डिभिजन वन कार्यालय, तनहुँले यहाँका स्थानीयलाई विभिन्न २८ प्रजातिका बिरुवा निःशुल्क लिन आउन आग्रह गरेको छ । मङ्गलबारदेखि कार्यालय परिसरमा रहेका निमारो, राईखन्यु, बडहर, कटहर, च्युरी, कोइरालो, तेजपात, अशोका, कल्की, निम, कपूर, शितलचिनी, अमला, बर्ता, हर्रो, बकाइनो, कुरिलो, धूपी, गुलमोहर, विरिस्फूल, पारिजात, चाँप, बयर, बेल, पिपल, वर, राजवृक्ष र नौरङ्गेलगायत २८ प्रजातिका बिरुवा निःशुल्क लैजान आग्रह गरेको हो । वन कार्यालयले वातावरण संरक्षण, हरियाली प्रवद्र्धन, जैविक विविधता संरक्षण तथा वृक्षरोपण अभियानलाई प्रभावकारी बनाउने उद्देश्यले निःशुल्क बिरुवा वितरण गर्न लागेको वन…
पुरा पढौ