स्वास्थ्य

अब हप्ताको दुई दिनमात्र ‘कोभिड–१९ प्रेस ब्रिफिङ’

कार्तिक १२ पोखरा । स्वास्थ्य मन्त्रालयले गर्दै आएको नियमित कोभिड–१९ प्रेस ब्रिफिङ भोलीबाट नहुने भएको छ । मन्त्रालयले गर्दै आएका नियमित प्रेस ब्रिफिङ अब प्रत्येक आइतबार र बुधबार गरिनेमन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए । अरु सुचना भने मन्त्रालयको वेबसाइट, भाइबर ग्रुप र सामाजिक सञ्जाल मार्फत दिइने उनले बताए । पुरा पढौ

गण्डकीमा बुधबार एकैदिन १५५ जनामा कोरोना पुष्टि

कार्तिक १२ पोखारा । बुधबार गण्डकी प्रदेशका विभिन्न जिल्लाका १ सय ५५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा, क्षयरोग उपचार केन्द्र पोखरा, चितवन मेडिकल कलेजमा गरिएको नमुना परीक्षणमा उनीहरुमा संक्रमणको पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । आज पुष्टि हुनेमध्य सबैभन्दा धेरै कास्कीको पोखरा महानगरपालिकाका ९८ जना छन् । यस्तै नवलपुरमा १६, तनहँुका १४, स्याङ्जाका १३, गोरखाका ११, बाग्लुङका २ र मुस्ताङका एक जनामा कोरोना संक्रमण भएको निर्देशनालयद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । यो… पुरा पढौ

नेपालमा झण्डै २ हजार जनामा कोरोना पुष्टि

कार्तिक १२ काठमाडौं । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या एक लाख ६२ हजार नाघेको छ ।बुधबार देशभरका प्रयोशालामा गरिएको ८ हजार २ सय ४८ नमुना परीक्षणमा १९ सय ५४ सय जनामा कोरोना पुष्टि भएुसंगै संक्रमितको संख्या बढेको हो ।यो संगै हालसम्म नेपालमा कुल संक्रमितको संख्या एक लाख ६२ हजार ३५४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३९ हजार ६४३ छ । यस्तै आज देशभर २९ सय ८१ सय जना संक्रमित कोरोनामुक्त भएका छन्। यससँगै… पुरा पढौ

परीक्षण र उपचार निरन्तर निःशुल्क मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोभिड–१९ विरुद्ध सबै एकजुट भएर लाग्नुपर्ने बताउँदै प्रदेशमा निःशुल्क परीक्षण र उपचार निरन्तर हुने जनाउनुभएको छ ।दशैँको टीकाका लागि जन्मथलो डोटीको केआइसिंह गाउँपालिका–६ फलेडी आउनुभएका मुख्यमन्त्री भट्टले कोरोना भाइरस साझा सत्रु भएकाले सबैले मिलेर लाड्नुपर्ने बताउनुभएको हो । कोरोना रोगबाट बच्न सम्पूर्ण नागरिकले घरैमा सुरक्षित बस्नुपर्ने तथा बिनाकाम घर बाहिर ननिस्किन समेत उहाँले आग्रह गर्नुयो ।मुख्यमन्त्री भट्टले कोरोना जोखिमबाट सबै नागरिक सजग भएर हिँड्नु पर्ने धारणा राख्दै भन्नुभयो, “कोरोना जाँच र उपचार निःशुल्क गर्दै आएका… पुरा पढौ

पूर्व प्रमुखसचिव खनालको निधन

तत्कालीन राजप्रसाद सेवाका पूर्व प्रमुखसचिव रेवतीरमण खनालको ८८ वर्षको उमेरमा निधन भएको छ । कानून क्षेत्रका ज्ञाता एवं साहित्यकार खनालको मङ्गलबार साँझ काठमाडौँ महानगरपालिका–१३ कालीमाटीस्थित निवासमा निधन भएको खनालका आफन्त सुरज खनालले जानकारी दिनुभयो ।मधुमेह र दमको बिरामी रहनुभएका खनाल घरमै उपचाररत हुनुहुन्थ्यो ।मदन पुरस्कारसमेत प्राप्त दिवंगत खनालले ‘मुलुकी ऐन केही विवेचना’, ‘कर सम्बन्धी कानून’, ‘नेपालको कानूनी इतिहासको रुपरेखा’, ‘रिट निवेदन सिद्धान्त र विवेचना’, ‘विश्वका प्रमुख कानून प्रणाली’, ‘नेपालको कानूनी मस्यौदा’, तथा ‘समालोचना र फैसला’ लगायत पाठ्यपुस्तक लेख्नुभएको छ ।तनहुँमा… पुरा पढौ

वागमती प्रदेश प्रमुखलाई कोरोना सङ्क्रमण

वागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । उहाँले मङ्गलवार पिसिआर रिपोर्ट पोजेटिभ आएको बताउनुभयो । उहाँ प्रदेश प्रमुखको कार्यालय हेटौडाबाट दशँैमा झापाको मेचीनगरस्थित घर आउनुभएको थियो ।विगत पाँच दिनदेखि शरीर दुख्ने, पसिना आउने जस्ता सामान्य लक्षण देखिएको र स्वास्थ्य अवस्था सामानय रहेको उहाँले बताउनुभयो । हाल घरमै आइसोलेसनमा रहनुभएका उहाँका छोरा राजेशलाई पनि कोभिड १९ को सङ्क्रमण पुष्टि भएको छ ।रासस पुरा पढौ

कोरोनाबाट पोखरामा थप चारको मृत्यु

गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट हालसम्म मुत्यु हुने ६३ जना पुगेका छन् । मृत्यु हुनेमा कास्कीका २१, नवलपुरका ११, तनहुँका १०, गोरखाका सात, स्याङ्जाका पाँच, लमजुङ र बागलुङका तीनतीन तथा म्याग्दीका दुई जना छन् ।स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कोभिड–१९¬¬ बाट पोखरा महानगरपालिकामा एक महिलासहित थप चार जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका –१ का ४२ वर्षीय कोरोना संक्रमित पुरुषको शुक्रबार चरक मेमोरियल अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको थियो । असोज ३० गते निमोनियाको पनि उपचारका लागि अस्पताल भर्ना भएका… पुरा पढौ

अवैध रुपमा सञ्चालित क्लिनिक बन्द गर्न माग

उदयपुरको त्रियुगा नगरपालिका–२ मोथ्याईका बासिन्दाले अवैध रुपमा सञ्चालित क्लिनिक बन्द गर्न माग गरेका छन् । शनिबार स्थानीय २३ वर्षीया विनिता थापाको सदरमुकाम गाइघाटस्थित टाइम्स पोलिल्किनिकमा उपचारका क्रममा मृत्यु भएको थियो । अवैध रुपमा सञ्चालित उक्त क्लिनिकका सञ्चालक डा रामजीवन यादवले गलत औषधि दिँदा थापाको मृत्यु भएको उहाँका आफन्तको आरोप छ । सञ्चालक यादवलाई कारवाही गर्नुपर्ने तथा अवैध रुपमा सञ्चालित सो क्लिनिक बन्द गर्नुपर्ने माग गर्दै थापाका आफन्त आन्दोलनमा उत्रिएका छन् । क्लिनिक सञ्चालक यादवलाई कारवाही नगर्दासम्म शव नबुझ्ने उनीहरुले अडान… पुरा पढौ

चितवनमा थप दुई सङ्क्रमितको मृत्यु

कोभिड–१९ को सङ्क्रमणबाट चितवनमा थप दुई सङ्क्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उपचारका क्रममा ती सङ्क्रमितको कोरोनाबाट ज्यान गएको हो । चितवन मेडिकल कलेजमा उपचारका क्रममा गुल्मीका सङ्क्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा गुल्मीका ४८ वर्षीय पुरुष रहेको अस्पतालका निर्देशक डा दयाराम लम्सालले जानकारी दिनुभयो । निमोनियाका बिरामी उनलाई कात्तिक ४ गते अस्पताल भर्ना गरिएको थियो । उनको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । ती पुरुषमा कात्तिक ५ गते कोरोना सङ्क्रमण… पुरा पढौ

विदेशमा थप एक नेपालीको निधन

विश्वव्यापी महामारी कोभिड–१९० संक्रमणबाट गत साता विदेशमा थप एक नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघ ९एनआरएनए० का अनुसार साउदी अरबमा एक नेपालीको कोरोना संक्रमणबाट निधन भएको हो ।एनआरएनए, स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार ४२ देशमा रहेका नेपालीमध्ये ४२ हजार ७५२ नेपाली कोरोना भाइरसको संक्रमणमा परेका छन् । तीमध्ये ३९ हजार १७९ जना अर्थात् ९२ प्रतिशत न कोरोनामुक्त भएको समितिले जनाएको छ ।गत साता भारत, कतार र स्पेनमा रहेका नेपालीमा थप कोरोना संक्रमण देखिएको छ । हालसम्म… पुरा पढौ