स्वास्थ्य

चिसो छल्न हिमाली क्षेत्रबाट तराई ओरालिदै

हुम्ला । उच्च हिमाली जिल्ला हुम्लामा चिसो अत्यधिक बढ्न थालेपछि त्यहाँका नागरिक चिसो छल्न तराई झर्न थालेका छन् । हुम्लामा मङ्सिर दोस्रो हप्तादेखि हिमपात भएपछि चिसो अत्यधिक बढेपछि उत्तरी नाम्खा, सिमकोट र खार्पुनाथ गाउँपालिकाका नागरिक नेपालगञ्ज, सुर्खेत, काठमाडौँलगायत शहरमा बसाई सर्न थालेका हुन् । मङ्सिरको मध्यान्नमै हिमपात भएसँगै तापक्रम माइनस डिग्रीमा झरेपछि दैनिक नेपालगञ्ज र काठमाडौँ बाहिरिनेको घुइँचो लाग्ने गरेको सिमकोट विमानस्थल स्रोतले जनाएको छ । दसँैँ अगावैदेखि व्यस्त रहेको एकमात्रै सिमकोट विमानस्थल यतिखेर पनि व्यस्त देखिएको छ । चिसो… पुरा पढौ

नगरपालिका भित्रका सबै वडामा आधारभूत स्वास्थ्य सेवा

बागलुङ । बागलुङ नगरपालिकाका सबै वडामा आधारभूत स्वास्थ्य सेवा पुगेको छ । स्वास्थ्य संस्था नरहेका वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा आएसँगै सबै वडामा आधारभूत स्वास्थ्य सेवा विस्तार भएको हो । स्वास्थ्य संस्था नरहेका वडा नं १, ३ र ४ मा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ । वडा नं १ रामरेखामा गत आर्थिक वर्षदेखि केन्द्र सञ्चालनमा आएको थियो । बुधबार वडा नं ३ खहरेमा आधारभूत स्वास्थ्य सेवा केन्द्रको उद्घाटन भएको छ । वडा नं ४ उपल्लाचौरमा समेत सेवा… पुरा पढौ

जुम्लमा स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको संख्या बढे

जुम्ला । घरमै सुत्केरी हुने पुरानो परम्परालाई तोड्दै जुम्लाका महिला यतिबेला भने सुत्केरी हुन स्वास्थ्य संस्थामा जान थालेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लाले जिल्लालाई पूर्ण संस्थागत सुत्केरी जिल्ला घोषणा गर्ने लक्ष्य लिएपछि स्वास्थ्य संस्थामा आएर सुत्केरी हुनेको सङख्या बढ्दै गएको हो । स्वास्थ्य संस्थामा सुत्केरी गराउँदा आमा र बच्चा दुवैको अवस्था सुरक्षित हुने भएकाले घरमै सुत्केरी गराउने दरमा कमी आएको छ । घरमा सुत्केरी गराउँदा रक्तस्राव धेरै हुने, साल फुक्न नसक्नेलगायतका समस्या आउने गरेका थियो । अहिले स्वास्थ्य संस्थामा… पुरा पढौ

पोखरामा प्रजनन सम्बन्धि स्वास्थ्य शिविर हुदै

कास्की । वात्सल्य नेचुरल आईभिएफद्धारा पोखरामा आगामी शनिबार प्रजनन स्वास्थ्य शिविर हुने भएको छ । शिविर पौष ३ गते मेघा हेल्थकेयर,सभागृहचोक पोखरामा दिउसो १० बजेदेखि सञ्चालन गर्न लागेको हो । शिविरमा वात्सल्यका वरिष्ठ प्रजनन तथा स्त्रिरोग विषेशज्ञ डा आकृति भारतीले प्रजनन सम्बन्धि चेकजाँच र आवश्यक सल्लाहसुझाव दिने छिन् । निसन्तान सम्बन्धि संकोचित सोच, मिथ्या धारणा,कुण्ठा लगाएत विभिन्न रचनात्मक कार्यक्रम गर्दै आईरहेको वात्सल्यले प्रमुख चार स्थान मध्ये १० गते निशा अल्ट्रसाउण्ड एण्ड डाईग्रोष्टिक क्लिनिक विर्तामोड,झापामा,१७ गते वात्सल्य हेल्थकेयर नेपालगञ्ज शाखा,विटिएस चोक,नेपालगञ्ज… पुरा पढौ

जिल्ला अस्पतालमा अक्सिजन उत्पादन सुरु

गुल्मी । जिल्ला अस्पतालमा अक्सिजन उत्पादन सुरु भएको छ । अक्सिजनकै अभावले कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्धेश्यले नेपाल पत्रकार महासङ्घ, जिल्ला शाखा गुल्मीले सञ्चालन गरेको अभियानबाट उक्त अक्सिजन उत्पादन सुरु गरिएको हो । गत वैशाख २८ गतेदेखि जेठ ८ गतेसम्म सञ्चालन गरिएको अभियानमा झण्डै रु ८० लाख सङ्कलन भएको थियो । उक्त रकममध्ये रु ६० लाख महासङ्घले गुल्मी अस्पताललाई प्रदान गरेको थियो । पत्रकार महासंघका शाखा अध्यक्ष टोपलाल अर्यालले अक्सिजन उत्पादन सुरु हुनु आफुहरुको लागि सबैभन्दा खुसिको क्षण भएको… पुरा पढौ

कोरोनाका अरु भेरियन्टभन्दा ओमिक्रोन फैलिने दर तीव्र छः डब्ल्यूएचओ

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले नयाँ कोरोना भेरियन्ट ओमिक्रोन तीव्र गतिमा फैलिइरहेको भन्दै यसलाई अवमूल्यन गरे स्वास्थ्य प्रणाली अस्तव्यस्त हुनसक्ने चेतावनी दिएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अडानोम गेब्रेयससले यसअघिका भेरियन्टभन्दा तीव्र गतिमा ओमिक्रोन फैलिइरहेको भन्दै यसलाई कम नआँक्न आग्रह गरेका छन् । कतिपयले आफैं जोखिममा पर्ने गरी यो भाइरसलाई अवमूल्यन गरेको देखेको उनको भनाइ छ । गेब्रेयससका अनुसार अहिलेसम्म ७७ मुलुकमा ओमिक्रोनका संक्रमित पुष्टि भइसकेको छ । संभवतः ७७ भन्दा बढी मुलुकमा ओमिक्रोन पुगिसकेको अनुमान गर्दै उनले केही… पुरा पढौ

गण्डकी प्रदेशमा ९ जना संक्रमणमुक्त हुँदा ३९ मा कोरोना पुष्टि

पोखरा । गण्डकी प्रदेशमा मंगलबार ९ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । सोही अवधीमा ३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १९५ जनामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । यसरी थपिनेमा बाग्लुङका २५ जना, कास्कीका ६ जना, स्याङ्जाका ४, तनहुँका ३ र नवलपुर पूर्वका एक जना छन् । संक्रमित मध्य १८ जना महिला र २१ जना पुरुष हुन् । यो संगै प्रदेशमा हालसम्म ८८ हजार १८३ जनामा संक्रमण पुष्टि भएको… पुरा पढौ

भारतमा थप सात हजार ३५० कोरोना सङ्क्रमित

नयाँदिल्ली । भारतमा गत २४ घण्टामा सात हजार ३५० जनामा कोरोना सङ्क्रमण देखापरेको छ । यसै अवधीमा कोरोना सङ्क्रमणबाट २०२ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी दिएको छ । भारतमा अझै पनि ९१ हजार ४५६ जना सक्रिय सङ्क्रमित रहेका सो मन्त्रालयले सोमबार जनाएको छ । यो संख्या ५६१ दिनयताको नै सब भन्दा कम भएको पनि समाचारमा जनाइएको छ । सक्रिय सङ्क्रमितको यो संख्या कूल सङ्क्रमतिको १ प्रतिशत भन्दा कम भएको जनाइएको छ । सक्रिय सङ्क्रमितको यो संख्या ०.२६… पुरा पढौ

आर्वामा निःशुल्क आयुर्वेदिक शिविर, २२८ जनाको स्वास्थ्य परीक्षण

पोखरा । मोहरपानी आदर्श टोल विकास संस्था र जागरण आमा समुहको संयुक्त आयोजनामा निःशुल्क आयुर्वेदिक शिविर सम्पन्न भएको छ । अन्नपूर्ण आयुर्वेदिक क्लिनिकको सहयोगमा शुक्रबार पोखरा १३ आर्वामा भएको शिविरमा २२८ जनाले स्वास्थ्य परीक्षण गराएका छन् । शिविरमा ग्यास्टीक,गानोगोला,कब्जियत,पायल्स,अफिसर,फिस्टुला,पिनास,दम,रुघाखोकी,टाउको दुखाई,स्त्रीरोग,ढाड दुखाई,घुँडा दुखाई,नसारोग,हड्डीखिईएको सुनिएको, यूरिक एसिड, हातखुट्टा झमझमउने, दुर्वेसन लगायतका रोगको परीक्षण गरी निःशुल्क औषधी बितरण गरिएको थियो । यस्तै केही जटील बिरामीको अन्नपूर्ण आयुर्वेदिक क्लिनिक मा लगि थप उपचार गर्ने व्यवस्था मिलाईएको आयोजकले जनाएको छ । अहिलेको अवस्थामा अनेकौं स्वास्थ्य… पुरा पढौ

मौजामा बृहत स्वास्थ्य शिविर शुरु, पहिलो दिन ३ सय ३ जनाले गराए स्वास्थ्य परीक्षण

पोखरा । पोखरा महानगरपालिका वडा नम्वर २० मौजा स्वास्थ्यचौकीमा शुक्रवारदेखि बृहत् निशुल्क स्वास्थ्य शिविर शुरु भएको छ । पोखरा महानगरपालिका वडा नम्वर २० र विपन्न समुदाय र जैविक विवधता सहयोथी संस्था (नेलम्बो) नेपाल पोखरा ४ गैह्रापाटनको संयुक्त आयोजनामा शुरु भएको बृहत निशुल्क स्वास्थ्य शिविर, औषधी वितरण तथा सचेतनामुलक कार्यक्रमको पोखरा महानगरपालिकाका कार्यवहाक नगरप्रमुख मञ्जुदेवि गुरुङले उद्घाटन गरिन । कार्यक्रमको उद्घाटन गर्दै कार्यबाहक नगरप्रमुख गुरुङले महानगर भित्रको ग्रामिण भेगमा नेलम्वोले स्वास्थ्य शिविरको आयोजना गरि दुर दराजमा रहेकाहरुलाई स्वास्थ्य सेवा प्रदान गरेमा… पुरा पढौ