शिक्षा

जनप्रियका उत्कृष्ठ विद्यार्थीलाई सम्मान

साउन २२ पोखरा । जनप्रिय बहुमुखी क्याम्पसले वार्षिक र सेमेस्टर परीक्षा प्रणालीमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई मङ्गलबार सम्मान बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । प्रमुख अतिथि राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत् व्यवस्थापन समितिकी अध्यक्ष नम्रता बरालले कडा परिश्रम गरेर सर्वोकृष्ट नतिजा ल्याउने विद्यार्थीले नै जनप्रियको शाखमा लोकप्रियता थपेको बताइन् । बरालले आफ्नो क्षमताको पहिचान गरेर उच्चशिक्षा लिएमा अब्बल हुने धारणा राख्दै मिहिनेतले नै जीवनमा परिवर्तन आउने जनाइन् । निमित्त क्याम्पस प्रमुख रमेशबहादुर खड्काले जनप्रियबाट नेपाल टप र क्याम्पस टप… पुरा पढौ

सिद्दि सेतुली स्मृति प्रतिष्ठानद्वारा बार्षिक छात्रवृत्ति कार्यक्रमको समीक्षा, अक्षय कोषमा रु १ करोड पुग्यो

पोखरा । सिद्दि सेतुली स्मृति प्रतिष्ठान पोखराले बार्षिक रुपमा बितरण गर्दै आएको छात्रवृत्ति कार्यक्रमको सरोकारवालाहरुसॅंग समीक्षा बैठक आयोजना गरेको छ । शुक्रबार कन्या क्याम्पसमा आयोजित बैठक छात्रवृत्ति बितरण गर्दै आएका १० वटा शैक्षिक संस्थाका प्रधानाध्यापकहरुलाई छात्रवृत्ति निर्देशिका बारे अभिमुखिकरण र कार्यक्रमको समीक्षा गरिएको प्रतिष्ठानका संस्थापक संरक्षक बिश्वरत्न शाक्यले बताए ।समीक्षा बैठकमा कन्या मा.वि. नदीपुर, कन्या क्याम्पस, नदीपुर, ज्ञानभूमि आधारभूत विद्यालय, महेन्द्र उच्च मा वि, नयाँबजार, नवप्रभात सेकेण्डरी स्कूल, कुँडहर आधारभूत विद्यालय, अमरसिंहमावि, सिर्जना बहिरा माध्यमिक विद्यालय लेखनाथ, सिद्दार्थ आधारभुत बिद्यालय… पुरा पढौ

कुमुदिनीमा पर्वतारोही पूर्णिमाले सुनाइन सफलताको कथा

साउन १७ पोखरा । पोखराको गैह्रापाटनमा रहेको विद्यालय कुमुदिनी होम्समा कीर्तिमानी पर्वतारोही पूर्णिमा श्रेष्ठलाई स्वागत गरिएको छ । एकै सिजनमा तीन पटक सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेर विश्व कीर्तिमान बनाएकी फोटो पत्रकार पूर्णिमा श्रेष्ठलाई सफलताको अनुभव सुनाउन विद्यायमा निम्त्याएको संस्थापक अध्यक्ष अशोक पालिखेले बताए । स्वागतपछि श्रेष्ठले विद्यालयका कक्षा १०, ११ र १२ का विद्यार्थीलाई उत्प्रेरणात्मक अनुभव सुनाईन् । गोरखाको आरुघाट निवासी श्रेष्ठले विद्यार्थीलाई एकाग्रता, निर्धक्क भएर रहनुका फाइला तथा निरन्तरताका बारेमा जानकारी दिईन् । यी तीन कुरा धेरै महत्वपूर्ण… पुरा पढौ

बाराही माविमा गोविन्दप्रसाद–लीलावती कोइराला अक्षयकोष स्थापना

पोखरा । पोखरा महानगरपालिका वडा नं. ५ मालेपाटनस्थित बाराही माविमा गोविन्दप्रसाद–लीलावती कोइराला अक्षयकोष स्थापना गरिएको छ । गोविन्दप्रसादका छोरा, बुहारी र छोरीले तीन लाख तीन हजार पाँच सय ५५ रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् । गोविन्दप्रसादका जेठा छोराबुहारी सुवास÷उमा, माइला छोराबुहारी सुरेशचन्द्र÷ज्ञानु, कान्छा छोराबुहारी लक्ष्मण÷सीता कोइरालाका साथै छोरी शान्तिकुमारी कोइरालाले अक्षयकोष स्थापना गरेका हुन् । छोरा सुवास बाराही माविबाटै २०५१ सालको एसएलसी परीक्षामा सहभागी भई बोर्ड पाचौँ स्थान हासिल गरेका थिए ।गोविन्दप्रसाद सामाजसेवी, शिक्षासेवी र धार्मिक व्यक्तित्वकारुपमा परिचित थिए ।… पुरा पढौ

धर्मस्थली स्कुललाई पूर्वविद्यार्थीद्वारा पाँच लाख सहयोग

पोखरा । पोखरा महानगरपालिका वडा नं ५ प्रस्याङस्थित धर्मस्थली आधारभूत विद्यालयमा विद्यालयलाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरिएको छ । विद्यालयको समग्र विकासका लागि विद्यालयका पूर्वविद्यार्थी डा. राजेन्द्र प्रसाद कोइराला र डा. सुमिरा कोइरालाले उक्त सहयोग गरेका हुन् । राजेन्द्र र सुमिरा विद्यालयका पूर्वअध्यक्ष वेदनीधि कोइरालाका छोरा बुहारी हुन् । उनीहरु हाल अमेरिकमा छन् ।उक्त रकम सुमिराका पिता एवं साहित्यकार तीर्थराज अधिकारी र माता सीतादेवी अधिकारीमार्फत बुधबार विद्यालयलाई हस्तान्तरण गरिएको हो । रकम वडासदस्य गोविन्दप्रसाद पराजुलीको उपस्थितिमा विद्यालयकी प्रधानाध्यापक वदनकुमारी… पुरा पढौ

समाजसेवि रञ्जित दम्पतिद्वारा सहारा बाल आधारभूत विद्यालयमा सहयोग

पोखरा । पोखरा ९ बसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयमा अध्ययनरत २ जना बालकहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ । सोहि विद्यालयका अक्षयकोष दाता पोखरा रामवजार निवासी बैकुण्ठ रञ्जितकार र उनीकी धर्मपत्नी पूर्णीमा रञ्जितकारले एक कार्यक्रमका विच उक्त सामाग्री हस्तान्तरण गरेका हुनु । कक्षा ६ मा अध्ययनरत मनिष नेपाली र कक्षा ८ मा अध्ययनरत रविन सुनारको कक्षा १२ सम्मको सम्पुर्ण शैक्षिक खर्च आफूले प्रदान गर्ने जिम्मेवारी लिए संगै समाजसेवी रञ्जित दम्पतिले गत शैक्षिक सत्र देखि उक्त विद्यालयमा सहयोग प्रदान गर्न… पुरा पढौ

जनप्रियमा स्वागत तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न

साउन १५ पोखरा ।जनप्रिय बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले अनुशासित र असल विद्यार्थीलाई नै सफलता मिल्ने भएकाले लगनशील भई अध्ययन गर्न सुझाए । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण भई कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीलाई स्वागत गर्दै अभिमुखीकरण कार्यक्रममा विजुक्छेले नेपालकै सर्वोकृष्ट सामुदायिक क्याम्पस रोजेका विद्यार्थीलाई जीवनमा के बन्ने भन्ने कुरा आजैबाट सुरुवात गर्न आग्रह गरे । उनले उच्चशिक्षा अध्ययनका लागि अन्यत्र जानै नपर्ने गरी क्याम्पसले हरेक चिजको व्यवस्थापन गरेको दावी गरे ।… पुरा पढौ

पोखरामा भएको स्कुल बस दुर्घटनाबारे अध्ययन गर्न पोखरा महानगरले बनायो छानविन समिति

पोखरा, साउन १४ पोखरामा आज विहान भएको स्कुल बस दुर्घटनाबारे अध्ययन गर्न पोखरा महानगरपालिकाले छानविन समिति बनाएको छ । पोखराको फुस्रेखोला आज विहान करीब ९ बजे पोखराको एलपी देवकोटा मेमोरियल स्कुलको बस दुर्घटना सम्बन्धि अध्ययन गर्न महानगरले शिक्षा निर्देशक हेमप्रसाद आचार्यको संयोजकत्वमा छानविन समिति बनाएको हो । छानविन समितिको सदस्यमा उपसचिव कृष्णप्रसाद तिवारी, नगर प्रहरी निरीक्षक पुरुषोत्तम थापा, मे.ई.सरोज चालिसे र शिक्षा अधिकृत रामप्रसाद तिवारी सदस्य सचिव रहेको छानविन समिति बनाएको हो । बस दुर्घटनाबारे अध्ययन गर्न पोखरामा पहिलोपटक छानविन… पुरा पढौ

मेलाको आम्दानीले विद्यार्थीलाई पोसाक र यातायात सुविधा

पर्वत । गत जेठमा सम्पन्न २५ सय ६८औँ बुद्धजयन्ती मेलाबाट सङ्कलित रकमले पर्वतको एक विद्यालयका विद्यार्थीलाई पोसाक र यातायात सुविधाको व्यवस्था गरिएको छ । यहाँको जलजला गाउँपालिका–९ बनौँमा सञ्चालित बनौँ युवा क्लबद्वारा सञ्चालित मेलाको आम्दानीले स्थानीय बनौँ माध्यमिक विद्यालयका सम्पूर्ण विद्यार्थीलाई पोसाक वितरण गर्नाका साथै निःशुल्क विद्यालय आवजावत गर्न यातायात सुविधा मिलाइएको हो । बनौँ युवा क्लबले विद्यालयमा अध्ययनरत एक सय ४५ जना विद्यार्थीहरूका लागि रु एक लाख ५० हजारमा ‘ट्र्याकसुट’ वितरण गरेको क्लबका सचिव लुक पुनले जानकारी दिए ।… पुरा पढौ

पोखरामा स्कुल बस दुर्घटना हुँदा आमा र छोराको मृत्यू, २८ घाइते

पोखरा, साउन १४। पोखरामा आज स्कुल बस दुर्घटना हुँदा एकै परिवारका २ जनाको मृत्यू भएको छ । पोखराको एलपी देवकोटा मेमोरियल स्कूलको बस आज विहान पोखराको फुस्रेखोलामा दुर्घटना हुँदा एकै परिवारका आमा र छोराको मृत्यू भएको हो । विद्यार्थी लिएर पोखरा-२१ रामदीबाट बिरौटा फर्कने क्रममा भएको बस दुर्घटनामा स्कुलकी सहयोगी ३१ वर्षीय आरती विक र उनका ५ वर्षिय छोरा प्रिन्स विकको मृत्यु भएको कास्की प्रहरीले जानकारी दिएको छ । अन्य २८ जना घाइते भएका छन्। घाइते विद्यार्थी तथा चालकको उद्धार… पुरा पढौ