वालिङ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले ‘संस्कार शिक्षा’ को पठनपाठन गराउन सुरु गरेको छ । पछिल्लो समय संस्कार संस्कृति तथा नैतिक शिक्षाको कमीका कारण युवापुस्तामा आफ्नो संस्कारसम्बन्धी ज्ञानको अभाव देखिन थालेको भन्दै पालिकाले ‘संस्कार शिक्षा’ को पठनपाठन सुरु गरेको हो । आफ्ना मौलिक कला, संस्कृति, चालचलनको संरक्षण, सम्वद्र्धन र पछिल्लो पुस्तालाई संस्कारयुक्त बनाउनका लागि संस्कार शिक्षा पठाउन थालिएको गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले बताए । स्थानीय पाठ्यक्रमअन्तर्गत संस्कार शिक्षा उपयुक्त लागेकाले चालु शैक्षिकसत्रको सुरुआतदेखि कक्षा ६, ७ र ८ मा पठनपाठन थालिएको…
पुरा पढौ