अर्थ

पोखरा म्याराथनलाई ‘हङकङ नेपाली गाइज’को सहयोग

नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भुतपूर्व खेलाडी मञ्चको आयोजनामा सञ्चालन हुने पोखरा म्याराथनलाई हङकङ बाट खेलप्रेमी नेपाली यूवाहरुले आर्थिक सहयोग गरेका छन । पोखरा रामबजार स्थायी घर भई हाल हङकङमा बसोबास गरिरहेका यूवाहरुले गत वैशाखमा सम्पन्न १५ औं सस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई सहयोग गरेका हुन । पाखरेली हङकङ गाइज रामबजारले पोखरा म्याराथनलाई ४१ हजार ३०० नगद सहयोग प्रदान गरेको मञ्चका कार्यवाहक अध्यक्ष हरि प्रसाद पराजुलीले जानकारी दिए । उक्त रकम हङकङ स्थित तेक्वान्दोका खेलाडी कृष्ण गुरुङले ५ सय हङकङ… पुरा पढौ

व्यवसायीहरुलाई खोप उपलब्ध गराउन पोउवा संघको ताकेता

पोखरा उद्योग वाणिज्य संघले संक्रमणको जोखिममा रहेका उद्योगी÷व्यवसायीहरुलाई कोभिड १९ खोपको प्राथमिकताको सूचीमा राख्न पुनः गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । कोभिडसँगैको निषेधाज्ञाले सुस्ताएको व्यवसायलाई पुनर्जीवन दिन तथा दैनिक हजारौं व्यक्तिसँग सम्पर्क हुने व्यवसायीहरु खोपबाट बञ्चित हुँदा संक्रमण फैलन सक्ने खतराप्रति सचेत रहन पनि प्रदेश सरकारलाई सुझाएको छ ।पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले मुख्यमन्त्री कृष्णचन्द्र नेपालीसमक्ष पोखराको पर्यटनसहित समग्र व्यवसाय जोगाउने दायित्व सरकारकै भएको स्मरण गराउँदै व्यवसायीले खोप पाउँदा अर्थतन्त्र उकालो लाग्ने जिकिर पनि गर्दै… पुरा पढौ

पर्यटन व्यवसायीलाई खोप दिनका लागि पहल गर्ने अर्थमन्त्री बरालको प्रतिबद्धता

गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले पोखराको पर्यटन क्षेत्रकोपुर्नउत्थानका लागि पाँच हजार खोप ब्यबस्थापन गर्ने वताउनुभएको छ । पोखराका पर्यटन व्यबसायीहरुले अर्थमन्त्री बराललाई मंगलवार मन्त्रालयमै भेटेर पाँच हजार खोप भए, पोखराको पर्यटन ब्यबसाय तँग्रिने जानकारी गराएका थिए । अर्थमन्त्री बरालले प्रदेश सरकारले खोप ब्यबस्थापन गर्न केन्द्र सरकारसँग पनि पहल हुने जानकारी पर्यटन व्यबसायीलाइ गराउनुभयो । पोखरा पर्यटन पर्यटन परिषदको नेतृत्वमा पोखराका अगुवा पर्यटनकर्मीहरु अर्थमन्त्रालय पुगेर अर्थमन्त्री बराललाइ बधाइ दिदै व्यबसायिक जिवन रक्षा कोषबाट समस्यामा परेका ब्यबसायीलाइराहत दिन आग्रह… पुरा पढौ

नेप्सेमा करेक्सनः सात कम्पनीको शेयरमा सकारात्म्क सर्किट

पोखरा । आइतबार उच्च अङ्कले बढेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज ८.२४ बिन्दुले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा करेक्सन भई तीन हजार ५०.४२ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २।९३ बिन्दुले ओरालो लागेर ५७१.१० मा ओर्लेको छ । नेप्से ओरालो लागे पनि कारोबार रकम भने रु १४ अर्बमाथि रहेको छ । कूल २२३ कम्पनीको तीन करोड ७० लाख ६१ हजार ४४७ कित्ता शेयर रु १४ अर्ब… पुरा पढौ

‘करको दरभन्दा दायरा बढाउनुपर्छ’ : मन्त्री खड्का

पोखरा । गण्डकी प्रदेशका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायातमन्त्री कुमार खड्काले करको दरभन्दा दायरा बढाएर काम गर्न आवश्यक रहेको बताएका छन् । मन्त्रालयको वार्षिक प्रगति समीक्षा कार्यक्रममा आइतबार उनले कर्मचारीलाई करको दायरा बढाउन र दायित्व हस्तान्तरण गर्नुभन्दा निर्वाह गर्नुपर्नेमा जोड दिएका हुन् । आगामी बजेट दोब्बर बनाउन केन्द्र सरकारसँग पहल गरिने पनि मन्त्री खड्काले बताएका थिए । कार्यक्रममा मन्त्रालय मातहतका एघारै जिल्लाका कार्यलय प्रमुखहरुले वार्षिक प्रगति समीक्षा प्रस्तुत गरेका थिए । उनीहरुले कार्यक्रम सम्पन्न गर्न आइपरेका कठिनाइ र चुनौतिबारे… पुरा पढौ

पशु प्रजनन् तथा कृतिम गर्भाधान तालिम सम्पन्न

नेपाल पशु स्वास्थ्य प्राविधिक संघ (नेल्टा) गण्डकी प्रदेशको आयोजनामा भएको २ हप्ते पशु प्रजनन् तथा कृतिम गर्भाधान तालिम सम्पन्न भएको छ । दुई हप्तादेखि पोखरामा जारी पशु प्रजनन् तथा कृतिम गर्भाधान तालिम आईतबार समापन गरिएको हो । तालिममा प्रदेशका पशु प्राविधिकहरु सहभागि भएको नेल्टाका महासचिव सुरेश श्रेष्ठले जानकारी दिए । तालिममा सहभागिहरुलाई गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेश मामिला मन्त्री विन्दुकुमार थापाले प्रमाण पत्र प्रदान गरे । कार्यक्रममा बोल्दै मन्त्री थापाले सिकेका कुरा व्यवहारमा उतारेर किसानलाई सेवा दिन आग्रह गरे… पुरा पढौ

महानगरद्वारा भैंसी खरिदमा अनुदान वितरण

पोखरा महानगरपालिकाले भैंसीपालक किसानहरुलाई अनुदान वितरण गरेको छ । पोखरामा अरुणोदय दुग्ध उत्पादक तथा नश्ल सुधार सहकारी संस्थाको समन्वयमा आईतबार आयोजित एक कार्यक्रम गरेर महानगरले व्यवसायीक भैंसीपालक किसानहरुलाई भैंसी खरिदमा अनुदान वितरण गरेको हो । लागत साझेदारीमा भैंसी प्रवद्र्धन कार्यक्रम अन्तर्गत महानगरले ११ वटा भन्दा बढी भैंसी पाल्ने ५० कृषक परिवारलाई जनही ३४ हजार १ सय २० रुपैयाँका दरले कुल १७ लाख ६ हजार वितरण गरिएको महानगर कृषि महाशाखा प्रमुख नवराज अधिकारीले जानकारी दिए । महानगरले ११ वटा भन्दा कम… पुरा पढौ

भौतिक तथा मानविय संसाधनको अभावका कारण अनुगमनमा समस्या

पोखरा । भौतिक तथा मानविय संसाधनको अभावका कारण कार्यक्रमहरुको अनुगमनका लागि समस्या भएको पोखरामा सम्पन्न एक कार्यक्रमका वक्ताहरुले गुनासो गरेका छन् । पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्र्तगतको उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय पोखराको आयोजनामा सम्पन्न गत आर्थिक वर्ष २०७७–०७८ को वार्षिक समिक्षा गोष्ठीमा सहभागी गण्डकी प्रदेशका घरेलु तथा साना उद्योग कार्यालयका प्रमुखहरुले यस्तो बताएका हुन् । विषेशगरि विभिन्न जिल्लाका घरेलु तथा साना उद्योग कार्यालयहरुमा सवारी साधनहरुको अभाव हुँदा कार्यक्रमहरुको कार्यान्वयन र निरीक्षणमा समस्या हुने गरेको उनीहरुले… पुरा पढौ

गण्डकीका जनताको जीवनस्तर उकास्नेगरी काम गर्छु : मन्त्री बराल

गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले गण्डकीका जनताको जीवनस्तर उकास्नेगरी काम गर्ने बताएका छन् । सराङ्कोटमा निर्माण गरिएको गणेश मन्दिरको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले गण्डकीको जीवनस्तर उकास्ने खालका कार्यक्रम ल्याउने बताएका हुन् । हिजो विकास र समृद्धि नारामा मात्र सिमित भयो,उनले भने,‘म अर्थमन्त्री भएर आएसँगै विकास र समृद्धिका लागि ठूलो अवसर प्राप्त भएको छ, यसको आधार निर्माण गर्दै गण्डकीका जनताको जीवनस्तर उकास्ने खालका योजना र कार्यक्रम ल्याउँछु ।’ तर यो जिम्मेवारी सबैको साझा भएको बताए । ‘प्राविधिक रुपमा अर्थमन्त्रीको जिम्मेवारी… पुरा पढौ

कृषकलाई भैँसी वितरण गर्दै स्याङ्जाको वालिङ नगरपालिका

वालिङ । स्याङ्जाको वालिङ नगरपालिकाले यहाँका कृषकलाई भैँसी वितरण गरेको छ । नगरभित्रका वडा नं ९, १३ र १४ का ३३ कृषकलाई लागत साझेदारीमा भैँसी प्रवद्र्धन कार्यक्रमअन्तर्गत ६२ वटा भैँसी वितरण गरिएको हो । उक्त कार्यक्रमका लागि पशु सेवा शाखाको आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक स्वीकृत कार्यक्रम लागत साझेदारीअन्तर्गत रु २६ लाख ४५ हजार र कृषकको ५० प्रतिशत लागत साझेदारीमा करिब रु ५३ लाख लागेको हो । भैँसीपालनका लागि सम्भावित ठाउँ तथा कृषकको मागका आधारमा तीन वटा वडा छनोट गरी… पुरा पढौ