पोखरा । गण्डकी प्रदेशका कास्की, स्याङ्जा र तनहुँका थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षण रिपोर्टमा उनिहरुमा कोरोना भाइरस संक्रमण पाइएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले शनिबार विज्ञप्तीमार्फत जनाएको छ ।निर्देशनालयका अनुसार आज पछिल्लो क्रममा थपिएका संक्रमितमध्य कास्कीको पोखरा महानगरपालिकाका ८ जना, स्याङ्जाको बिरुवाका २ जना र तनहुँको भिमादका एक जना छन् । यो सहित गण्डकी प्रदेशभर हालसम्म कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या १५ हजार १२८ पुगेको छ ।
पुरा पढौ