गण्डकी

उपन्यासकार रिजालको ‘पैकेलो’ माथि पोखरामा विमर्श

उपन्यासकार ओम रिजालको उपन्यास ‘पैकेलो’माथि पोखरामा विमर्श गरिएको छ । नेपाली लेखक सङ्घ, गण्डकी प्रदेशको आयोजनामा भएको कार्यक्रममा साहित्यकार तीर्थ श्रेष्ठले मान्छे प्रयत्न गर्न स्वतन्त्र भएको तर प्राप्ति उसको वशको कुरा नभएको बताए । उपन्यासकारको अध्ययन, खोजी र लेखनले उपन्यासको वैशिष्ट्य झल्काएको बताउँदै उनले नेपालीले आफ्नै इतिहास आफैँले लेखेर पढ्न नपाएकामा दुःख प्रकट गरे । नेपाल खस, नेवा, मैथिल र मुन्धुम सभ्यताको समष्टि भएको उल्लेख गर्दै श्रेष्ठले यी सभ्यताको उत्पत्ति र विकासबारे लेखिएको हाम्रो इतिहास अधुरो र कतिपय सन्दर्भमा काल्पनिक… पुरा पढौ

प्रधानमन्त्री शाहले संसदमा दिए, एक एक प्रश्नको जवाफ,आयोगहरूका सबै प्रतिवेदन एकमुष्ट अध्ययन गरेर कारबाही गर्ने दावी

प्रधानमन्त्री बालेन शाहले संसदमा उपस्थित भएर सांसदहरुले सोधेका प्रश्नको जवाफ दिएका छन् । प्रतिनिधि सभाको जारी बैठकमा प्रधानमन्त्री शाहले बोल्नका निम्ति हात उठाएका थिए।बैठक सुरु हुनासाथ उनले हात उठाए । र, उनी उठ्न खोजे ।त्यसपछि सभामुख डोलप्रसाद अर्यालले रोस्ट्रम प्रयोगको अनुमति दिए । प्रधानमन्त्री बालेनले आफूले सांसदहरूका प्रश्नको उत्तर दिने बताए ।उनले सांसदको एक एक प्रश्नको जवाफ दिएका छन् ।प्रधानमन्त्री शाहले भारतसँगका सीमासम्बन्धी समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए । एमालेकी सांसद पद्मा अर्यालले भारत र चीनले… पुरा पढौ

म्याग्दीको नारच्याङमा प्रसूति गृह र सामुदायिक भवन निर्माण

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा प्रसूति गृह र सामुदायिक भवन निर्माण गरिएका छन् । निलगिरिखोला जलविद्युत आयोजनाको रु ६८ लाख ४९ हजार सहयोगमा नारच्याङ स्वास्थ्य चौकी परिसरमा प्रसूति गृह र बाँसबोटमा सामुदायिक भवन निर्माण गरिएका हुन् । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका वडाध्यक्ष लोकबहादुर फगामीले ३८ मेगावाट क्षमताको निलगिरी–१, ७१ मेगावाट क्षमताको निलगिरी–२ जलविद्युत् आयोजनाको प्रवर्द्धक निलगिरि खोला हाइड्रोपावरले सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत भवन निर्माणमा सहयोग गरेको बताए । चारकोठे दुई तले प्रसूति गृह भवनमा गाउँपालिकाले स्वास्थ्य सामग्री र उपकरण व्यवस्थापन गरेर प्रसूति गृह… पुरा पढौ

रास्वपा पोखरा महानगरको सभापतिमा केसी

पोखराराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पोखरा महानगरपालिकाको प्रथम अधिवेशनबाट योगेन्द्रबहादुर केसी सभापतिमा निर्वाचित भएका छन्। शनिबार पोखरामा सम्पन्न अधिवेशनले केसीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।यातायात व्यवसायमा आबद्ध केसी सभापति पदमा निर्विरोध चयन भएका हुन्। अधिवेशनले उपसभापतिमा संगीता गौतम, सचिवमा कमल वानियाँ र सहसचिवमा सरिता शर्मा सहित २५ सदस्यीय कार्यसमिति गठन गरेको छ।अधिवेशन उद्घाटन गर्दै पर्यटनमन्त्री गनेस पौडेलले पार्टीलाई जनताका मुद्दासँग जोडेर अघि बढाउनुपर्ने बताए। कार्यक्रममा सांसद उत्तम पौडेलले सुकुम्बासी बस्ती व्यवस्थापन र त्यसको दीगो सञ्चालनमा ध्यान दिनुपर्ने धारणा राखे।नवनिर्वाचित कार्यसमितिले… पुरा पढौ

पोखरा बहुमुखीको राष्ट्रिय अनुसन्धान सम्मेलन सम्पन्न, ४० अनुसन्धानपत्र प्रस्तुत

पोखरा, १६ जेठ । व्यवस्थापन तथा सामाजिक विज्ञानमा उदयमान प्रवृत्तिबारे केन्द्रित प्रथम राष्ट्रिय अनुसन्धान सम्मेलन–२०२६ शनिबार पोखरामा सम्पन्न भएको छ।पोखरा बहुमुखी क्याम्पसले आयोजना गरेको दुईदिने सम्मेलनमा देशभरका विभिन्न विश्वविद्यालय र क्याम्पससँग आबद्ध प्राज्ञिक व्यक्तित्व, अनुसन्धानकर्ता तथा विद्यार्थीको सहभागिता रहेको थियो। सम्मेलनमा व्यवस्थापन र सामाजिक विज्ञानसँग सम्बन्धित ४० वटा अनुसन्धानपत्र प्रस्तुत गरिएका थिए।शुक्रबार सुरु भएको सम्मेलनको उद्घाटन त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार प्रोफेसर डा. महानन्द चालिसेले गरेका थिए। उद्घाटन सत्रमा उनले समाजमा रहेका सामाजिक तथा व्यवस्थापकीय समस्यालाई उजागर गर्न प्राज्ञिक क्षेत्र अझ सक्रिय… पुरा पढौ

युद्ध उपन्यास कर्मवीर लिएर आए सुमलकुमार गुरुङ

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायतका पूर्व अध्यक्ष तथा भूतपूर्व भारतीय सैनिक सुमलकुमार गुरुङको युद्ध उपन्यास कर्मवीर एक समारोहका बीच लोकार्पण गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकी र तमु सांस्कृतिक प्रतिष्ठान नेपालद्वारा पोखरामा आयोजित समारोहमा वरिष्ठ साहित्यकार सरुभक्त, चन्द्रप्रकाश बानियाँ, हरिदेवी कोइरालालगायतले उक्त कृतिको लोकार्पण गरे ।कार्यक्रमका प्रमुख अतिथि नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति वरिष्ठ साहित्यकार सरुभक्तले नेपाली उपन्यास लेखनको इतिहास सिलसिलेवार लिपिबद्ध हुन नसके तापनि उपन्यास लेखन परम्परामा कर्मवीरले एउटा इटा थपेको बताए । उनले युद्ध… पुरा पढौ

पिसिएम कप प्लस टु फुटसलको उपाधी तालपारीलाई

पोखरा कलेज अफ म्यानेज्मेण्टको आयोजनामा पोखरामा सम्पन्न प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्टको उपाधी तालपारी टिमले जितेको छ । बि–फिट फुटसलमा शनिबार भएको फाइनल खेलमा टिम ९११ लाई ६–३ गोल अन्तरले पराजित गर्दै तालपारीले सो उपाधी जितेको हो । तालपारीको जितमा सुजन थापा र सिद्धान्त श्रेष्ठले २–२ तथा सुन्दर मगर र कुञ्जन पौडेलले १–१ गोल गरे । टिम ९११ को तर्फबाट सुसान्त सेञ्चुरी, प्रसान्त गुरुङ र हर्षभ बोहराले १–१ गोल गरे ।जितसंगै तालपारीले नगद रु २० हजार सहित शिल्ड,… पुरा पढौ

पाँचौँ वडाध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधिका लागि एल पी देवकोटा र बालोदय बोर्डिङ स्कुल भिड्ने

पाँचौँ अन्तरविद्यालय वडाध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधिका लागि एल।पी। देवकोटा मेमोरियल बोर्डिङ स्कुल र बालोदय बोर्डिङ स्कुलबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार सम्पन्न सेमिफाइनल खेलहरूबाट दुवै टोलीले जित हासिल गरी फाइनलमा प्रवेश गर्दै उपाधि नजिक पुगेका हुन् ।शनिबार भएको पहिलो सेमिफाइनल खेलमा एलपी देवकोटा मेमोरियल बोर्डिङ स्कुलले र ढुङ्गेसाँघु बोर्डिङ स्कुललाई सडेन डेथमा पराजित गर्दा दोश्रो खेलमा बालोदय बोर्डिङ स्कुलले स्पाइरल ग्यालेक्सी स्कुललाई २–० ले पराजित गरेको हो ।एलपी देवकोटा मेमोरियल बोर्डिङ स्कुल र ढुङ्गेसाँघु बोर्डिङ स्कुलबीचको खेल निर्धारित… पुरा पढौ

भलाममा भएको आँखा शिविरबाट २ सय बढी लाभाम्वित

पोखराको भलाममा भएको निशुल्क वृहत आँखा शिविरबाट २ सय बढी लाभाम्वित भएका छन् । पद्म नर्सिङ होमको प्राविधिक सहयोगमा वडा कार्यालय पोखरा २० ले आयोजना गरेको शिविरमा त्यस क्षेत्रका २०५ जनाको आँखा जाँच गरिएको हो । नेत्र विशेषज्ञ प्रा.डा सचेत प्रभात श्रेष्ठको नेतृत्वमा खट्टिएको विशेषज्ञ टोलीले आँखा जाँच गरेको थियो । शिविरमा जाँच गरिएका मध्ये करिब १ सय जनामा मोतियाविन्दुको समस्या देखिएपछि थप उपचारका लागि सिफारिस गरिएको वडाध्यक्ष गंगा बहादुर खत्रीले जानकारी दिए ।आँखा जाँचमा आएका ५० जनालाई चश्मा लगाउन… पुरा पढौ

सांगीतिक साँझमा ११ लाख संकलन गर्ने गौरी गुरुङ सम्मानित

धनबहादुर गुरुङ सांगीतिक साँझमा सवैभन्दा बढी रकम संकलन गर्ने गौरी गुरुङलाई नगद सहित सम्मान गरिएको छ । तमु गुरुङ कलाकार संघ गण्डकी प्रदेश समितिको आयोजनामा गत चैत्र ८ गते पोखरा रंगशालामा सम्पन्न धनबहादुर गुरुङ सांगीतिक साँझमा तमु९गुरुङ० कलाकार संघ गण्डकी प्रदेश समितिका विदेश विभाग प्रमुख गौरी गुरुङले ११ लाख २० हजार ९ सय ६० रुपैयाँ संकलन गरेकी थिइन ।उनलाई सर्वोत्कृष्ट रकम संकलन गरेबापत संस्थाले नगद २२ हजार २ सय २२ रुपैयाँको थैली सहित कदर पत्रले सम्मान गरेको हो । सम्मानित… पुरा पढौ