अर्थ

भैँसी पाल्ने किसानलाई रु १८ लाख अनुदान

बाग्लुङ । बागलुङको जैमिनी नगरपालिकाले दुहुना भैँसी पाल्ने किसानलाई रु १७ लाख सात हजार तथा राँगोपालक किसानलाई रु एक लाख ३० हजार गरी कूल रु १८ लाख ३७ हजार अनुदान वितरण गरेको छ । जैमिनी नगरपालिका–१० का दुहुना भैँसी पाल्ने ५० किसानलाई जनही रु ३४ हजार १४० का दरले रु १७ लाख सात हजार तथा राँगोपालक दुई किसानलाई जनही रु ६५ हजारका दरले कूल रु एक लाख ३० हजार अनुदान वितरण गरेको नगरपालिका पशु शाखाका प्रमुख कृष्णप्रसाद ढकालले जानकारी दिए… पुरा पढौ

झरना गुरुङको पहलमा हेलम्बुको ग्यालथुम, क्युलबासीलाई राहत प्रदान

गैर आवासीय नेपाली संघ (एनआरएनए) मड्रिड (स्पेन) महिला समितिले बाढी प्रभावित सिन्धुपाल्चोकको हेलम्बुबासीलाई राहत प्रदान गरिएको छ । अन्र्तराष्ट्रिय उसु खेलाडी तथा एनआरएनए मड्रिडकी संयोजक झरना गुरुङको नेतृत्वमा अर्थ संकलन गरी सिन्धुपाल्चोकको हेलम्बु भन्दा ११ किलोमिटर माथि रहेको ग्यालथुम, क्युल बासी बाढी पीडितलाई राहत सामग्री प्रदान गरिएको हो । बाढी पीडित ग्यालथुम, क्युल बासीलाई आवश्यक पर्ने ब्ल्याङ्केट १० थान, त्रिपाल १० थान, गर्भवती महिला तथा बृद्धबृद्धाका लागि टेन्ट, वाटरप्रुफ सोलार लाइट ५ थान, इनर्जी दिने बिस्कुट ३६ प्याकेट, डेन्टल सप,… पुरा पढौ

श्रमिकको न्यूनतम पारिश्रमिक बढ्यो, अबदेखि मासिक रु. १५ हजार

काठमाडाैं । सरकारले वृद्धि गरेको निजी क्षेत्रका श्रमिकको न्यूनतम् पारिश्रमिक साउनदेखि कार्यान्वयनमा आएको छ । सरकारले यही साउन १ गतेदेखि लागू हुने गरी चिया बगानबाहेकका श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरी मासिक रु. १५ हजार पुु¥याएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरराष्ट्रिय मजदूर दिवसका दिन श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरी रु. १५ हजार पुु¥याउने घोषणा गरेका थिए । अब श्रमिकले आधारभूत पारिश्रमिकबापत रु. नौ हजार ३८५ र महँगी भत्ताबापत रु. पाँच हजार ६१५ गरी मासिक रु. १५ हजार पाउने… पुरा पढौ

पछिल्लो आर्थिक अवस्थाबारे छिट्टै श्वेतपत्र जारी गरिने

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको पछिल्लो आर्थिक अवस्थालाई विष्लेषण गरेर श्वेतपत्र ल्याउने घोषणा गरेका छन् । सिंहदरबारस्थित अर्थमन्त्रायलमा आज आयोजित पत्रकार सम्मेलनमा उनले अहिले आफू अर्थतन्त्रको अध्ययनको क्रममा रहेको जानकारी दिए । “अहिलेसम्मको यथार्थ अवस्था के छ त ? त्यसले कतातर्फ कस्तो सङ्केत गरिरहेको छ ? श्वेतपत्र भन्नुस् वा यथार्थपत्र भन्नुहोस् मन्त्रालयको तर्फबाट प्रस्तुत गर्नेछु”, अर्थमन्त्री शर्माले भने । उनले सबै वस्तुस्थिति बुझेर केही दिनभित्रैमा अर्थतन्त्रको समग्र अवस्थाबारे सार्वजनिक गर्ने प्रतिबद्धता जनाए । सोही क्रममा सरकारको समग्र भावी योजनासमेत… पुरा पढौ

राजधानीको निषेधाज्ञा आज सकिदैँ, भोलिदेखि लामो दूरीको सवारीसाधन संचालन

राजधानी काठमाण्डौंमा जारी निषेधाज्ञा आज (बिहीबार) बाट सकिदैँछ। कोरोनाको फेरि संक्रमण बढ्दै गएपनि खोपको व्यवस्थापन गरेर जनजीवनलाई खुकुलो बनाउने उद्देश्यसहित काठमाण्डौं लगायत उपत्यकाको ३ जिल्ला प्रशासनको तयारी रहेको समाचारहरुमा जनाइएको छ। लामो दूरीमा २ महिनाभन्दा बढी समयदेखि रोकिएको यातायात सेवा संचालन गर्न दिने तयारीमा राजधानी उपत्यकाका जिल्ला प्रशासनहरु रहेको बताइएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख अधिकारीबीच भोलि (शुक्रबार)देखि लामो दूरीका सार्वजनिक यातायात संचालन गर्न दिने तयारीबारे छलफल भएको समाचारहरु बाहिर आएका छन्। लामो दूरीको यातायात संचालन… पुरा पढौ

मार्सल लगाएर बजेट पारित गर्न खोज्दा एमालेको नाराबाजी

मार्सल लगाएर बजेट पारित गरेपछि बिपक्षी एमालेले प्रतिरोध गरेको छ । बजेट सच्याउन गरेको मागको बेवास्ता गर्दै मार्सल लगाएर बजेट पारित गर्न खोजेपछि एमाले सांसदहरुले नाराबाजी गर्नुका साथै टेबल तोडफोडसमेत गरेका छन् । बजेट निर्णयार्थ पेश गर्न सभामुखले समय दिएपछि रोस्टममा जान लागेका अर्थमन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई एमाले सांसदहरुले रोक्न खोजेका थिए । तर मर्यादापालकले रोकेपछि उनीहरुले नाराबाजी शुरु गरे । त्यहिबेला अचानक आक्रोसित रुपमा प्रस्तुत भएका पूर्व भौतिक पूर्वाधार मन्त्रीसमेत रहेका एमाले सांसद रामशरण बस्नेतले टेबल… पुरा पढौ

गण्डकी प्रदेशको बजेट मार्सल लगाएर पारित

गण्डकी प्रदेशको बजेट बुधबार पारित भएको छ । बिपक्षी एमालेको अवरोधका बाबजुद मार्सल लगाएर बुधबार बजेट पारित गरिएको हो । बजेट माथिको छलफल शुरु भएलगत्तैदेखि प्रतिपक्षी दल एमालेले बजेट परिमार्जन गर्नुपर्ने, असारमा गरिएको रकमान्तरको फेहरिस्त दिनुपर्नेलगायतका १० बुँदे माग राख्दै प्रदेश सभामा लगातार अवरोध गर्दै आएको थियो । विशेष गरेर बजेटमा आफ्नो सरकारले ल्याएका राम्रा योजनाहरु कायम राख्नुपर्ने एमालेको माग थियो । तर सत्ता पक्षले उक्त माग सम्बोधन नगर्ने स्पष्ट पार्दै बरु पेलेर जाने संकेत गरेपछि एमालेले निरन्तर अवरोध गर्दै… पुरा पढौ

गण्डकी प्रदेशका उत्कृष्ट १० पशुपन्छी पालक कृषक पुरस्कृत

गण्डकी प्रदेश सरकारले प्रदेशका उत्कृष्ट पशुपन्छी पालक कृषक तथा उत्कृष्ट कृतिम गर्भाधानकर्ता घोषणा गर्दै पुरस्कृत गरेको छ । गण्डकी प्रदेशको भूमि ब्यबस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय गण्डकीले प्रदेशभरका पशुपन्छी पालक कृषकहरु मध्ये १० उत्कृष्ट कृषक र प्रदेशका ९ जिल्लामा कार्यरत कर्मचारी मध्ये उत्कृष्ट कार्य सम्पादन गर्ने उत्कृष्ट कृतिम गर्भाधानकर्ता घोषणा गरि जनही २० हजारसहित ताम्रपत्रले सम्मान गरेको हो । प्रदेशले विभिन्न १० विधामा उत्कृष्ट ठहरिएका कृषकहरुलाई नगदसहित पुरस्कृत गरेको छ । जस… पुरा पढौ

पोखराकी सरस्वती बस्ताकोटी प्रदेशकै उत्कृष्ट बंगुरपालक कृषक घोषित

पोखराकी सरस्वती बस्ताकोटी उत्कृष्ट बंगुर पालनकर्ता कृषक घोषित भएकी छन् । गण्डकी प्रदेशको भूमि ब्यबस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय गण्डकीले सरस्वतीलाई उत्कृष्ट बंगुर पालनकर्ता कृषक घोषणा गरेको हो ।सरस्वतीले कास्कीको पोखरामा नेपाल लाइभस्टक एण्ड रिसर्च सेन्टर प्रालि सञ्चालन गर्दै आएकी छन् ।उत्कृष्ट बंगुर पालनकर्ता कृषक घोषित उनलाई नगद २० हजार र ताम्रपत्रले पुरस्कृत गरिएको छ ।पुरस्कृत सरस्वतीलाई गण्डकी प्रदेशको भूमि ब्यबस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालयकी सचिव सवनम शर्मा र पशुपन्छी… पुरा पढौ

गण्डकी प्रदेश जडिबुटीको भण्डार क्षेत्र हो : मन्त्री अधिकारी

गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारीले गण्डकी प्रदेशमा बहुमुल्य जडीबुटीको प्रदेश भएको बताउनु भएको छ ।गण्डकी आयुर्बेद औषधालयको बार्षिक समिक्षा कार्यक्रममा उहाँले प्रदेशको माथिल्लो भागमा रहेको जिल्लाहरुमा पाईने जडिबुटीको प्रबद्धन बाट प्रदेशको आयुर्बेदिक पर्यटन समेत बिकास हुने बताउनु भयो । मानीसको जिवनशैली दैनिक रुपमा भागबिलासी तर्फ गईरहेको अबस्थामा प्राकृतिक उपचार प्रणाली, अर्गानिक खाना अनि औषधीय गुण भएका जडिबुटीको बिकास , संरक्षण, बिस्तारीकरण महत्वपुर्ण बिषय रहेकोमा उहाँले जोड दिनुभयो । ग्रामिण भेगका जडिबुटी देखि बिस्व बजारमा बहुमुल्यमा बिक्रिी हुने… पुरा पढौ