अर्थ

चिसापानीमा ट्राउट माछापालन

बागलुङ। गलकोट नगरपालिका–३ चिसापानीमा रेम्बो ट्राउट माछाको व्यावसायिक पालन थालिएको छ । गलकोट–७ मल्मका युवा व्यवसायी हुम थापाले माछापालनमा लगानी गरेका हुन् ।उनका अनुसार ११ वटा पोखरीमा ट्राउटपालन भइरहेको छ । “अहिले १६ हजार भुरा पोखरीमा छन् । एक क्विण्टलजति बेच्ने भइसके”, थापाले भने । गत वर्ष नै माछापालनसहित एग्रो रिसोर्ट सञ्चालनमा ल्याउने उनको तयारी थियो । कोरोनाका कारण उक्त योजना पछाडि धकेलिएको छ । रेष्टुराँ, पौडी पोखरीलगायतका संरचना भने बनिसकेका छन् । माछापालन व्यवसायसहित अन्य पूर्वाधारमा हालसम्म रु एक… पुरा पढौ

कोरोना हटस्पट बन्दै गरेको सिक्लेसलाई केसी ग्रुपको सहयोग

पोखरा पोखराको प्रशिद्ध व्यवसायिक घराना केसी ग्रुपले कोरोना नियन्त्रण रोकथामको लागि आफ्नो सक्रियता वढाएको छ । केहि दिन अगाडि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल)मा निर्माण हुने अक्सिजन प्लान्टलाई २५ लाख रुपैयाँ सहयोग गरेको केसी ग्रुपले आफ्नो हाइड्रोपावर स्थल सिक्लेसको लागि सहयोग गरेको छ । मादी १ सिक्लेसमा पछिल्लो क्रममा १८ जनामा कोरोना पुष्टि भएपछि स्थानीय स्वास्थ्य केन्द्रमा अक्सिजन सिलिन्डरको माग गरिरहदा केसी ग्रुपका निर्देशक किरण केसीले दुई थान अक्सिजन सिलिन्डर तत्काल उपलब्ध गराएका हुन् । ‘कोभिड संक्रमितहरु बढिरहेको… पुरा पढौ

बजेटमा समेटिएन पर्वतको फलामखानी

सरकारले विगतका वर्षहरुमा पर्वतको फलामखानी उत्खनन गर्ने विषय बजेटमा उल्लेख गरेपनि यसवर्ष भने बजेटमा नसमेटेको स्थानीयहरु बताउँछन्। गतवर्षको नीति तथा कार्यक्रममा सरकारले पर्वतको फलामखानी उत्खनन गर्ने उल्लेख गरेको थियो। तर, नीति तथा कार्यक्रममा परेपनि बजेट भने दिइएको थिएन। आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले नवलपरासीको धौबादीमा फलामखानीको अन्वेषण गर्ने उल्लेख गरेपनि पर्वतको फलामखानीबारे भने केही सम्बोधन गरेका छैनन्। आज भन्दा २८ वर्ष अगाडीसम्म महाशिला गाउँपालिका ६ फलामखानीको खानी उत्खनन गरेर स्थानीयले आम्दानी गर्दै आएका थिए। बनका ठूलाठूला… पुरा पढौ

आज गण्डकी प्रदेशसभाको बजेट अधिवेशन

गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आज (आइतबार) बस्दैछ। जेष्ठ ११ बसेको मन्त्रिपरिषद्को बैठकले आज दिउँसो १ बजे अधिवेशन बोलाउनका लागि प्रदेश प्रमुख समक्ष सिफारिश गरेको थियो। गण्डकी प्रदेशसभाको सातौं अधिवेशन चैत्र २५ गतेबाट शुरु भई बैशाख २ गते अन्त्य भएको थियो। त्यसको लगतै बैशाख १३ गतेबाट बिशेष अधिवेशन चलेको थियो। प्रदेश सरकारको आर्थिक बर्षको बजेट असार १ गते ल्याउनुपर्ने र मुख्यमन्त्री पृथ्विसुब्बा गुरुङले जेष्ठ २९ गतेसम्म बिश्वासको मत लिनुपर्ने भएकाले प्रदेश सभा बैठक बोलाइएको हो। मुख्यमन्त्री बैशाख २९ गते दोस्रो पटक… पुरा पढौ

आगामी आवका लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट प्रस्तुत

काठमाण्डौं । सरकारले आगामी आर्थिक वर्षका लागि रु १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट सार्वजनिक गरेको छ । आगामी आवका नीति तथा कार्यक्रम कार्यान्वयन गर्न कुल विनियोजनमध्ये सङ्घले खर्च गर्ने चालुतर्फ रु छ खर्ब ७८ अर्ब ६१ करोड अर्थात् ४१।२ प्रतिशत, पूँजीगततर्फ रु तीन खर्ब ७४ अर्ब २६ करोड अर्थात् २२।७ प्रतिशत र वित्तीय व्यवस्थातर्फ रु दुई खर्ब सात अर्ब ९७ करोड अर्थात् १२.६ प्रतिशत विनियोजन गरेको छ । त्यसैगरी प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ रु तीन खर्ब… पुरा पढौ

कागती खेती विस्तार कार्यक्रमले किसान उत्साहित

स्याङ्जा । नेपाल सरकारले स्याङ्जासहित १० जिल्लामा कागती खेतीको विस्तार गर्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८÷०७९ को बजेट सार्वजनिक गर्दै स्याङ्जासहित १० जिल्लामा कागती खेती विस्तार गर्न बजेटको व्यवस्थाको घोषणा गरेका छन् । उक्त घोषणा गरेसँगै यहाँका कृषकहरु उत्साहित छन् । स्याङ्जा जिल्लामा सुन्तला खेतीबाट याहाँ कृषकले राम्रो आम्दानी लिँदै आएकोमा कागती खेतीसमेत विस्तार हुने भएपछि कृषकहरु उत्साहित भएका हुन् । चापाकोट–१० का किसान यामप्रसाद भट्टराईले कागती खेतीको विस्तार गर्ने खबरले आफूलाई निकै खुशी लागेको बताए… पुरा पढौ

चालिस माइक्रोनभन्दा पातला प्लाष्टिकमा प्रतिबन्ध

काठमाण्डौं । सरकारले वातावरण प्रदुषण नियन्त्रण गर्न आगामी आर्थिक वर्षदेखि ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकमा प्रतिबन्ध लगाउने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा सो घोषणा गरेका हुन् । साथै विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गरिने उनले बताए । आगामी आवमा चुरे तथा तराई मधेस क्षेत्रमा एक करोड ५० लाख विभिन्न प्रजातिका विरुवा रोपिने अर्थमन्त्री पौडेलले जानकारी दिए । त्यस्तै चुरे कार्यक्रमअन्तर्गत १६४ नदी प्रणालीमा भूक्षय नियन्त्रणका कार्यक्रम गरिनेछ । पुरा पढौ

पोखरा रंगशालालाई पूर्णता दिइने, तर बजेट उल्लेख भएन

सरकारले पोखरा रंगशाला निर्माणलाई पूर्णता दिने बताएको छ । सरकारले शनिबार सार्वजनिक गरेको बजेटमा पोखरा रंगशालालाई पूर्णता दिने जनाएको हो । अर्थमन्त्री विष्णु पौडेलले वाचन गरेको बजेटमा पोखरा रंगशाला निर्माण गरिने उल्लेख गरिएपनि बजेट भने उल्लेख गरिएको छैन । सरकारले खेलकुदका लागि २ अर्ब ७४ करोड बजेट बिनियोजन गरेको छ । सरकारले नवौं राष्ट्रिय खेलकुदका लागि बजेट बिनियोजन गरेको छ । गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद यहि आर्थिक वर्षमा सम्पन्न गर्ने घोषणा गरिएपनि कोरोनाका कारण हुन सकेको छैन ।… पुरा पढौ

अबदेखि पत्रकारको निःशुल्क उपचार

सरकारले पत्रकारलाई निःशुल्क उपचार गर्ने भएको छ । सरकारले आज सार्वजनिक गरेको बजेट भाषणमार्फत पत्रकारलाई निःशुल्क उपचार गर्ने जनाएको हो । बजेट वक्तव्य वाचन गर्दै अर्थमन्त्री विष्णु पौडेलले पत्रकारलाई निःशुल्क उपचार गर्ने ब्यबस्था गरिने उल्लेख गरे । पत्रकारको उपचार निःशुल्क गरिने भएपनि सबै अस्पतालमा भने नभएको सरकारको बजेट वक्तव्यमा उल्लेख छ । सरकारले सरकारी अस्पतालमा पत्रकारको उपचार निःशुल्क गर्ने ब्यबस्था गरिने जनाएको हो । सरकारले दुर्घटना विमामा ५० प्रतिशत बेहोर्नपनि जनाएको छ । सरकारले बजेटमार्फत हरेक पत्रकारको ७ लाखसम्मको दुर्घटना… पुरा पढौ

निर्माणाधीन पोखरा अन्र्तराष्ट्रिय विमानस्थलको लागि साढे ८ अर्ब बिनियोजन

सरकारले पोखरामा निर्माणाधीन पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थलको लागि ८ अर्ब ५० करोड बजेट बिनियोजन गरेको छ । सरकारले आज सार्वजनिक गरेको बजेटमा पोखरा अन्र्तराष्ट्रिय विमानस्थलको लागि ८ अर्ब ५० करोड बजेट बिनियोजन गरेको अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमा उल्लेख गरे । आगामी आर्थिक वर्ष भित्रमा सञ्चालन गर्नेगरी बजेट बिनियोजन गरेको अर्थमन्त्री पौडेलले उल्लेख गरे । जुलाई २०२१ सम्ममा सञ्चालनमा आउनेगरी निर्माण भइरहेको पोखरा अन्र्तराष्ट्रिय विमानस्थलको करीब ७० प्रतिशत काम सम्पन्न भइसकेको विमानस्थलले जनाएको छ । पुरा पढौ