गण्डकी

पण्डित मुक्तिनाथ तिम्सिनाको आत्मकथा सार्वजनिक

पोखराका शिक्षासेवी पण्डित मुक्तिनाथ तिम्सिनाको आत्मकथा केन्द्रित दोस्रो संस्करण सार्वजनिक भएको छ । मुक्तिनाथ स्मृति प्रतिष्ठान, पोखराले उनको ११३ औं जन्मजयन्तिको अवसर पारेर आइतबार सो कृति सार्वजनिक गरेको हो । कृतिको बरिष्ठ कलाकार दुर्गा बराल वात्सायनले लोकार्पण गरे । कार्यक्रममा बोल्दै उनले पण्डित मुक्तिनाथसँगको सहकार्यको स्मरण गर्दै, यस क्षेत्रको शैक्षिक तथा सामाजिक विकासमा उनको योगदान महत्वपुर्ण रहेको बताए । बरालले मुक्तिनाथको योगदान र सेवालाई चिरस्थायी बनाउन प्रतिष्ठानले भुमिका खेलेको बताए । उनले पण्डित मुक्तिनाथको जीवनका आरोह अवरोह बुझ्न कृति महत्वपुर्ण… पुरा पढौ

पोखरामा बोलबम पदयात्रा सफल बनाउन बृहत तयारी सुरु, बिभिन्न उपसमिति गठन

पोखरामा विगत २५ वर्षदेखि हुदै आएको बोलबम पदयात्रा यस वर्ष पनि वृहत रुपमा हुने भएको छ । केदारेश्वर महादेवमणि सेवाश्रम समितिले यसवर्ष श्रावण महिनाको बोलबम पदयात्रालाई वृहत र थप व्यवस्थित बनाउन तयारी स्वरुप मन्दिर व्यवस्थापन समिति, आजीवन सदस्य, सल्लाहकार एवं विभिन्न संघ सस्थासंग पुर्वतयारी वैठक स्वरुप भेलाको आयोजना गरेको हो । यसवर्ष बोलबम यात्राको २५ औं वर्ष अर्थात् रजत जयन्तीको अवसरमा विशेष कार्यक्रम समेत संचालन गरिनेछ । केदारेश्वर महादेवमणि सेवाश्रम तथा केदारेश्वर वैदिक गुरुकुल समितिका अध्यक्ष एवम पिठाधीश डाक्टर चित्घन… पुरा पढौ

छैटौं हेमजा हिले महोत्सवको तयारी पुरा

देवीस्थान सेवा समाज हेमजाको आयोजनामा यहि असार १५ गते हुने छैटौं हेमजा हिले महोत्सवको तयारी पुरा भएको छ । महोत्सव अन्तर्गत हिले दौड, रस्साकस्सी, घैटो फुटाउने, कृषि झाँकी प्रदर्शन, विद्यालय स्तरीय धान रोपाई प्रतियोगिता, उत्कृष्ट किसान सम्मान, जोडी दौड, आमा समूह बीच असारे भाका, हिलोमा भाले तथा माछा समाउने ,हिले भलिबल, फुटबल लगायतका प्रतियोगिता हुँदैछन् ।महोत्सवको तयारी स्वरुप खेत हिल्याउने कार्य सम्पन्न भएको भएको छ । हेमजालाई कृषि पर्यटनसँग जोड्न विष्णुपादुका धार्मिक क्षेत्रको प्रवद्र्धन गर्न, आन्तरिक र बाह्य पर्यटनको आगमन… पुरा पढौ

जनप्रिय बहुमुखी क्याम्पस अल्मुनाइको अध्यक्षमा धिताल

पोखराको सिमलचौरस्थित जनप्रिय बहुमुखी क्याम्पसका पूर्व विद्यार्थीहरूको साझा मञ्च जनप्रिय अल्मुनाइ एसोसिएसनको नयाँ नेतृत्व चयन भएको छ। शनिबार आयोजित पूर्व विद्यार्थीहरूको बृहत् भेलाले सामाजिक व्यक्तित्व देवेन्द्र धितालको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो। समितिको उपाध्यक्षमा पेमाडोम शेर्पा, सचिवमा क्षितिज बराल र कोषाध्यक्षमा वेदप्रसाद अधिकारी चयन भएका छन्। यस्तै, सदस्यहरूमा विजय घिमिरे, प्रेम गिरी, प्रदीप पहारी, सुशान्त बाटाजू, प्रतिभा गिरी, प्रवीन अधिकारी, विदुर अधिकारी, तोरणबहादुर वि।क। र वसन्त गिरी रहेका छन् । पूर्व विद्यार्थी मञ्चका अध्यक्ष एवं क्याम्पस… पुरा पढौ

पोखराको विरौंटामा धार्मिक पुजा घर संचालनमा

पोखराको विरौंटामा धार्मिक पुजा घर संचालनमा आएको छ। स्याङ्जा घर भई हाल पोखरामा व्यवसाय सञ्चालन गर्दै आएका युवा सुदर्शन पौडेल र सञ्जु बराल पौडेलले करिब २५ लाख रुपैयाँको लागतमा राम मन्दिर नजिकै सो व्यवसायिक घर संचालनमा ल्याएका हुन्। पोखरा ट्रेड मलमा समेत व्यवसाय सञ्चालन गरेका पौडेलले केही समय विदेशमा रोजगारी गरेर पोखरा फर्किए लगत्तै फरक किसिमको व्यवसाय सञ्चालनमा ल्याएको जानकारी दिए। उनले युवा पुस्ताले पनि धर्म र संस्कृतिसँग सम्बन्धित भएर धार्मिक जागरणसँगसँगै व्यवसाय गर्न सकिन्छ भन्ने सन्देश दिन पनि आफुले… पुरा पढौ

बराह मन्दिर परिसरमा सहकारीद्वारा प्रवेशद्वार हस्तान्तरण

पोखरा, असार १३ — पोखरा महानगरपालिका–३१ स्थित श्री कोटदेउराली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सातौँ वार्षिकोत्सवको अवसरमा बेगनास तालस्थित बराह मन्दिर परिसरमा प्रवेशद्वार (गेट) हस्तान्तरण गरेको छ। सोही अवसरमा वृक्षारोपण कार्यक्रमसमेत गरिएको थियो।कार्यक्रममा संस्थाका पूर्वअध्यक्ष सुरेन्द्र सापकोटा भाटले ६८ जना सदस्यले प्रतिव्यक्ति एक हजार रुपैयाँ संकलन गरेर स्थापना गरेको सहकारी अहिले करिब सात करोड रुपैयाँ बराबरको कारोबार गर्न सफल भएको बताउनुभयो। उहाँले संस्थालाई आगामी दिनमा अझ प्रभावकारी र सदस्यकेन्द्रित बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका पराजुली अधिकारीले… पुरा पढौ

दीपशिखामा टेक एज युथ परियोजना सम्पन्न

पोखरा महानगरपालिका वडा नं २९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयमा विगत डेढ वर्षदेखि सञ्चालित टेक एज युथ परियोजनाको शनिवार समापन गरिएको छ । अध्ययन केन्द्रका साथै सिकाईका विविध पाटालाई समेटेको दीपशिखा सामुदायिक पुस्तकालयले रिड नेपाल अन्र्तगतको टेक एज युथ परियोजनासँंगको सम्झौता बमोजिम पिछडिएका, प्रविधिको पहँुच नपुगेका १३ देखि २२ वर्षसम्मका अध्ययन गर्दै वा अध्ययन गर्न छोडेका किशोर किशोरी र फरक क्षमता भएका समेत समेटिने गरी प्रत्यक्ष रुपमा ५५ जना युथहरुलाई तालिम दिएर समापन गरिएको थियो । पुस्तकालयको सभाहलमा आयोजित समापन… पुरा पढौ

नेपाल सुन चाँदी रत्न तथा आभूषण व्यवसायी संघद्वारा डिएसपी पासवानको स्वागतसहित सम्मान

नेपाल सुन चाँदी रत्न तथा आभूषण व्यवसायी संघ कास्कीले जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा भई आएका नयाँ प्रहरी नायव उपरीक्षक वीरेन्द्र कुमार पासवानलाई स्वागत तथा सम्मान गरेको छ। विगत १४ वर्षदेखि कास्की जिल्लाका सुनचाँदी व्यवसायीहरूको हकहित र सुरक्षाका लागि क्रियाशील यस संघले नवागन्तुक डिएसपी पासवानलाई एक शनिबार पोखरामा विशेष समारोहका बीच स्वागत गरेको हो। प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक पासवानले सुनचाँदी व्यवसाय क्षेत्रमा रहेका विशिष्ट सुरक्षा चुनौतीहरूलाई सम्बोधन गर्न कास्की प्रहरी तयारी अवस्थामा रहेको बताए ।… पुरा पढौ

म्याग्दी र तनहुँमा भएका दुर्घटनामा दुई बालबालिकासहित ३ को मृत्यु

गण्डकी प्रदेशको म्याग्दी र तनहुँमा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा परि दुई बालबालिकासहित ३ जनाको मृत्यु भएको छ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु भएको छ । भारतमा दर्ता भएको कारले ठक्कर दिँदा आँबुखैरेनी गाउँपालिका–२ निवासी छ वर्षीया सायना थापा र ५ वर्षीय उलियम थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए । शुक्रबार अपराह्न विद्यालयबाट घर फर्किरहेका उनीहरूलाई कारले ठक्कर दिएको हो । गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा चितवनमा… पुरा पढौ

म्याग्दीमा टिपरको ठक्करबाट मजदुरको मृत्यु

म्याग्दीजिल्लाको धवलागिरि गाउँपालिका(४ राताखोलास्थित म्याग्दीखोला जलविद्युत् आयोजना क्षेत्रमा आज बिहान टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आयोजना क्षेत्रमा बाप्र ०१(००४ क १३७७ नम्बरको टिपर पछाडि लैजाने क्रममा पैदल हिँडिरहेका मजदुरलाई ठक्कर दिएको थियो । दुर्घटनामा कञ्चनपुरको लालझाडी गाउँपालिका(४ निवासी ३५ वर्षीय भीमबहादुर सार्की गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि प्रदेश अस्पताल बेनी ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए । टिपर चालक मकवानपुरको भीमफेदी… पुरा पढौ