गण्डकी

आश्रय अभियान नेपालद्वारा कृष्ण प्रणामी वृन्दावन धाममा भोजन सहयोग

आश्रय अभियान नेपालले पोखरा २७ स्थित कृष्ण प्रणामी वृन्दावन धाममा भोजन सहयोग गरेको छ । समूहका अध्यक्ष मायादेवी शर्मा गीताले धामका प्रमुख विष्णु वशिष्ठ महाराजलाई भोजन खर्चवापत १० हजार रुपैयाँ हस्तान्तरण गरिन् । सहयोग प्रदान गर्दै अध्यक्ष लामिछानेले मानिस शारीरिक रुपबाट मात्र नभइ मानसिक रूपमा पनि खुसी रहन यस्तो कार्यक्रमबाट मद्दत पुग्ने बताईन् । उनले आफ्नो समूहले विगतका वर्षहरूमा पनि उक्त धामका लागि सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोगलाई निरन्तरता प्रदान गरिने बताईन् । सहयोग रकम बुझ्दै धामका… पुरा पढौ

नागढुङ्गा आमा समूहको अभिमुखीकरण तथा प्रस्तावना लेखन तालिम सम्पन्न

नागढुङ्गा आमा समूहको आयोजनामा पोखराको नागढुंगामा एक दिने अभिमुखीकरण तथा प्रस्तावना लेखन सम्बन्धी तालिम सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नम्बर ९ को आर्थिक सहयोगमा आयोजित तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि वडा नम्बर ९ का सदस्य लक्ष्मी पहारीले महिलाहरूको व्यक्तित्व तथा नेतृत्व विकासका लागि वडाले विभिन्न तालिमहरूमा सहयोग प्रदान गर्दै आएको बताईन् । वडा सदस्य नन्दराम गिरीले तालिम लिएपछि समूहका सदस्यहरूमा आत्मविश्वास सँगै क्षमता अभिवृद्धि हुने विश्वास व्यक्त गरे । आयोजक नागढुंगा आमा समूहका अध्यक्ष कमला श्रेष्ठले तालिमका लागि… पुरा पढौ

स्टेप वाई स्टेप मा.वि.मा अङ्गे्जी हिज्जे प्रतियोगिता सम्पन्न

पोखरा, मासबारस्थित स्टेप वाई स्टेप मा. विमा अन्तरसदनात्मक अङ्गे्रजी हिज्जे प्रतियोगिता सम्पन्न भएको छ । कक्षा ६, ७ र ८ मा अध्ययनरत विद्ययार्थीहरूबीच भएको प्रतियोगितामा चार विभिन्न सदनका १२ टिमका ६० जना विद्ययार्थीहरूले भाग लिएका थिए ।प्रतियोगितामा न्युटन सदनका आरोग्या श्रेष्ठ, विहान्सा शर्मा, अनुज बराल, रिदम नेपाली, एन्जल तामाङ् र क्रितेश पौडेलको समूह प्रथम हुन सफल भएको छ । विद्यालयका संस्थापक निर्देशक रमाकान्त बरालले उक्त प्रतियोगितामा मन्तव्य राख्दै कामको सुरुवात सहि तरिकाले सुरु भएमा पूर्ण हुने हुँदा यस्ता अतिरिक्त क्रियाकलाप… पुरा पढौ

विन्ध्येश्वरी आदर्श स्कुलमा अङ्ग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न

पोखराको मोहरियाटोलमा रहेको विन्ध्येश्वरी आदर्श स्कुलमा अङ्ग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न भएको छ । कक्षा २ देखि ५ सम्मका विद्यार्थीहरूसहभागि प्रतियोगितामा विद्यार्थीहरूले अंग्रेजी शब्दहरूको सही हिज्जे गरेर आफ्नो क्षमता प्रस्तुत गरेका थिए । प्रतियोगितामा पहेँलो सदनबाट कक्षा ३ का छात्र सुगम पौडेल, कक्षा ४ की साजिया क्षेत्री र कक्षा २ का आयान्स मगर र कक्षा ५ का सौगात हमाल प्रथम भएका छन् । त्यस्तै रातो सदनबाट कक्षा २ की छात्रा सनम बराली, कक्षा ३ का छात्र बिटन्जोन मल्ल, कक्षा ४ की… पुरा पढौ

अनिवार्य तथा निशुल्क शिक्षा कार्ययोजना लागु गर्न सरोकारवाला तयार

सरकारले ल्याउन लागेको अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धि कार्ययोजनालाई कार्यान्वयन गर्न पहल गरिने भएको छ । शिक्षा विकास तथा समन्वय ईकाई, कास्कीले आज पोखरामा सरोकारवालाबिच आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा सरोकारवालाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिसँगै कार्ययोजना लागु गर्न तयार रहेको बताएका छन् । उनीहरुले सो कार्ययोजना कार्यान्वयनका लागि बजेटको चुनौती रहने तर्फ ध्यानाकर्षण गराउँदै, तीनै तहका सरकारलाई बजेट विनियोजन गरी प्रभावकारी रुपमा लागु गर्न सुझाव दिएका छन् । सरकारले आगामी २०८५ साल बैशाख १ गतेबाट अनिवार्य तथा निशुल्क शिक्षा कार्यान्वयनमा… पुरा पढौ

परराष्ट्रमन्त्री खनाल आइतबार चीन भ्रमणमा जाँदै

परराष्ट्रमन्त्री शिशिर खनालले चीनको चारदिने औपचारिक भ्रमण गर्ने भएका छन् । चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा यही जेठ ३१ गते परराष्ट्रमन्त्री खनाल बेइजिङतर्फ प्रस्थान गर्ने छन् । र्नुहुने भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार चीनमा रहँदा मन्त्री खनालले आफ्ना समकक्षी वाङसँग नेपाल–चीन सम्बन्ध अझ सुदृढ बनाउने तथा आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता हुने छ । साथै उनले चीनका उच्च अधिकारीहरूसँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्ने छन् । मुलुकमा वैदेशिक लगानी भित्र्याउने उद्देश्यले बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजना हुने लगानी… पुरा पढौ

गणेशमान पालिखेको २१ औं स्मृति दिवसमा वृक्षारोपण र खाद्यान्न वितरण

जनप्रिय बहुमुखी क्याम्पसले संस्थापक क्याम्पस प्रमुख स्व. गणेशमान पालिखेको २१ औँ स्मृति दिवसमा क्याम्पस परिसरमा वृक्षारोपण गरी मानव सेवा आश्रमलाई खाद्यान्न वितरण र नगद हस्तान्तरण गरको छ । संस्थापक क्याम्पस प्रमुख गणेशमान पालिखेको २१ औं स्मृति दिवसका सन्दर्भमा शुक्रबार बोल्दै क्याम्पस सञ्चालक समितिका अध्यक्ष राजेन्द्र पहारीले भने, पालिखे सरको शैक्षिक, राजनीतिक, उद्यमी, व्यावसायिक जीवन कडा परिश्रम र संघर्षले नै सफल भएको बताए । आफ्नो समयको नेतृत्वदायी भूमिका खेलेका पालिखेले क्याम्पस कै लागि ज्यानको आहुति दिई शिक्षा मै सहादत पाएका क्रान्तिकारी… पुरा पढौ

३ क्याम्पसका विद्यार्थी र प्राध्यापकलाई युआरएलमा छुट

पोखरा, २८ जेठपोखरा महानगरका ३ क्याम्पसका प्राध्यापक, विद्यार्थी, कर्मचारी र क्याम्पस परिवारले युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)का सेवामा छुट पाउने भएका छन् । गण्डकी प्रदेशकै पहिलो र एकमात्र आइएसओ प्रमाणपत्र प्राप्त रेफरेन्स ल्याब युआरएलसँग कालिका बहुमुखी क्याम्पस, जनप्रिय बहुमुखी क्याम्पस र कालिका बहुमुखी क्याम्पसको छुट्टाछुट्टै सम्झौता भएको छ ।यी क्याम्पसका विद्यार्थी, प्राध्यापक, कर्मचारी तथा क्याम्पस सञ्चालक समितिका सदस्य र सिनेटरले युआरएलका हरेक रक्त परीक्षणमा ३० प्रतिशत छुट पाउने छन् । सेवा लिन उनीहरुले क्याम्पसले जारी गरेका परिचयपत्रसहित आउनुपर्ने र यो सम्झौता… पुरा पढौ

दुबई-पोखराको उडानका लागि टिकट बुकिङ खुल्ला, आउन ४० हजार, जान ५७ हजार

पोखरा दुबई उडानका लागि टिकट बुकिङ खुलेको छ। पोखराबाट सिधैं मध्यपूर्वको गन्तव्यसम्म जोड्नेगरि आगामि सेप्टेम्बर २३ देखि हुने पोखरा–दुबई उडानका लागि टिकट बुकिङ खुल्ला भएको हो । यसअघि यो रुटमा हवाई सेवा सञ्चालन गर्ने तय भएको थियो । प्रारम्भिक रुपमा एकमहिनाका लागि यो रुटमा उडान गर्नका लागि फ्लाई दुबईले नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०बाट अनुमति लिएको छ। २३ सेप्टेम्बरबाट सुरु हुने पहिलो उडान एकमहिनापछि २४ अक्टोबरमा सकिनेछ। दुबईबाट पोखरा आउँदा यात्रुले कम्तिमा ४० हजार ६ सय ७८ रुपैयाँ भाडा तिर्नुपर्नेछ।… पुरा पढौ

विन्ध्येश्वरी आदर्श स्कुलमा अङ्ग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न

पोखराको मोहरियाटोलमा रहेको विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा अंग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न भएको छ । आधारभुत तहमा अध्ययनरत विद्यार्थी सहभागि भएको प्रतियोगितामा पहेँलो सदनबाट कक्षा ८ की छात्रा सृष्टिका कोइराला, कक्षा ७ का छात्रछात्राद्वय साधना गिरी र बसन्त न्यौपाने र कक्षा ६ की छात्रा दिया क्षेत्री प्रथम र रातो सदनबाट कक्षा ८ का छात्र आदित्य लम्साल, कक्षा ७ का छात्राहरु रुपा ठकुरी र अदिती तिमिल्सिना र कक्षा ६ का छात्र सखिम बास्तोला प्रथम भएका छन् । विजयी विद्यार्थीलाई विद्यालयका प्रिन्सिपल कृष्णकुमार… पुरा पढौ