स्वास्थ्य

भारतमा २ महिनायताकै सबैभन्दा कम दैनिक कोभिड संक्रमण, मृत्यु संख्यामा पनि कमी

भारतमा विगत २४ घण्टामा कोरोना भाइरस (कोभिड)–१९० बाट एक लाख १४ हजार व्यक्ति संक्रमित भेटिएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ। कोभिड–१९ को दोस्रो लहरको मध्यमा दैनिक ४ लाखभन्दा बढी संक्रमित भेटिएकामा पछिल्लो संख्या विगत दुई महिनायताकै सबैभन्दा कम दैनिक संक्रमण हो। भारतमा यो सहित कूल दुई करोड ८८ लाख व्यक्ति कोभिड संक्रमित भएका छन् जसमध्ये २ करोड ७० लाख संक्रमणमुक्त भएका छन्। कोभिड–१९ को दोस्रो लहरबाट सर्वाधिक असर परेको भारतमा विगत २४ घण्टामा थप २ हजार ६… पुरा पढौ

नेलेम्बो नेपालद्वारा अनलाइन पत्रकार संघ गण्डकीलाई स्वास्थ्य सामग्री सहयोग

नेलेम्बो नेपाल कास्कीले अनलाइन पत्रकार संघ गण्डकी प्रदेशलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । आइतबार नेलेम्बो नेपाल कास्कीका अध्यक्ष एकदेव देवकोटाले अनलाइन पत्रकार संघ गण्डकी प्रदेशका अध्यक्ष कमल सुवेदीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् । नेलेम्बोले डिस्पोजल मास्क २५ सय पीस, फेस सिल्ड ५० पीस, सेनीटाइजर ५० लिटर, डिस्पोजल ग्लब्स १० प्याकेट सहयोग गरेको अध्यक्ष देवकोटाले जानकारी गराए । उनका अनुसार ५२ हजार ६ सय ७० रुपैयाँ बराबरको सहयोग सामाग्री हस्तान्तरण गरिएको हो । सत्यतथ्य समाचार संकलनमा अग्र पंक्तीमा खटिने… पुरा पढौ

तनहुँमा सङ्क्रमितलाई परामर्श सेवा दिन स्वास्थ्यकर्मी परिचालन

तनहुँ । कोरोना सङ्क्रमण भएर होम आइसोलेशनमा बस्ने सङ्क्रमितलाई परामर्श सेवा दिन तनहुँका स्थानीय तहले प्रयास थालेका छन् । दैनिक रुपमा सङ्क्रमित थपिन थालेपछि जिल्लाका स्थानीय तहले होम आइसोलेशनमा बस्ने सङ्क्रमितको रेखदेख, सामान्य उपचार, परामर्श गर्न र थप उपचारका लागि अस्पतालसम्म लैजान स्वास्थ्य शाखामा समन्वय गर्न प्रयास थालेका हुन् । सङ्क्रमितलाई आवश्यक परामर्श सेवा दिनका लागि भिमाद नगरपालिकाले सबै वडामा स्वास्थ्यकर्मी परिचालन गरेको छ । नगरपालिकाले नौवटै वडामा स्वास्थ्यकर्मी परिचालन गरेको प्रमुख प्रशासकीय अधिकृत थमनसिंह थापाले जानकारी दिए । नगरपालिकाले… पुरा पढौ

दिल्लीमा कोभिड संक्रमण दर ०.६८ प्रतिशत, लकडाउन खुकुलो पारिँदै

दिल्लीमा पछिल्लो साता संक्रमण दर ०.६८ प्रतिशत कायम भएको सरकारले तथ्यांकमा उल्लेख गरेको छ। दिल्ली शहरमा शुक्रबार ५ सय २३ व्यक्ति संक्रमित भएका र ५० संक्रमितको मृत्यु भएको पुष्टि गरेको छ। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दैनिक कोभिड–१९ संक्रमण दरमा गिरावट आएपछि नयाँ दिल्ली र वरपरका क्षेत्रमा आउँदो हप्तादेखि लकडाउनलाई थप खुकुलो पार्ने घोषणा गर्ने उनी निकट अधिकारीहरूले शनिबार बताएका छन्। अधिकारीका अनुसार सरकारले जून ७ देखि बजार र अन्य गतिविधिहरूलाई संचालनका लागि अनुमति दिन सक्दछ किनकि कोभिड–१९ को अवस्थामा बिस्तारै… पुरा पढौ

गण्डकी प्रदेशमा ५६६ कोरोना संक्रमित हुँदा ५२३ संक्रमणमुक्त

पोखरा । गण्डकी प्रदेशमा शनिबार ५६६ जना कोरोना संक्रमित हुँदा ५२३ कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा एक हजार ५९० जनामा गरिएको परीक्षणमा कास्कीका ८५ सहित ५६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । आज थपिनेमध्य कास्कीका ८५, बाग्लुङका १२४, नवलपरासी वर्दघाट सुस्ता पूर्वका १२१, गोरखाका ७२, लमजुङका ५०, स्याङ्जाका ३४, म्याग्दीका ३१, तनहुँका ३० जनामा छन् । यो सहित हालसम्म प्रदेशभर कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या ४५ हजार ९८७… पुरा पढौ

पालुङटार आयुर्वेद औषधालयलाई रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि हस्तान्तरण

गोरखा । नेपाल आयुर्वेद औषधि व्यवसायी संघ र नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज गण्डकी प्रदेशले संयुक्त कार्यक्रममार्फत गोरखाको पालुङटार नगरपालिका मातहतको आयुर्वेद औषधालयलाई औषधि हस्तान्तरण गरेको छ । स्वास्थ्य मन्त्रालय, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको कोभिड–१९ प्रोटोकलअनुसारको औषधि औषधालय शाखा प्रमुख हितकाजी श्रेष्ठ, उपमेयर पम्फा बसेल र प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्मालाई हस्तान्तरण गरिएको हो । नगरपालिकाभित्र रहेका संक्रमितहरुको रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग पु¥याउने गुण भएका औषधि उपलब्ध गराइएको स्वयंसेवक उपसमिति संयोजक कृष्ण राउतले जानकारी दिए । गुड्ची चूर्ण, यष्टीमधु… पुरा पढौ

कोरोनाबाट पदकधारी बक्सर केसीको निधन

कोरोना भाइरस संक्रमणका कारण दक्षिण एसियाली खेलकुदका पदक विजेता बक्सिङ खेलाडी हरिबहादुर केसीको निधन भएको छ। सागका २ संस्करणका पदकधारी उनको मनमोहन मेमोरियल अस्पतालमा उपचारका क्रममा निधन भएको बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापामगरले जानकारी दिएका छन्। ४८ वर्षीय केसीलाई २ साताअघि कोरोना संक्रमण पुष्टि भएको थियो। सुरुको ४ दिन घरमै बसेका उनलाई श्वासप्रश्वासमा समस्या आएपछि मेघा अस्पतालमा भर्ना गरिएको थियो। स्वास्थ्य स्थिति गम्भीर बन्न थालेपछि मनमोहन अस्पताल रेफर गरिएका उनको भेन्टिलेटरमा उपचार भइरहेको थियो। फ्लाइवेट (५१ केजीमुनि तौल) समूहका ५… पुरा पढौ

कोभिडको संक्रमण नघटेपछि अफगानिस्तानका विद्यालय बन्द

कोभिड–१९ संत्रलमण नघटेपछि अफगानिस्तानको राजधानी काबुलसहित अन्य १६ प्रान्तमा बन्द गरिएका विद्यालयहरु बन्दको निर्णयलाई निरन्तरता दिने बताइएको छ। यसअघि अफगानिस्तानको सरकारले २ हप्ताको लागि विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । तर त्यहाँ अहिले पनि कोभिडको संक्रमण घटेको छैन। कोभिडको संक्रमण नघटेको भन्दै आगामी हप्तासम्मका लािग बन्द गरिएका विद्यालयहरु थप बन्द हुने अफगानिस्तान सरकारले जनाएको छ। कोभिड–१९ लाई रोकथाम गर्ने उद्देश्यले सरकारले गतहप्ता उक्त घोषणा गरिएको टोलो न्यूजले अफगानिस्तानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै जानकारी गराएको छ। यसअघि, अफगानिस्तानको सरकारले एक… पुरा पढौ

भारतमा कोरोना संक्रमित र मृत्यु संख्या घट्दै

भारतमा कोरोनाभाइरसबाट संक्रमित र मृतकको संख्यामा कमी आउन थालेको छ । सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा अघिल्लो दिनभन्दा १ हजार ७ सय ९० जना कम संक्रमित थपिएका छन् । भारतमा अघिल्लो दिन १ लाख ३४ हजार १ सय ५४ जना संक्रमित थपिएकामा भोलिपल्ट अर्थात् पछिल्लो २४ घण्टामा १ लाख ३२ हजार ३ सय ६४ जना नयाँ संक्रमित थपिएका हुन्। केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिलेसम्म कूल २ करोड ८४ लाख ४१ हजार ९ सय… पुरा पढौ

बागलुङमा डेढ महिनामा ३३ को मृत्यु

बाग्लुङ । कोरोनाको दोस्रो भेरियन्टका कारण बागलुङमा कोरोना सङ्क्रमण र मृत्युदर समेत गत वर्षको तुलनामा तेब्बरले बढेको छ । बागलुङको पछिल्लो तथ्याङ्कअनुसार डेढ महिनाको अवधिमा ३३ सङ्क्रमितको मृत्यु भएको छ । गत वर्षको कोरोनाको पहिलो लहरमा ११ जनाको मृत्यु भएको थियो । पहिलो लहरभन्दा दोस्रोमा बागलुङ निकै तीब्र गतिमा सङ्क्रमण र मृत्युदर बढेको धौलागिरि अस्पताल बागलुङका मेडिकल सुपरिटेन्डेण्ट डा शैलेन्द्र बिक पोखरेलले जानकारी दिए । “पहिलो लहरभन्दा निकै खतरा रहेको भन्ने कुरा विश्व स्वास्थ्य सङ्गठनले नै भनिसकेको छ । धौलागिरिका… पुरा पढौ