स्वास्थ्य

गाउँमा पुगेर विशेषज्ञ स्वास्थ्य सेवा दिँदै जैमिनी नगरपालिका

ढोरपाटन । जैमिनी नगरपालिकाले गाउँ–गाउँमा पुगेर नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा दिन थालेको छ । नगरपालिकाले समयसमयमा शिविर सञ्चालन गरेर नागरिकलाई सहज रुपमा विशेषज्ञ स्वास्थ्य सेवा दिन थालेको हो । दूरदराजका ज्येष्ठ नागरिक, महिला तथा आर्थिक अवस्था कमजोर भएकाहरु उपचारका लागि अस्पताल वा स्वास्थ्य चौकी नजाने भएकाले पालिकाले गाउँमै पुगेर बिरामीको खोजी गरी उपचार गरिरहेको नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताए । आर्थिक अभावका कारण सबै नागरिकले विशेषज्ञ स्वास्थ्य सेवा लिन नसक्ने अवस्था रहेकाले महिनामहिनामा गाउँ पुगेर निःशुल्क शिविर सञ्चालन गरिरहेको उनको… पुरा पढौ

अझै तयार भएन अस्पताल भवन

बलेवा । जिल्लाबाट अञ्चल अस्पतालमा बढोत्तरी भएपछि धौलागिरि अस्पताल बागलुङमा केही संरचनात्मक सुधार भएका छन् । क्रमशः यो अस्पताल प्रदेश तहको बनिसकेको भए पनि अञ्चल अस्पतालका लागि सुरु भएका संरचना अझै पूरा भइसकेको छैन । तत्कालीन जिल्ला अस्पताललाई २०६६ सालमा धौलागिरि अञ्चल अस्पताल बनाइएको थियो । त्यसपछि भवन डिभिजन कार्यालयले यहाँ तीन भवन बनाउने ठेक्का लगाएको थियो । पहिलो भवन बनेपछि २०६८ साल वैशाखमा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले ‘ए ब्लक’ उद्घाटन गरे । सँगैको ‘बी ब्लक’को भवन बन्न नौ वर्ष… पुरा पढौ

गण्डकी प्रदेश सरकारले प्राणघातक रोगबाट पीडित बिरामी छनोट गरी आर्थिक सहायता उपलब्ध गराउने

ढोरपाटन । गण्डकी प्रदेश सरकारले प्राणघातक रोगबाट पीडित बिरामी छनोट गरी आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । बागलुङको प्रसिद्ध पञ्चकोटमा बसेको गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले क्यान्सर र ब्रेनट्युमर भएका ७० जना रोगीको छनोट गरी आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै गण्डकी प्रदेश सरकारकी प्रवक्ता सरस्वती अर्यालले प्रदेश निजामती सेवा पुरस्कार सिफारिस समितिलाई पूर्णता दिन सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव प्रकाश पौडेल र पूर्वसहसचिव विदेन्द्रबहादुर हमाललाई नियुक्ति गर्ने निर्णय गरेको सुनाए। उनले… पुरा पढौ

हाइकिङमार्फत नुवाकोटको इतिहासलाई पर्यटनसँग जोड्दै हाइकर्स क्लब

गण्डकी । स्वास्थ्य र पर्यटनका लागि हाइकिङ भन्ने नाराका साथ हाइकिङका माध्यमबाट पोखरा आसपासका पर्यटकीय गन्तव्यको प्रवद्र्धन गर्दै आएको हाइकर्स क्लब नेपालले आफ्नो ४३ औँ शृङ्खलाका लागि स्याङ्जाको धार्मिक एवं ऐतिहासिकस्थल नुवाकोटलाई रोजेको छ । पोखरा र आसपासका विशेषगरी ग्रामीण क्षेत्रका पर्यटकीयस्थललाई हाइकिङका माध्यमबाट प्रवद्र्धन गर्दै आइएकोमा यस पटक स्याङ्जाको नुवाकोट कालाभैरव मन्दिरलाई लक्षित गरिएको हो । क्लबका अध्यक्ष कृष्ण रानाभाटका अनुसार यस संस्करणमा पोखराको छोरेपाटन हुँदै दोपहरे पुगी त्यहाँबाट हाइकिङ गर्दै कृष्ति मट्टिखान, दुवाकोटबाट नुवाकोट कालाभैरव मन्दिरसम्म पुगिएको हो… पुरा पढौ

तनहुँमा‘अफ्रिकन स्वाइन फिभर’बाट तीस बङ्गुर मरे

तनहुँ । ‘अफ्रिकन स्वाइन फिभर’को सङ्क्रमणबाट तनहुँ जिल्लामा एक महिना नबित्दै ३० वटा बङ्गुर मरेका छन् । यसै महिनाको १ गतेदेखि हालसम्म उक्त परिमाणका बङ्गुर मरेकामा व्यास नगरपालिकामा सबैभन्दा बढी छन् । उक्त नगरपालिकामा उन्नाइस, म्याग्देमा आठ, भीमादमा दुई र ऋषिङ गाउँपालिकामा एक वटा बङ्गुर मरेका हुन् । उक्त सङ्क्रमणका कारण बङगुर मर्न थालेपछि यहाँका व्यावसायिक किसान चिन्तित भएका छन् । जिल्लाका दस पालिकामध्ये चार पालिकमा ‘अफ्रिकन स्वाइन फिभर’को सङ्क्रमण फैलिएको भेटेरिनरी तथा पशुविज्ञ केन्द्रका पशु प्राविधिक रुद्रसिं ठकुरीले जानकारी… पुरा पढौ

बाबियाचौरमा स्वास्थ्य चौकी भवन निर्माण

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौरको रणवाङमा स्वास्थ्य चौकीको भवन निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको विशेष अनुदानमा गाउँपालिकाले भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गतामैत्री भवन निर्माण गरेको हो । दुईतले नौकोठे भवन निर्माण भएको मङ्गला गाउँपालिका–२ का वडाध्यक्ष धनबहादुर खातीले जानकारी दिए । “बाबियाचौर स्वास्थ्य चौकी स्थापनाकालदेखि नै सहश्रधारामा रहेको सामुदायिक भवनको एउटा साँघुरो कोठाबाट सञ्चालन हँुदै आएको थियो”, उनले भने, “निर्माण व्यवसायीले हस्तान्तरण गरिसकेको भवनमा विद्युत् जडान गरेर केही दिनमै प्रयोगमा ल्याउने तयारीमा छौँ ।” भवनमा बिरामी उपचार, प्रशासन,… पुरा पढौ

गण्डकी गाउँपालिकामा गर्भवती तथा दीर्घरोगीको निःशुल्क स्वास्थ्य बीमा

गोरखा । गोरखाको गण्डकी गाउँपालिकाले पालिकाभित्रका गर्भवती तथा दीर्घरोगीका लागि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरुआत गरेको छ । चालु आर्थिक वर्ष २०८०÷०८१ मा विनियोजित बजेटमार्फत पालिकाभित्रका सबै गर्भवती तथा दीर्घरोगीका लागि स्वास्थ्य बीमा गर्न सुरु गरेको गाउँपालिकाका अध्यक्ष दीपक तिमल्सिनाले जानकारी दिए । “पालिकाले दीर्घरोगी र गर्भवतीका लागि वार्षिक रु एक लाखसम्मको स्वास्थ्य बीमाको थालनी गरेको छ”, उनले भने, “स्वास्थ्य बीमा कार्यक्रमले लक्षित परिवारमा अबदेखि सहज स्वास्थ्य सेवाको पहुँच पुग्नेछ ।” गाउँपालिकाले वडा नं ६ बाट विश्व ‘क्यान्सर’ दिवसका अवसर… पुरा पढौ

सरकारले दादुरा–रुबेलाविरुद्धको खोप ल्यायो

काठमाडौँ । सरकारले दादुरा–रुबेलाविरुद्धको खोप ल्याएको छ । स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले दादुरा–रुबेला विरुद्धको ६० लाख ५० हजार मात्रा खोप ल्याइएको जानकारी दिए । उनले दुई लाख ८० हजार मात्रा खोप आउन बाँकी रहेको बताए । अभियान सञ्चालन गरी करिब ५७ लाख बालबालिकालाई यो खोप लगाइने कार्यक्रम रहेको छ । उनका अनुसार भारतीय सेरम इस्सिच्युटले उत्पादन गरेको उक्त खोप गाभीको अनुदानमा उपलब्ध भएको हो । सरकारले देशभरि नै सम्भावित सङ्क्रमणको जोखिमलाई मध्यनजर… पुरा पढौ

म्याग्दी स्थित दग्नाम स्वास्थ्यचौकीको भवन निर्माण

बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा स्वास्थ्यचौकीको भवन निर्माण भएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना, बागलुङद्वारा रु एक करोड ५९ लाख ७८ हजार लागतमा दुई तले नौ कोठा भएको भवन निर्माण भएको हो । भवनमा दुई आवासीय कोठासहित नौ कोठा, सार्वजनिक शौचालयलगायतका संरचना निर्माण गरिएको निर्माण व्यवसायी भूपेन्द्र खड्काले जानकारी दिए । उनका अनुसार, भवनको घेराबारसहित सोलारसमेत जडान गरिएको छ । उक्त भवनलाई भूकम्पप्रतिरोधी र अपाङ्गमैत्री बनाइएको छ । बागलुङको बन्धन भगवती देभ एण्ड सायर तिलक जेबीले… पुरा पढौ

चेपाङ बस्तीमा स्वास्थ्य शिविर, एक सय १२ लाभान्वित

दमौली । व्यास नगरपालिका–११ राम्चेस्थित चेपाङ बस्तीमा रोटर्‍याक्ट क्लब अफ दमौलीले स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका चेपाङ जातिलाई लक्षित गरी क्लबले शनिबार निःशुल्क स्वास्थ्य शिविर गरेको हो । शिविरमा समाधान हस्पिटल प्रालि, दमौली आँखा अस्पताल, ‘ए’ वान डेन्टल क्लिनिक, व्यास डाइग्नोष्टिक प्रालि र रोटर्‍याक्ट त्रिभुवन विश्वविद्यालयको प्राविधिक सहयोग थियो । स्वास्थ्यको सहज पहुँचबाट टाढा रहेका दुर्गम बस्तीमा हरेक वर्ष स्वास्थ्य शिविर आयोजना गर्ने योजना अनुसार रोटर्‍याक्टले दुर्गम चेपाङ बस्तीमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको… पुरा पढौ