गण्डकी

स्टेप वाई स्टेप मा.वि.मा नेपाली भाषा कौशल प्रतियोगिता सम्पन्न

पोखराको मासबारमा रहेको स्टेप वाई स्टेप मा. वि.मा अन्तरसदनात्मक नेपाली भाषा कौशल प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयमा अध्ययनरत कक्षा ९ र १० का विद्यार्थी सहभागी प्रतियोगितामा मार्कोनी सदनका प्रशन्ना पराजुली, एलिना थापा, सम्पदा थापा र एलिजा खड्काको समूह प्रथम भएको छ भने रोेजित सापकोटा, युनिक बार्तैला, क्रिपा भण्डरी र अभिनम गिरी रहेको ग्यालिलियो सदन द्वितीय भएको छ । कार्यक्रमको उद्घाटन गर्दै विद्यालयका संस्थापक निर्दशक रमाकान्त बरालले यस्ता अतिरिक्त क्रियाकलाप विद्यार्थीका लागि महत्वपूर्ण हुने बताउदै, यस्ता कार्यक्रममा मार्फत विद्यार्थीहरूलाई सधै… पुरा पढौ

पोखराका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालको काठमाण्डौंमा सरुवा

पोखरा महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालको सरुवा भएको छ । मन्त्रिपरिषद्को निर्णयानुसार अर्याललाई काजमा काठमाण्डौं पठाईएको हो । काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत रहेका सहसचिव सरोज गुरागाँई उमेर हदका कारण अनिवार्य अवकाशमा गएसँगै बुधबार महानगरबाट बिदा भएका थिए ।अर्यालले गतवर्ष साउनमै पोखरा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका थिए । मन्त्रिपरिषद्ले बुधबार नेपाल प्रशासन सेवा तथा नेपाल ईन्जिनियरिङ्ग सेवाका सहसचिवहरूको सरुवा गरेको हो । सोही सरुवा अन्तर्गत अर्याल परेका हुन् । यसैगरी पूर्वाधार विकास मन्त्रालयका कार्यरत नेपाल ईन्जिनियरिङ्ग सेवाका… पुरा पढौ

सदस्य सचिव शर्माले स्वीकारे पदक वितरणमा भएको गल्ती, तर सच्याउन तयार भएनन्

सन्देश श्रेष्ठपोखरा, साउन २१ गण्डकी खेलकुद परिषद (गखेप)को पदक वितरणमा गल्ती भएको सदस्य सचिव श्रीधर शर्माले स्वीकारेका छन् । गखेपले गत असार ३० गते गरेको पदक वितरणमा चरम लापरवाही र मिलेमतो देखिएपछि विहीबार बोलाइएको पदक सिफारिस समितिको बैठकमा गखेप सदस्य सचिव शर्माले गल्ती स्वीकार्दै माफी मागेका हुन् । गखेपले सिफारिस समितिको निर्णय बिना नै पदक वितरण गरेको, सदस्य सचिव शर्माले सेटिङमा पदक वितरण गरेको, पदक सिफारिस समिति समितिमा बसेकै व्यक्तिलाई नै पदक दिइएको, गखेपका वर्तमान एक सल्लाहकारलाई आफू बोर्ड सदस्य… पुरा पढौ

पत्रकारद्वय सारु र जिटी कञ्चन पत्रकारिता पुरस्कारबाट सम्मानित

कञ्चन पत्रकारिता पुरस्कार २०८३ बाट कास्कीका पत्रकार खेम सारु मगर र स्याङ्जाका पत्रकार गोपाल बहादुर जिटी सम्मानित भएका छन् । फोनिज गण्डकीले आयोजना गरेको पुरस्कार अर्पण समारोहमा पत्रकारद्वय सारु तथा जिटीलाई कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, पुरस्कारदाता बिमलमान गुभाजूलगायतले नगद २५÷२५ हजार रुपैयाँसहित सम्मानपत्रले सम्मान गरेका हुन् । स्व.वेदमान गुभाजू तथा आमा स्व.नेत्रकुमारी गुभाजूको स्मृतिमा समाजसेवी तथा व्यवसायी बिमलमान गुमाजूद्वारा स्थापित यो पुरस्कार फोनिजको २७ औँ स्थापना दिवसका अवसरमा फोनिज गण्डकीले बिहीबार अर्पण गरेको हो ।कार्यक्रमका कास्कीका प्रमुख जिल्ला… पुरा पढौ

कांग्रेसमा संस्थापन इतर भेलाको तयारी तिब्र, प्रतिवेदन लेख्न नेताहरुलाई जिम्मेवारी, भेलामा सहभागी हुन देउवा फर्कदैं

नेपाली कांग्रेसको संस्थापन इतरले गर्ने राष्ट्रिय भेलाको तयारीलाई तिब्र पारेको छ । यही साउन २९ देखि ३१ गतेसम्म काठमाण्डौंमा आयोजना हुने भेलामा प्रस्तुत गरिने प्रतिवेदनहरू लेखनका लागि नेताहरूलाई जिम्मेवारी तोकेको छ ।३ दिनसम्म चल्ने भेलामा पेस गरिने राजनीतिक प्रतिवेदन लेख्न नेता विमलेन्द्र निधिलाई संयोजक तोकिएको छ । यसैगरी सांगठनिक प्रतिवेदन लेख्ने जिम्मेवारी उमाकान्त चौधरीले पाएका छन् भने नेता एनपी साउदलाई समसामयिक विषयमा प्रतिवेदन लेख्ने जिम्मेवारी दिईएको छ । ईतर समुहले आर्थिक नीति प्रतिवेदन लेख्नेका लागि डा.प्रकाशशरण महत र कानुन तथा… पुरा पढौ

देशमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील छः गृहमन्त्री गुरुङ

सरकारका गृहमन्त्री सुधन गुरुङले मुलुकमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील रहेको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूका जिज्ञासाको जवाफ दिँदै उनले देशमा शान्तिसुरक्षा कायम राख्न गृह मन्त्रालय क्रियाशील रहेको बताएका हुन् । गृहमन्त्री गुरुङले संवेदनशील विषयमा प्रश्न उठाउँदा सांसदहरू पनि संवेदनशील हुनुपर्नेमा जोड दिए । “माननीयज्यूहरूले उठाउनुभएका विषय निकै संवेदनशील छन् । कुनै व्यक्तिको परिवारको सदस्यको निधन हुँदा र त्यस विषयलाई बारम्बार सम्झाइरहँदा पीडित परिवारलाई शान्ति मिल्छरु” उनले प्रश्न गरे ।गृहमन्त्री गुरुङले उक्त विषयमा अनुसन्धान जारी रहेकाले त्यसमा… पुरा पढौ

पदयात्राका क्रममा सम्पर्कविहीन भएका पोखराका तीन युवाको उद्धार

मर्दी हिमाल पदयात्रामा सम्पर्कविहीन भएका तीन जना युवाको सकुशल उद्धार गरिएको छ । ३ दिनअघि पोखराबाट मर्दी हिमालको पदयात्रामा गएका पोखरा १४ का करण लामा, अजित जिसी र युकेश गुरुङलाई बिहिबार बिहान उद्धार गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोलीले मोदी खोला किनारबाट उद्धार गरेको हो ।पहिला करण केसीलाई उद्धार गरेको टोलीले त्यसपछि अजित जिसी र युकेश गुरुङलाई पनि उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । उनीहरुलाई मोदी खोलाको अप्ठ्यारो… पुरा पढौ

चालु आवदेखि लागु हुने तलबमान सार्वजनिक,श्रेणीविहीन कर्मचारीको २९ हजार, मुख्य सचिवको ९० हजार बढी

अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८३,८४ को यही साउनदेखि लागु हुने तलबमान सार्वजनिक गरेको छ । यही साउन ६ गते बसेको मन्त्रिपरिषद् बैठकले नयाँ तलबमान, ग्रेड, प्राविधिक ग्रेड र प्रोत्साहन भत्तासम्बन्धी निर्णय गरेको थियो । गत जेठ १५ गते बजेटमार्फत सरकारले १० प्रतिशत तलबमान वृद्धि गर्ने र १० प्रतिशत प्रोत्साहन भत्ता दिने घोषणा गरेको थियो । मन्त्रालयले बुधबार सरकारी निकायलाई गरेको पत्राचारमा नयाँ तलबमानको विषयमा जानकारी गराएको हो । निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, स्वास्थ्य… पुरा पढौ

अण्डर ट्वान्टी पुरुष भलिवलको उपाधी पोखरा युनाईटेडको पोल्टामा

पोखरामा भएको अण्डर ट्वान्टी पुरुष भलिवलको उपाधी पोखरा युनाईटेड एकेडेमीले उचालेको छ । घान्द्रुक ब्रदर्शद्वारा लामाचौरको पातीघारी खेल मैदानमा संचालन भएको प्रतियोगितामा आयोजक घान्द्रुक ब्रदर्शलाई ३–० को सोझो सेटमा पराजित गर्दै पोखरा युनाईटेडले उपाधी हात पारेको हो ।उसले नगद २५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । त्यस्तै उपविजेता बनेको आयोजक घान्द्रुकले नगद १२ हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको सचिव संजिव सुनारले जानकारी दिए । विधागत रुपमा सर्वोत्कृष्ट खेलाडी पोखरा युनाईटेडका निशान नेपाली,उत्कृष्ट सेटर पोखरा युनाइटेडकै विपिन… पुरा पढौ

गण्डकी खेलकुद परिषदको पदक वितरणमा चरम लापरवाही र मिलेमतो

पोखरा, साउन २० गण्डकी खेलकुद परिषद (गखेप)को पदक वितरणमा चरम लापरवाही भएको पाइएको छ । गण्डकी खेलकुद परिषदले गत असार ३० गते वितरण गरेको खेलकुद पदकमा चरम लापरवाहीसँगै मिलेमतोमा पदक वितरण गरेको पाइएको हो । पदक वितरणमा चलखेल र मिलेमतो भएको पाइएपछि खेलाडी तथा खेल सम्बद्ध संघसंस्थाका प्रतिनिधिहरुले असन्तुष्टि जनाएका छन् । यतिसम्मकी पदक वितरणका लागि बनाइएको समितिका सदस्यहरु नै असन्तुष्टि व्यक्त गर्दै हिंडिरहेका छन् । गखेपले खेलकुद पदक वितरण २०८१÷८२ मा खेलकुद पत्रकारितातर्फ केशव पाठक, खेलाडीतर्फ भलिबलकी अरुणा साही,… पुरा पढौ