स्वास्थ्य

नर्सको जारी आन्दोलनमा सरकारको ध्यानाकर्षण, माग सम्बोधन गर्न समिति गठन

सरकारले नर्सिङ स्वास्थ्यकर्मीको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त सचिव प्राडा श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा १४ सदस्यीय समिति गठन गरिएको हो । देशका विभिन्न निजी अस्पताल तथा मेडिकल कलेजका नर्सले उचित पारिश्रमिक नपाएको भन्दै आन्दोलित छन् । प्रधानमन्त्री सुशीला कार्कीले गत बिहीबार स्वास्थ्य मन्त्रालयका सचिवसहितको टोलीसँग छलफल गरेर तत्काल समस्याको सम्बोधन गर्न निर्देशन दिएकी थिईन् ।समितिको पहिलो बैठक बसेर आन्दोलनरत नर्सलाई काममा फर्काउन वातावरण बनाउने प्रयास भइरहेको मन्त्रालयका सचिव डा विकास देवकोटाले जानकारी… पुरा पढौ

तनहुँमा थप एक जनामा जापानिज इन्सेफलाइटिस पुष्टि

तनहुँमा थप एक जनामा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि भएको छ । व्यास नगरपालिका-७ निवासी दश वर्षीया बालिकामा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ । थप एकजनामा पुष्टि भएसँगै जिल्लामा जापानिज इन्सेफलाइटिसबाट सङ्क्रमण हुनेको सङ्ख्या तीन पुगेको छ । यसअघि गत असोज १ गते आँबुखैरेनी गाउँपालिका-१ बरादी निवासी ७१ वर्षीय पुरुष र गत भदौ १० गते भिमाद नगरपालिका-२ निवासी ८० वर्षीय पुरुषमा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि भएको थियो । जापानिज इन्सेफलाइटिस सङ्क्रमण देखिएसँगै स्वास्थ्यकर्मीको टोलीले जनसमुदाय स्तरमा… पुरा पढौ

वात्स्यायन वृद्दाश्रममा लायन्स क्लव अफ पोखरा गुडविलको सहयोगसँगै स्वास्थ्य जाँच

पोखरा, असोज ३१ लायन्स क्लब पोखरा गुडविलले पोखरा–१४ बाच्छीवुडुवास्थित वात्स्यायन वृद्दाश्रममा निःशुल्क स्वास्थ्य आयोजना शिविर गरेको छ । क्लवले वात्स्यायन वृद्दाश्रममा आश्रित २१ ज्ना ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य जाँच गरेको हो । सो अवसरमा क्लवले फलफूलसमेत वितरण गरेको क्लवका अध्यक्ष राजेन्द्र तिमिल्सिनाले जानकारी दिए । निःशुल्क स्वास्थ्य शिविरमा मणिपाल शिक्षण अस्पतालका वरिष्ठ फिजिसियन कन्सलटेन्ट डा.अनमोल पौडेललगायतको टिमले स्वास्थ्य परीक्षण गरेका थिए । सो अवसरमा त्यहाँ आश्रित ज्येष्ठ नागरिकहरुको रगतसँगै मुटु सम्बन्धी ईसिजी, ईकोलगायतका जाँच गरिनुका साथै औषधीसमेत निःशुल्क वितरण गरिएको… पुरा पढौ

स्वास्थ्य बीमा बोर्डको थप शुल्क लगाउने व्यवस्था स्थगित

स्वास्थ्य बीमा बोर्डले असोज मसान्तसम्म नवीकरण नगरेमा थप शुल्क लगाउने व्यवस्था तत्कालका लागि स्थगित गरेको छ। बोर्डले बिहीबार निर्णय गर्दै विगतमा स्वास्थ्य बीमा गरेर नवीकरण नगरेका बीमित परिवारलाई अर्को सूचना नभएसम्म यो व्यवस्था कार्यान्वयन नगर्न दर्ता सहयोगी र दर्ता अधिकारीलाई निर्देशन दिएको छ। यसअघि बोर्डले भदौ ११ सुचना जारी गरी स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध नागरिकले असोज मसान्तसम्म बीमालेखा नवीकरण नगरेमा थप शुल्क लाग्ने उल्लेख गरेको थियो । सुचनाअनुसार म्याद कटेको तीन महिनाभित्र नवीकरण गर्दा योगदान रकमको १० प्रतिशत, ६ महिनाभित्र… पुरा पढौ

बेनीमा घरमै प्रसूति हुनेको सङ्ख्या शून्य

बेनी नगरपालिकाले घरमा प्रसूति हुनेको सङ्ख्यालाई लगातार तेस्रो वर्ष शून्य अङ्कमा कायम राखेको छ । आर्थिक वर्ष २०७८र७९ यता बेनी नगरपालिकामा घरमा सुत्केरी हुने आमाहरूको सङ्ख्या शून्य छ । घरमै बच्चा जन्माउँदा आमा र बच्चाको ज्यान खतरामा पर्नुका साथै विभिन्न समस्या देखिने भएकाले पालिकाले सुरक्षित प्रसूति सेवालाई प्राथमिकता दिएको हो । प्रसूतिका कारण हुने जोखिम न्यूनीकरण गरी बच्चा र आमाको स्वास्थ्यमा सुधार ल्याउन गरेको प्रयासस्वरुप घरमा प्रसूति हुनेको सङ्ख्या लगातार तेस्रो वर्ष शून्य बनाइएको नगरप्रमुख सुरत केसीले बताए । ‘बेनी… पुरा पढौ

स्वास्थ्य क्षेत्रको सुधारमा जुट्यो गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालय

गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालय स्वास्थ्य क्षेत्र सुधारमा जुटेको छ । सुधारका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएको मन्त्रालय चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम कार्यान्वयनमा जुटेको हो । कार्यक्रम कार्यान्वयनका लागि आवश्यक बजेट तथा कार्यसञ्चालन निर्देशिका र मापदण्ड तयार गरी सम्बन्धित निकाय तथा कार्यालयमा पठाइसकिएको स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले जानकारी दिए । मन्त्रालयमा आयोजित पत्रकार भेटघाटमा उनले मन्त्रालय र मातहतका निकायहरूले तदारुकताका साथ कार्यक्रम कार्यान्वयन गर्ने बताए । “कार्यक्रम कार्यान्वयनमा कहीँकतै ढिलासुस्ती भएमा मन्त्रालय, मेरो सचिवालय वा म स्वयंलाई सम्पर्क… पुरा पढौ

आन्दोलनरत नर्सहरुको समस्याप्रति प्रधानमन्त्री कार्कीको चासो

प्रधानमन्त्री सुशीला कार्कीले आन्दोलनरत नर्सहरुको समस्याप्रति चासो देखाएकी छन् । बिहीबार स्वास्थ्य सचिव डा विकास देवकोटालाई आफ्नै कार्यकक्षमा बोलाएर उनले तत्काल आन्दोलनरत नर्सहरुको समस्या समाधान गर्न निर्देशन दिएकी हुन्।स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी सम्हालेकी कार्कीले नर्सको आन्दोलनको विषयमा बुझेर तत्काल सम्बोधन हुने गरी कदम चाल्न र प्रगतिबारे जानकारी गराउन निर्देशन दिएकी हुन्। देशमा रहेका दक्ष जनशक्तिलाई निकै न्यून पारिश्रमिक दिएर राखिनु उचित नभएको स्पष्ट पार्दै, प्रधानमन्त्री कार्कीले उनीहरुको समस्या समाधान नभए ठूलो जनशक्ति विदेश पलायन हुने जोखिम बढ्ने समेत बताइन्। स्वास्थ्य… पुरा पढौ

अफिन गण्डकीले भन्यो : नर्सहरुलाई सरकारी सरह तलब दिन सक्दैनौं

सन्देश श्रेष्ठपोखरा, असोज २९ एशोसियसन अफ प्राईभेट हेल्थ ईन्ष्टिच्यूसन नेपाल (अफिन) गण्डकीले नर्सहरुलाई सरकारी सरह तलब दिन नसक्ने बताएको छ । सरकारले नर्सहरुलाई सरकारी सरह तलब दिन निर्देशन दिएको भोलिपल्ट पोखरामा बुधबार पत्रकार सम्मेलन गरेर अफिन गण्डकीले नर्सहरुलाई सरकारी सरह तलब दिन नसक्ने जनाएको हो । पोखरामा अहिले मणिपाल शिक्षण अस्पताल, गण्डकी मेडिकल कलेजलगायतका नर्सहरु तलब, भत्ता बढाउन माग गर्दै आन्दोलनमा रहेका छन् । विगत एक हप्तादेखि आन्दोलनमा रहेका उनीहरुले सरकारी सरह तलब दिन माग गर्दै आएका छन् । अस्पताल… पुरा पढौ

नर्सिङ कर्मचारीको आन्दोलनपछि मणिपालले बढायो तलब,पूरा तलब पाउन १ वर्ष पुग्नुपर्ने सर्त

पोखरास्थित नेपाल मणिपाल शिक्षण अस्पतालले कर्मचारीको तलब बढाएको छ । न्यून पारिश्रमिकमा काम गराएर नर्सिङ कर्मचारीमाथि श्रम शोषणको आरोपको खण्डन गर्दै,अस्पतालले आरोपहरू भ्रामक र तथ्यहीन भएको दाबी गरेको छ । अस्पतालले जारी गरेको विज्ञप्तीमा भनिएको छ(’अस्पताल त्यस्ता आरोपप्रति गम्भीर आपत्ति प्रकट गर्दछ, ।’मणिपाल शिक्षण अस्पताल विगत तीन दशकदेखि गण्डकी प्रदेशमा गुणस्तरीय, सुरक्षित र उदाहरणीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ ।अस्पतालका अनुसार, नर्सिङ कर्मचारीहरूलाई नेपाल सरकारले तोकेको न्यूनतम तलब १७ हजार ३ सय रुपैयाँ मासिक तलब र अन्य तोकिएका सुविधाहरू… पुरा पढौ

कडा रोग लागेका बीमितलाई पुनः बिमा ‘रिफर’ आवश्यक नपर्ने

स्वास्थ्य बिमा बोर्डले कडा खालका रोगका लागि प्रथम सेवा विन्दुबाट एकपटक प्रेषण भई सोही अस्पतालमा ‘फलोअप’ गराउँदा पुनः प्रेषण (रिफर) आवश्यक नपर्ने जनाएको छ । बोर्डले बीमित व्यक्ति प्रथम सेवा विन्दुको सेवा अपुग भई रिफरल केन्द्रमा जाँदा विभिन्न समस्या पर्ने भएकाले पुनः रिफर गर्नु नपर्ने व्यवस्था गरेको हो । बोर्डका उपसचिव पुण्यमाया गुरागाईंले एकपटक प्रथम सेवा विन्दुबाट रिफर गरिसकेको बिरामीलाई पुनः रिफर आवश्यक नभएको बताईन । उनका अनुसार बोर्डअन्तर्गतका सबै सेवा प्रदायक स्वास्थ्य संस्थाहरुलाई पत्रचार गरी सो विषयमा जानकारी गराइसकिएको… पुरा पढौ