गण्डकी

धौलागिरि हिमाल आरोहण वापत एक करोड ३४ लाख सलामी दस्तुर

धौलागिरि हिमाल आरोहणबापत यस याममा सरकारले एक करोड ३४ लाख ५४ हजार ५५० सलामी दस्तुर सङ्कलन गरेको छ । यस यामका लागि कूल चार समूहमा १८ पुरुष र १२ महिला गरी ३० जनाले धौलागिरि अरोहणका लागि अनुमति लिएको पर्यटन विभागका निर्देशक निशा थापा राउतले जानकारी दिईन् । म्याग्दीको धौलागिरि गाउँपालिका–४ मा पर्ने यो हिमाल आठ हजार १६७ मिटर उचाइमा रहेको छ । अन्नपूर्ण हिमालको आरोहणपछि मात्रै विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण भएकोले पर्वतारोहण पर्यटनमा गण्डकी प्रदेशको अग्रणी स्थान रही आएको… पुरा पढौ

गुप्तेश्वर महादेव वहुमुखी क्याम्पसमा शर्मा

गुप्तेश्वर महादेव वहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा ज्ञाजराज शर्मा निर्वाचित भएका छन् । क्याम्पसको १६ औं साधारण सभा एवम् छैटौ अधिवेशनले शर्माको अध्उक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको हो । समितिको सदस्यहरुमा नारायण बराल,कृष्णप्रसाद लम्साल, इश्वरी लम्साल,दिपक राज बराल र विन्दु कार्की रहेका छन् । अधिवेशनको उद्घाटन गर्दै क्याम्पस सञ्चालक समितिका पूर्व अध्यक्ष प्रा.डा. टंकराज अधिकारीले शैक्षिक विकासका लागि क्याम्पसले महत्वपूर्ण भूमिका खेल्दै आएको बताउँदै विद्यार्थीको रुचिको विषयमा जोड दिनुपर्ने आवश्यकता औल्याए । क्याम्पस प्रमुख धर्मराज बरालले सांगठनिक प्रतिवेदन पेश… पुरा पढौ

यातायात व्यवसायीलाई अपराधीको जस्तो व्यवहार बन्द गरियोस् : स्वाँर

सन्देश श्रेष्ठपोखरा, बैशाख २७ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौं महाधिवेशन पोखरामा शुरु भएको छ । पोखरा–६ लेकसाईडस्थित पोखरा ईभेन्ट सेन्टरमा आजदेखि शुरु महाधिवेशनको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरे । तीन दिनसम्म चल्ने पोखरा महाधिवेशनले तीन वर्षका लागि नया नेतृत्व चयन गर्नेछ । महासंघको अध्यक्षमा बरिष्ठ उपाध्यक्ष द्वय पुण्यप्रसाद सिटौला (सरोज) र हरिशरण केसीले बलियो दाबेदारी प्रस्तुत गरेका छन् । केदार क्षेत्रीले पनि आकांक्षा देखाए पनि चुनाव लड्ने पक्षमा उनी नरहेको उनी निकट एक प्रतिनिधिले बताए । सिटौला… पुरा पढौ

पोखरामा सात सालको कथा माथि परिचर्चा

पोखरामा लेखक फणीश्वरनाथ रेणुको कृति सात सालको कथा माथि परिचर्चा गर्दै सिर्जना उत्सव कार्यक्रम सम्पन्न भएको छ । नेपाली लेखक संघ कास्कीको आयोजनामा भएको सो कायैक्रममा बोल्दै परिचर्चाकार प्रा। डा। कुसुमाकर न्यौपानेले भारतमा जन्मिएका फणीश्वरनाथ रेणुले नेपालको सात सालको क्रान्ति उतारेर इतिहास जीउँदो राखेको बताए । उनले सो कृतिमा सात सालको कथा मात्रै नभएर नेपालको राणा शासन वीपी कोइराला र प्रजातान्त्रिक आन्दोलनको शंखघोष गरिएको चर्चा गरे । हिन्दीमा लेखिएको उक्त कृति तुलसी भट्टराईले नेपालीमा अनुवाद गरेपछि कृतिको महिमा गर्विलो बनेको… पुरा पढौ

पत्रकारितामा मल्टिमिडिया र एआई प्रयोगबारे तालिम

नेपाल पत्रकार महासंघ कास्कीको आयोजनामा आईतबारदेखि पत्रकारितामा मल्टिमिडिया तथा एआई सम्बन्धी तालिम सुरु भएको छ । वैशाख २९ गतेसम्म सञ्चालन हुने तालिमको पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याललले गरेका हुन् । उद्घाटनपछि उनले पत्रकारितालाई समाज रूपान्तरणको मुख्य आधारका रूपमा चित्रण गरे । उनले कलमको शक्तिले समाजलाई सही दिशा दिने र सरकारका कमजोरीहरूलाई औँल्याएर सुधारको बाटो देखाउने बताए । उनले भने, ‘कलमले जहिले पनि समाजलाई रूपान्तरण गर्ने काम गर्छ । पत्रकारिताले सरकार, समाज र विभिन्न संघसंस्थाका कमजोरी र राम्रा पक्षलाई… पुरा पढौ

सङ्घीय संसद्को बजेट अधिवेशन सोमबारदेखि, भोलि नै नीति कार्यक्रम प्रस्तुत हुने

सङ्घीय संसद्को बजेट अधिवेशन भोलि सोमबारदेखि सुरु हुँदैछ । भोलि नै सरकारको नीति कार्यक्रम पनि प्रस्तुत हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनलाई भोलि सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरिले बताए । नेपालको संविधानको धारा ९५ अनुसार राष्ट्रपतिले अपराह्न ४ः०० बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने उनले जानकारी दिए । उक्त धारामा प्रतिनिधिसभाको निर्वाचन भएपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि राष्ट्रपतिले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने प्रावधान… पुरा पढौ

प्रतिभा माविमा विज्ञान हाजिरीजवाफ

पोखराको पालिखेचोकस्थित प्रतिभा माविले गण्डकी प्रदेशस्तरीय विज्ञान हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएर बसेका विद्यार्थीका लागि विद्यालयले कार्यक्रम आयोजना गरेको हो । आइतबार आयोजित कार्यक्रममा पोखरा र कास्की आसपासका गरेर २९ वटा विद्यालयका टिमले सहभागिता जनाएका छन् । प्रतिस्पर्धामा अक्सिजन टिम प्रथम भएर ३० हजार रुपैयाँ नगद पुरस्कार पाएको छ । त्यस्तै दोश्रो भएको नाइट्रोजन टिमले २० हजार रुपैयाँ पुरस्कार पायो । प्रतिश्पर्धामा नियन टिम तेश्रो भएर १० हजार रुपैयाँ पुरस्कार पायो । चौथो भएको… पुरा पढौ

पुर्व राजा ज्ञानेन्द्रले गरे मनकामना र बक्रेश्वरीको दर्शन

गोरखाका बिभिन्न धार्मिक स्थलको दर्शन गरी पुर्व राजपरिवारका सदस्य पोखरा फर्किएका छन् । पूर्व राजपरिवारका सदस्यले गोरखाको मनकामना र बक्रेश्वरीको दर्शन सहित पूजाआजा गरेका थिए । पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्व युवराज पारस शाह तथा पूर्व युवराज्ञी हिमानी शाह, छोरी लगायतका राजपरिवारले शनिबार मनकामना र आइतबार बक्रेश्वरीको दर्शन तथा पूजाआजा गरेका हुन् । उनीहरु शनिबार बिहान आठबजे मनकामना पुगेर आधाघण्टासम्म पूजाआजा गरेका मनकामना क्षेत्र विकास समितिका कार्यकारी निर्देशक अञ्जन बस्न्यातले जानकारी दिए । सो दिन उनीहरु मनकामना रिट्रिट रिसोर्ट एण्ड स्पामा… पुरा पढौ

वैशाखभित्रै एसइई नतिजा सार्वजनिक हुने, अन्तिम तयारीमा परीक्षा नियन्त्रण कार्यालय

परीक्षा नियन्त्रण कार्यालयले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा एसइईको नतिजा प्रकाशनको तयारी थालेको छ । गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको उक्त परीक्षाका उत्तरपुस्तिका परीक्षा समाप्त हुनासाथ परीक्षण एवं सम्परीक्षणई थालेको उक्त कार्यालयले यही वैशाख २९ गतेभित्र परीक्षाफल सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले बताएको छ । परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार हाल ३५ जना कर्मचारी ‘टेबुलेसन’मा व्यस्त छन् । वैशाख २९ गतेभित्र परीक्षाफल प्रकाशन गर्ने लक्ष्य छ । माध्यमिक शिक्षा परीक्षा ९एसइई० व्यवस्थापन तथा उत्तरपुस्तिका परीक्षण निर्देशिका, २०८२’… पुरा पढौ

गणित हाजिरीजवाफमा मदरल्यान्डको टिम उत्कृष्ट

पोखरा–७, मासवारस्थित मदरल्यान्ड माविले आयोजना गरेको गण्डकी प्रदेशस्तरीय गणित हाजिरीजवाफ प्रतियोगितामा मदरल्यान्डकै टिम उत्कृट बनेको छ । विभिन्न विद्यालयका ४७ वटा टिमले प्रतिश्पर्धाका लागि सहभागिता जनाएकोमा मदरल्याण्डका सार्थक अधिकारी, संकल्प पौडेल र सुरज पौडेलको टिम प्रथम भएको हो । म्याथ काउन्सिलले एकमहिना अघि आयोजना गरेको गणित हाजिरीजवाफ प्रतियोगितामा मदरल्यान्डकै यही टिम राष्ट्रियस्तरमै च्याम्पियन बनेको थियो । काउन्सिलले एकमहिना अघि सातै प्रदेशमा प्रतियोगिता आयोजना गरेर अन्तिम प्रतिश्पर्धा काठमाडौंमा गरेको थियो । मदरल्याण्डले आयोजना गरेको प्रदेशस्तरीय प्रतिश्पर्धामा न्यू मोडल बोर्डिङ स्कुलका अनिज… पुरा पढौ