गण्डकी प्रदेशमा बुधबार ७८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेशअन्तर्गतका विभिन्न प्रयोगशाला एवं अस्पतालमा ४११ जनाको पीसीआर तथा ३७९ जनाको एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्य संचालन केन्द्रले जनाएको छ। कास्कीका ३८५, स्याङ्जाका १०४, तनहुँका ८६, लम्जुङका ६५, नवलपरासी पूर्वका ४९, म्याग्दीका ४६, गोरखाका २३, वाग्लुङका २० र पर्वतका १२ जना कोरोना संक्रमित भएका हुन्। यस अवधिमा २१३ जना निको भएका छन्। प्रदेशभित्र होम आइसोलेसनमा रहनेको संख्या ५ हजार ९३५ रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको…
पुरा पढौ