गण्डकी

पर्वतको जलजलामा एक दम्पती मृतावस्थामा फेला

पर्वत । पर्वतको जलजला गाउँपालिका–२ मल्लाजको दहमा एक दम्पती मृतावस्थामा फेला परेका छन् । स्थानीय ६९ वर्षीय सूर्यबहादुर जिसी र उनकी श्रीमती अन्दाजी ६७ वर्षीया कमला जिसी आफ्नै घरभित्र मृतावस्थामा भेटिएका हुन् । स्थानीयले श्रीमान्–श्रीमती नै मृतावस्थामा देखेपछि जिल्ला प्रहरी कार्यालय पर्वतमा खबर गरेका थिए । स्थानीयको खबर लगत्तै जिल्ला प्रहरी कार्यालय पर्वतवाट गएको टोलीले घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक खुमलाल भुसालले जानकारी दिए । “घटनाको प्रारम्भिक अवस्था हेर्दा शङ्कास्पद देखिएको छ”, उनले भने,… पुरा पढौ

बागलुङमा दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या बढ्दैः तीन वर्षमा ५५ दुर्घटना, ४० जनाको मृत्यु

ढोरपाटन । बागलुङमा हरेक वर्ष दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो तीन वर्षमा सबैभन्दा बढी मृत्यु हुने सङ्ख्या यस वर्षको छ । यस वर्ष १६ जनाले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार चालु आवको साउनदेखि हालसम्म १२ दुर्घटना भएका छन् । त्यसमा ४८ जना घाइते भएका छन् । आव २०७८÷७९ मा २३ सवारी साधन दुर्घटना भएका थिए । उक्त दुर्घटनामा ११ जनाको ज्यान गएको थियो भने २९ जना घाइते भएका थिए । गत आव… पुरा पढौ

घार्मी कृर्षि वातावरण तथा पर्यटन सहकारीले तेस्रो स्थापना दिवस मनायो

पोखरा । घार्मी कृर्षि वातावरण तथा पर्यटन सहकारीले तेस्रो स्थापना दिवस मनाएको छ । राष्ट्रिय सहकारी दिवसका दिन ३ वर्ष अघि स्थापना भएको उक्त सहकारीले मगंलवार सहकारीको कार्यलय घार्मी मैदानमा स्थापना दिवस मनाएको हो । संस्थाका अध्यक्ष पोषराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार तेजेन्द्र प्रसाद पौडेल, माधव प्रसाद पौडेल लगायतका व्यक्तिहरुले संस्थाको दिगो विकास तथा कृर्षि क्षेत्रमा लगानिको विषयमा बोलेका थिए । उनीहरूले घार्मी पर्यटकीय स्थल भएकाले पर्यटन केन्द्रित व्यवसायमा लगानी बढाउनुपर्नेमा जोड दिए। कार्यक्रममा बोल्दै अध्यक्ष पोषराज पौडेलले संस्थाको… पुरा पढौ

गोरखामा विपद्मा परी ज्यान गुमाउने व्यक्तिका परिवारलाई रु ५० हजार राहत

गोरखा । गोरखा नगरपालिकाले विपद्लगायत अन्य दुर्घटनामा परेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहतस्वरुप प्रतिव्यक्ति रु ५० हजार उपलब्ध गराउने भएको छ । नगरपालिकाले नगरक्षेत्र स्थायी बसोबास रहेका नागरिक विपद्मा परी मृत्यु भएमा, घाइते तथा अङ्गभङ्ग भएमा राहत उपलब्ध गराउने निर्णय गरेको नगरप्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिए । नगरपालिका विपद् व्यवस्थापन कार्यविधि, २०८० स्वीकृत गर्दै नगरपालिकाले बालीनालीको क्षति, पशु मरेमा, घर, गोठ, टहरा पूर्णरुपमा क्षतिग्रस्त भएमा वा आंशिक क्षति भएमा पनि पीडितलाई क्षतिपूर्ति र राहत उपलब्ध गराउने व्यवस्था गरेको हो ।… पुरा पढौ

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका किसानलाई लागत घटाउन कृषि औजार वितरण

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले कृषि क्षेत्रलाई आधुनिकीकरण गर्दै लागत घटाउन कृषि औजार वितरण गर्न थालेको छ । परम्परागत खेती प्रणालीमा लागत बढी लाग्ने र किसानलाई लाभ नहुने भएपछि गाउँपालिकाले किसानलाई मागमा आधारित कृषि औजार तथा उपकरण वितरण गर्न थालेको हो । गाउँपालिकाले आठ किसानलाई मिनिटेलर हलो, एक जनालाई कोदो चुट्ने मिल, चार जनालाई पिस्ने मिल गरी १३ जनालाई कृषि उपकरण वितरण गरिएको कृषि शाखाका प्राविधिक सहायक हेमन्तबहादुर शाहीले जानकारी दिए । कृषि पेसालाई आधुनिकीरण गरी उत्पादन बढाउन रैथाने बाली… पुरा पढौ

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा म्याद नाघेका खाद्य सामग्री जफत

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका ग्रामीण भेगमा उपभोगको म्याद नाघेका खाद्य तथा पेय पदार्थ बिक्री भएको भेटिएपछि तिनलाई जफत गरिएको छ । सोमबार अन्नपूर्ण–६ घार र खिवाङ क्षेत्रका पसलहरूमा गरिएको अनुगमनको क्रममा म्याद नाघेका सामान बिक्री भएको पाइएपछि ती जफत गरिएको हो । गाउँपालिकाका उपाध्यक्ष एवं उपभोक्ता हित संरक्षण समितिका संयोजक दिवाकुमारी तिलिजा पुनको नेतृत्वमा गाउँपालिकाका कर्मचारी, पर्यटन तथा उद्योग कार्यालय, प्रहरी, उद्योग वाणिज्य सङ्घ अन्नपूर्ण इकाईका प्रतिनिधि, पत्रकारलगायत संलग्न टोलीले घार र खिवाङ क्षेत्रका पसलको अनुगमन गरेको थियो ।… पुरा पढौ

गण्डकी प्रदेशको दोस्रो पञ्चवर्षीय योजनामा औद्योगिक क्षेत्र स्थापनामा जोड

गण्डकी । गण्डकी प्रदेशको दोस्रो पञ्चवर्षीय योजनामा औद्योगिक क्षेत्र स्थापनामा जोड दिएको छ । प्रदेश नीति तथा योजना आयोगले दोस्रो पञ्चवर्षीय योजनाको आधारपत्र सार्वजनिक गर्दै उद्योग विकासका निम्ति औद्यागिक क्षेत्र स्थापनामा जोड दिएको हो । प्रदेशमा प्राकृतिक तथा सांस्कृतिक सम्पदा, विशिष्ट पारिस्थितिकीय प्रणाली, सबल सामुदायिक संरचना तथा सम्बन्ध, उद्योगी र व्यवसायीका नवप्रवर्तनका माध्यमबाट प्रदेशलाई समुन्नत बनाउन सहयोग पुग्ने गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाले बताए । स्थानीय तहमा औद्योगिकग्राम स्थापना गर्ने र पुँडीटार र लोकाहाखोलामा प्रदेशस्तरीय… पुरा पढौ

मुग्लिन–पोखरा सडक विस्तार : चैतभित्र अनधिकृत संरचना हटाउन आग्रह

दमौली । व्यास नगरपालिकाले पृथ्वी राजमार्गअन्तर्गत दमौली बजारमा अनधिकृत रूपमा ठड्याइएका संरचना हटाउन आग्रह गरेको छ । केही घरधनी सम्पर्कमा नआएका, केहीले मुआब्जाको पहिलो किस्ता बुझेर पनि संरचना हटाउन ढिलाइ गरेकाले चैतभित्रै त्यस्ता संरचना हटाउन नगरपालिकाले आग्रह गरेको हो । नगरप्रमुख वैकुण्ठ न्यौपानेले सोमबार विज्ञप्ति जारी गरी वर्षायाम प्रारम्भ हुन धेरै समय बाँकी नभएकाले सडक निर्माणकार्यलाई तीव्र गतिमा अघि बढाउन यही महिनाभित्र सडक किनारका भौतिक संरचना हटाउन अनुरोध गरेका हुन् । साथै उनले सडक विस्तार आयोजना कार्यालमा सम्पर्क गरी मुआब्जा… पुरा पढौ

म्याग्दीका बनपाखामा लालीगुराँस हेर्नेको भीड

गलेश्वर । वसन्त ऋतुको सुरुवातसँगै हिमाली जिल्ला म्याग्दीको उच्च र मध्य लेकाली क्षेत्रका वनपाखा रङ्गीविरङ्गी लालीगुराँसले रङ्गिएपछि लालीगुराँसको छेकोबाट सेता हिमाल हेर्दै रमाउन पर्यटकहरु लेकाली क्षेत्रमा उक्लिएका छन् । विगतका वर्षमा भन्दा यसवर्ष पाखैभरी ढकमक्क गुराँस फुलेपछि गुराँससँग रमाउन आन्तरिक तथा बाह्य पर्यटक र स्कुल तथा कलेजका विद्यार्थी घोडेपानी, पुनहिल, टोड्के, बेलढुङ्गा जस्ता लालीगुराँसका जङ्गलमा उक्लिएका हुन् । राउण्ड अन्नपूर्ण पदमार्गको प्रमुख आकर्षण मानिएको घोडेपानीमा ढकमक्क फुलेका लालीगुराँस हेर्न आउनेको भीड नै लाग्ने गरेको छ । यस याममा आन्तरिक तथा… पुरा पढौ

गण्डकीका मुख्यमन्त्री पाण्डेले राजीनामा दिदै

पोखरा । गण्डकीका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले आज राजीनामा दिने भएका छन्। माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री पाण्डेले आज राजीनामा दिने तयारी गरेका हुन् । विश्वासको मत लिने भए आज अपराह्न सम्ममा प्रदेश सभामा जानकारी गराइसक्नु पर्नेछ। तर विश्वासको मत पाउने अवस्था नदेखेपछि मुख्यमन्त्री पाण्डेले राजीनामा दिने तयारी गरेको उहाँ निकट स्रोतले जनाएको छ। पाण्डे आज राजीनामा दिएपनि पुनस् ठूलो दलको हैसियतमा मुख्यमन्त्री बन्ने आशामा छन्। राप्रपाले २७ गते अगाडि कसैलेपनि समर्थन नगर्ने नीति लिएको अवस्थामा त्यसअघि नयाँ… पुरा पढौ