शिक्षा

पत्रकारलाई अनुसन्धानमूलक लेख लेखन तालिम

नेपाल पत्रकार महासंघ कास्कीको आयोजनामा आईतबारदेखि अनुसन्धानमूलक लेख लेखन तालिम सुरु भएको छ । जेठ २७ गतेसम्म सञ्चालन हुने तालिमको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उद्घाटन गरेका हुन् । उद्घाटनपछि मेयर आचार्यले पत्रकारिता क्षेत्रलाई अझ बढी जिम्मेवार र अद्यावधिक बनाउनु पर्ने बताए । उनले नेपालमा डिग्री हासिल गरेपछि वा परीक्षा सकिएपछि सिक्ने प्रक्रिया सकियो भन्ने गलत धारणा रहेको भन्दै यसलाई चिर्नुपर्ने धारणा राखे ।विशेष गरी पत्रकारिता जस्तो संवेदनशील र गतिशील क्षेत्रमा आबद्ध व्यक्तिहरूका लागि हरेक मिनेट र सेकेन्ड महत्वपूर्ण हुने… पुरा पढौ

प्रतिभामा नवआगन्तुक विद्यार्थीलाई स्वागत

पालिखेचोकस्थित प्रतिभा माविले नवआगन्तुक विद्यार्थीका लागि आइतबार स्वागत तथा उत्प्रेरणामुलक कार्यक्रम आयोजना गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) उत्तिर्ण गरि प्रतिभामा कक्षा ११ मा भर्ना भएका विद्यार्थीका लागि कार्यक्रम आयोजना गरिएको हो । शनिबार विज्ञान संकायमा भर्ना भएका विद्यार्थीका लागि स्वागत कार्यक्रम राखेको प्रतिभाले आइतबार व्यवस्थापन र होटल व्यवस्थापन संकायमा भर्ना भएका विद्यार्थीका लागि कार्यक्रम राखेको थियो । उक्त कार्यक्रमको प्रमुख अतिथि मणिपाल शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल ओडुभिल, विद्यालय संचालक समितिका अध्यक्ष नारायणप्रसाद पौडेल लगायतले उद्घाटन गरेका… पुरा पढौ

वातावरण दिवसको अवसरमा स्टेप बाई स्टेप मा.विमा विविध कार्यक्रम

पोखराको मासबारमा रहेको स्टेप बाई स्टेप मा.विले विश्व वातावरण दिवसको अवसरमा सचेतना ¥याली र सरसफाइ कार्यक्रम गरेकोे छ । कार्यक्रम विद्यालयमा क्रियाशील ग्रो सर्कल, क्वालिटी सर्कल र युवा रेडक्रसले संयुक्त रुपमा आयोजना गरेका थिए । ब्यानर र प्ले कार्डसहित कक्षा ६ देखि ९ सम्मका विद्यार्थीहरू सहभागी रहेको सचेतना ¥याली मालेपाटन र मासबारका विभिन्न स्थानहरुमा घुमी विद्यालयमा फर्केको थियो । विद्यालय परिसर र विद्यालय वरपरि सरसफाइ गरिएको थियो । विद्यार्थीहरूले विद्यालय प्राङ्गणमा विभिन्न जातका पूmलका विरुवाहरू रोपेका थिए । कार्यक्रममा विद्यालयका… पुरा पढौ

माउन्ट अन्नपूर्णमा मनाईयो वातावरण दिवस

पोखरा ३ नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माविले विश्व वातावरण दिवसको अबसर पारेर सरसफाइ कार्यक्रम आयोजना गरेको छ । बिद्यालयले विद्यार्थीलाई विभिन्न समूहमा विभाजन गरी विद्यालय वरिपरिका साथै बिन्दाबासिनी बसपार्क, पोखरा बाग्लुङ राजमार्ग, अर्चलबोट,भैरवटोल नदिपुर लगाएत क्षेत्रमा सरसफाई गरेको हो । वातावरण संरक्षण र सरसफाइप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालय प्रशासनले जनाएको छ। कार्यक्रममा पोखरा महानगरपालिका वडा २ का वडा अध्यक्ष दिवसमान प्रधानाङ्गले स्वच्छ वातावरण निर्माणका लागि विद्यालयस्तरबाट सञ्चालन हुने यस्ता कार्यक्रम प्रभावकारी हुने बताए। उनले… पुरा पढौ

विश्व साइकल दिवसमा फिस्टेलको साइकल यात्रा

पोखरा १७, तल्लो बिरौटामा रहेको फिस्टेल एकेडेमी आई.बी वर्ल्ड स्कुलले विश्व साइकल दिवस २०२६ को अवसर पारेर पर्यटकीय क्षेत्र पामेसम्म साइकल यात्रा गरेको छ । विद्यालयको कक्षा ६ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरुले करिब १० किलोमिटरको साइकल यात्रा गरे । प्रदूषणरहित सावारी साधनको प्रयोग गर्दै शारीरिक तन्दुरुस्ती कायम गर्न तथा वातावरणीय प्रदूषणको न्यूनीकरण गर्न जनचेतना फैलाउने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक अभिषेक राईले जानकारी दिए । विश्व वातावरण दिवसको पूर्वसन्ध्यामा गरिएको सो कार्यक्रममा विद्यार्थीहरुले पामे क्षेत्रको फोहरमैला सङ्कलन… पुरा पढौ

गण्डकीको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता

सन्देश श्रेष्ठपोखरा, जेठ १९ गण्डकी प्रदेश सरकारले कृषि र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रम ल्याएको छ । गण्डकी प्रदेश सरकारको तर्फबाट गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले मंगलबार ल्याएको नीति तथा कार्यक्रममा कृषि र पर्यटनलाई प्राथमिकता दिइएको हो । गण्डकी प्रदेश सभामा प्रस्तुत नीति तथा कार्यक्रममा युवालाई योग्यता अनुसारको काम र काम अनुसारको दाम पाउन सक्षम बनाउने महत्वकांक्षी नीति लिइएको छ । गण्डकी प्रदेश सरकारले युवालाई हाल रोजगारी नपाएर बेरोजगार भइरहेको तथा कयौं युवाहरु वैदेशिक… पुरा पढौ

गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसमा दुईदिने कार्यशाला सम्पन्न

गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस, पोखरामा अनुसन्धान प्रस्तावना लेखनसम्बन्धी दुईदिने कार्यशाला गोष्ठी आईतबार सम्पन्न भएको छ । व्यवस्थापन संकायअन्तर्गत एमबीएस चौथो तहमा अध्ययनरत विद्यार्थीहरूको अनुसन्धान क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको गोष्ठीमा अनुसन्धान व्यवस्थापन समितिका संयोजक मोहन भण्डारीले गुणस्तरीय उच्च शिक्षाका लागि अनुसन्धान संस्कृतिको विकास अपरिहार्य रहेको उल्लेख गर्दै विद्यार्थीहरूलाई अनुसन्धानमूलक अध्ययनमा सक्रिय सहभागिता गराउन्ु आजको आवश्यकता बनेको बताए । उनले आगामी दिनमा यस कार्यक्रमलाई अझ सशक्त ढंगबाट निरन्तरता दिदै जाने जानकारी दिए । अनुसन्धान व्यवस्थापन समिति सदस्य सुरेन्द्र कार्कीले अनुसन्धानको… पुरा पढौ

उपन्यासकार रिजालको ‘पैकेलो’ माथि पोखरामा विमर्श

उपन्यासकार ओम रिजालको उपन्यास ‘पैकेलो’माथि पोखरामा विमर्श गरिएको छ । नेपाली लेखक सङ्घ, गण्डकी प्रदेशको आयोजनामा भएको कार्यक्रममा साहित्यकार तीर्थ श्रेष्ठले मान्छे प्रयत्न गर्न स्वतन्त्र भएको तर प्राप्ति उसको वशको कुरा नभएको बताए । उपन्यासकारको अध्ययन, खोजी र लेखनले उपन्यासको वैशिष्ट्य झल्काएको बताउँदै उनले नेपालीले आफ्नै इतिहास आफैँले लेखेर पढ्न नपाएकामा दुःख प्रकट गरे । नेपाल खस, नेवा, मैथिल र मुन्धुम सभ्यताको समष्टि भएको उल्लेख गर्दै श्रेष्ठले यी सभ्यताको उत्पत्ति र विकासबारे लेखिएको हाम्रो इतिहास अधुरो र कतिपय सन्दर्भमा काल्पनिक… पुरा पढौ

किड्जी प्रि स्कूल पोखराको समुद्घाटन तथा कार्निभल प्रोग्राम सम्पन्न

पोखरा । किड्जी प्रि स्कूल पोखरा शाखाको समुद्घाटन तथा कार्निभल कार्यक्रम शनिबार पोखरा महानगरपालिका–१६ तल्लो दिपमा सम्पन्न भएको छ। कार्यक्रममा अभिभावक, शिक्षा क्षेत्रका व्यक्तित्व, जनप्रतिनिधि, समाजसेवी तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो। किड्जी प्रि स्कूल पोखरा व्यवस्थापन समितिका अध्यक्ष मे. दिलबहादुर गुरुङको अध्यक्षतामा भएको समुद्घाटन समारोहमा प्रमुख अतिथि नेपाल क्रिकेट टोलीका पूर्व कप्तान Cricket Association of Nepal का सचिव एवं किड्जी नेपालका ब्राण्ड एम्बेसेडर पारस खड्का रहनुभएको थियो। विशेष अतिथिका रूपमा KidZee Nepal का प्रमुख गोविन्द घिरैया र अतिथिको रुपमा… पुरा पढौ

पिसिएम कप प्लस टु फुटसलको उपाधी तालपारीलाई

पोखरा कलेज अफ म्यानेज्मेण्टको आयोजनामा पोखरामा सम्पन्न प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्टको उपाधी तालपारी टिमले जितेको छ । बि–फिट फुटसलमा शनिबार भएको फाइनल खेलमा टिम ९११ लाई ६–३ गोल अन्तरले पराजित गर्दै तालपारीले सो उपाधी जितेको हो । तालपारीको जितमा सुजन थापा र सिद्धान्त श्रेष्ठले २–२ तथा सुन्दर मगर र कुञ्जन पौडेलले १–१ गोल गरे । टिम ९११ को तर्फबाट सुसान्त सेञ्चुरी, प्रसान्त गुरुङ र हर्षभ बोहराले १–१ गोल गरे ।जितसंगै तालपारीले नगद रु २० हजार सहित शिल्ड,… पुरा पढौ