स्वास्थ्य

‘नो खोप कार्ड नो सर्भिस’ व्यवस्था लागू

महोत्तरी । जिल्ला प्रशासन कार्यालय महोत्तरीले ‘नो खोप कार्ड नो सर्भिस’ व्यवस्था लागू गरेको छ । कोरोना नियन्त्रण गर्न प्रशासनले यस्तो प्राबधान कार्यान्वयनमा ल्याएको हो । सोही क्रममा जिल्लाको प्रत्येक कार्यालयमा ‘नो मास्क नो इन्ट्री’ कार्यक्रम लागू गरिएको छ भने जिप्रकामा ‘नो खोप कार्ड नो सर्भिस’ प्राबधान लागू गरिएको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए । प्रशासनले खोप नलिएकालाई सेवा नदिने र सेवाग्राहीलाई प्रशासन कार्यालयबाट नै तत्काल खोप लगाउने व्यवस्था मिलाएको उनले बताए । अहिले जिल्ला प्रशासन कार्यालयमा… पुरा पढौ

प्रशासन कार्यालय बाँकेका अत्यावश्यक बाहेकका सेवा आजदेखि बन्द

बाँके । कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय बाँकेका अत्यावश्यक बाहेकका सेवा आजदेखि बन्द गरिएको छ । नियमित कार्य सम्पादनको क्रममा कार्यालयका केही कर्मचारीलाई कोभिड सङ्क्रमण पुष्टि भएको र केही कर्मचारीलाई मिल्दोजुल्दो लक्षण देखा परेपछि अर्को सूचना जारी नभएसम्मका लागि सेवा बन्द गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार, कार्यालयमा ३५ जना कर्मचारी छन् । तीमध्ये केहीमा सङ्क्रमण पुष्टि भएको छ । पन्ध्र कर्मचारीलाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको छ । कार्यालयमा सेवाग्राहीको अत्याधिक… पुरा पढौ

भेरी अस्पतालमा कोरोना सङ्क्रमितको मृत्यु

नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमित महिलाको आज मृत्यु भएको छ । कोहलपुर नगरपालिका–२ निवासी ७० वर्षीया महिलाको आज बिहान मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीलै जानकारी दिए । उनका अनुसार यही माघ ८ गते नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा गरिएको पिसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएपछि ती महिलालाई भोलिपल्ट भेरी अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । कोरोना सङ्क्रमणबाट बाँके जिल्लाका मृतकको सङ्ख्या ३४६ पुगेको छ ।रासस पुरा पढौ

१६ लाख ६० हजार मात्रा मोडर्ना खोप नेपालमा आयो

काठमाडौ । नेपालमा कोरोना भाइरस विरुद्धको मोडर्ना खोप १६ लाख ६० हजार मात्रा आएको छ । विश्व बैंकको सहयोगमा कोभ्याक्स सुविधा अन्तर्गत १६ लाख ६० हजार मात्रा मोडर्ना खोप सोमबार साँझ आइपुगेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिए । मोडर्ना खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लगाइने छ । उनका अनुसार अहिलेसम्म नेपालमा करिब चार करोड १९ लाख मात्रा खोप आइसकेको छ ।रासस पुरा पढौ

सेवा प्रवाह गर्न आलोपालो

तनहुँ । जिल्ला प्रशासन कार्यालयले आजदेखि आलोपालो गरी सेवा प्रवाह गर्न लागेको छ । कोभिडको सङ्क्रमण दिनदिनै बढ्दै गइरहेको र कार्यालयमा खोपकार्डको व्यवस्था अनिवार्य गर्दा पनि भीड कम नभएपछि आलोपालो गरी सेवा प्रवाह गर्न लागिएको होे । सोमबार बसेको कोभिड व्यवस्थापन समितिको बैठकले गरेको निर्णय बमोजिम कार्यालयबाट प्रदान गरिने सेवा आलोपाले गरी सेवाग्राहीलाई सेवा दिन व्यवस्था मिलाइएको सहायक प्रजिअ काशीराम गैरेले जानकारी दिए । उनका अनुसार आइतबार, मङ्गलबार, बिहीबार तीन दिन व्यास, भानु, बन्दीपुर, देवघाट आँबुखैरेनी गाउँपालिका क्षेत्रका सेवाग्राहीलाई सेवा… पुरा पढौ

कर्मचारीलाई संक्रमण भएपछि निर्वाचन कार्यालयका सेवा स्थगित

कोरोनाको सङ्क्रमणबाट कार्यालयका कर्मचारी प्रभावित भएपछि जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले अर्को सूचना प्रकाशित नहुदासम्मका लागि आजदेखि सेवा स्थगन गरेको छ । कार्यालयले सार्वजनिक सूचना जारी गर्दै नियमित कामकाज गरिरहँदा कार्यालयका विभिन्न फाँटमा कार्यरत कर्मचारीमा कोभिड–१९ प्रमाणित भएको र अन्य कर्मचारीमा समेत कोरोनाका लक्षण देखापरेको हुँदा सेवा स्थगन गरेको जनाएको छ । अर्को सूचना प्रकाशित नहुँदासम्म कार्यालयको आन्तरिक कामकाजबाहेक मतदाता नामावली सङ्कलन तथा अद्यावधिकसम्बन्धी सम्पूर्ण कार्य स्थगन गरिएको जारी सूचनामा जनाइएको छ । यसअघि निर्वाचन कार्यालयले मतदाता नामावली सङ्लन र अद्यावधिक… पुरा पढौ

सङ्क्रमण बढेपछि जिल्लाका अधिकांश सरकारी कार्यालयको सेवा स्थगित

कास्की । कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहरमा सङ्क्रमित बढ्दै जाँदा जिल्लामा सार्वजनिक सेवा प्रदायक कार्यालयको सेवा कटौती भएको छ ।सेवाग्राहीका भीड बढी हुने जिल्लाका अधिकांश कार्यालयले कार्यरत कर्मचारी सङ्क्रमित भएपछि सेवा स्थगन गरेका छन् । केही कार्यालयको सेवा पूर्ण बन्द गरिएको छ भने केहीले आंशिक सञ्चालन गरेका छन् । स्थानीय सरकारले पनि अत्यावश्यकबाहेकका जनसम्पर्क सम्बन्धित सेवा स्थगन गरेका छन् । जिल्ला प्रशासन कार्यालय, मालपोत, नापी, यातायात व्यवस्था कार्यालयलगायत दैनिक सेवाग्राहीको भीड बढी हुने कार्यालयको सेवा रोकिएको ती कार्यालयहरूले जनाएका छन्… पुरा पढौ

अब, बागलुङका एम्बुलेन्समा जीपीएस जोडिने

कोरोना संक्रमणको दर बढ्दै गएपछि जिल्लामा पहिलोपटक एम्बुलेन्सको खोजी सुरु भएको छ। प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको बैठकले जिल्लाभर रहेका एम्बुलेन्सको तथ्यांक निकालेर नियमित अनुगमन गर्ने निर्णय गरेको छ। बागलुङमा अहिलेसम्म १३ वटा एम्बुलेन्स रहेको तथ्यांक छ। ती सबै एम्बुलेन्सलाई जीपीएस प्रविधि जोड्नेसमेत बैठकले निर्णय गरेको छ। यस्तो निर्णयपछि एम्बुलेन्सको दुरुपयोग रोकिने विश्वास छ। संक्रमण बढ्दै जाँदा बिरामी ओसार्न समस्या हुने तर खोजेको बेला एम्बुलेन्स फेला नपर्ने समस्या हुने गरेको छ। त्यो अवस्था आउन नदिन जीपीएस… पुरा पढौ

व्यासका मेयर र उपमेयरलाई नै कोरोना संक्रमण, नगरपालिकाको सेवा माघ १४ गतेसम्म बन्द

तनहुँको व्यास नगरपालिकाका नगरप्रमुख (मेयर) र उपप्रमुख (उपमेयर) सहित केही कर्मचारीलाई कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएपछि नगरपालिकाको ४ दिनका लागि सेवा बन्द गरिएको छ। व्यास नगरपालिकाले सोमबार साँझ प्रेस विज्ञप्ती जारी गरि नगरपालिकाका मेयर र उपमेयर सहित अन्य केही कर्मचारी समेत कोभिड संक्रमित भएको कारण नगरपालिकाको अत्यावश्यक बाहेकका अन्य सेवा माघ ११ गतेदेखी १४ गतेसम्म बन्द गरिएको जनाएको छ। माघ १२ गते हुने राष्ट्रिय सभाको निर्वाचनको लागि मतदाताहरुले पीसीआर परीक्षण गर्नु पर्ने निर्वाचन आयोगको परिपत्रको आधारमा व्यास नगरपालिकाको पीसीआर ल्याबमा… पुरा पढौ

गण्डकी प्रदेशमा ३ सातामा ३०० स्वास्थ्यकर्मी संक्रमित

पछिल्ला समय कोरोना भाइरसको तेस्रो लहरसँगै देशभर संक्रमित हुनेको संख्या बढेको छ। आम नागरिकसँगै कोरोनाविरुद्ध अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीसमेत संक्रमित हुने क्रम बढेको छ। गण्डकी प्रदेशमा मात्र ३ साताका अवधिमा ३०० का हाराहारीमा चिकित्सक र नर्सलगायतका स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन्।कोरोनाका बिरामीको उपचार हुँदै आएका पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र संक्रामक तथा सरुवा रोग अस्पतालका स्वास्थ्यकर्मी बढी संक्रमित छन्। कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन समुदायस्तरमा फैलिइरहेको अवस्थामा अग्रभागमा रहेर स्वास्थ्योपचार गर्ने स्वास्थ्यकर्मीसमेत संक्रमित भएपछि पोखरामा स्वास्थ्य र… पुरा पढौ