गोरखा जिल्लाका ३ स्थानीय तह कोरोना संक्रमणमुक्त भएका छन्। सिरानचोक, अजिरकोट र धार्चे गाउँपालिकामा हाल कोरोनाका सक्रिय संक्रमित नरहेको स्वास्थ्य कार्यालयले जनाएको हो। जिल्लामा सक्रिय संक्रमितको संख्या पनि घट्दै गएको कार्यालयको तथ्यांकले देखाएको छ। सबैभन्दा बढी गोरखा नगरपालिकामा २५ र सबैभन्दा कम शहिद लखन र बारपाक सुलिकोटमा ५/५ जना संक्रमित छन्। त्यस्तै, आरुघाट गाउँपालिकामा २३, चुमनुव्री गाउँपालिकामा १६, पालुङटार नगरपालिकामा ७, भीमसेन थापा र गण्डकी गाउँपालिकामा ६/६ जना सक्रिय संक्रमित रहेको कार्यालयले जनाएको छ।
पुरा पढौ