गजलकार स्व.प्रकट पगेनीको शालिक अनावरण


     एभरेस्ट आवाज    
     असाेज २५ गते २०८३ मा प्रकाशित




गजलकार स्वर्गीय प्रकट पगेनी शिवको अर्धकदको शालिक अनाबरण गरिएको छ ।

कास्कीको देउराली स्थित ठुलो बन पाखाको हरित पार्कमा पगेनीको शालिकको रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले शनिबार अनावरण गरेका हुन् । शालिक अनाबरण गर्दै, पालिका अध्यक्ष ओझाले गजलकार पगेनीको नेपाली साहित्यको क्षेत्रमा बहुविधामा योगदान रहेको उल्लेख गरे । उनले स्व. पगेनीले पछिल्लो समय रचना गर्नुभएका श्रृंगारिक रसका गजल चर्चामा रहेको उल्लेख गर्दै, गित र मुक्तकमा पनि अब्बल रहेको भन्दै स्मरण गरे ।

प्रकट पगेनी शिव स्मृति प्रतिष्ठानका अध्यक्ष टिकाराम पगेनीको अध्यक्षतामा भएको कार्यक्रममा रुपा गाउँपालिकाका उपाध्यक्ष लालसुब्बा गुरुङ, रुपा वाङमय प्रतिष्ठानका अध्यक्ष आदर्श पोखरेल, साहित्यकार कृष्ण मरासिनी, शकुन्तला पगेनी, झलक कुमार गुरुङ, नारायणराज घिमिरे, रामलाल श्रेष्ठ, माधव वियोगी, प्रतिष्ठानका सचिव प्रज्वल शर्मा पगेनी, प्रतिष्ठानका शिव त्रिपाठी लगायतले स्वर्गीय पगेनीका बहुआयामिक क्षेत्रको चर्चा गरेका थिए । शालिक दुई लाख ८७ हजार रुपैयाको लागतमा निर्माण सम्पन्न भएको प्रतिष्ठानका अध्यक्ष टिकाराम पगेनीले बताए ।

सो निर्माणका लागि रुपा गाउँपालिकाको दुई लाख र विभिन्न दाताहरुबाट ८७ हजार रुपैया जुटाईएको थियो । कार्यक्रममा स्व. पगेनीद्वारा रचित गजल, मुक्तक र गित प्रस्तुत गरिएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।