अर्थ

पोखरा–ढाका सिधा हवाइ उडानबारे पोखरामा छलफल

पोखरा । पोखरा–ढाका सिधा हवाइ उडान तयारीबारे छलफल भएको छ । नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा), गण्डकीले शुक्रबार पोखरामा आयोजना गरेको कार्यक्रममा विमान बंगलादेशका प्रतिनिधि र पोखराका पर्यटन व्यवसायीले सो विषयमा आवश्यक पहलबारे छलफल गरेका हुन् । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल संचालन आएलगत्तै बंगलादेशको राजधानी ढाका र पर्यटकीय सहर पोखरा जोड्न सिधा हवाइ उडान प्रभावकारी हुने विमान बंगलादेशका कन्ट्री म्यानेजर असिसुर रहमानले बताए । उनका अनुसार पोखराको मनोरम सुन्दरतामा बंगलादेशीहरु आकर्षित हुने गरेका छन् । हाल ढाका–काठमाडौं… पुरा पढौ

कोरोना नियन्त्रणमा खटिने फ्रन्टलाइनरलाई १ करोड निकासा गर्दै बरालले सम्हाले अर्थमन्त्रीको कार्यभार

नव नियुक्त गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले कोरोना नियन्त्रणमा खटिने फ्रन्टलाइनरलाई १ करोड निकासा गर्दै कार्यभार सम्हालेका छन् । शुक्रबार अर्थमन्त्रीमा नियुक्त भएका बरालले कोरोना महामारी नियन्त्रणमा फ्रन्टलाइनमा बसेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरसफाईकर्मीका लागि भत्ता स्वरुप १ करोड निकासा गर्दै अर्थमन्त्रीको कार्यभार सम्हालेका हुन् । यसअघी उनले दिउँसो सपथ खाएका थिए भने लगत्तै सहीदपार्क पुगेर सहीदको शालिकमा माल्यार्पण गरेका थिए । सहीदको शालिकमा माल्यार्पण पश्चात कार्यभार सम्हाल्न पुगेका मन्त्री बरालले त्यहाँ कर्मचारीलाई निर्देशन दिनुका साथै पार्टीका नेता… पुरा पढौ

नेपाललाई खोप खरिद गर्न एडीबीको २० अर्ब ऋण

एसियाली विकास बैंक (एडीबी) ले कोरोनाविरुद्धको खोप खरिदका लागि नेपाललाई झण्डै २० अर्ब रुपैयाँ ऋण दिने भएको छ। कोरोनाविरुद्धको खोप खरिदका लागि नेपाललाई १९ अर्ब ८० करोड रुपैयाँ ऋण सहयोग गर्न लागिएको मनिलास्थित एडीबीको प्रधान कार्यालयले जनाएको छ। बैंकका अध्यक्ष मासाटुगु आशाकावाले कोरोनापछि थलिएको नेपालको अर्थतन्त्रलाई पुनर्जीवन दिन र नागरिकको जीवन रक्षाको लागि झण्डै २० अर्ब रुपैयाँ ऋण प्रदान गर्न लागिएको जानकारी दिएका छन्। एडीबीको यो ऋणबाट ६८ लाख नेपालीलाई पुग्नेगरी खोप खरिद गर्न सकिनेछ। पुरा पढौ

घरेलु उद्योग तथा हस्तकला उपसमितिले बुझायो ज्ञापनपत्र

पोखरा । घरेलु उद्योग तथा हस्तकला उपसमितिले गण्डकी प्रदेश सरकालाई ज्ञापनपत्र बुझाएको छ ।उपसमितिले बुधबार विभिन्न माग राख्दै गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री कुमार खड्कालाई घरेलु उद्योग तथा हस्तकला उपसमितिले बुधबार ज्ञापनपत्र बुझाएको हो । पोखरा उद्योग बाणिज्यसंघकी कार्यसमिति सदस्य तथा पोखरा उद्योग वाणिज्यसंघ अन्र्तगत गठित घरेलु उद्योग तथा हस्तकला उपसमितिकी संयोजक पवित्रादेवी गुरुङको नेतृत्वमा पत्र बुझाएको हो । सीपमुलक तालिमको व्यवस्थापन, कर्जा सहज रुपमा उपलव्ध गराउन, कोरोना विरुद्धको खोप उलव्ध गराउन, अनुदान, लगायतका ७… पुरा पढौ

‘सहकारीलाई प्राथमिकतामा राखेर खोप दिन्छौँ’ : गृहमन्त्री

काठमाण्डौं । गृहमन्त्री बालकृष्ण खाँणले बैंक तथा वित्तीय क्षेत्र जत्तिकै महत्व रहेको र किसानसम्म प्रत्यक्ष जोडिएको सहकारी क्षेत्रलाई सरकारले खोपमा प्राथमिकता दिने बताएका छन् । राष्ट्रिय सहकारी महासङ्घको टोलीसँग सोमबारको भेटमा उहाँले सरकारले अहिले सबै जनताको स्वास्थ्यलाई महत्व दिएको बताउँदै संवेदनशीलताका आधारमा खोप दिने योजना रहेको बताए। राष्ट्रिय सहकारी महासङ्घको सल्लाहकारसमेत रहेका गृहमन्त्री खाँडले भने, “नेपालको अर्थतन्त्रमा सहकारीको महत्वलाई यस सरकारले बुझेको छ । सरकार सहकारीलाई महत्व दिएर अगाडि बढ्ने छ ।” सहकारीको विकास र विस्तारका विषयमा आवश्यक छलफल गरेर… पुरा पढौ

लक्ष्यभन्दा तीन प्रतिशत कम राजश्व सङ्कलन

पोखरा। आन्तरिक राजश्व कार्यालयले गत आर्थिक वर्षमा राजश्व सङ्कलनको लक्ष्य भेट्टाउन सकेन । राजश्व सङ्कलन सन्तोषजनक रहे पनि कोरोना महामारी रोकथामका लागि जारीे निषेधाज्ञाले असर पारेका कारण निर्धारित लक्ष्यमा पुग्न नसकिएको उक्त कार्यालयले जनाएको छ । कास्की र स्याङ्जा कार्यक्षेत्र रहेको सो कार्यालयले लक्ष्यभन्दा तीन प्रतिशत कम राजश्व उठाएको हो । गत आवमा रु. चार अर्ब ८२ करोड २७ लाख ८५ हजार राजश्व उठाउने लक्ष्य लिइएकामा रु. चार अर्ब ६७ करोड ८५ लाख ९५ हजार सङ्कलन भएको कार्यालयका सूचना अधिकारीसमेत… पुरा पढौ

व्यवसायीलाई खोप उपलब्ध गराउन पोउवा संघको आग्रह

पोखरा । पोखरा उद्योग वाणिज्य संघले उद्योगी÷व्यवसायीहरुलाई कोभिडविरुद्धको खोप उपलब्ध गराउन गण्डकी प्रदेश सरकारसँग माग गरेको छ । संघका अध्यक्ष नारायण कोइरालाको नेतृत्वमा गएको संघको प्रतिनिधिमण्डलले सोमबार गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री मधुमाया अधिकारी गुरुङसमक्ष सो माग राखेको हो । जवाफमा स्वाथ्यमन्त्री गुरुङले संघ सरकारले नै खोपको प्राथमिकता तोकेर पठाउने गरेको जानकारी दिँदै सम्भव भएसम्म व्यवसायीहरुलाई प्राथमिकताको आधारमा खोप उपलब्ध गराउन प्रदेश सरकार सकारात्मक भएको बताइन् । संघको प्रनिनिधिमण्डलमा प्रदेश सांसद तथा संघका पूर्वअध्यक्ष विन्दुकुमार थापा, संघका उपाध्यक्ष अर्जुन पोखरेल, महासचिव सुरेन्द्र्रमान… पुरा पढौ

स्थानिय यातायात प्रालि र भीमाद यातायात प्रालिबीच एकीकरण घोषणा

गण्डकी प्रदेशका दुई यातायात प्रालिबीच एकीकरण भएको छ । स्थानिय यातायात प्रालि (कास्की) र भीमाद यातायात प्रालि(तनहुँ)बीच एकीकरण भएको हो । पोखरामा सोमबार एक कार्यक्रमबीच स्थानिय यातायात प्रालि (कास्की)का अध्यक्ष केदारप्रसाद पौडेल र भीमाद यातायात प्रालि(तनहुँ)का अध्यक्ष महेन्द्रबहादुर श्रेष्ठले संयुक्त रुपमा दुई यातायात प्रालि एक भएको घोषणा गरे । अब यी दुई यातायात प्रालिले एकीकृत रुपमा व्यवसाय सञ्चालन गर्ने भएका छन् । साथै एकले अर्को ठाउँको रुटमा गाडी सञ्चालन गर्नसमेत दिइने जनाइएको छ । एकीकरण भएका दुई यातायात मध्ये स्थानिय… पुरा पढौ

बढी भाडा लिने ७७ सार्वजनिक यातायात कारवाहीमा

सार्वजनिक यातायातमा तोकेभन्दा बढी भाडा लिने ७७ सवारीलाई कारवाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। यातायात व्यवस्था विभागले अन्तर प्रदेश चल्ने सवारी साधनमा यही साउन १ गतेदेखि लागू हुने गरी असार ३१ गते भाडा बढाउने सूची वेबसाइटमार्फत सार्वजनिक गरेको थियो। साउन १ गतेदेखि २८ प्रतिशत भाडा बढेको भन्दै काठमाडौँ उपत्यकालगायत प्रदेशभित्र चल्ने सवारीमा समेत मनपरि भाडा लिन थालेपछि ट्राफिक प्रहरी अनुगमन गरी कारवाही गर्न सक्रिय भएको महाशाखाका प्रवक्ता सञ्जीव शर्मा दासले जानकारी दिएका छन्। महाशाखाले शुक्रबारदेखि शनिबार बिहानसम्म बढी… पुरा पढौ

सवारी कारवाहीबाट रु. ६७ लाख राजश्व सङ्कलन

गलकोट । गत आर्थिक वर्षमा बागलुङमा १२ हजार एक सय सवारीसाधान कारवाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका अनुसार आर्थिक वर्ष २०७७/७८ मा कारवाहीमा परेका सवारी चालकबाट रु. ६७ लाख ७३ हजार ५०० राजश्व सङ्कलन भएको छ । ट्राफिक नियमको उल्लङ्घन गर्ने सवारीसाधनबाट राजश्व सङ्कलन भएको जिल्ला ट्राफिक कार्यालय बागलुङका प्रमुख तथा प्रहरी सहायक निरीक्षक बद्रीनाथ शर्माले जानकारी दिए । “गाउँदेखि शहरसम्म व्यापक मात्रामा ट्राफिक नियमको उल्लङ्घन भइरहेको छ”, उनले भने, “यसलाई थप व्यवस्थित बनाउन लागिपरेको छु ।”… पुरा पढौ