स्वास्थ्य

राईनासका युवाले संकटमा गाउँ सम्झे

लमजुङ । कोरोना भाइरसको दोस्रो चरणले बिकराल रुप लिएपछि ग्रामिण भेगमा पनि संक्रमण बढ्ने क्रममा छ । संक्रमण नियन्त्रण बाहिर गएपछि सरकारले निषेधाज्ञा जारी गरेको छ । गाउँमा कोरोना संक्रमण बढ्न थालेपछि लमजुङको राईनास नगरपालिका २ मा रहेका युवाहरुले गाउँमा सहयोग गरेका छन । जन्मथलो भन्दा बाहिर रहेका युवाहरुले सहयोग रकम संकलन गरेर राईनास नगरपालिका वडा नं २ को साहिलीटारमा रहेको ७५ घरपरिवारलाई स्वास्थ्य सामाग्री तथा भिटामिन ट्याब्लेट बितरण गरिएको सहयोग संकलन अभियानको थालनी गरेका भानु अधिकारीले जानकारी दिए ।… पुरा पढौ

ट्राफिक प्रहरीलाई आयुर्वेद औषधी व्यवसायी संघले दियो स्वास्थ्य सामग्री

नेपाल आयुर्वेद औषधी व्यवसायी संघ कास्कीले ट्राफिक प्रहरीलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । संघले मंगलबार जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीलाई कोरोना माहामारीबाट बच्नका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री प्रदान गरेको हो । कार्यक्रममा संघका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश संयोजक कृष्णप्रसाद तिमिल्सिनाले जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रहरी निरिक्षक अमृतबहादुर बस्नेतलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको संघका सचिव पुष्पराज पौडेलले जानकारी दिए । संघले ५० हजार बराबरको स्वास्थ्य सामग्री वितरण गरिएको संघका कास्की अध्यक्ष पवन अधिकारीले बताए । श्रद्धा आयुर्वेद फर्मा,… पुरा पढौ

चेम्बर अफ कमर्सद्वारा अस्पताललाई अक्सिजन सिलिण्डर हस्तान्तरण

गण्डकी प्रदेश चेम्बर अफ कमर्सले विभिन्न सरकारी अस्पतालहरुलाई मंगलबार अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ ।कास्की पोखरा समाज जापानको व्यवस्थापनमा चेम्बरले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई २५, संक्रामक तथा सरुवा रोग अस्पताल गण्डकी प्रदेशलाई १५, पोखरा महानगरपालिका वडा नम्बर २१लाई ५, म्याग्दीलाई ५ गरी ५० थान सिलिण्डर हस्तान्तरण गरिएको हो । चेम्बरले २० र समाजले ३० थान सिलिण्डर व्यवस्थापन गरेको हो ।गण्डकी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव विनोदबहादुर कुँवरले सरकारले प्रदेशका कोभिडका बिरामीको उपचारको लागि स्वास्थ्य सामाग्रीको व्यवस्थापनमा प्रयाप्त ध्यान दिएको… पुरा पढौ

देश सम्झेर अस्पताललाई सहयोग

बागलुङ। जापानलाई कर्मथलो बनाएका यहाँका तीन युवा मिलेर धवलागिरि अस्पताललाई रु एक लाख सहयोग गरेका छन् । बागलुङ नगरपालिका–८ सिगानाका प्रकाश खड्का, नौ तित्याङका कृष्ण खड्का र काठेखोला गाउँपालिका–१ पालाका राजेश खत्रीले सो सहयोग गरेका हुन् । स्थानीय संयोजनकर्ता पत्रकार राम थापाले आज अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी राना मगरलाई सहयोग रकम हस्तान्तरण गरेका थिए । कोरोना महामारीसँग जुधिरहेको अस्पताललाई अत्यावश्यक चिकित्सा सामग्री/औषधि जोहोका लागि सघाउ पुगोस् भन्ने उद्देश्यले आर्थिक सहायता प्रदान गरिएको प्रकाशले बताए। “अस्पतालमा अक्सिजन अभाव भएको खबर… पुरा पढौ

‘अक्सिजन प्लान्टका लागि सहयोग आउने क्रम जारी, पोखरा- २३ का अध्यक्षद्वारा रु १ लाख सहयोग ’

पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन प्लान्ट स्थापना र आईसियू बेड थप्नका लागि पहल गरिएको ‘रु १०० दान गरौं, महामारीमा प्राण राखौं’ आर्थिक संकलन महाअभियानमा सहयोग आउने क्रम जारी छ ।बतास फाउण्डेसनको पहल तथा एभरेस्ट एफएमको संचार सहकार्यमा जारी अर्थ संकलन महाअभियानमा पछिल्लो पटक पोखरा महानगरपालिका वडा नम्बर २३ ले रु १ लाख सहयोग गर्ने घोषणा गरेको छ । पोखरा- २३ का अध्यक्ष बिष्णुप्रसाद पराजुलीले मानविय सवालमा वडाको तर्फबाट संस्थागत निर्णय गराई सहयोग गरेको जानकारी… पुरा पढौ

विपक्षी गठनबन्धनका नेताबीच भेटवार्ता

काठमाण्डौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का पूर्वनेता माधवकुमार नेपालबीच पछिल्लो राजनीतिक विषयमा छलफल भएको छ । सभापति देउवा निवास बूढानीलकण्ठमा आज भएको भेटवार्तामा उनीहरुबीच प्रदेश नं २ र सुदूरपश्चिम प्रदेश सरकार पुनःगठनलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए। पछिल्लो समय विपक्षी दलको गठबन्धनले केन्द्र र प्रदेशमा आफ्नो सरकार गठनका लागि विभिन्न गृहकार्य गर्दै छ । पुरा पढौ

पोखरामा जेठ २७ गतेदेखि कोरोना खोप भेरोसिल लगाईदै, लगाईने ठाउँहरु :-

पोखरामा यहि जेठ २७ गतेदेखि कोरोना खोप भेरोसिल लगाइने भएको छ । पोखरा महानगरपालिकाले एक सूचना निकालेर भेरोसिल लगाउने मिति र स्थान सार्वजनिक गरेको हो । पोखरामा ६२ वर्षदेखि ६५ वर्ष उमेर समूहकालाई भेरोसिल खोप लगाईने महानगरपालिकाले जनाएको छ । काठमाडौंमा भने ६० वर्षदेखि ६५ वर्षका लाई खोप लगाइने भएपनि पोखरामा ६२ वर्ष माथिका लाई लगाउन लागिएको हो । पुरा पढौ

शिक्षक कर्मचारीलाई पनि कोरोना खोप लगाउन शिक्षक संगठन कास्कीको माग

नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति कास्कीले शिक्षक , विद्यालय कर्मचारी तथा १८ वर्ष उमेर समूह भन्दा माथिका विद्यार्थीहरुलाई कोरोना खोप लगाउन माग गरेको छ । संगठनले विद्यालय सञ्चालन पुर्व खोपको अनिवार्य व्यवस्था गर्न माग गर्दै जिल्ला कोभिड(१९ संकट व्यवस्थापन केन्द्र ९डिसिएमसी० का संयोजक प्रमुख जिल्ला अधिकारीलाई धयनाकर्षण पत्र बुझाएको छ ।ध्यानाकर्षण पत्र बुझाउदै जिल्ला अध्यक्ष रोमहर्षण पौडेलले अहिले शिक्षकहरु विद्यार्थीको सिकाई मुल्यांकन तथा नतिजा प्रकाशन गर्न लागिरहेको र असार पहिलो हप्तावाट भर्ना अभियान लगायतका कार्यमा सम्लग्न रहनुपर्ने भएकोले विद्यार्थी… पुरा पढौ

इजरायलमा १२ देखि १६ वर्ष उमेरका बालबालिकालाई कोभिडविरुद्धको खोप दिन सुरु

इजरायलले १२ देखि १५ वर्ष उमेरका बालबालिकालाई कोरोनाभाइरस विरुद्धको खोप दिन सुरु गरेको स्वास्थ्य अधिकारीहरूले बताएका छन्। सरकारले गत बुधबार गरेको निर्णयअनुसार इजरायली स्वास्थ्य मन्त्रालयले खोप अभियान गरेको हो। इजरायलमा खोप अभियान सन् २०२० को डिसेम्बर २० देखि सुरु गरिएको थियो। पहिलो चरणमा मेडिकल स्टाफ, ६५ वर्षभन्दा बढी उमेरका मानिस र दीर्घरोगीहरूलाई लक्षित गर्दै खोप लगाइएको थियो। त्यसबेलादेखि योग्यताको उमेर बिस्तारै कम गरिएको छ। १६ बर्ष माथिका व्यक्तिहरूलाई यस पहिले नै खोप लिन योग्य घोषणा गरिएको थियो। इजरायलमा शनिबारसम्ममा करीव… पुरा पढौ

भारतमा देखियो ७ दिनमै तौल घटाउन सक्ने कोरोनाको नयाँ भेरिएन्ट

भारतमा अल्फा, बिटा, गामा र डेल्टापछि एक नयाँ कोरोना भेरिएन्ट भेटिएको खुलासा भएको छ । यसले ७ दिनमै बिरामीको वजन कम गर्नसक्छ। भाइरसको यो भेरिएन्ट सबैभन्दा पहिले ब्राजिलमा भेटिएको थियो। तर, त्यहाँबाट एकमात्रै भेटिएन्ट भारत आएको पुष्टि भएको थियो। अब वैज्ञानिकहरुले ब्राजिलबाट एक नभएर दुईवटा भेरिएन्ट भारत आएको स्पष्ट गरेका छन्। उनीहरुका अनुसार यो दोस्रो भेरिएन्ट aL.1.1.28.2 निकै तेज छ। संक्रमित भएको ७ दिनमा मात्रै यो भेरिएन्टको पहिचान हुन्छ। यसले तेज गतिमा शरीरको तौल कम गर्नसक्छ र डेल्टाजसरी नै यसले… पुरा पढौ