स्वास्थ्य

भारतमा थप आठ हजार ५०३ जना कोरोना सङ्क्रमित

नयाँदिल्ली । भारतमा हिजो बिहीबार आठ हजार ५०३ जनामा कोरोना सङ्क्रमण देखा परेको छ । हिजो देखिएको यस सङ्क्रमितहरुमा चार हजार १६९ केरला राज्यका रहेका प्राप्त समाचारमा जनाइएको छ । यसैसँगै कोरोनाको कूल सङ्क्रमितको सङ्ख्या तीन करोड ४६ लाख ७४ हजार ७४४ पुगेको केन्दीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । भारतमा अझै पनि ९४ हजार ९४३ जना सक्रिय सङ्क्रमित रहेका पनि समाचारमा जनाइएको छ । भारतमा हाल देखिएको सक्रिय सङ्क्रमित १ प्रतिशत भन्दा कम रहेको जनाइएको छ । हाल… पुरा पढौ

मिर्गौला पीडितलाई रु. दुई लाख सहयोग

दमाैली । तनहुँ समाज हङकङले दुवै मिर्गाैला पीडित तनहुँको व्यास नगरपालिका–९ भोटेनीका मीनबहादुर गुरुङलाई आर्थिक सहयोग गरेको छ । दुवै मिर्गाैला फेल भई उपचारका क्रममा रहेका गुरुङलाई समाजका तर्फबाट रु. दुई लाख ३० हजार ६१२ आर्थिक सहयोग गरिएको हो । उक्त सहयोग समाजका पूर्वअध्यक्ष भीमराज गुरुङ र निवर्तमान अध्यक्ष जङ्गबहादुर थापाले पीडित गुरुङलाई हस्तान्तरण गरे । रकम हस्तान्तरण गर्दै समाजका पूर्वअध्यक्ष गुरुङले सामाजिक काम गर्दै आएको समाजले आफ्नो क्षमताले भेटेसम्म विभिन्न रोगबाट पीडित भई उपचारमा रहेका बिरामीहरुलाई सहयोग गर्ने बताए… पुरा पढौ

गण्डकीमा कोरोना संक्रमितभन्दा निको हुनेको संख्या तेब्बर

पोखरा । बिहीबार गण्डकी प्रदेशमा कोरोना संक्रमित हुने भन्दा संक्रमणमुक्त हुनेको संख्या भण्डै तेब्बरले बढेको छ । पछिल्लो २४ घण्टामा प्रदेशमा ८ जनामा कोरोना संक्रमण पुष्टि हुँदा २२ जना संक्रमणमुक्त भएको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्र गण्डकीले जनाएको छ । यो संगै हालसम्म प्रदेशभर कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या ८८ हजार ८८ पुगेको छ । ती मध्य ८६ हजार ४८१ जना संक्रमणमुक्त भइसकेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले कोभिड १९ सम्बन्धी अध्यावधिक विवरण सार्वजनिक गर्दै जनाएको हो । निर्देशनालयका अनुसार… पुरा पढौ

गण्डकी प्रदेशमा कास्कीका ४ सहित ८ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा । गण्डकी प्रदेशमा विहीबार थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । निर्देशनालयका अनुसार ७९ जनामा गरिएको परीक्षणमा कास्कीमा ४ जना, पर्वत र नवलपरासी वर्दघाट सुस्ता पूर्वमा २–२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । सङ्क्रमितमध्य ४ जना पुरुष र ४ जना महिला रहेको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्र गण्डकीका संयोजक नवराज शर्माले जानकारी दिए । आज… पुरा पढौ

१४ लाख मात्रा मोडर्ना खोप अमेरिकाबाट नेपाल ल्याइँदै

काठमाण्डौं । कोराना भाइरसविरुद्धको मोडर्ना खोपको १४ लाख मात्रा आज ल्याइने भएको छ । स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाका अनुसार कोभ्याक्स सुविधाअन्तर्गत अमेरिकाबाट १४ लाख ९७ हजार मोडर्ना खोपको मात्रा ल्याउन लागिएको जानकारी दिए । उक्त खोप कतार एयरवेजबाट दिउँसो पौने तीन बजे काठमाडौँ आइपुग्ने छ । बुधबार कोभ्याक्स सुविधाअन्तर्गत ६ लाख मात्रा कोभिसिल्ड खोप भारतबाट ल्याइएको थियो । मोडर्ना खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लगाइनेछ । यही मङ्सिर २६ गते थप १९… पुरा पढौ

ओमिक्रोनविरुद्धको उपचारमा फाइजर र बायोएनटेकद्वारा विकसित खोप ‘प्रभावकारी’ हुने

जर्मन कम्पनी बायोएनटेक र फाइजरद्वारा विकसित गरी निर्माण गरिएको कोरोनाभाइरसबिरूद्धको खोपको दुई मात्राले ओमिक्रोनको प्रभावबाट बच्न पर्याप्त नहुन सक्ने तर तेस्रो मात्रापछि यो ‘थप प्रभावकारी’ हुने निर्माता कम्पनीहरूले बुधबार जानकारी गराएका छन् । ओमिक्रोन यस पहिले देखिएका खोपभन्दा छिटो सर्न सक्छ भन्ने सङ्केतले विश्वव्यापी चिन्ता उत्पन्न गरेको छ र यसका थुप्रै ‘म्युटेसन’ले खोपद्वारा प्रदान गरिने रोग प्रतिरोधात्मक क्षमताबाट उम्कन सक्छ भन्ने डर छ । यस भेरिएन्टका कारण अहिलेसम्म कुनै मृत्यु भएको प्रमाण भने भेटिएको छैन । बुधबार प्रकाशित प्रारम्भिक परिणाममा… पुरा पढौ

नयाँ भेरियन्टको कोरोना भित्रिएसँगै मुलुकभर सुरक्षा सतर्कता बढाइयो

काठमाण्डौं । नेपालमा कोभिड–१९ को नयाँ भेरियन्ट (ओमिक्रोन) भित्रिएसँगै मुलुकभर उच्च सतर्कता अपनाउन थालिएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को यही मङ्सिर १३ गते र त्यसअघिका निर्णयका आधारमा गृहमन्त्रालयले प्रहरी तथा स्थानीय प्रशासनलाई आन्तरिक सर्कुलर जारी गर्दै उच्च सावधानी अपनाउन भनिसकेको छ । सोही आधारमा जिल्ला जिल्लामा आवश्यक तयारी थालिसकिएको छ । गृहप्रवक्ता प्रदीपकुमार कोइराला मन्त्रिपरिषद्ले विभिन्न मितिमा गरेको निर्णय र कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)को निर्णयका आधारमा तोकिएको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न र गराउनका लागि मातहतका निकायलाई सर्कुलर… पुरा पढौ

पोखरा २० मौजामा बृहत निशुल्क स्वास्थ्य शिविर हुँदै

पोखरा । पोखरा महानगरपालिका वडा नम्वर २० मौजा स्वास्थ्यचौकीमा बृहत् निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । पोखरा महानगरपालिका वडा नम्वर २० र विपन्न समुदाय र जैविक विवधता सहयोथी संस्था (नेलम्बो) नेपाल पोखरा ४ गैर्हापाटनको संयुक्त आयोजनामा आगामि मंसिरको २४ र २५ गते बृहत निशुल्क स्वास्थ्य शिविर, औषधी वितरण तथा सचेतनामुलक कार्यक्रमको आयोजना गर्न लागिएको पोखरा २० का वडा अध्यक्ष सिम बहादुर गुरुङले जानकारि दिए । साविकको भलाम र मौजा गाविसमा रहेका विपन्न परिवारलाई लक्षित गरि उक्त शिविरको आयोजना गरिएको… पुरा पढौ

पोखरा–१९ मा ६० वर्ष उमेर पुगेका स्वयमसेविका सम्मानित

पोखरा । अन्तराष्ट्रिय स्वयमसेवक दिवसको अवसरमा पोखरामा ६० वर्ष उमेर पुगेका ६ जना स्वयम्सेविकाहरुलाई सम्मान गरिएको छ । दिवसको अवसरमा सोमबार लामाचौर, तल्लाकोट र सहरी स्वास्थ केन्द्र पोखरा–१९ लामाचौरले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रमकाबिच उनीहरुलाई सम्मान गरिएको हो । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथी गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा. विनोद विन्दु शर्मा, पोखरा महानगर स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा, वडा सदस्य कृष्ण गौतम, कोपिला केसी, दुर्गा बस्नेत, विकास आचार्य लगायतले सम्मानपत्र, दोसल्ला, प्राथामिक उपचार किट बक्स र मायाको चिनोबाट संयुक्तरुपमा… पुरा पढौ

१२ वर्षभन्दा माथिका बालबालिकालाई मोडर्ना खोप लगाउने तयारी

१२ वर्षभन्दा माथिका बालबालिकालाई कोरोनाभाइरस विरुद्धको मोडर्ना खोप लगाउने तयारी गरिएको छ। कोभ्याक्स सुविधामार्फत गत साता १ लाख ८८ हजार डोज मोडर्ना खोप आएको थियो। त्यसलाई १२ देखि १७ वर्षसम्मका बालबालिकालाई लगाउने निर्णय भएको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले जनाएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार एक साताभित्रै बालबालिकालाई खोप लगाउने तयारी गरिएको छ। पहिलो चरणमा हिमाली क्षेत्रका जिल्लामा लगाइने जनाइएको छ। यो खोप हरेक विद्यालयमै गएर लगाइनेछ। कुन कुन विद्यालयमा लगाउने भन्ने तय हुन बाँकी रहेको स्वास्थ्य मन्त्रालयको खोप शाखाले… पुरा पढौ