गण्डकी

सोना रानाको १० औं स्मृति दिवसमा परिवारद्वारा मानव सेवा आश्रममा बिहानको भोजन दान

पोखरा, असार १७पोखरा१६ निवासी स्वर्गीय सोना रानाको १०औँ स्मृति दिवसका अवसरमा पोखरा छोरेपाटनस्थित मानव सेवा आश्रममा आश्रित व्यक्तिका लागि बिहानको भोजन दान गरिएको छ। परिवारले रानाको स्मृतिलाई सेवामूलक कार्यमार्फत जीवन्त राख्ने उद्देश्यले आश्रममा भोजन दान गरेको हो।स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा स्वर्गीय रानाको राजनीतिक, सामाजिक तथा पारिवारिक योगदानको स्मरण गरिएको थियो। वक्ताहरूले समाजसेवा, मानवता र सामाजिक न्यायप्रति उहाँको समर्पण अहिले पनि परिवार र समाजका लागि प्रेरणाको स्रोत बनेको बताए।कार्यक्रममा बोल्दै नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य राजकाजी गुरुङले स्वर्गीय रानाले राजनीतिक,… पुरा पढौ

‘भदौ २४ को घटना कम्युनिष्ट सक्ने साम्राज्यवादीको प्रपञ्च थियो’

सन्देश श्रेष्ठपोखरा, असार १७ नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले भदौ २४ को घटना कम्युनिष्ट सक्न रचिएको प्रपञ्च भएको दाबी गरेका छन् । नेकपा गण्डकी प्रदेश एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई बुधबार पोखरामा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपा संयोजक प्रचण्डले भदौ २४ को घटनालाई प्रतिक्रान्ति भन्दै यो कम्युनिष्ट सक्न साम्राज्यवादी अमेरिकाले रचेको प्रपञ्च भएको आरोप लगाएका हुन् । गत भदौ २३ र २४ गते नेपालमा जेनजी आन्दोलन भएको थियो । सुशासन, नेतृत्वमा पुस्तान्तरण र भ्रष्टाचारबिरुद्ध भदौ २३… पुरा पढौ

‘एक घर, एक धारा’ अभियानले गण्डकीका ६६ प्रतिशत घरधुरी लाभान्वित

तीनै तहका सरकारको लगानीमा गण्डकी प्रदेशका ६६ प्रतिशत घरधुरीमा निजी धारा जडान गरिएको छ । ‘एक घर, एक धारा’ अभियानअन्तर्गत साढे चार लाख घरधुरीमा निजी धारा पुगेको प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले जनाएको छ ।मन्त्रालयले यस अभियानका लागि बर्सेनि बजेटमा प्राथमिकता दिँदै आएको छ । मन्त्रालयको खानेपानी तथा सरसफाई महाशाखाका सिनियर डिभिजनल इन्जिनियर नवीन अर्यालले आगामी आवका लागि रू एक अर्ब सात करोड बजेट विनियोजन गरिएको जानकारी दिए । “आगामी वर्ष थप १५ हजार घरधुरीमा निजी धारा पुर्‍याउने मन्त्रालयको… पुरा पढौ

जिल्ला समन्वय समिति कास्कीद्वारा प्रदेश सरकारका आयोजनाको अनुगमन

जिल्ला समन्वय समिति कास्कीले गण्डकी प्रदेश सरकारका विभिन्न आयोजनाको अनुगमन गरेको छ। प्रदेश सरकार मार्फत कास्कीमा संचालित योजनाको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको नेतृत्वमा रहेको टोलीले बुधबार अनुगमन गरेको हो । अनुगमन गरिएका आयोजनाहरूमा प्रदेश सरकारको पाँच करोडको लागत इस्टिमेटमा निर्माणाधीन पोखरा ३३ स्थित तल्लो खैरेनी, घोक्रेनी ,शिबबस्ती हुँदै गाईगौंडा सम्मको बहुबर्षिय सडक आयोजना र पोखरा ३१ मा २५ करोडको लागतमा निर्माणाधिन स्याङ्खुदी भञ्ज्याङ्सम्मको सात ताल जोड्ने लिन्क रोड सडक अनुगमन गरिएको जनाईएको छ । अनुगमन पछि समन्वय… पुरा पढौ

भिएडब्लु इन्टरप्राइजेजले गरेको रक्तदानमा ५१ युनिट संकलन

यामाहा कम्पनीको ७१ औं बार्षिकोत्सवका अवसरमा पोखरामा आयोजित रक्तदानमा ५१ युनिट संकलन भएको छ । नेपाली ग्राहकहरूमाझ लोकप्रिय यामाहा मोटरसाइकल तथा स्कुटरहरूको पोखरास्थित आधिकारिक विक्रेता भि ए डब्लु इन्टरप्राइजेज प्रा. लिले आयोजना गरेको कार्यक्रममा २० जना पहिलो रक्तदातासहित ५१ जनाले रक्तदान गरेको कम्पनीका प्रबन्ध निर्देशक सरोज श्रेष्ठले जानकारी दिए । कार्यक्रममा प्रादेशिक रक्त संचार केन्द्र, पोखराका प्राविधिक महेन्द्र केसीले पहिलो रक्तदाता विद्या कायस्थलाई ब्लड व्याग हस्तान्तरण गरी कार्यक्रम शुभारम्भ गरिएको थियो । यामाहाको वार्षिकोत्सवको अवसरमा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल… पुरा पढौ

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ, ३ जनाको रोकियो

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले शपथ लिएका छन् । चमतीस्थित केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा सभापति रवि लामिछानेले पदाधिकारी र केन्द्रीय सदस्यलाई शपथ गराएका हुन् । ९९ जना निर्वाचित भएकोमा ९६ जनाको मात्रै सपथ गराईएको रास्वपा स्रोतले जनाएको छ । उनीहरुलाई सभापति लामिछानेले प्रमाणपत्र र ‘घण्टी’ उपहार दिए । केन्द्रीय सदस्यको शपथपछि सभापति लामिछानेले निर्वाचित पदाधिकारीलाई पनि शपथ गराए । सोम शर्मासँगै पूजा बास्तोला र गण्डकी प्रदेशबाट टप ५ मा नपरेर पनि केन्द्रीय बनाइएकी… पुरा पढौ

सरकारका १०० दिनः परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा शासकीय सुधार, डिजिटल सेवा विस्तार तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने दिशामा उल्लेखनीय प्रगति भएको छ । शिक्षा तथा खेलकुद मन्त्रालयले माध्यमिकदेखि विश्वविद्यालय तहसम्मको परीक्षा प्रणालीलाई समयबद्ध बनाउने, वैदेशिक अध्ययन अनुमति सेवालाई थप प्रभावकारी बनाउने, विश्वविद्यालयलाई दलगत हस्तक्षेपबाट मुक्त गर्ने तथा डिजिटल सेवाको विस्तारलाई प्राथमिकताका साथ अघि बढाएको छ ।मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाका अनुसार माध्यमिक शिक्षा परीक्षा ९एसइई०, कक्षा १२ तथा विश्वविद्यालयस्तरीय परीक्षाको नतिजा विगतको तुलनामा छिटो प्रकाशन हुन थालेको छ । अबदेखि… पुरा पढौ

पोखरामा राष्ट्रिय कफी प्रदर्शनी तथा राष्ट्रिय कफी कपिङ च्याम्पियनसिप हुँदै

सन्देश श्रेष्ठपोखरा, असार १६ पोखरामा राष्ट्रिय कफी प्रदर्शनी तथा राष्ट्रिय कफी कपिङ च्याम्पियनसिप आयोजना हुने भएको छ । नेपाल सरकार अन्तर्गत राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय पोखराले नेपाल कफी व्यवसायी महासंघ र केन्द्रीय कफी सहकारी संघसँगको सहकार्यमा यहि असार २० गते शनिबार पोखरा–५ मालेपाटन डुम्रीबोटस्थित राष्ट्रिय चिया तथा कफी विकास बोर्डको क्षेत्रीय कार्यालय परिसर तथा कफी बगैँचामा कफी प्रदर्शनी तथा कफी कपिङ च्याम्पीयनसीप आयोजना गर्न लागेको हो । कार्यक्रमको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्ने जनाइएको… पुरा पढौ

पोखरामा प्रतिभा बिजनेस स्कूलले बिआईटी अध्यापन गराउँदै

सन्देश श्रेष्ठपोखरा, असार १६ प्रतिभा बिजनेस स्कूलले ब्याचलर अफ ईन्फर्मेसन टेक्नोलोजी (बिआईटी) अध्यापन शुरु गर्ने भएको छ । पोखराको शैक्षिक सानका रुपमा स्थापित प्रतिभा माविले भगिनी संस्था प्रतिभा बिजनेस स्कूलमार्फत ८ सेमेष्टर रहेको चार वर्षे बिआईटी कोर्ष अध्यापन गराउन लागेको हो । युग सुहाउँदो सूचना, प्रविधिमैत्री दक्ष जनशक्ति उत्पादन गर्ने हेतुले शुरु गर्न लागिएको सो कोर्षका लागि कक्षा १२ मा साईन्स, म्याथ अध्ययन गरेका विद्यार्थीले अध्ययन गर्न पाउने स्कूलले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । काठमाडौं विश्वविद्यालयबाट… पुरा पढौ

अन्तत: रास्वपाले सच्चायो केन्द्रीय सदस्यको सूची, पोखराकी पूजा बास्तोला केन्द्रीय समितिमा(सूची सहित)

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचित केन्द्रीय सदस्यहरुको सुची सच्चाएको छ । चितवनमा सम्पन्न प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित भएको केन्द्रीय कार्यसमितिका सदस्यहरूमा बढी मत ल्याएर पनि केन्द्रीय सदस्यमा नपरेको भन्ने गुनासोलाई सम्बोधन गर्दै अद्यावधिक सूची सार्वजनिक गरेको हो। निर्वाचन आउोगका अध्यक्ष भुवन केसीको अध्यक्षामा रहेको समितिले यसअघि महाधिवेशनमा भएको निर्वाचनमा हराइएका पोखराकी पूजा बास्तोला र ध्रुव थापा मगरको नाम थपेर सुची प्रकाशित गरेको जनाईएको छ । सूची सच्याउने क्रममा आयोगले कृष्णमान श्रेष्ठ र सोम शर्माको नाम केन्द्रीय सदस्यबाट हटाएको छ… पुरा पढौ