चाडपर्वको अवसर पारेर नेकपा एमाले, वडा कमिटी पोखरा –५ ले शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ।
रबिन्द्र स्मृति बाटिकामा आयोजित कार्यक्रममा पार्टीका नेता राजीव पहारीले नेपाली समाजका मौलिक पर्वहरूले आपसी सद्भाव, भाइचारा, सामाजिक एकता र आत्मीयता थप सुदृढ बनाउने विश्वास व्यक्त गरे । कार्यक्रममा प्रदेश कमिटीका सदस्य अन्जु केसी, एमाले कास्कीका अध्यक्ष बैन बहादुर अधिकारी क्षेत्री, महानगर कमिटी अध्यक्ष जीवन आचार्य, वडा कमिटी ५ का इन्चार्ज उज्वल खत्रीलगायतले नेपालीजनका महत्वपुर्ण चाडपर्वको शुभकामना व्यक्त गर्दै सबैमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको कामना गरेका थिए । कार्यक्रमको अध्यक्षता गरेका वडा कमिटीका अध्यक्ष लक्ष्मण बरालले चाडपर्व नेपाली समाजको मौलिक संस्कृति, परम्परा र सामाजिक एकताको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै पर्वहरूले सबै नेपालीबीच आपसी सद्भाव, सहकार्य र एकताको भावना अझ मजबुत बनाउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा स्थानिय कार्यकर्ता, वडा कमिटीका पदाधिकारी तथा सदस्यहरू, शुभेच्छुक, स्थानीयवासी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले एक आपसमा शुभकामना आदान–प्रदान गरेका थिए।कार्यक्रममा स्वागत उपाध्यक्ष पानप्रसाद तिमिल्सीना र संचालन सचिव बसन्तराज गौतमले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


गुरुङ गहना घर प्रा.लि. न्यूरोड, पोखराले आईतबार पोखरामा आयोजना गरेको रक्तदान कार्यक्रममा…







