शिक्षा

रूपामा शिक्षा शाखा प्रमुख तथा नवप्रवेशी शिक्षकलाई स्वागत

पोखरा, जेठ १९ नेपाल राष्ट्रिय शिक्षक संगठन रूपा गाउँपालिका समितिले शिक्षा शाखा प्रमुख तथा नवप्रवेशी शिक्षकहरुलाई स्वागत गरेको छ । संगठनले एक औपचारिक कार्यक्रम गरेर रुपा गाउँपालिकाका शिक्षा शाखा प्रमुखसहित नवप्रवेशी शिक्षकहरुलाई स्वागत गरेको हो । स्वागत कार्यक्रममा नवप्रवेशी शिक्षकहरुका तर्फबाट बोल्दै विकास पंगेनीले शिक्षक संगठन अभिभावक संगठन भएकाले यसले अभिभावकीय भूमिका खेल्ने विश्वास व्यक्त गरे । सल्लाहकार सदस्य तथा विश्वसान्ति माविका प्रधानाध्यापक बुद्दिसागर अधिकारीले नवप्रवेशी शिक्षकहरुलाई आउने परीक्षामा उपल्लो तहमा बढुवा हुने शुभकामना दिए । कार्यक्रममा रूपा गाउँपालिका शिक्षा,… पुरा पढौ

कुमुदिनीद्वारा दुई विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री र नगद हस्तान्तरण

पोखरा, १८ जेठ । पोखरा वडा नं ४ मा रहेको कुमुदिनी होम्स माविले माछापुच्छ्रे गाउँपालिकामा रहेको बाराही प्रावि र पोखरा महानगरपालिका वडा नं १९ मा रहेको हिमालय प्राविका ८३ विद्यार्थीका लागि शैक्षिक सामग्री तथा नगद हस्तान्तरण हस्तान्तरण गरेको छ । विद्यार्थीलाई सामाजिक सेवामा लाग्नुपर्छ, समाज सेवा गर्नुपर्छ र सामाजिक उत्तरदायीत्व बहन गर्नुपर्छ भन्ने मान्यता अनुसार विद्यार्थीहरुले नै संकलन गरेको ३७६ वटा कपि, २९५ वटा पेन्सिल, १५८ वटा इरेजर र ३२९ वटा कटर गरेर ३७ हजार २७० रुपैयाँ बराबरको सामान हस्तान्तरण… पुरा पढौ

पश्चिमाञ्चल माविमा ‘सेल्फ मेकअप’ सम्बन्धि तालिम

पोखरा । गैहपाटनस्थित पश्चिमाञ्चल माविले एकहप्ते सेल्फ मेकअप (स्किन केयर) सम्बन्धी निशुल्क तालिम सुरु गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएका विद्यार्थीलाई लक्षित गर्दै विद्यालयले तालिम दिन थालेको हो । तालिममा ५० जना विद्यार्थी सहभागि छन । बुधबारदेखि सुरु भएको तालिम एकसाता चल्ने विद्यालयका प्राचार्य सरोज कोइरालाले बताए । कोइरालाका अनुसार पोखराकै आइरिस हेयर एण्ड ब्युटी केयर प्रालि. सँगको सहकार्यमा तालिम दिइएको छ । पश्चिमाञ्चल माविमा सैद्धान्तिक र आइरिस हेयर एण्ड ब्युटी केयरमा प्रयोगात्मक अभ्यास हुनेछ । एकसाता अवधिको… पुरा पढौ

हिलसाइडमा खुला तथा अन्तरसदनात्मक बुद्धिचाल प्रतियोगिता

पोखरा । संस्कारयुक्त गुणस्तरीय व्यावहारिक शिक्षामा जोड दिएको पोखराको हिलसाइड अङ्ग्रेजी माध्यमिक विद्यालयमा खुला तथा अन्तरसदनात्मक बुद्धिचाल प्रतियोगिता हालै विद्यालय प्राङ्गणमा एक समारोहबिच सम्पन्न भएको छ । करिब १ सय ५० जना विद्यार्थीहरू सहभागी भएको उक्त प्रतियोगितामा कक्षा ६ देखि १० सम्म अन्तरसदनात्मक रूपमा खेल सञ्चालन गरिएको थियो भने कक्षा ४ र ५ लाई कक्षागत खुला प्रतिस्पर्धामा सहभागी गराइएको थियो । अन्तरसदनात्मक प्रतियोगितातर्फ रातो सदनबाट सहभागी भएका रिदम पौडेलले प्रथम स्थान हात पारेका थिए भने हरियो सदनबाट सहभागी भएका केशव… पुरा पढौ

तनहुँको आँबुखैरेनी गाउँपालिकाका चेपाङ विद्यार्थीलाई अध्ययन खर्च

तनहुँको आँबुखैरेनी गाउँपालिकाले यहाँका दुई चेपाङ विद्यार्थीलाई अध्ययन खर्च बापतको रकम प्रदान गरेको छ । आँबुखैरेनी–५ का अमृत चेपाङ र सञ्जीव चेपाङलाई मासिक रु पाँच हजारका दरले अध्ययन खर्च दिएको हो । स्थानीय रामशाह माध्यमिक विद्यालयमा अमृत कक्षा ९ मा तथा सञ्जीव कक्षा ११ मा अध्ययनरत रहेका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए । कार्यपालिका बैठकले विपन्न वर्गका चेपाङ विद्यार्थीलाई कक्षा १२ सम्म अध्ययन गर्न मासिक रु पाँच हजारका दरले सहयोग दिने निर्णय भएबमोजिम उक्त रकम प्रदान गरिएको… पुरा पढौ

तमु साँस्कृतिक प्रतिष्ठान नेपालद्वारा छात्रवृत्ति छनौट परीक्षा सम्पन्न

पोखरा । तमु साँस्कृतिक प्रतिष्ठान नेपालद्वारा प्रथम चरणको छात्रवृत्ति छनौट परीक्षा सम्पन्न गरेको छ । ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्ने उद्धेश्यले शनिबार पोखरामा शैक्षिकसत्र २०८१ को लागि छनौट परिक्षा सम्पन्न भएको हो । कास्की, स्याङ्जा, पर्वत र लमजुङ पश्चिमी भेगका ५३ जना विद्यार्थीहरु सहभागी भएको छनौट परीक्षामा लिखित र मौखिक परीक्षा लिएर मुल्यांकन गरिएको थियो । विभिन्न जिल्लाबाट यस बर्षका लागि ८३ जना विद्यार्थी छनौट गरिने संयोजक चित्रबहादुर तमुले दिए । कार्यक्रममा… पुरा पढौ

विद्यार्थीलाई आधारभूत सीप प्रदान गर्ने पाठ्यक्रम तयार भयो: मुख्यमन्त्री अधिकारी

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विद्यार्थीहरूलाई आधारभूत सीप प्रदान गर्न कक्षा ९ र १० को पाठ्यक्रम तयार भएको बताएका छन । नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको आयोजनामा शुक्रबार छोरेपाटन माविमा भएको ४१ औैं जुनियर र युवा तथा ३० औं शिक्षक नायक गोष्ठीको उद्घाटन गर्दै आफूले पहिलोपटक मुख्यमन्त्री हुँदा थालनी गरेको काम अहिले विज्ञ राखेर पुरा गरेको बताएका हुन। तयार भएको पाठ्यक्रम मेडिकल इर्मजेन्सी, प्राकृतिक प्रकोप, बाढी नियन्त्रण तथा महिला हिंसा विरुद्धका सीपहरु लिनका निम्ती प्रभावकारी बन्ने विश्वास उनको… पुरा पढौ

कास्की मोर्डनाइज्ड एकेडेमीमा नव आगन्तुकलाई स्वागत

पोखरा । कास्की मोडेनाइज्ड एकेडेमीले विद्यालयमा नवनियुक्त शिक्षक विद्यार्थीलाई स्वागत तथा सम्मान गरेको छ । पोखरा–१४ चाउथेस्थित एकेडेमीले दुई दिवसीय कार्यक्रम गर्दै स्वागत तथा सम्मान गरेको हो । सोही अवसरमा विद्यालयले गत शैक्षिक सत्रमा उत्कृष्ट स्थान हाँसिल गर्नेहरुलाई पुरस्कार वितरण गरेको छ । सो अवसरमा शैक्षिक पुरस्कार, उकृष्ट मनिटर, उत्कृष्ट सरसफाई, अनुशासन एवं सबैक्षेत्रमा उत्कृष्ट प्रमाणीत हुने विद्यार्थीहरुलाई ‘अल राउण्डर अफ द इयर –२०८०’ बाट पुरस्कृत गरिएको विद्यालयले जनाएको छ । कार्यक्रममा विद्यालयका संस्थापक प्राचार्य राम बहादुर मोचीले नव आगन्तुक… पुरा पढौ

पश्चिमाञ्चल माविमा व्यूटिसियन, हेयर ड्रेसिङ र फेसन डिजाईनिङ सम्बन्धि ‘सौन्दर्य तथा केश कला’ पढाई हुने

पोखरा, जेठ ८ पोखरा–४ गैह्रापाटनमा रहेको पश्चिमाञ्चल माविमा व्यूटिसियन, हेयर ड्रेसिङ र फेसन डिजाईनिङको पढाई हुने भएको छ । पश्चिमाञ्चल माविले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरेर यस वर्षदेखि सौन्दर्य तथा केश कला विषय अन्तर्गत व्यूटिसियन, हेयर ड्रेसिङ र फेसन डिजाईनिङको पढाई शुरु गर्न लागेको जानकारी दिएको हो । विद्यार्थीलाई व्यवसायीक, सीपमूलक र व्यवहारिक शिक्षा दिने हेतुले यस वर्षदेखि व्यवस्थापन संकालयको कक्षा ११ र १२ मा एक÷एक सय पूर्णाङ्कको यी विषयहरु ऐच्छिक विषयका रुपमा थप गरिएको विद्यालयका प्रिन्सिपल सरोज कोइरालाले बताए… पुरा पढौ

कन्या क्याम्पसका विद्यार्थीलाई न्यायिक समितिबारे प्रशिक्षण

पोखर । पोखरा महानगरका विद्यालय र क्याम्पसहरुमा न्यायिक समितिका बारेमा जानकारी गराउने उद्देश्यले प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको छ । पोखरा महानगरपालिकाको न्यायिक समितिको संबैधानिक ब्यवस्था, गठन प्रक्रिया र अधिकार क्षेत्रका बारेमा विद्यार्थीलाई जानकारी गराउने उद्देश्यले “न्यायिक समितिसंग विद्यार्थी” कार्यक्रम सञ्चालन गरेको छ । महानगर न्यायिक समितिको सहयोगमा प्रेस क्लब गण्डकीको आयोजनामा पोखराको नदिपुरमा रहेको कन्या क्याम्पसमा अध्ययनरत छात्राहरुलाई न्यायिक समितिको बारेमा जानकारी गराइएको हो । स्थानीय सरकारको न्यायपालिकाको रुपमा रहेको न्यायिक समितिको व्यवस्था र यस निरुपण गर्ने विवादका… पुरा पढौ