स्वास्थ्य

विश्वभर एकैदिन १८ लाख बढी कोरोना संक्रमित थपिए

विश्वभर पछिल्लो २४ घण्टामा १८ लाख २९ हजार कोरोना संक्रमित थपिएका छन्। अमेरिकामा मात्रै ५ लाख ४५ हजार जनामा संक्रमण पुष्टि भएको छ। फ्रान्समा २ लाख ६ हजार, वेलायतमा १ लाख ८९ हजार, स्पेनमा १ लाख ६१ हजार, इटलीमा १ लाख २६ हजार संक्रमित थपिएका छन्। त्यसैगरी अर्जेन्टिनामा ५० हजार ५ सय, जर्मनीमा ४१ हजार ८ सय र टर्कीमा ३९ हजार ६ सय जनामा संक्रमण पुष्टि भएको हो।वल्र्डोमिटरकाअनुसार यस अवधिमा ५ लाख २० हजार जना संक्रमणमुक्त भएका छन् भने ६… पुरा पढौ

भारतमा थप नौहजार १९५ जना कोरोना सङ्क्रमित

नयाँदिल्ली। भारतमा कोरोना भाइरसबाट थप नौ हजार १९५ सङ्क्रमित केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ । गत २४ घण्टामा थपिएका सङ्क्रमितहरु मध्ये ७८१ जना ओमिक्रोन भेरियन्टका रहेका छन् । यसैसँगै भारतमा कूल कोरोना सङ्क्रमित संख्या तीन करोड ४८ लाख आठ हजार ८८६ पुगेका पनि सो मन्त्रालयले जानकारी दिएको छ । सोही अवधिमा थप ३०२ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । यसैसँगै भारतमा कोरोनाको कारण ज्यान गुमाउने व्यक्तिको सङ्ख्या चार लाख ८० हजार ५९२ पुगेको… पुरा पढौ

युनाईटेड क्लवद्वारा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डष्टविन वितरण

पोखरा १० पुस ।युनाईटेड क्लव पोखराले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डष्टविन वितरण गरेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरको सरसफाईलाई मध्यनजर गरी युनाईटेड क्लवले बाबा फाउण्डेशनको सहकार्यमा १० सेट डष्टविन वितरण गरेको हो ।सो अवसरमा वोल्दै गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारी गुरुङले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको फोहोर ब्यवस्थापनलाई मध्येनजर गरी युनाईटेड क्लवले डष्टविन प्रदान गरेकोमा धन्यवाद ब्यक्त गरिन । मन्त्री गुरुङले युनाईटेड क्लव जस्तै अन्य सामाजिक क्षेत्रमा काम गर्ने क्लवहरुले समेत सरकारी अस्पतालहरुमा आवश्यक परेका सामाग्रीहरु… पुरा पढौ

कोरोनाबाट एकको मृत्यु, २ सय ६० जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौ । देशभर पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ भने थप २६० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा ११ हजार ८९६ जनाको पिसीआर परीक्षण गरिएको थियो । योसँगै नेपालमा पिसीआर विधिमार्फत् आठ लाख २६ हजार ९०१ जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हालसम्म एन्टिजेन विधिबाट ९६ हजार ११५ जनाको कोरोना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा ३४९ जना कोरोनाबाट निको भएका छन् । योसँगै निको हुनेको… पुरा पढौ

ओमिक्रोनको सङ्क्रमित बढेपछि इटालीमा प्रतिबन्धहरुको घोषणा

रोम । इटालीमा पछिल्लो समयमा कोरोना भाइरसको पछिल्लो तथा घातक भनिएको ओमिक्रोन भेरियन्टका सङ्क्रमण बढेको पाइएको छ ।यहाँ प्रतिदिन यस्तो सङ्क्रमण बढ्दै गएपछि स्वास्थ्यका मापदण्डहरुमा कडाई गरिएको छ र यहाँका अधिकारीहरुले पहिलेजस्तै जनस्वास्थ्यका मापदण्डहरु पालना गर्नुपर्ने नियम बनाएका छन् । पछिल्लो समयमा क्रिसमसका कार्यक्रमहरुमा बढी नागरिकहरुको आवतजावत र जम्मा हुने भएकाले त्यसमा कडाई गरिएको बताइएको छ ।इटालीको मन्त्री परिषदले यहाँ क्रिसमस तथा नयाँ वर्षका अवसरमा जम्मा हुन पनि प्रतिबन्ध लगाइएको छ । त्यसैगरी नागरिकहरु सार्वजनिक रुपमा भेला हुने कार्यमा पनि… पुरा पढौ

नेपालमा ‘ओमिक्रोन भेरियन्ट’ पुष्टि हुनेको संख्या ३ पुग्यो

काठमाण्डौं । नेपालमा थप एक जनामा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि हुनेको संख्या ३ पुगेको छ । बुधबार एक ५८ वर्षिय वृद्धमा जिन सिक्वेन्सिङ गर्दा संक्रमण पुष्टि भएसंगै हालसम्म ओमिक्रोन भेरियन्ट संक्रमण हुनेको संख्या ३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. संगीता मिश्राका अनुसार संक्रमित वृद्ध अहिले होम आइसोलेसनमा रहेको र उनको कन्ट्रयाक्ट ट्रेसिङ गरिएको छ । यसअघि ओमिक्रोन भेरियन्ट प्रभावित मुलुकबाट मंसिर ३ गते नेपाल आएका ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा… पुरा पढौ

कोभिड महामारीबाट जनताको जीवन बचाउनु साझा दायित्व : प्रधानमन्त्री देउवा

काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ महामारीबाट जनताको जीवन बचाउनु सबैको साझा दायित्व भएको बताएका छन् । कोभिड–१९ विरुद्धको विशेष खोप अभियानबारे सातवटै प्रदेशका मुख्यमन्त्री तथा सङ्घीय सरकारका सरोकारवाला मन्त्रीसँगको आज सिंहदरबारमा भएको भर्चुअल अन्तरक्रियामा प्रधानमन्त्री देउवाले खोप अभियानलाई प्रभावकारी बनाएर जनताको जीवन बचाउने पहिलो कर्तव्य भएको बताए । उनले कोभिड विरुद्धको खोप लगाउने कार्यमा धेरै प्रगति भएको तर र अझै पनि खोप जनताको घरदैलोमा पुग्न नसकेर धेरै मात्रामा स्टोरेज भएको जानकारी पाएको उल्लेख गर्दै खोप अभियानलाई प्रभावकारी बनाउन प्रमुख… पुरा पढौ

स्वास्थ्य क्षेत्रमा बजेट कमी हुन दिदैनौं:मुख्यमन्त्री भट्ट

दिपायल । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले आम नागरिकको ज्यान बचाउनका लागि स्वास्थ्य क्षेत्रमा चाहिने बजेटमा कमि हुन नदिइने बताएका छन् । दिपायल सिलगढी नगरपालिका–४ राजपुरमा रहेको सेती सभाहलमा स्थापना गरिएको प्रादेशिक बायोमेडिकलको आज उद्घाटनका क्रममा उनले नागरिकलाई घरैमा उपचार मिल्ने गरी स्वास्थ्य क्षेत्रमा पर्याप्त बजेट विनियोजन गरिएको बताए । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालयले राजपुरमा उक्त बायोमेडिकलको स्थापना गरेको हो । सङ्घीय राजधानी बाहिर स्थापना भएको यो बायोमेडिकल पहिलो भएको बताइएको छ । उक्त मेडिकल स्थापनापछि यहाँका लाखौं… पुरा पढौ

पर्वत अस्पताललाई दुई करोडका उपकरण हस्तान्तरण

पर्वत । जिल्ला अस्पतालमा रु दुई करोड बराबरका स्वास्थ्य उपकरण हस्तान्तरण गरिएको छ । लायन्स क्लब अन्तर्राष्ट्रियअन्तरर्गत पर्वत जिल्लामा क्रियाशील आठ लायन्स क्लब र लियो क्लबको समन्वय र साझेदारीमा लायन्स क्लब अन्तर्राष्ट्रिय–एलआइसिीएफ) कोषको विशेष आर्थिक सहयोगमा उपकरण हस्तान्तरण गरिएको हो । लायन्स क्लबको तर्फबाट नेपालमा सबैभन्दा ठूलो सहयोग सो अस्पताललाई गरिएको छ । सांसद पदम गिरी र कुश्मा नगरपालिकाले पनि आर्थिक सहयोग गरेको बताइएको छ । जिल्ला अस्पतालमा आइतबार आयोजित एक कार्यक्रमका उक्त सामग्री हस्तान्तरण गरिएको हो । लायन्स क्लबको… पुरा पढौ

पोखरामा एनआईसीयूमा प्रयोग गरिने खोपको चरम अभाव, नबजात शिशुको ज्यान जोखिममा

पोखरा । पोखरामा नवजात सघन हेरचाह इकाई (एनआईसीयू) र विशेष नवजात हेरचाह इकाई (एसएनसीयू ) मा राख्न पर्ने शिशुलाई अत्यावश्यक पर्ने इन्जेक्सन अभाव भएको छ । ३७ हप्ताभन्दा साना उमेरका शिशुलाई राखेर उपचार गरिने यस क्षेत्रकै ठूलो अस्पताल पश्चिमाञ्चल क्षेत्रिय अस्पताल सहित पोखरामा सञ्चालित अस्पतालहरुमा एमिनोफाइलिन र क्याफाइन नामक इन्जेक्सनको अभाब भएको पश्चिमाञ्चल क्षेत्रिय अस्पताल बाल रोग बिशेषज्ञ डा.रामचन्द्र बांस्तोलाले बताएका छन् । विशेषगरि शिशुमा चिसोका कारण स्वासप्रस्वास प्रणालीमा समस्या हुँदा सोको विकासका लागि प्रयोग गरिने दुबैप्रकारका इञ्जेक्सनको अभावले नवजात… पुरा पढौ