गण्डकी

पोखराको लेकसाइडमा मिरक्याट पार्कः खाना, खेल, संगीत र समुदाय जोड्ने नयाँ थलो

पर्यटकीय राजधानी पोखराको लेकसाइडमा खाना, खेल, संगीत र समुदाय जोड्ने नयाँ थलाको शुरुवात भएको छ । पर्यटन राजधानी पोखरा लेकसाइडको स्ट्रिट नम्बर १७ मा ‘मिरक्याट पार्क’ सञ्चालनमा आएको हो । पोखराबाट सुरु भएको मिरक्याट इन नेपाल केन्द्रका रूपमा विकास गरिएको मिरक्याट इन नेपालका सञ्चालक सागर भट्टराईले जानकारी दिए । मिरक्याट पार्कमा खाना, कफी, वेलनेस, खेलकुद, संगीत, गेमिङ, सिर्जनशील गतिविधि तथा विभिन्न कार्यक्रमका लागि स्थान उपलब्ध छ । करिब ४ करोडको लगानीमा विभिन्न संरचनाहरु निमार्ण भएका छन् । मिरक्याटको मूल अवधारणा… पुरा पढौ

गजलकार स्व.प्रकट पगेनीको शालिक अनावरण

गजलकार स्वर्गीय प्रकट पगेनी शिवको अर्धकदको शालिक अनाबरण गरिएको छ । कास्कीको देउराली स्थित ठुलो बन पाखाको हरित पार्कमा पगेनीको शालिकको रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले शनिबार अनावरण गरेका हुन् । शालिक अनाबरण गर्दै, पालिका अध्यक्ष ओझाले गजलकार पगेनीको नेपाली साहित्यको क्षेत्रमा बहुविधामा योगदान रहेको उल्लेख गरे । उनले स्व. पगेनीले पछिल्लो समय रचना गर्नुभएका श्रृंगारिक रसका गजल चर्चामा रहेको उल्लेख गर्दै, गित र मुक्तकमा पनि अब्बल रहेको भन्दै स्मरण गरे । प्रकट पगेनी शिव स्मृति प्रतिष्ठानका अध्यक्ष टिकाराम पगेनीको… पुरा पढौ

एमाले पोखरा–५ को शुभकामना आदान–प्रदान तथा चियापान सम्पन्न

चाडपर्वको अवसर पारेर नेकपा एमाले, वडा कमिटी पोखरा –५ ले शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ। रबिन्द्र स्मृति बाटिकामा आयोजित कार्यक्रममा पार्टीका नेता राजीव पहारीले नेपाली समाजका मौलिक पर्वहरूले आपसी सद्भाव, भाइचारा, सामाजिक एकता र आत्मीयता थप सुदृढ बनाउने विश्वास व्यक्त गरे । कार्यक्रममा प्रदेश कमिटीका सदस्य अन्जु केसी, एमाले कास्कीका अध्यक्ष बैन बहादुर अधिकारी क्षेत्री, महानगर कमिटी अध्यक्ष जीवन आचार्य, वडा कमिटी ५ का इन्चार्ज उज्वल खत्रीलगायतले नेपालीजनका महत्वपुर्ण चाडपर्वको शुभकामना व्यक्त गर्दै सबैमा सुख, शान्ति, समृद्धि,… पुरा पढौ

पोखरामा नवदुर्गा शोभायात्रा सम्पन्न, विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव सुरु

पोखराको प्रसिद्ध धार्मिक तीर्थस्थल विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव सुरु भएको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा आजदेखि कार्तिक ३ गते महानवमीसम्म नवदुर्गा महोत्सव सञ्चालन हुने जनाईएको छ । महोत्सवको पुर्वसन्ध्यामा आज नवदुर्गा शोभायात्रा निकालिएको समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले जानकारी दिए ।विन्ध्यवासिनी मन्दिरको प्राङ्गणबाट सुरु भएको शोभायात्रा सहरका विभिन्न भाग परिक्रमा गरि पुन मन्दिर परिसरमा पुगेर सम्पन्न भएको थियो । शोभायात्रामा नवदुर्गाका ९ रुपमा सिंगारिएका नवकन्यासहितको रथ, झाँकी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल स्काउट, राष्ट्रिय सेवा दल,… पुरा पढौ

नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ । बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । आज बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा… पुरा पढौ

बूढीगण्डकी बाढीः छ वटा पुल बगे, दश जना सम्पर्कविहीन,त्रिशूली र नारायणी किनारमा सतर्कता अपनाउन आग्रह

बूढीगण्डकी बाढीले छ वटा पुल बगाएको छ भने कम्तीमा १० जना सम्पर्कविहीनभएका छन् । बाढीले दुई वटा मोटरेबल र चारवटा झोलुङ्गे पुल बगाएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए । उनका अनुसार आरुघाट र धादिङको त्रिपुरासुन्दरी तथा आरुघाटको सोती र मान्बु जोड्ने पक्की पुल बगेका हुन् । बाढीले धार्चेगाउँपालिका १ र ३ जोड्ने बेलिब्रिज पनि बगाएको छ । यसैगरी, माछिखोला र केरौँजाजोड्ने झोलुङ्गे पुल, चुमनुब्रीको ठाडो भर्याङ र जगत जोड्ने पुल र सिर्दिबासको घट्टेखोला र फिलिमजोड्ने झोलुङ्गे पुल पनि… पुरा पढौ

चिप्लेढुंगा सिद्धार्थ चोक व्यवसाय समितिको रक्तदानमा ५८ युनिट रगत संकलन

पोखरा। चिप्लेढुंगा सिद्धार्थ चोक व्यवसाय समितिको आयोजनामा भएको रक्तदान कार्यक्रममा ५८ युनिट रगत संकलन भएको छ। लायन्स क्लब पोखरा चौतारीको समन्वय र पोखरा हेल्पिङ ह्यान्ड्सको सहयोगमा कार्यक्रम भएको हो। कार्यक्रमको अध्यक्षता गरेका चिप्लेढुङ्गा सिद्धार्थ चोक व्यवसाय समितिका अध्यक्ष दुर्गा सुनारले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम गरिएको बताए । उनले संस्थाले आगामी दिनमा पनि सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाए । पोखरा महानगरपालिका–४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले व्यवसायीहरूको संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम गरेर प्रशंसनीय कार्य गरेको बताए। कार्यक्रममा… पुरा पढौ

बेगनासको ब्रान्डिङ गर्न छैटौँ फिस फेस्टिभल हुने

पोखरा, २४ असोज । ‘माछाको स्वाद, संस्कृतिको पहिचान, हाम्रो मौलिकताको सम्मान’ भन्ने नारासहित पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा छैटौँ बेगनास फिस फेस्टिभल तथा देउसीभैलो प्रतियोगिता हुने भएको छ। आगामी कात्तिक १३ देखि २३ गतेसम्म सञ्चालन हुने महोत्सवबारे शनिबार कसमस इन्टरनेसनल कलेजको सभाहलमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथको आयोजनामा हुने महोत्सवले बेगनास क्षेत्रको पर्यटन प्रवद्र्धन, स्थानीय माछाको बजारीकरण, मौलिक कला तथा संस्कृतिको संरक्षण र आर्थिक गतिविधि चलायमान बनाउने लक्ष्य राखेको छ । पत्रकार सम्मेलनमा… पुरा पढौ

तेस्रो पर्वतीय दौडको उपाधि पुनः नरेन्द्रले जिते,राज गुरुङ ‘ लाला ’ र म्याराथन धावक अर्जुन गोदार सम्मानित

तेस्रो पर्वतीय दौड प्रतियोगिताको उपाधि नरेन्द्रसिंह रावतले जितेका छन् । पोखरा–२२, पुम्दी–भुम्दीमा शनिबार आयोजित उक्त प्रतियोगितामा निर्धारित ८ किमी दूरी उनले ३४ः३५ः८८ मिनेटमा पूरा गर्दै उपाधिसहित नगद ५० हजार, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरे । सुदूरपश्चिमका रावत गत वर्ष पनि च्याम्पियन बनेका थिए । यसैगरी, गौतम श्रेष्ठ दोस्रो र निरज भट्ट क्षेत्री तेस्रो भए । श्रेष्ठले निर्धारित दूरी ३५ः१६ः१९ मिनेटमा पूरा गर्दा क्षेत्रीले ३५ः२९ः०१ मिनेट समय लगाए । उनीहरुले क्रमशः ३० र १५ हजार साथमा मेडल र प्रमाणपत्र पुरस्कार… पुरा पढौ

कास्कीका डा.पुष्पा केसी भण्डारीसहित १३ जना एमालेको केन्द्रीय सदस्यमा मनोनित

कास्कीका डा.पुष्पा केसी भण्डारीसहित १३ जना एमालेको केन्द्रीय सदस्यमा मनोनित भएका छन् । शनिबार पार्टी कार्यालय च्यासलमा सम्पन्न स्थायी कमिटी बैठकले महिलातर्फ ६ जना, पुरुषतर्फ ६ जना र अन्य पार्टीबाट आएका १ जना गरी १३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो। मनोनित हुनेमा महिलातर्फ सिर्जना राई, सावित्रा अर्याल, इन्दु कडरिया विष्ट, सीता पङ्गेनी, सीता अधिकारी र डा. पुष्पा केसी भण्डारी छन् । त्यस्तै पुरुषतर्फ तेजमान कन्दङ्वा, टङ्क आङ्बोहाङ, नवीन रोक्का, मीनप्रसाद गुरुङ, डबल पाण्डे र तेजेन्द्र केसी र अन्य पार्टीबाट… पुरा पढौ