शिक्षा

विन्ध्येश्वरी आदर्शमा निर्वाचनको झल्को, मतदानबाट छानिए छात्रछात्रा प्रमुख

संसदिय निर्वाचनको झल्को दिने गरी विद्यार्थीले मतदानबाटै विद्यालय छात्र छात्रा प्रमुख छनौट गरेका छन् । पोखराको मोहरिया टोलमा रहेको विन्ध्येश्वरी आदर्श स्कुलका विद्यार्थीले मताधिकार प्रयोग गरी आफ्ना प्रमुख छानेका हुन् । सो निर्वाचनबाट कक्षा १० मा अध्ययनरत छात्रा मञ्जिसा भुजेल र कक्षा ९ मा अध्ययनरत छात्र सफल घर्ती मगर प्रमुख छात्र तथा छात्रामा निर्वाचित भएको सामाजिक शिक्षक तथा निर्वाचन आयुक्त विपीन गौतमले जानकारी दिए । पाँच जना विद्यार्थीहरुले प्रतिस्पर्धा गरेको सो निर्वाचन कार्यक्रममा विभिन्न कक्षाका विद्यार्थीहरूले उत्साहजनक सहभागिता जनाएका थिए… पुरा पढौ

विश्वकर्मा वैदिक गुरुकुल स्थापनाका लागि सुझाव संकलन

शिल्पी समुदायका वालवालिकालाई सनातन संस्कृती अध्ययनका लागी आवासीय गुरुकुल स्थापना गर्नको लागि पोखरामा सुझाव संकलन गरिएको छ । प्रस्तावित विश्वकर्मा वैदिक प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा विश्वहिन्दु महासंघ राष्ट्रिय समितिका केन्द्रिय सदस्य एवम शिल्पी समन्वय विभागका केन्द्रीय अध्यक्ष गणेश बराईलीले सनातन धर्म रक्षार्थ बिश्वकर्मा पण्डीतहरुबाट कर्मकाण्डी कार्य गर्दै आएको बताउदै, शिल्पी पण्डीत गुरुहरुको ज्ञान र क्षमतालाई अझ चुस्त बनाउनु पर्नेमा जोड दिए । विश्वकर्मा समाज नेपालका संस्थापकसमेत रहेका उनले धामी प्रशिक्षण नियमित गर्ने र भविष्यमा शिल्पी समुदायका वालवालिकालार्इ सनातन संस्कृती अध्ययनका… पुरा पढौ

नयाँ गठित ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ ले के काम गर्ला ?

सरकारले विज्ञान, प्रविधि र नवप्रवर्तन क्षेत्रलाई केन्द्रमा राख्दै नयाँ मन्त्रालय गठन गरेको छ । मन्त्रिपरिषद्बाट गत वैशाख ३० गते निर्णय भई राजपत्रमा प्रकाशित नेपाल सरकार ९कार्य विभाजन० नियमावली, २०८३ अनुसार ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ औपचारिक रूपमा स्थापना गरिएको हो । सरकारले विज्ञान तथा प्रविधि क्षेत्रलाई छुट्टै मन्त्रालयमार्फत अघि बढाउने निर्णयलाई राज्यको दीर्घकालीन विकास रणनीतिसँग जोडेर हेरिएको छ । हाल उक्त मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्र शाहले नै सम्हालिराखेका छन् । नवगठित यो मन्त्रालयलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तनसँग सम्बन्धित नीति, कानून… पुरा पढौ

जनप्रियमा एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान

जनप्रिय मावि सिमलचौरबाट एसईई उत्तीर्ण ९८ जना विद्यार्थीलाई सम्मान गरेको छ । १ हजार ६ सय ५५ जना विद्यार्थी अध्ययनरत जनप्रिय माविमा ३ दशमलव ९५, ३ दशमलव ९१ जिपिए सहित ९८ जना विद्यार्थीले उत्तीर्ण गरेका थिए । विद्यालयमा आयोजित शुभकामना आदान प्रदान तथा बधाई ज्ञापन गर्दै पोखरा ८ का अध्यक्ष रुद्रनाथ बरालले कम्प्युटर सीप सिकेर रोजगारको अवसर सिर्जना गर्न जनप्रिय माविले गरेको प्रयास सफल भएको बताए । विद्यालयले यसै शैक्षिक सत्रदेखि ३० जना विद्यार्थीलाई कम्प्युटर कक्षा थालनी गरेको छ ।… पुरा पढौ

विन्ध्यवासिनी माविमा एसइइ उत्तीर्ण विद्यार्थीलाई सम्मान

माध्यमिक शिक्षा परीक्षामा सफल भएका विद्यार्थीलाई पोखराको बाटुलेचौरमा रहेको विन्ध्यवासिनी माविले बधाईसहित सम्मान गरेको छ । गत सोमबार सार्वजनिक नतिजा अनुसार सो विद्यालयबाट सहभागि ८२ जना मध्ये २६ जना विद्यार्थीले उत्कृष्ट जिपिए ल्याएका थिए ।२९ जनाले ए, २१ जनाले बि प्लस र २ जनाले बि तथा ४ जना विद्यार्थी नन ग्रेडेड भएका छन् । उत्कृष्ट विद्यार्थीलाई बिहीबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी बधाईसहित सम्मान गरिएको सुचना अधिकारी नविन अधिकारीले जानकारी दिए । ३.९५ जिपिए ल्याएका समृद्ध घिमिरे, क्रिवास गुरुसहितका विद्यार्थीलाई… पुरा पढौ

पोखरा महानगर लेखा समितिले भन्यो, निजी विद्यालयलको शुल्क र छात्रबृत्तिमा मनपरी

पोखरा महानगरपालिका भित्र रहेका निजी विद्यालयहरुले विद्यार्थीहरुसंग लिएको शुल्क र छात्रबृत्तिका विषयमा पोखरा महानगरपालिका सार्वजनिक लेखा समितिले चासो देखाएको छ । बैठकले छात्रवृत्ति, भर्ना, वार्षिक शुल्क, विद्यालय संचालन मितिका विषयमा गम्भीर चासो ब्यक्त गरेको हो । निजी विद्यालयले विद्यार्थीहरुसंग मनपरी रुपमा भर्ना र वार्षिक शुल्क लिएको गुनासो आएको भन्दै गम्भीर चासो ब्यक्त गरेको हो । लेखा समितिका संयोजक झपटबहादुर रानाभाटको अध्यक्षतामा बसेको बैठकले निजी क्षेत्रले नर्सरीदेखि १२ कक्षासम्म प्रदान गर्ने छात्रबृत्ति, भर्ना शुल्क, कक्षा ८ को परिक्षा केन्द्र, प्रश्नपत्र छपाईको… पुरा पढौ

विन्ध्येश्वरी आदर्श स्कुलमा चित्रकला प्रतियोगिता सम्पन्न

पोखराको मोहरिया टोलस्थित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयको वार्षिक क्यालेण्डर अनुसार आयोजित प्रतियोगितामा कक्षा नर्सरी देखि कक्षा १० सम्मका विद्यार्थीहरूले सहभागिता जनाएका थिए । विभिन्न शीर्षकमा आयोजित गरिएको प्रतियोगितामा कक्षा नर्सरीबाट रियाशा अधिकारी प्रथम, इरिक परियार द्वितीय र साहस नेपाली तृतीय भएका छन् । कक्षा एलकेजीबाट इशानी बाबर प्रथम, मुन भौमिक द्वितीय र स्टेला मानन्धर तृतीय भए भने कक्षा युकेजीबाट अंशु दाहाल प्रथम, सुबासना तामाङ द्वितीय र नोआ गुरुङ तृतीय भएका छन् । यसैगरी… पुरा पढौ

विद्यार्थी सङ्गठन खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन आदेश

सर्वोच्च अदालतले विश्वविद्यालयलमा विद्यार्थी सङ्गठन खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ । न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले आज विश्वविद्यालय समन्वय समितिले गत चैत २० गते गरेको निर्णय तत्काल कार्यान्वयन नगर्नुरनगराउनु भनि अल्पकालीन आदेश गरेको हो । अदालतले उक्त विषयमा आगामी जेठ ४ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । आदेशमा आधार र कारणसहित बाटोको म्यादबाहेक सूचना पाएका मितिले १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न र रिट निवेदनको एकरएकप्रति नक्कलसमेत साथै राखी पेस… पुरा पढौ

जापानी नागरिक ईशेले गरे ,सहारा स्कुललाई सहयोग

पोखरा घुम्न आएका जापानीज नागरिक इशे चुसिमाले सामुदायिक विद्यालयलाई आर्थिक सहयोग गरेका छन् । पोखरा ९, बसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयलाई उनले नगद ३० हजार सहयोग गरेका हुन् । इशे विद्यालयमा गत शैक्षिक सत्रदेखि जाइकाको सहयोगमा स्वयम् सेवा गरिरहेकी शिक्षक अन्‍ना चुसिमाका भाइ हुन् ।ईशेले सो रकम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विक्रम थकालीलाई हस्तान्तरण गरे । दुई हप्ताका लागि नेपाल घुम्न आएका इशेले विद्यालयका विद्यार्थी र विद्यालयमा आफुले पाएको न्यानो आतिथ्यले निकै प्रफुल्लित भएको बताए । सोहि क्रममा विद्यालयलाई… पुरा पढौ

गुप्तेश्वर महादेव वहुमुखी क्याम्पसमा शर्मा

गुप्तेश्वर महादेव वहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा ज्ञाजराज शर्मा निर्वाचित भएका छन् । क्याम्पसको १६ औं साधारण सभा एवम् छैटौ अधिवेशनले शर्माको अध्उक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको हो । समितिको सदस्यहरुमा नारायण बराल,कृष्णप्रसाद लम्साल, इश्वरी लम्साल,दिपक राज बराल र विन्दु कार्की रहेका छन् । अधिवेशनको उद्घाटन गर्दै क्याम्पस सञ्चालक समितिका पूर्व अध्यक्ष प्रा.डा. टंकराज अधिकारीले शैक्षिक विकासका लागि क्याम्पसले महत्वपूर्ण भूमिका खेल्दै आएको बताउँदै विद्यार्थीको रुचिको विषयमा जोड दिनुपर्ने आवश्यकता औल्याए । क्याम्पस प्रमुख धर्मराज बरालले सांगठनिक प्रतिवेदन पेश… पुरा पढौ