मंसिर १० पोखरा । निवृत्त प्राध्यापक समाज, पोखराद्वारा प्रकाशित ‘निवृत्त प्राध्यापक मञ्च, सङ्क्षिप्त जीवनी–एक’ पुस्तक लोकार्पण गरिएको छ । पुस्तकको एक कार्यक्रमका बीच आज गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. गणेशमान गुरुङ, पृथ्वीनारायण क्याम्पसका संस्थापक क्याम्पस प्रमुख जोर्ज जोन, समाजका अध्यक्ष कृष्णप्रसाद पौडेलले संयुक्त रुपमा लोकार्पण गरे । समाजले २०८१ साउन महिनासम्म नेपालका विभिन्न विश्वविद्यालयहरूबाट निवृत्त भएर पोखरा र आसपासका क्षेत्रमा बसोबास गरिरहेका १०८ जना प्राध्यापकहरूको सङ्क्षिप्त परिचयात्मक जीवनी तथा अनुभवलाई पुस्तकमा समेटेको हो । कार्यक्रममा गण्डकी विश्वविद्यालयका कुलपति गुरुङले लामो समय…
पुरा पढौ