अर्थ

आइपिओ जारी गर्ने तयारीमा नर्भिक अस्पताल

काठमाडौँ। थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालले सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन आइपिओ निष्कासनको तयारी गरेको छ । अस्पताल हालै प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा रुपान्तरण भएसँगै आइपिओ जारीको तयारी गरिएको हो । अस्पतालले हालै आफूलाई प्राइभेट कम्पनीबाट पब्लिकमा रुपान्तरण गरेको हो । जनसहभागितालाई समेत सुनिश्चित गर्ने अवधारणाअन्तर्गत आफूलाई प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा रुपान्तरण गरेको अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले जानकारी दिए । उनका अनुसार अब सो अस्पताल ‘नर्भिक इन्टरनेशनल हस्पिटल एन्ड मेडिकल कलेज लिमिटेड’ भएको छ । अस्पताल नेपालको शेयर बजारमा सूचीकृत… पुरा पढौ

पृथ्वी राजमार्गले निषेधाज्ञा नमान्ने, असार ३० गतेदेखि गाडी चलाउने

नेपालको सबैभन्दा धेरै गाडी भएको पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिले निषेधाज्ञा नमान्ने घोषणा गरेको छ । सरकारले आफूहरुको माग सम्बोधन नगरेको भन्दै उसले यहि असार ३० गतेबाट देशभर गाडी सञ्चालन गर्ने बताएको छ । कम्पनीले सोमबार पोखरामा पत्रकार सम्मेलन गर्दै असार ३० गतेबाट नियमित गाडी सञ्चालन गर्ने जानकारी दिएको हो । कम्पनीले तोकिएको मितिबाट टिकट बुकिङ काउन्टर खोल्ने र मागका आधारमा गाडी सञ्चालन गर्ने जनाएको छ । कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले गाडी सञ्चालन गर्दै गर्दा प्रशासनले रोकेको खण्डमा जहाँ… पुरा पढौ

मनकामना स्मार्ट लघुवित्तको आइपिओे बाँडफाँट

काठमाडौँ। मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि जारी गरेको आइपिओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलले आज बिहान क्यापिटलकै कार्यालयमा शेयर बाँडफाँट गरेको हो । कम्पनीले यही असार १७ गतेदेखि २१ गतेसम्म सर्वसाधारणमा आइपिओ जारी गरेको थियो । संस्थाको आइपिओमा १९ लाख ५४ हजार २७४ जनाले आवेदन दिएका थिए । आवेदन दिएकामध्ये दुई हजार ७५३ जनाको आवेदन रद्द हुँदा १९ लाख ५१ हजार ५२१ जना योग्य आवेदक कायम गरिएको क्यापिटलले जनाएको छ । मागभन्दा बढीको आवेदन परेपछि… पुरा पढौ

पोखरा क्षेत्रमा निशान म्यागनाइटप्रति ग्राहकको आकर्षण

पोखरा । बहुप्रतिक्षित नयाँ निशान म्यागनाइटप्रति पोखरामा ग्राहकको आकर्षण बढेको छ । निशानका लागि पोखरा क्षेत्रको आधिकारिक बिक्रेता इलाइट मोटर्स प्रा.लि. उत्तमचोकले आइतबार एकै दिन निसान म्याग्नाइटको ग्राण्ड डेलिभरी कार्यक्रम सम्पन्न गरेको छ । केही दिनदेखि बुकिङ भएका १५ वटा निशान म्याग्नाइट एकैदिन ग्राहकलाई हस्तान्तरण गरिएको निर्देशक शिव बरालले जानकारी दिए । बिग, बोल्ड, ब्युटिफुल र अति आकर्षक निशान म्यागनाइट गाडीमा ग्राहकको आकर्षण बढिरहेको बरालले बताए । ‘निकै राम्रा विशेषतासहितको यो गाडी शुलभ मूल्यमा बजारमा आएकाले पनि धेरेको रोजाईमा परेको… पुरा पढौ

पोखरा महानगरले सिल्टेसन ड्यामको विषयमा कानुनी उपचार खोज्ने

पोखरा । फेवातालमा मिसिने हर्पन खोलामा निर्माण भएको सिल्टेसन ड्याममा गत असार २३ गते भारी वर्षाका कारण गम्भीर क्षति पुगेको विषयमा सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा आएका टिकाटिप्पणीप्रति पोखरा महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । फेवाताल संरक्षणको उद्देश्य राखेर गण्डकी प्रदेश सरकारसँगको सहकार्यमा महानगरले ४ वटा खोलामा निर्माण गरिएका सिल्टेसन ड्यामहरु मध्ये हपर्न खोलामा बनाइएको ड्याममा क्षति पुगेको बारेमा आएका प्रतिक्रियामा महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले विज्ञप्तिमा निकालेर ध्यानाकर्षण भएको जनाएका हुन् । ‘क्षतिग्रस्त उक्त सिल्टेसन ड्यामको गुणस्तर तथा निर्माणको… पुरा पढौ

‘वायुसेवा निगमलाई निजीकरण गर्ने कुनै योजना छैन’ : मन्त्रालय

काठमाण्डौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई निजीकरण गर्ने कुनै योजना नरहेको स्पष्ट पारेको छ । निगमलाई कम्पनी मोडलमा लैजाने प्रक्रिया अघि बढेको भन्ने भ्रमपूर्ण सूचना सम्प्रेषण भइरहेकामा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मन्त्रालयले आज विज्ञप्ति निकालेर खण्डन गरेको हो । मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ– “निगमलाई निजीकरण गर्ने वा निजी कम्पनीमा रुपान्तरण गर्ने कुनै योजना एवं कार्यक्रम नभएको तथा निजीकरणको प्रक्रियाका सम्बन्धमा हालसम्म कुनै छलफलसमेत नभएको व्यहोरा… पुरा पढौ

एमालेले गर्यो प्रदेश सभा बैठक अबरुद्ध

प्रतिपक्षी दल नेकपा एमालेले गण्डकी प्रदेश सभा बैठक अबरुद्ध गरेको छ । असारको अन्तिममा आएर सरकारले गरेको रकमान्तरको फेहरिस्त माग्दै एमालेले सदन अबरुद्ध गरेको हो । कांग्रेस नेतृत्वको सरकारले असार दोश्रो साता १४ करोड १९ लाख रुपैयाँ रकमान्तर गरेको थियो । असारमा रकमान्तर गरेर सरकारले कार्यकर्ता पोस्ने काम गरेको एमालेको आरोप छ । एमालेले रकमान्तर गर्नुको कारण सोधेको छ । बैठक शुरु भएलगत्तै एमालेका तर्फबाट पूर्वमन्त्री तथा प्रदेश सभा सदस्य रामशरण बस्नेतले रकमान्तरको फेहरिस्त नपाएसम्म बैठक अगाडि बढ्न एमालेले नदिने… पुरा पढौ

चेम्बर अफ कमर्समा नयाँ कार्य समिति

पोखरा । नेपाल चेम्बर अफ कमर्स केन्द्रीय अध्यक्ष राजेन्द्र मल्लले बीउ पुँजी संकलन गरेर उत्पादनमुखी कार्यक्रम गर्न आग्रह गरेका छन् । उनले एकल भन्दा सामुहिक रुपमा व्यवसायमा जान सुझाव दिए । गण्डकी प्रदेश चेम्बर अफ कमर्सको प्रथम साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष मल्लले कृषि, जडिबुटी, सुन्तला र सूचना प्रविधिको क्षेत्रमा काम गर्न आग्रह गरे । स्याङजा र गोरखामा सुन्तला खेती र हिमाली जिल्लामा जडिबुटी खेतीको सम्भावना रहेको चर्चा गर्दै उनले नयाँ प्रविधि मार्फत व्यवसायिक परियोजना गरे केन्द्रले सहयोग… पुरा पढौ

सोह्र करोडको रकमान्तरको कुरालाई ओझेलमा पार्न बजेटमा नभएको योजनालाई टेण्डर गरेको आरोप लगाइयो : एमाले

गण्डकी प्रदेशका प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कांग्रेस नेतृत्वको वर्तमान सरकारले गैरबजेटरी योजना ल्याएर भ्रष्टाचारको शुरुवात गरेको आरोप लगाएका छन् । एमाले संसदीय दल गण्डकी प्रदेशले शनिबार पत्रकार भेटघाट गर्दै वर्तमान सरकारले १६ करोडको गैरबजेटरी योजना ल्याएर भ्रष्टाचारको शुरुवात गरेको आरोप लगाएका हुन् । गण्डकी प्रदेश सरकारका पूर्व मुख्यमन्त्रीसमेत रहेका एमाले संसदीय दल गण्डकी प्रदेशका नेता पृथ्वी सुब्बा गुरुङले यसरी वितरण गरिएको गैरबजेटरी बजेट पार्टीको निर्देशनमा वितरण भएको आरोप लगाए । ‘पार्टीको जिल्ला सभापतिहरुको सिफारिसमा रकम बाँडिएको छ, यो गैरबजेटरी… पुरा पढौ

घरबासबारे सबै जानकारी अव एप्सबाटै

पोखरा । गाउँ पर्यटन प्रवद्र्धन मञ्च भिटोफ नेपाल गण्डकी प्रदेशले घरबासबारे सबै जानकारी समेटिएको एप्स सार्वजनिक गरेको छ । नेपाल पर्यटन बोर्डको सहयोगमा निर्मित visitgandaki नामक एप्स आजबाट सञ्चालनमा आएको हो । एप्सबाट गण्डकी प्रदेशका ५० वटा घरबासहरु अनलाइन प्रविधिमार्फत बुकिङ गर्न सकिने र अन्य २५४ घरबासको विवरण हेर्न मिल्ने गरि तयार गरिएको छ । एप्सको नेपाल पर्यटन बोर्डका प्रमुख काशीराज भण्डारीले सार्वजनिक गरे । कार्यक्रममा बोल्दै भण्डारीले घरबास क्षेत्रमा गण्डकी प्रदेशले एउटा राम्रो काम गरेको बताए । सार्वजनिक गरिएको… पुरा पढौ