार ५०० कायम भएको छ, जसको मूल्य गत शुक्रबार प्रतितोला रु.९० हजार ८०० तोकिएको थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु. १०… पुरा पढौ

वालिङमा व्यावसायिक छुर्पी उत्पादन

स्याङ्जा । स्याङ्जाको वालिङस्थित अकला साना किसान कृषि सहकारी संस्थाले व्यावसायिक रुपमा छुर्पी उत्पादन गर्न थालेको छ । स्थानीयस्तरमा उत्पादित दूधलाई बजारीकरणमा सहयोग पु¥याउनुका साथै किसानलाई दूग्ध उत्पादन व्यवसायमा थप उत्साह बढाउने उद्देश्यसहित व्यावसायिक रुपमा छुर्पी उत्पादन थालिएको संस्थाका अध्यक्ष पुण्यप्रसाद अर्यालले बताए । स्थानीय किसानले उत्पादन गरेको दूधबाट दूध, दही, घ्यू, पनीर, खुवालगायत दूग्ध परिकार बनाएर विक्री गर्दै आएको सहकारीले गतवर्षदेखि वालिङमै व्यावसायिक रुपमा छुर्पी उत्पादन थालेको उनको भनाइ थियो । ”सहकारीमार्फत स्थानीय किसानलाई बिना ब्याजमा कर्जा प्रवाह ग¥यौँ,… पुरा पढौ

प्रतितोला रु. २०० ले घट्यो सुनः चाँदीको मूल्य स्थिर

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. २०० ले घटेर रु. ९१ हजार ३०० कायम भएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु. ९१ हजार ५०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु. ९० हजार ८०० तोकिएको छ जसको मूल्य बिहीबार प्रतितोला रु. ९१ हजार थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रहेको महासङ्घले जनाएको छ । चाँदी बिहीबार प्रतितोला रु.… पुरा पढौ

सुचनाको हक सम्बन्धी कानून निर्माणमा गण्डकी सरकार प्रतिबद्ध : मन्त्रीथापा

मंसिर १५, पोखरा । गण्डकी प्रदेश सरकारकाकानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले सुचनाको हक सम्बन्धी कानून् निर्माणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । बुधबार सञ्चारिका समूह गण्डकी प्रदेशले लेखनाथमा आयोजना गरेको सुचनाको हक सम्बन्धी दुई दिने प्रवोधिकरण तथा प्रदेश भेला कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले गण्डकी सरकारले सो सम्बन्धी विधेयक ल्याउन लागेको र मस्यौदा निर्माणको काम भइरहेको जानकारी गराए ।‘गण्डकी सरकार सुचनाको हक सम्बन्धी कानून बनाउन प्रतिबद्ध छ । अहिले मस्यौदाको काम भइरहेको छ । विज्ञहरुसँग… पुरा पढौ

नेप्सेको ओरालो यात्रा आज पनि जारी, कारोबार रकम पनि घट्यो

काठमाण्डौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले घटेको छ । आइतबार उच्च अङ्कले ओरालो लागेको नेप्से आज केही थामिए जस्तो भए पनि कारोबार बन्द हुँदासम्म २१.४८ अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २१.४८ अङ्कले घटेर दुई हजार ६३०.०१ मा ओर्लेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६ अङ्कले घटेर ४९५.४५ मा सीमित भएको छ । नेप्से परिसूचक ओरालो लागे जस्तै कारोबार रकम पनि रु चार अर्बमा सीमित… पुरा पढौ