स्वास्थ्य

तनहुँमा दोस्रो व्यक्तिमा मलेरियाको सङ्क्रमण

तनहुँमा दोस्रो व्यक्तिमा मलेरियाको सङ्क्रमण पुष्टि भएको छ। भानु नगरपालिका–११ का ३८ वर्षीय पुरुषमा मलेरियाको सङ्क्रमण पुष्टि भएको हो। शान्ति सेना गएर फर्किएका ती युवामा मलेरियाको सङ्क्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका सूचना अधिकारी सुदीप कँडेलले जानकारी दिए। प्रदेश जनस्वास्थ्य कार्यालय,भानु नगरपालिका स्वास्थ्य शाखा,रूपाकोट स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीले आइतबार समुदायस्तरमा पुगेर उक्त रोगको सक्रिय खोजपड्ताल कार्यक्रम सञ्चालन गरेको कँडेलले बताए । उनले भने, “शान्ति सेनाबाट फर्किएपश्चात् परीक्षण गर्दा मलेरियाको सङ्क्रमण पुष्टि भएको थियो। औषधि उपचारपश्चात् हाल उनलाई सन्चो भएको छ।” यसअघि… पुरा पढौ

पोखरामा रक्तदान, २६ युनिट रगत संकलन

दलित एकता सञ्जाल नेपाल,कतार तथा नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीले गरेको रक्तदानमा २६ युनिट रगत संकलन भएको छ । कार्यक्रममा प्रमुख अतिथि नेपाल सुन चाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष किसान सुनारले रक्तदातालाई ब्लड व्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष सुनारले विभिन्न संघ संस्थाले गर्ने यस्ता खालका रक्तदान कार्यक्रमले गर्दा रगत अभावमा छटपटाइरहेका विरामीलाई बचाउन सकिएको उल्लेख गरे ।नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका अध्यक्ष सूर्यप्रसाद ढकालले विभन्न समयमा हुने रक्त दानका कारण पोखरामा रगत अभाव… पुरा पढौ

स्वास्थ्य मन्त्री पाठकद्वारा परिवार नियोजन संघ कास्कीको निरीक्षण

गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले सोमबार नेपाल परिवार नियोजन संघ कास्की शाखाको निरीक्षण गरेका छन् । निरीक्षणका लागि पुगेका मन्त्री पाठकलाई नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देल सहितका पदाधिकारी, सदस्य र कर्मचारीहरुले स्वागत गरे । त्यस क्रममा मन्त्री पाठकले संघले प्रदान गर्दै आइरहेका सेवा, संघका समस्या र आवश्यकताका बारेमा जानकारी लिएका थिए । संघका गतिविधि बारे बरिष्ठ शाखा प्रवन्धक नबराज तिवारीले जानकारी दिए। निरीक्षण पछि मन्त्री पाठकले स्वास्थ्य मन्त्रालय, नेपाल परिवार नियोजन संघ कास्कीसँग सहकार्य गर्न… पुरा पढौ

म्याग्दीमा हेलिकप्टरबाट महिलाको उद्धार

म्याग्दी जिल्लाको धवलागिरि गाउँपालिका–६ मराङबाट आज प्रसूति ब्यथा लागेकी महिलाको हेलिप्कटरबाट उद्धार गरिएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार मराङ स्वास्थ्यचौकीमा प्रसूति ब्यथा लागेर पुगेकी विष्णुकुमारी गर्बुजालाई हेलिकप्टरबाट उद्धार गरेर पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याईएको छ । गण्डकी प्रदेश सरकारले विकट क्षेत्रमा जटिल अवस्थाका सुत्केरी र गर्भवतीको उद्धारका लागि निःशुल्क हवाई उद्धार गर्दै आएको छ । रासस पुरा पढौ

चन्दा उठाएर बागलुङको कैयामा गाउँघर क्लिनिक स्थापना

चन्दा सङ्कलन गरेर बागलुङ नगरपालिका–१४ नारायणस्थानको कैयामा हाम्रो स्वास्थ्य गाउँघर क्लिनिक स्थापना गरिएको छ । बागलुङ नगरपालिका, नारायणस्थान स्वास्थ्य चौकी फेयरमेड, नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसन,सम्बोधन परियोजना, कैया टोल विकास संस्था, शिवा प्राथमिक विद्यालय र टोल विकास संस्था, व्यक्तिगत सहयोगका साथैस्थानीय समाजसेवीहरूको सहयोगमा क्लिनिक स्थापना भएको हो । शुक्रबारदेखि सञ्चालनमा आएको क्लिनिक रु एक लाख नौ हजारको लागतमा स्थापना गरिएको वडाध्यक्ष चक्रबहादुर खत्रीले जानकारी दिए । औषधि र जनशक्ति भने बागलुङ नगरपालिकाले उपलब्ध गराउने उनले बताए । गाउँघर क्लिनिकलाई व्यवस्थित र… पुरा पढौ

नर्सहरुको जारी आन्दोलनले सेवा प्रभावित,स्वास्थ्यमन्त्रीलाई चिकित्सक सङ्घद्वारा सुझाव पेश

नर्सको आन्दोलनका कारण देशभरको स्वास्थ्य संस्थामा सेवा प्रभावित भएको छ। निजी अस्पताल तथा मेडिकल कलेजहरूमा काम गर्ने नर्सहरूलाई सरकारी स्वास्थ्य संस्थाहरूमा कार्यरत नर्सहरूको सरह तलब, भत्ता तथा सेवा सुविधा कायम गरिनुपर्ने १५ बुँदे मागसहित नर्सहरूले आन्दोलन जारी राखेपछि अस्पतालका स्वास्थ्य सेवा प्रभावित भएका हो। सरकारी सरह पारिश्रमिक पाउनु पर्छ भनेर असोज १० गते देखि सुरु भएको आन्दोलनमा देशभरका नर्सहरुले समर्थन जनाएका छन्। देशभर सबै स्वास्थ्य संस्थामा कार्यरत नर्सहरुले कार्तिक १२ गतेदेखि १० देखि १२ बजेसम्म २ घण्टा सेवा बहिष्कार गरेर… पुरा पढौ

देशभरका स्वास्थ्य संस्थामा २ घण्टा सेवा बन्द,समस्या समाधान गर्न टोली परिचालन गरिने

देशभरीका सरकारी तथा निजी स्वास्थ्य संस्थाहरूमा कार्यरत नर्सहरूले आज २ घण्टा सेवा ठप्प पारेका छन् । उनीहरुले बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म अस्पतालको सेवा ठप्प पारेका हुन् ।नर्सहरूको आन्दोलनमा पोखराको सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नर्सहरू पनि सहभागी भएका छन् । नर्सहरूले आपतकालीन र आईसीयू बाहेकका सेवा रोक्दै ऐक्यबद्धता प्रदर्शन गरेका हुन् । करिब दुई सय जना नर्स अस्पताल परिसरमा भेला भई नारा लगाउँदै आन्दोलनमा समर्थन जनाए । निजी अस्पताल र शिक्षण संस्थामा कार्यरत नर्सहरूको न्यूनतम पारिश्रमिक सरकारले तोकेअनुसार… पुरा पढौ

उपचारका लागि देउवा दम्पती सिंगापुरमा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा उपचारका लागि सिंगापुर पुगेका छन् । उपचारका लागि भन्दैदेउवा दम्पती गएराति सिंगापुर एयरलाइन्सको विमान मार्फत् काठमाडौंबाट सिंगापुर प्रस्थान गरेका थिए । उनीहरु चाङ्गी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिए लगत्तै त्यहाँबाट बाहिरिने क्रममा देउवा दम्पती ह्विलचेयरमा देखिएका थिए ।ह्विलचेयरमा सभापति देउवा केही मन्द मुस्कानमा देखिएका छन् भने देउवाकी पत्नी पुर्व परराष्ट्र मन्त्री राणा मोवाईल हेरिरहेको दृश्य देखिन्छ ।अहिले थप उपचारका लागि देउवा दम्पती सिंगापुर पुगेको बताइएको छ। जेनजी आन्दोलन क्रममा गत भदौ… पुरा पढौ

सरकार निर्वाचनको तयारीमा जुट्यो–स्वास्थ्य मन्त्री गौतम

नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले सरकार आगामी फागुन २१ गतेको निर्वाचन सम्पन्न गर्ने तयारीमा केन्द्रित रहेको बताएकी छन् । सोमबार काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत ‘जेनजी’ आन्दोलनका घाइतेसँगको भेटपछि उनले सरकार निर्वाचनको तयारीमा जुटेको स्पष्ट पार्दै, अब निर्वाचन भाँड्ने नाममा आन्दोलन नगर्न सबै शक्ति र व्यक्तिहरूको ध्यानाकर्षण गराइन् । मन्त्री गौतमले फागुन २१ मा हुने निर्वाचनको विरोध गरिरहन आवश्यक नभएको बताइन् । “बिरामीहरूको अवस्था हेर्दाखेरि मलाई धेरै गाह्रो भयो । म मुलुक आन्दोलनमा नजाओस् भन्न चाहन्छु,” उनले भनिन्, “र,… पुरा पढौ

‘जेनजी’ आन्दोलनका घाइतेलाई ४८ लाख भैपरी खर्च निकासा

सरकारले ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएका व्यक्तिको भैपरी खर्चबापत् रु ४८ लाख ५८ हजार निकासा गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रारम्भिक प्रतिवेदनका आधारमा भैपरी खर्चबापत् प्रत्येक घाइतेलाई रु २० हजारका दरले वितरण गर्न सो रकम पठाइएको हो । पहिलो चरणमा झापा, मोरङ, सुनसरी, काठमाडौँ, ललितपुर, कास्की, सुर्खेत, कैलाली र डडेलधुरामा रकम पठाइ सकिएको गृह मन्त्रालयले जनाएको छ । प्राविधिक समितिले वर्गीकरण गरेपश्चात् घाइतेको वर्गीकरणका आधारमा उचित राहत रकम व्यवस्था गर्ने गरी तत्कालका लागि भैपरी खर्चबापत् रकम उपलब्ध गराउने… पुरा पढौ