अर्थ

तनहुँ जलविद्युत् आयोजनामा ढिलाइ हुनुहुँदैन : उर्जामन्त्री भुसाल

तनहुँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले तनहुँ जलविद्युत् आयोजना निर्माणमा ढिलाइ नगर्न निर्देशन दिएकी छन् । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको आयोजनाको आज निरीक्षणपछि कर्मचारीलाई निर्देशन दिँदै मन्त्री भुसालले समयमै आयोजना निर्माण सम्पन्न गर्नेतर्फ कटिबद्ध भएर लाग्न निर्देशन दिइन् । “प्रशासनिक जटिलताका कारण आयोजनाको काममा समस्या हुँदैन, त्यसका लागि सहजीकरण गर्न म सदैव तयार छु”, उनले भनिन्, “आयोजनास्थलमा दत्तचित्त भएर लाग्नुहोला ।” मन्त्री भुसालले आयोजनाको काममा कुनै समस्या आए राजनीतिक दल, जनप्रतिनिधि र सरोकारवालाले सहयोग… पुरा पढौ

सुनको मूल्य प्रतितोला रु. ९२ हजार १००

काठमाडौँ । सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला .रु ९२ हजार १०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु. ९१ हजार ९०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु २०० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु .९१ हजार ६०० कायम भएको छ । शुक्रबार प्रतितोला रु. ९१ हजार ४०० मा यसको कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका… पुरा पढौ

तोलामा रु. २०० ले बढ्यो सुन

काठमाडौँ । सुनचाँदी बजारमा साताको अन्तिम कारोबारका दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु. ९१ हजार ९०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु. ९१ हजार ७०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु. २०० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको मूल्य प्रतितोला रु. ९१ हजार ४०० छ जसको मूल्य बिहीबार प्रतितोला रु. ९१ हजार २०० तोकिएको थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. पाँचले घटेर… पुरा पढौ

कोन सहकारी बन्यो गण्डकी प्रदेशकै उत्कृष्ट करदाता

पोखराको कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड प्रदेशकै उत्कृष्ट करदाता बनेको छ । आन्तरिक राजश्व कार्यालय पोखराले कोन सहकारीलाई उत्कृष्ट करदाता घोषणा गर्दै मंगलबार सम्मान गरेको हो । कर सप्ताहको अन्तिम दिन मंगलबार आयोजित कर सप्ताह–२०७८ को समापन कार्यक्रमको अवसरमा उक्त सहकारीलाई सम्मान पत्र प्रदान गरेर सम्मान गरिएको हो । प्रदेशकै उत्कृष्ट करदाताका रुपमा सम्मानित कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ६७ लाख २९ हजार रुपैयाँ कर तिरेको आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख रमेश शर्माले जानकारी… पुरा पढौ

फेवातालमा फुटट्रयाक बनाउनु पर्छ : मन्त्री बराल

पोखरा ७, मंसिर गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले पोखरामा पर्यटकको बसाई लम्बाउन फेवाताल किनारमा फुटट्याक आवश्यक भएको बताएका छन् । पोखरा २२ स्थित तालपारी अनदु गुरुङ समाजको सोमबार अनदुमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री बरालले पोखरामा आउने पर्यटकको बसाई अवधि लम्बाउन फेवातालको किनार क्षेत्रमा फुटट्याक निर्माण गर्न आवश्यक भएको बताएका हुन् । फेवातालबाट नजिक भएर पनि पोखरा २२ माथिल्लो तथा तल्लो अनदु क्षेत्र सहितका स्थानियहरु अझै विकासको पूर्वाधारको हिसावले पछि परेकोले ताल वरीपरीको क्षेत्रको विकाससंगै… पुरा पढौ

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. २०० ले बढेर रु. ९३ हजार ९०० तोकिएको छ । पहेँलो धातु आइतबार प्रतितोला रु. ९३ हजार ७००मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु. ९३ हजार ४०० कायमभएको छ जसको मूल्य आइतबार प्रतितोला रु. ९३ हजार २०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु. १० ले बढेर रु. एक हजार २७० पुगेकोे महासङ्घले जनाएको… पुरा पढौ

मित्रता बहुउद्देश्यीय सहकारीमा मोक्तान

पोखरा । मित्रता बहुउद्देश्यीय सहकारी संस्थामा जयन्ती मोक्तानको अध्यक्षतामा ११ जनाको सञ्चालक समिति सर्वसम्मत चयान भएको छ । शनिबार सम्पन्न संस्थाको प्रारम्भिक साधारण सभाले उपाध्यक्षमा पूर्णकुमार श्रेष्ठ, सचिवमा नविन श्रेष्ठ, कोषाध्यक्षमा बुद्धिराम भट्टराईलाई चयन गरेको हो । यस्तै सहकारीको सञ्चलकमा सुनिलकुमार ठाकुर, सुशिला केसी, चुननारायण श्रेष्ठ, शिव थापा, चन्द्रावती श्रेष्ठ, सञ्जय शर्मा, स्वेयता श्रेष्ठ चयन भएको निर्वाचन संयोजक राजु श्रेष्ठले जानकारी दिए । साधरण सभाले लेखा सुपरिवेक्षण संयोजक रुद्र गिरी र सदस्यहरुमा रुबि रञ्जीत र शिवकुमार श्रेष्ठ चयन गरेको छ… पुरा पढौ

टान पश्चिमाञ्चलको साधारण सभामा पर्यटन पुनरुत्थान गर्नेदेखि हिमागृह र रत्न मन्दिर खुलाउनेसम्मको चर्चा

गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले पोखरा क्षेत्रको पर्यटन प्रबद्र्धन गर्न कम्तिमा एउटा नयाँपन दिने गरी कार्यक्रम संचालन गर्ने बताएका छन् । ट्रेकिङ एजेन्सिज् एशोशियसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रिय संघको शुक्रबार पोखरामा सम्पन्न भएको २८ औं बार्षिक साधारण सभाको उद्घाटन गर्दै मन्त्री बरालले पर्यटन प्रबद्र्धन गर्न कम्तिमा एउटा कार्यक्रम संचालन गर्ने भएको बताएका हुन् ।एनले भने, “अब हामीले छिट्टै पोखराका पर्यटन व्यवसायीहरुसंगको भेटघाट तथा छलफलमा बस्ने छौं, जसले कम्तिमा एउटा नमुना कार्यक्रम छनौट गर्ने छ, जुन कार्यक्रमले… पुरा पढौ

पोखरा–६ मा रहेको अन्नपूर्ण आधारभूत बिद्यालय फिर्केखोलाको जोखिममा

पोखरा महानगरपालिका वडा नम्बर ६ मा रहेको अन्नपूर्ण आधारभूत विद्यालय फिर्केखोलाको जोखिममा परेको छ । फिर्केखोलाको कटानमा परेपछि पोखरा लेकसाइडस्थित शान्तिपथमा रहेको अन्नपूर्ण आधारभूत विद्यालय जोखिममा परेको हो । विद्यालय जोखिममा परेको थाहा पाएपछि गण्डकी प्रदेशका अर्थ मन्त्री रामजीप्रसाद बराल –जीवन)ले विद्यालयको अवलोकन गरेका छन् । केहि अघि मात्र आएको वर्षाका कारण फिर्केखोलाको कटान बढेपछि सो विद्यालय जोखिममा परेपछि उनले विद्यालयको अवलोकन गर्दै संरक्षणका लागि पहल गर्ने बचन दिएका छन् ।फिर्केखोलाबाट ििद्यालय संरक्षण गरी सौचालय समेत मर्मत संहार गर्नुपर्ने अवस्था… पुरा पढौ

बगैँचा टोल विकासद्वारा बाटेका धुप बनाउने तालिम

पोखरा । पोखरा महानगरपालिका वडा नं ६ बैदाममा अवस्थित बगैँचा टोल विकास संस्थाले सदस्यहरुका लागि दुई दिने बाटेको धुप बनाउने तालिम प्रदान गरेको छ । मंसिर १ र २ गते गरी सञ्चालन भएको तालिममा करिब ५० जना प्रशिक्षार्थीहरु को सहभागिता रहेको थियो । उनीहरुलाई प्रशिक्षक सविना रानामगरले बाटेको धुप बनाउन सिकाएकी थिइन् । प्रमुख अतिथि पोखरा महानगर पालिका वडा नं ६ का वडा सदस्य तथा कार्यवाहक वडा अध्यक्ष हरिकृष्ण पहारीले कार्यक्रमको उदघाटन गर्दै, नेपाल सरकारले प्रयोगात्मक शिक्षालाई शहर बजार हुदै… पुरा पढौ