गण्डकी

चैते दसैँ मेलाका लागि बागलुङ कालिका मन्दिरलाई सौन्दर्यकरण गर्न गरिदै

गलकोट । ऐतिहासिक चैत्राष्टमी मेलाका लागि बागलुङ कालिका मन्दिरलाई सौन्दर्यकरण गर्न थालिएको छ । यही चैत ३० गतेदेखि आयोजना गरिने तीन सय वर्ष पुरानो मन्दिरमा चैते दसैँलाई लक्षित गरी पदमार्गमा विद्युतीय बत्ती तथा रङ्गीचङ्गीका बत्ती जोड्न थालिएको छ । कालिका भगवती गुठी व्यवस्थापन समितिले रु २५ लाख खर्चेर घना जङ्गलको बीचमा रहेको पदमार्गलाई झिलीमिली बत्ती जोड्नका लागि भूमिगतरुपमा विद्युतीकरण गरेको छ । करिब २१ विद्युत्का खम्बामा बत्ती राख्ने तथा रुखमा विद्युत्का बत्ती जोड्ने कार्य भइरहेको छ । सामान्य उज्यालोका लाइट… पुरा पढौ

चट्टान आरोहणको सम्भावित क्षेत्र खोजी गर्दा बन्दीपुरमा नयाँ गुफा फेला

तनहुँ । पहाडकी रानी उपनामले परिचित बन्दीपुरमा नयाँ गुफा फेला परेको छ । बन्दीपुर गाउँपालिका–२ पौवा नजिक करिब २० मिटर लम्बाइ भएको सरपानी गुफा भेटिएको हो । बन्दीपुरमा चट्टान आरोहणको सम्भावित क्षेत्र खोजी गर्ने सिलसिलामा बिहीबार उक्त गुफा भेटिएको गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले जानकारी दिए । उनका अनुसार खोजी कार्यमा साहसिक पर्यटन व्यवसायी चन्द्र आले, प्याराग्लाइडिङ पाइलट समन्वय प्रधान, पर्यटन व्यवसायी सुकराम तामाङसहितको टोली सहभागी थियो । नयाँ गुफा भेटिएपछि बन्दीपुरको पर्यटन क्षेत्रमा नयाँ आयाम थप्न सहयोग पुग्ने विश्वास लिइएको… पुरा पढौ

घलेगाउँको पर्यटन प्रवर्द्धन गर्न फुटबल प्रतियोगिता

फुटबलको माध्यमबाट पर्यटक भित्र्याउने लक्ष्यका साथ दक्षिण एशियाकै नमूना क्व्होलासोथर गाउँपालिका–३ घलेगाउँमा आगामी वैशाख १ गतेदेखि ‘सातौँ स्मार्ट भिलेज आमन्त्रण गोल्डकप’ फुटबल प्रतियोगिता हुने भएको छ । समुद्र सतहबाट दुई हजार एक सय मिटर उचाइमा रहेको करिब आठ सय वर्ष पुरानो घलेगाउँस्थित घलेगाउँको स्वर्र्गभूमि रङ्गशालामा उक्त प्रतियोगिता हुने भएको हो । प्रतियोगिता आयोजक पर्यटन व्यवस्थापन समिति, स्मार्ट भिलेज घलेगाउँले बिहीबार बेँसीसहरमा पत्रकार सम्मेलन गरेर देशका प्रतिष्ठित १२ फुटबल क्लबीच प्रतिस्पर्धा हुने जनाएको छ । प्रतियोगितामा प्रथम हुने टोलीलाई रु. पाँच… पुरा पढौ

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका चिकित्सकबाट मिर्गौलाको सफल प्रत्यारोपण

पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मिर्गौलाको प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ । अस्पतालले आफ्नै जनशक्तिबाट बिहीबार सफल प्रत्यारोपण गरिएको हो । तनहुँको व्यास नगरपालिका–१० की ३५ वर्षीया सम्झना गुरुङको सफल प्रत्यारोपण गरिएको हो । उनलाई लमजुङ सुन्दरबजार नगरपालिका बस्ने बहिनी सुमिना गुरुङले मिर्गौला दान दिएकि थिइन । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको सो अस्पतालमा प्रत्यारोपण सेवा सुरु भएको २० महिनापछि पहिलोपटक आफ्नै जनशक्तिबाट प्रत्यारोपण गरिएको हो । यसअघि २०७९ असारमा पहिलोपटक सहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले मिर्गौला प्रत्यारोपण… पुरा पढौ

कास्कीमा भिरबाट लडेर एकको मृत्यु

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ स्थित जिमिरेमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिमिरेमा सञ्चालित करुवा सेती हाइड्रोपावरमा काम गर्दै आएका गोरखाको शहिद लखन गाउँपालिका –२ याम बहादुर थापा (५०) को मृत्यु भएको हो । काम गर्ने क्रममा सोही ठाउँको भिरबाट अचानक अन्दाजी ३ सय मिटर लडेर ज्यान गुमाएका थापाको शवलाई सशस्त्र प्रहरी बलको नेपाल नं २४ गण हेड क्वाटर कालिकाको टोलिले उद्दार गरेको छ । उनको शव भिरमा अड्को थियो । अहिले उनको शवलाई पोष्टमार्टमका लागी पश्चिमाञ्‍चल… पुरा पढौ

पोउवा संघको प्रतिनिधिमण्डल अध्ययन अवलोकन भ्रमणमा

चैत ८ पोखरा । पोखरा उद्योग वाणिज्य संघको प्रतिनिधि मण्डल जिल्ला तथा नगर उद्योग वाणिज्य संघको अध्ययन–अवलोकन भ्रमणमा निस्केको छ । अध्यक्ष पवनकुमार प्रजापतिको नेतृत्वमा रहेको भ्रमण दलमा वरिष्ठ उपाध्यक्ष तथा भ्रमण संयोजक गोकर्ण कार्की, उद्योगतर्फका उपाध्यक्ष देवेन्द्र केसी,महासचिव बलराम आचार्य, उपमहासचिव शोभा गौतम, सदस्यहरु प्रभा सुवेदी सुदीप प्रधानाङ्ग,मनोज श्रेष्ठ,लीलधर चपाइँ र प्रदीप राजभण्डारी रहेका छन् । भ्रमण संयोजक वरिष्ठ उपाध्यक्ष कार्कीका अनुसार बिहीबारबाट सुरु भएको अध्ययन–अवलोकन भ्रमण करिब एकहप्ताको हुनेछ । बिहीबार भ्रमण दलले भक्तपुर र धुलिखेल उद्योग वाणिज्य… पुरा पढौ

पोखरा स्पोर्ट्स अवार्डलाई सहयोग गर्ने प्रतिवद्धता

चैत ८ पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डको सन्दर्भमा बिहीबार छलफल कार्यक्रमको आयोजना गरिएको छ । छलफल कार्यक्रमका सहभागीले पोखरा स्पोर्ट्स अवार्डको ओज बेग्लै रहेको भन्दै यसलाई अझै भव्य बनाउन सहयोग गर्ने प्रतिवद्धता जनाउँदै महत्वपूर्ण सुझाव समेत दिएका छन् । छलफल कार्यक्रममा बोल्दै सहारा क्लबका मानार्थ सदस्य एवं खेलकुदकर्मी तथा समाजसेवी महेश गुरुङले निरन्तर रुपमा आयोजना भैरहेको यो कार्यक्रमलाई भव्य बनाउन आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । निरन्तर अवार्ड कार्यक्रमलाई… पुरा पढौ

पोखरा सांगीतिक कलाकार संघले दोश्रो ‘होली म्यूजिक फेष्टिवल’ गर्ने

पोखरा, ८ चैत रंगहरुको पर्व होलीको अवसरमा पोखरामा ‘दोश्रो होली म्यूजिक फेष्टिवल–२०८०’ हुने भएको छ । पोखरा सांगीतिक कलाकार संघले रंगहरुको पर्व होलीको अवसरमा यहि चैत ११ गते आईतबार पोखराको लेकसाईड हल्लनचोकस्थित क्याम्पिङचौरमा होली म्यूजिक फेष्टिवल गर्न लागेको विहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । २०७५ सालमा पहिलो पटक आयोजना गरेको संघको यो दोश्रो होली म्यूजिक फेष्टिवल हो । कलाकार कोष अभिवृद्धि तथा कलाकार उपचार अक्षयकोषको स्थापनार्थ हुने कार्यक्रम होलीको दिन पूर्वाह्न ११ बजेदेखि अपराह्न ५ बजेसम्म जारी… पुरा पढौ

हिलसाइडमा विद्यार्थी प्रतिभाको व्यक्तिगत भिन्नतामा जोड

पोखरा। व्यावहारिक सिकाइका लागि शिक्षक, अभिभावक र विद्यार्थीबिचको सुमधुर सम्बन्ध स्थापित गर्ने उद्देश्यका साथ पोखराको हिलसाइड अङ्ग्रेजी माध्यमिक विद्यालयमा कक्षा ५ र ६ मा अध्ययनरत विद्यार्थीका अभिभावकहरूसँगको बुधबार विद्यालयको सभाहलमा सम्पन्नअन्तरक्रिया कार्यक्रममा वक्ताहरूले विद्यार्थी प्रतिभाको व्यक्तिगत भिन्नतामा जोड दिएका छन्। वार्षिक परीक्षा नजिकिएको समयमा शिक्षक, विद्यालय तथा अभिभावकहरूले बाबुनानीहरूका लागि गर्नुपर्ने प्रयासहरूका बारेमा छलफल तथा अन्तरक्रिया गरिएको उक्त कार्यक्रममा कक्षा ५ र ६ मा अध्ययनरत विद्यार्थीहरूको अन्तिम मध्यावधि परीक्षाको नतिजाका बारेमा पनि छलफल गरिएको थियो। त्यसै गरी उक्त अवसरमा नयाँ… पुरा पढौ

गण्डकीका चार जिल्लामा मानवसेवा आश्रमका भवन

नेपाललाई विसं २०८२ भित्र ‘सहयोगापेक्षी सडक मानवमुक्त देश’ घोषणाको लक्ष्य लिएको मानवसेवा आश्रमका चार भवन गण्डकी प्रदेशमा बनिरहेका छन् । आश्रमका गोरखा, कास्की, बागलुङ र लमजुङ शाखा छिट्टै आफ्नै भवनबाट सेवा सञ्चालन गर्ने तयारीमा छन् । भाडाको कोठाबाट सुरु भएको मानवसेवा आश्रमले सरकार र दाताको सहयोगमा भवन निर्माणलाई गति दिएको हो । कास्कीको पोखरा महानगरपालिका–२५ हेम्जा, बागलुङको बागलुङ नगरपालिका–४ निरयघाट, लमजुङको बेँसीसहर नगरपालिका–९ पाखाथोक र गोरखाको गोरखा नगरपालिका–८ अर्चलेमा आश्रमको भवन निर्माणाधीन छन् । हेम्जामा रु १० करोडको लागतमा भवन… पुरा पढौ