स्वास्थ्य

रुसमा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित

रुसमा गएको २४ घन्टामा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित देखिएका छन् । यहाँको स्वास्थ्य मन्त्रालयले जनाएअनुसार यहाँ आइतबार मात्र एक लाख ८० हजार जनाभन्दा बढी संक्रमित देखिएका हुन् । ती संक्रमितको संख्या अहिलेसम्मकै २४ घन्टाभित्र देखिएका सबैभन्दा बढी संक्रमित हुन् । यहाँ अहिलेसम्म १ करोड २८ लाखभन्दा बढी कोरोना भाइरसका संक्रमित देखिएका बताइएको छ । त्यसैगरी यहाँको सरकारले बताए अनुसार यहाँ गएको २४ घन्टामा नै कम्तीमा पनि ६६१ जना संक्रमितको निधन भएको छ । यो समेतगरी यहाँ अहिलेसम्म ३ लाख… पुरा पढौ

निसीखोलामा दश शय्याको अस्पताल निर्माण सुरु

बागलुङ । बागलुङको निसीखोला गाउँपालिकामा १० शय्याको पालिकास्तरीय आधारभूत अस्पताल निर्माण सुरु भएको छ । सङ्घीय सरकारको देशका सबै पालिकामा १५, १० र ५ शय्याको पालिका अस्पताल निर्माण गर्ने नीति अनुसार अस्पताल बनाउन लागिएको हो । सो गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले निसीखोला– ४ झिम्पामा अस्पतालको नयाँ भवन बनाउन सुरु भएकोे जानकारी दिए । हिन्दुङ एसी आइएस जेबी कन्ट्रक्सनले रु. आठ करोड २४ लाखमा आगामी २०८० पुसमा सम्पन्न गर्ने गरी भवन बनाउन ठेक्का सम्झौता गरेको छ । भवन निर्माणपछि निसीखोलाबाटै विशेषज्ञ… पुरा पढौ

भारतमा कोभिडबाट मृत्यु हुने पाँच लाख बढी

नयाँ दिल्ली । कोभिडबाट भारतमा मुत्यु हुनेको संख्या पाँच लाख नाघेको छ । शनिबार भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सो कुराको जानकारी दिएको हो । सो मन्त्रालयका अनुसार भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या शनिबार पाँच लाख १ हजार ११४ जना पुगेको हो । सो मन्त्रालयले शनिबार यहाँ कोभिडबाट १ हजार ५९ जनाको ज्यान गएको पनि बताएको छ । यहाँ केही हप्ता यता संक्रमणको संख्यामा कमी आए पनि मृत्यु भने घटेको छैन । शनिबार मात्र त्यो भन्दा अघिको २४ घन्टामा १ लाख… पुरा पढौ

प्रेस चौतारी तनहुँले दमौलीमा सर्वसाधारणलाई मास्क बाँड्यो

प्रेस चौतारी नेपालको २४ औ स्थापना दिवसको अवसरमा तनहुँ शाखाले शनिबार कोभिडसम्बन्धी सचेतनामूलक कार्यक्रम गरेको छ। स्थापना दिवसको अवसरमा शाखाले दमौलीस्थित भोर्लेटारचोकमा मास्क वितरण गरेको हो। प्रेस चौतारीले ४ सय भन्दा बढी मास्क वितरण गरेको हो। कोभिड–१९ को महामारीलाई ध्यानमा राखेर सचेतनासँगै मास्क वितरण गरिएको शाखाका अध्यक्ष राजकुमार श्रेष्ठ (बीबी) ले जानकारी दिएका छन्। पुरा पढौ

ओरालो लाग्दै सङ्क्रमण, एक हजार ७१४ सङ्क्रमित थपिए

काठमाण्डौं । पछिल्ला केही दिनयता कोरोना सङ्क्रमण ओरालो लाग्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज आठ हजार ५३१ नमूना परीक्षण गर्दा एक हजार ७१४ मा सङ्क्रमण पुष्टि भएको छ । यससँगै नेपालमा हालसम्म पीसीआर विधिबाट नौ लाख ६५ हजार २२२ र एन्टिजेन विधिबाट परीक्षण गर्दा एक लाख ३४ हजार ८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ५२ हजार ७८० छ । आज चार हजार ७७१ जना कोरोना सङ्क्रमण मुक्त भएका छन्… पुरा पढौ

पोखराका ३१ स्थानबाट एकै पटक मोर्डना खोप लगाइँदै (कहाँ–कहाँ सहित)

पोखरा । पोखरामा माघ अन्तिम साता विभिन्न ३१ स्थानमा एकैपटक कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाले आज एक सुचना प्रकाशित गर्दै आगामी माघ २४ र २५ गते यसअघि कोभिड – १९ विरुद्धको मोर्डना खोपको पहिलो मात्रा प्राप्त गरेका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका नागरिकलाई लक्षित गर्दै अभियान सञ्चालन गर्न लागिएको जनाएको छ । यसअघि मोर्डना खोप लगाएको एक महिना पुगेका सो उमेर समूहका नागरिकले खोप कार्डसहित उपस्थित हुनका लागि सूचनामा भनिएको छ… पुरा पढौ

शुक्रबार गण्डकीमा थप २३८ जनामा कोरोना पुष्टि, ९३५ संक्रमणमुक्त

गण्डक । पछिल्लो २४ घण्टामा गण्डकीका थप २३८ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका ७०४ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । शुक्रबार संक्रमण पुष्टि हुनेमा गण्डकीका १० जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ९० जना, तनहुँका छ जना, गोरखाका चार जना, लमजुङका १६ जना र नवलपुरका ११ जनामा कोरोना पुष्टि भएको छ । यस्तै स्याङ्गजाका ५९ जना, पर्वतका २० जना, बाग्लुङका १२ जना, म्याग्दीका… पुरा पढौ

कोरोना सङ्क्रमित एक लाख ४९ हजारभन्दा बढी, मृतकको संख्या पाँच लाख नाघ्यो

भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप एक लाख ४९ हजार ३९४ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । सोही अवधिमा थप एक हजार ७२ को कोरोना सङ्क्रमणका कारण मृत्यु भएपछि भारतमा कोरोना शुरु भएदेखि हालसम्म यस रोगबाट ज्यान गुमाउने व्यक्तिको संख्या ५ लाख नाघेको सो मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार भारतमा कोरोनाका कारण ज्यान गुमाउने व्यक्तिको सङ्ख्या पाँच लाख ५५ जना पुगेको छ । कोरोना सङ्क्रमणको कारण ज्यान गुमाउने… पुरा पढौ

सुदूरपश्चिममा १६ लाखले लगाए कोरोनाविरुद्धको खोप

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा हालसम्म १६ लाखभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका नौवटै जिल्लामा हालसम्म १६ लाख ६ हजार ६७३ जनाले कोरोनाविरुद्धको पहिलो मात्रा लगाएका छन् । खोपको पूर्ण मात्रा भने ११ लाख चार हजार ९४६ जनाले लगाएका छन् । प्रदेशमा सबैभन्दा बढी कैलालीमा चार लाख ७२ हजार ९७४ जनाले खोपको पहिलो मात्रा लगाएका छन् भने तीन लाख ५५ हजार ७२० जनाले पूर्ण मात्रा लगाएका छन् । यस्तै सबैभन्दा कम डडेल्धुरामा ६५ हजार ६०७ जनाले… पुरा पढौ

कोरोना सङ्क्रमित एक लाख ४९ हजारभन्दा बढी, मृतकको संख्या पाँच लाख नाघ्यो

भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप एक लाख ४९ हजार ३९४ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । सोही अवधिमा थप एक हजार ७२ को कोरोना सङ्क्रमणका कारण मृत्यु भएपछि भारतमा कोरोना शुरु भएदेखि हालसम्म यस रोगबाट ज्यान गुमाउने व्यक्तिको संख्या ५ लाख नाघेको सो मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार भारतमा कोरोनाका कारण ज्यान गुमाउने व्यक्तिको सङ्ख्या पाँच लाख ५५ जना पुगेको छ । कोरोना सङ्क्रमणको कारण ज्यान गुमाउने… पुरा पढौ