स्वास्थ्य

धौलागिरि अस्पताल स्तरोन्नतिमा भवन बाधक

बागलुङ । धौलागिरि अस्पताल गण्डकी प्रदेश मातहतको ठूलो अस्पताल हो । ५० शय्या क्षमतामा सूचीकृत अस्पतालले हाल एक सय २५ शय्याबाट सुविधा दिइराखेको छ । आवश्यक भौतिक संरचनाको अभावमा अस्पताललाई स्तरोन्नति गरी दुई सय शय्याका बनाउन समस्या भइरहेको छ । अस्पतालको विस्तृत अध्ययन प्रतिवेदन ९डिपिआर० अनुसार पाँच ब्लकमा भवन आवश्यक भए पनि अहिले ए र बी बाट सेवा दिइराखेको छ । विसं २०७० बाट निर्माण सुरु भएको अस्पतालमा ‘सी’ ब्लक भवन निर्माण भएर हस्तान्तरण नहुँदा अस्पताल स्तरोन्नतिमा समस्या भइरहेको छ… पुरा पढौ

प्रभावकारी भएन दिवा खाजाः जङ्क फुड खान्छ् बालबालिका

ढोरपाटन । सरकारले सामुदायिक विद्यालयमा बालबालिकालाई आकर्षित गर्न र कुपोषणबाट जोगाउन दिवा खाजाको व्यवस्था गरेको छ । दिवा खाजाले बागलुङका सामुदायिक विद्यालयमा विद्यार्थी नियमित उपस्थित हुने गरे पनि खाजाको गुणस्तरमाथि बेलाबेला प्रश्न उठिराखेको छ । सरकारले कक्षा छ सम्मका विद्यार्थीलाई दैनिक रु १५ उपलब्ध गराउँदै आएको छ । विद्यालयमा ताजा र पौष्टिक आहारयुक्त खाजा खुवाउने निर्देशिका भए पनि यहाँका अधिकांश विद्यार्थीले घरबाटै खाजा बोकेर आउने गरेको पाइन्छ । विद्यार्थीले घरबाटै लिएर आउने खाजा गुणस्तरहीन हुने गरेको छ । उनीहरुले घरबाट… पुरा पढौ

आजदेखि राष्ट्रिय भिटामिन ‘ए’ अभियान

सरकारले आजदेखि बालबालिकाका लागि राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन गर्दैैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज र भोलि दुई दिन देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउनका लागि राष्ट्रिय भिटामिन ‘ए’ अभियान सञ्चालन गर्न लागेको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले जानकारी दिए । बालबालिकालाई नजिकैका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन अभिभावकलाई उनले आग्रह गरे । भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिकालाई तथा जुकाको औषधि एक वर्षदेखि… पुरा पढौ

राष्ट्रपति पौडेललाई उपचारका लागि भारत लगियो

राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि आज भारतको राजधानी नयाँ दिल्ली लगिएको छ । राष्ट्रपति पौडेललाई श्रीएयरको एयर एम्बुलेन्समार्फत केही बेरअघि नयाँ दिल्ली लागिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई उपचारका लागि मङ्गलबार साँझ त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना गरिएको थियो । राष्ट्रपति पौडेललाई थप उपचारका लागि नयाँ दिल्लीस्थित अल इन्डिया इस्टिच्यूट अफ मेडिकल साइन्सेस (एम्स) लागिएको हो । यसअघि पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेलको गत चैत १८ गते त्रिवि शिक्षण अस्पतालमा उपचार गरिएको थियो ।… पुरा पढौ

निःशुल्क स्वास्थ्य शिविर ढोरपाटनका चार सयभन्दा बढी स्थानीय लाभान्वित

ढोरपाटन । ढोरपाटनमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट यहाँका चार सयभन्दा बढी स्थानीय लाभान्वित भएका छन् । ढोरपाटन नगरपालिका वडा नं ९ का नागरिकलाई लक्षित गरी वडाको आयोजना र दुर्गम स्वास्थ्य सेवा केन्द्र पोखराको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको थियो । ढोरपाटन–९ का अध्यक्ष खिमबहादुर घर्ती मगरले नागरिकको सहज स्वास्थ्य सेवाका लागि स्वास्थ्य शिविर सञ्चालन गरेको बताए । एक दिने स्वास्थ्य शिविरमा दीर्घरोगीदेखि विभिन्न किसिमका रोगको उपचार गरिएको थियो । उनले पहिलो पटक सञ्चालन गरिएको स्वास्थ्य शिविरमा सबै प्रकारको रोगीलाई… पुरा पढौ

‘लागुऔषध प्रयोगकर्ताको उपचार र पुर्नस्थापनामा स्थानिय तह र प्रदेशको भूमिका खोज्नुपर्छ’

पोखरा, चैत ४ लागुऔषध प्रयोगकर्ताको स्वास्थ्य र मानव अधिकार तथा उपचार र पुर्नस्थापनाको क्षेत्रमा काम गर्ने रिकभरिङ नेपालले लागुपदार्थ सम्बन्धी समस्या स्थानिय तह र प्रदेशलेपनि हेर्ने व्यवस्था गर्न माग गरेको छ । रिकभरिङ नेपाल गण्डकी प्रदेशले सोमबार पोखरामा पत्रकार सम्मेलन गरेर लागुऔषध सम्बन्धी समस्या प्रदेश र स्थानिय तहलेपनि हेर्नुपर्ने व्यवस्था गर्न माग गरेको हो । हाल लागुऔषध सम्बन्धी समस्या केन्द्रले मात्र हेर्दै आएको छ । जसका कारण सेवा झञ्झटिलो र प्रभावकारी नभएको उसको आरोप छ । सोहि कारण प्रदेश र… पुरा पढौ

बागलुङ नगर अस्पतालको भवन निर्माण अलपत्र

बागललुङ । बागलुङ नगरपालिकाको १५ शय्याको अस्पताल पहिलो तला ढलानको तयारी गरिएकै छ महिना बित्यो । छ महिनादेखि अलपत्र अवस्थामा रहेको अस्पताल भवनको छडमा खिया लाग्न थालेको छ । ढलानका लागि खरिद गरिएका कच्चा सामग्री पतकरले छोपिएका छन् । अलपत्र अवस्थामा रहेको अस्पताल भवनको ठेक्का मिति सकिने बेलासम्म कामले गति नलिँदा त्यहाँका स्थानीयले निर्माण व्यवसायीको आलोचना गरेका छन् । निर्माण सम्झौताको २१ महिनामा पहिलो तलासमेत ढलान हुन नसकेको बताइएको छ । “नगर अस्पतालले पुरानो भवनबाट सेवा दिन सुरु गरेकै दुई… पुरा पढौ

स्वास्थ्य चौकीमा एकजनामात्रै कर्मचारी,सेवा प्रवाहमा समस्या

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–२ भीमापोखरामा रहेको स्वास्थ्य चौकीमा जनशक्ति अभाव हुँदा सेवा प्रवाहमा समस्या हुँदै गएको छ । जिल्ला सदरमुकाम बागलुङ बजार नजिकै रहेको यस स्वास्थ्य चौकीमा एक स्वास्थ्यकर्मी मात्रैले सेवा दिँदै आएका छन् । स्वास्थ्य चौकी प्रमुखसमेत रहनुभएका आशिष सापकोटाले माघदेखि एक्लै सेवा दिँदै आउनुभएको छ । गत चैत ४ गते अनमी यशोदा सापकोटा स्वास्थ्य चौकीमा आए पनि उहाँले ३० गते जागिर छाडे । तीन सातासम्म दुई स्वास्थ्यकर्मीले सेवा प्रवाह गर्दा केही सहज भए पनि अहिले समस्या परेको… पुरा पढौ

कोरोना सङ्क्रमण बढ्न थालेपछि सीमानाकामा उच्च सतर्कता

बर्दघाट । कोरोना सङ्क्रमण बढ्न थालेपछि नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लामा नियन्त्रणका लागि पूर्वतयारीस्वरूप अभियान सञ्चालन गरिने भएको छ । अभियानअन्तर्गत सीमा क्षेत्रमा उच्च सतर्कता र निगरानीका साथ ‘एन्टिजेन’ परीक्षण गरिने छ भने सबै स्थानीय तहहरूमा पनि ‘एन्टिजेन’ परीक्षण गरिने छ । भारतलगायत विभिन्न देशमा कोभिडको नयाँ भेरिएन्ट सङ्क्रमण तीव्ररुपमा फैलिन थालेपछि विशेष गरी सीमा क्षेत्रमा उच्च सतर्कतासहित ‘एन्टिजेन’ परीक्षणको व्यवस्था गर्न लागिएको जिल्ला कोभिड नियन्त्रण व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिए। जिल्ला कोभिड नियन्त्रण व्यवस्थापन… पुरा पढौ

जनशक्ति अभावमा भेन्टिलेटर प्रयोगबिहीन

आवश्यक दक्ष जनशक्ति अभावमा पर्वत अस्पतालमा रहेका भेन्टिलेटर प्रयोगविहीन बनेका छन् । अस्पतालमा सातवटा भेन्टिलेटर रहेका छन् । भेन्टिलेटरको आवश्यकता परे बिरामीले प्रयोग गर्न पाउने अवस्था छैन् । कोभिड–१९ का सङ्क्रमण बेला भित्र्याइएका ती भेन्टिलेटर अहिलेसम्म प्रयोगमा आउन सकेका छैनन् । गण्डकी प्रदेश सरकारले दिएको रु एक करोड ६९ लाखको लगानीमा आइसीयू र भेन्टिलेटर तयार पारिएको थियो । यसबाहेक लायन्स क्लबदेखि अन्तर्राष्ट्रिय सहयोगबाट समेत भेन्टिलेटर उपलब्ध भएका थिए । तीन वर्षअघि अस्पतालको पुरानो भवनमा आइसीयू निर्माण गरिएको थियो । तीन… पुरा पढौ