स्वास्थ्य

म्याग्दीको नारच्याङमा प्रसूति गृह र सामुदायिक भवन निर्माण

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा प्रसूति गृह र सामुदायिक भवन निर्माण गरिएका छन् । निलगिरिखोला जलविद्युत आयोजनाको रु ६८ लाख ४९ हजार सहयोगमा नारच्याङ स्वास्थ्य चौकी परिसरमा प्रसूति गृह र बाँसबोटमा सामुदायिक भवन निर्माण गरिएका हुन् । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका वडाध्यक्ष लोकबहादुर फगामीले ३८ मेगावाट क्षमताको निलगिरी–१, ७१ मेगावाट क्षमताको निलगिरी–२ जलविद्युत् आयोजनाको प्रवर्द्धक निलगिरि खोला हाइड्रोपावरले सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत भवन निर्माणमा सहयोग गरेको बताए । चारकोठे दुई तले प्रसूति गृह भवनमा गाउँपालिकाले स्वास्थ्य सामग्री र उपकरण व्यवस्थापन गरेर प्रसूति गृह… पुरा पढौ

भलाममा भएको आँखा शिविरबाट २ सय बढी लाभाम्वित

पोखराको भलाममा भएको निशुल्क वृहत आँखा शिविरबाट २ सय बढी लाभाम्वित भएका छन् । पद्म नर्सिङ होमको प्राविधिक सहयोगमा वडा कार्यालय पोखरा २० ले आयोजना गरेको शिविरमा त्यस क्षेत्रका २०५ जनाको आँखा जाँच गरिएको हो । नेत्र विशेषज्ञ प्रा.डा सचेत प्रभात श्रेष्ठको नेतृत्वमा खट्टिएको विशेषज्ञ टोलीले आँखा जाँच गरेको थियो । शिविरमा जाँच गरिएका मध्ये करिब १ सय जनामा मोतियाविन्दुको समस्या देखिएपछि थप उपचारका लागि सिफारिस गरिएको वडाध्यक्ष गंगा बहादुर खत्रीले जानकारी दिए ।आँखा जाँचमा आएका ५० जनालाई चश्मा लगाउन… पुरा पढौ

पोखराको २० नम्वर वडामा वृहत आँखा शिविर हुने

पोखरा महानगरपालिका वडा नं. २० मा निशुल्क वृहत आँखा शिविर हुने भएको छ । वडा कार्यालयको आयोजना तथा पद्म नर्सिङ होमको प्राविधिक सहयोगमा यही जेठ १६ गते, शनिबार वृहत आँखा शिविर आयोजना गरिएको वडाध्यक्ष गंगा बहादुर खत्रीले जानकारी दिए । वडाको नेतृत्व सम्हालेको चार वर्ष पुरा भएको र यो अवधिमा वडाबासीलाई घरदंैलोमै स्वास्थ्यसहितका सेवा निरन्तर रुपमा प्रदान गर्दै आईरहेको वडाध्यक्ष खत्रीले बताए । शिविरमा आँखा परिक्षणसहित निशुल्क औषधी वितरण र मोतियाविन्दु भएकालाई सिफारिस गरिने बताईएको छ । कार्यालय परिसरमा हुने… पुरा पढौ

स्वास्थ्य बीमा सेवामा सुविधाको दररेट परिवर्तन, सेवाग्राहीलाई समस्या पर्ने

स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य उपचारका लागि ‘सुविधा थैली’ को दररेट परिवर्तन गरेको छ । स्वास्थ्य बीमा लागू भएपछि पहिलो पटक बोर्डले औषधि, औषधिजन्य सामग्री, स्वास्थ्य सेवा, शल्यक्रिया तथा प्रयोगशालको परीक्षणको सुविधा थैली दररेट परिवर्तन गरेको हो । बोर्डका कार्यकारी निर्देशक शकुन्तला प्रजापतिले सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई परिमार्जित नयाँ दरअनुसार औषधि, औषधिजन्य सामग्री, स्वास्थ्य सेवा, शल्यक्रिया तथा प्रयोगशालको परीक्षण शुल्क लिन निर्देशन दिएको बताईन् । उक्त नयाँ सुविधा थैलीको दररेठ यही जेठ १६ गतेदेखि लागू हुनेछ । उनले बोर्डले विगत… पुरा पढौ

सीताराम र ध्रुव माविमा परिवार नियोजनको अभियान

नेपाल परिवार नियोजन संघ कास्की शाखाले यौंन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान जारी राखेको छ । २४ वटा विद्यालय तथा कलेजमा अभियान संचालन गर्ने लक्ष्य सहित सुरु गरिएको अभियान १६ वटा विद्यालय तथा क्याम्पसमा पुगेको सभापति नवीन सिग्देलले जानकारी दिए । पछिल्लो समय अभियान कास्कीका गाउँपालिकामा केन्द्रीत बनेको छ । संघले कास्कीको मादी गाउँपालिका वडा नं ३ याङ्जाकोट स्थित सीताराम मावि र वडा नं ४ तारकाङस्थित ध्रुव माविमा अभियान संचालन गरेको छ । सीताराम माविमा आयोजित कार्यक्रम मादी गाउँपालिका वडा… पुरा पढौ

दर्शन फाउण्डेशनको आँखा परीक्षण शिविरमा ४ सयबढी लाभाम्वित

दर्शन फाउण्डेशन, पोखराले पर्वतको मल्लाजमा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न गरेको छ । पर्वत जिल्लाको जलजला गाउँपालिका–३, मल्लाज, माझफाँटस्थित मल्लाज स्वास्थ्य चौकीमा भएको शिविरमा ४११ जनाको आँखा परीक्षण गरिएको थियो । जसमध्ये २१ जनामा मोतियाबिन्दुको समस्या देखिएको र उनीहरूलाई शल्यक्रियाका लागि हिमालय आँखा अस्पताल, पोखरा सिफारिस गरिएको आयोजकले जनाएको छ । शिविरमा निःशुल्क चश्मा, औषधि वितरण तथा परामर्श सेवा प्रदान गरिएको थियो । शिविरमा ग्रामीण क्षेत्रका ज्येष्ठ नागरिक, महिला, दलित तथा आर्थिक अवस्था कमजोर भएका नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको बताइएको… पुरा पढौ

मितेरी सहरबाट उपहार पाएको अत्याधुनिक एम्बुलेन्स साढे ३ वर्षपछि पोखरा आईपुग्यो

पोखरा महानगरपालिकाले चीनको मितेरी सहर लिञ्जीबाट उपहारस्वरुप पाएका स्वास्थ्य सामग्री अन्ततः साढे तीन वर्षपछि पोखरा ल्याएको छ। करिब ३ करोड ५० लाख रुपैयाँ बराबरका ती सामग्री २०७९ सालमै नेपाल आइपुगेका थिए। तर कानुनी जटिलता, भन्सार छुटको सीमा र प्रशासनिक प्रक्रियाका कारण रसुवा–केरुङ नाकामै रोकिए। लामो पहलपछि मात्रै ती सामग्री पोखरा भित्रिएका हुन्। लिञ्जीले पोखरालाई अत्याधुनिक उपकरण जडित एम्बुलेन्स, भेन्टिलेटर, अक्सिजन सिलिन्डर तथा अक्सिजन इन्सिनेटरलगायत सामग्री उपहार दिएको थियो। पोखराका मेयर धनराज आचार्य नेतृत्वको टोली २०७९ सालमा चीन भ्रमणमा गएका बेला… पुरा पढौ

जङ्गली भ्याकुर खाँदा पश्चिम बागलुङमा एकको मृत्यु, आठ जना बिरामी

निगुरो टिप्न जङ्गल गएकाहरुले ल्याएको भ्याकुर खाँदा पश्चिम बागलुङको बडिगाडमा एक जनाको मृत्यु भएको छ । जङ्गली भ्याकुर खाँदा अन्य आठ जना बिरामी परेका छन् । घर नजिकैको जङ्गलबाट ल्याएको भ्याकुर खाँदा बडिगाड गाउँपालिका–५ दाग घर भई खार बजार बस्ने ७२ वर्षीय फिरमकुमारी घिमिरेको ज्यान गएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक तिलक मानन्धरले जानकारी दिए । प्रहरी निरीक्षक मानन्धरका अनुसार, दीर्घरोगी घिमिरेको घरमै ज्यान गएको हो भने अन्य आठ जना भ्याकुर खाएपछि बिरामी परेका छन् । बिरामी हुनेहरुमा… पुरा पढौ

तमु धिं नेपालद्वारा उपचारका लागि ४ लाख रुपैया सहयोग

तमु धिं नेपालको ४२ औं स्थापना दिवस आगमनको अवसरमा आइतवार तमु धिं नेपालले बिरामीहरुलाई उपचारकालागि ४ लाख रुपैया सहयोग हस्तान्तरण गरिएको छ । तमु धिं साँस्कृतिक भवन निर्माण गरिदिनुहुने तमु धिं नेपालका परम आदरणीय मेजर जयबहादुर / मेजरनी रुपकुमारी गुरुङको परिवार द्वारा स्थापित र तमु धिं नेपालद्वारा संचालित एक करोड रुपैयाको मेजर जयबहादुर - उदय चन्द्र - मेजरनी रुपकुमारी गुरुङ स्वास्थ्योपचार कोषको व्याज बाट बिरामीहरुलाई उपचार सहयोग हस्तातरण गरिएको हो । सहयोग रकम तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, वरिष्ठ… पुरा पढौ

युआरएल ग्रुपको अध्यक्षमा ठाकुर चयन

पोखरा, २ वैशाखतेह्र वर्षअघि पोखराको न्युरोडमा स्थापना भएको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल) युआरएल ग्रुपमा रुपान्तरण भएको छ । युआरएलको शुक्रबार भएको विशेष साधारणसभा तथा अधिवेशनले यसका २१ शाखालाई युआरएल ग्रुपमा रुपान्तरण गर्दै नयाँ नेतृत्वसमेत चुनेको हो ।अधिवेशनले ठाकुरप्रसाद पन्थको अध्यक्षतामा सात सदस्यीय नयाँ सञ्चालक समिति निर्वाचित गरेको छ । ग्रुपको सचिव एवम् प्रबन्ध निर्देशकमा गणेशप्रसाद कोइराला र बोर्ड डाइरेक्टरहरुमा बालकृष्ण शर्मा, गीता कार्की पन्थ, डा कृष्णराज अधिकारी, डा वसन्त पगेनी र पुष्पराज कोइराला छन् ।साधारणसभाले संस्था सञ्चालनको नयाँ कार्यविधि पारित… पुरा पढौ