स्वास्थ्य

नेपालमा अझैपनि चार प्रतिशत बालबालिका खोपबाट वञ्चित

काठमाडौ ।नेपालमा चार प्रतिशत बालबालिका खोपबाट वन्चित रहेका छन् । उनीहरुले कुनै पनि खोप लगाउन पाएका छैनन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको परिवार कल्याण महाशाखाको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमका अनुसार विशेष गरी इटाभट्टा, कलकारखानामा काम गर्ने, बालबालिका बिरामी भएर, कोरोना भाइरसको समयमा लकडाउन र सूचना अभावले ती बालबालिका खोप लगाउनबाट वञ्चित हुनुपरेको हो । “नेपालमा अहिले पनि ८० प्रतिशत बालबालिकाले खोपको पूर्ण मात्रा तथा १६ प्रतिशत बालबालिका कुनै न कुनै खोपबाट वन्चित छन्”, उनले भने ।… पुरा पढौ

चिकित्सक अभावमा असर परेको धौलागिरि अस्पतालका सेवा पुनःसञ्चालन

बागलुङ । चिकित्सक अभावमा असर परेको धौलागिरि अस्पतालको प्रसूति विभाग दुई हप्तादेखि सक्रिय हुँदै आएको छ । स्त्रीरोगका विशेषज्ञ चिकित्सकको अभावमा अस्पतालको प्रसूति सेवामा असर परेकामा एकैपटक दुई प्रसूति रोग विशेषज्ञ चिकित्सक आएपछि सेवा सञ्चालन सहज भयो । चिकित्सक अभावमा सामान्य प्रसूति सेवाबाहेक अन्य सेवा हुन सकेको थिएन । अहिले अस्पतालमा जटिल प्रकारको शल्यक्रियामार्फत सुत्केरी गराउन थालिएको छ । त्यसैगरी तीन महिनापछि बालरोग विशेषज्ञ आएपछि उपचार गराउन सहज भएको छ । यसैगरी नाँक, कान र घाँटी रोग विभागबाहेकका सबै विभाग… पुरा पढौ

कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु, ७८ जनामा संक्रमण पुष्टि

देशभर पछिल्लो २४ घण्टामा थप ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२४ जनाको पीसीआर परीक्षणमा २० र ९२४ जनाको एन्टिजेन परीक्षणमा ५८ जना गरी ७८ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट एक जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या १२ हजार २७ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ५० जना कोरोना संक्रमण मुक्त भएर… पुरा पढौ

बाँकेमा कोभिडका कारण एकको मृत्यु

बाँकको भेरी अस्पताल नेपालगञ्जमा कोभिड भाइरस सङ्क्रमणबाटमा एकजनाको मृत्यु भएको छ । राप्तीसोनारी गाउँपालिका–२ का ८६ वर्षीय वृद्धको उपचारका क्रममा आज मृत्यु भएको भेरी अस्पतालका प्रमुख डा प्रकाश थापाले जाानकारी दिए । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई भेरी अस्पताल लगिएको थियो । उनलाई यही वैशाख १ गते कोभिड सङ्क्रमण पुष्टि भएको थियो । बिरामीलाई गत एक हप्तादेखि उपचारमा राखिएको र उहाँलाई दमको पनि समस्या रहेको बताइएको छ । रासस पुरा पढौ

बेलचौतारामा युआरएलको शाखा

वैशाख ८ पोखरा । युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)ले तनहुँको बेलचौतारामा शाखा खोलेको छ । नयाँ वर्ष २०८० को अवसरमा युआरएल शुक्लागण्डकी डाइग्नोस्टिक प्रालिको रुपमा युआरएले सेवा विस्तार गरेको हो । पोखराको न्युरोड, गिरी कम्प्लेक्समा प्रधान कार्यालय रहेका युआरएलको यो १४ औं शाखा हो । नयाँ शाखा सुरुआतको अवसरमा यहाँ वैशाख महिनाभर मधुमेहसम्बन्धी रगत जाँच सित्तैमा हुने युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले जानकारी दिए । वैशाख महिनाभर होलबडी, थाइराइड लगायत अन्य सबै प्रकारका रगत जाँचमा ३० प्रतिशत छुट दिइएको छ । शुक्ला… पुरा पढौ

मणिपालमा नर्सहरुलाई २ दिने आधारभूत तालिम शुरु

पोखरा । पोखरा महानगरपालिका–११ फूलवारीमा रहेको मणिपाल शिक्षण अस्पतालले नर्सहरुलाई आधारभूत तालिम प्रदान गरेको छ । नर्सहरुको कार्य क्षमता अभिवृद्धिका गर्न तालिमको आयोजना गरिएको अस्पतालले बताएको छ ।तालिमको शुभारम्भ कार्यक्रममा नेपाल क्रिटिकल केयर डेभलपमेन्ट फाउण्डेशनका अध्यक्ष प्रोफेसर डाक्टर सुवास प्रसाद आचार्य, नेपालिज सोसाइटी अफ क्रिटिकल केयर मेडिसिनका महासचिव डा। सबिन कोइरला, मणिपाल अस्पतालका निर्देशक डा। अभिषेक मास्के लगाएतले तालिमले नर्सहरुमा कार्य क्षमता अभिवृद्धि हुने बताए ।तालिममा डाक्टरहरु रोशनी राना, स्वयता मर्हजन, प्रभा गौतम, निसा भण्डारी,अस्मिता खनि, कविता सिट्टैला लगाएतले प्रशिक्षण… पुरा पढौ

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थामा सुधार

नयाँ दिल्ली । भारतको नयाँदिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको छ । उनको उपचारमा संलग्न सम्बन्धित चिकित्सकले आज सो जानकारी दिएको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ । उनको स्वास्थ्योपचार बुधबारदेखि तेस्रो दिन पनि नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा जारी छ । नेपालमा उपचार गराउँदा उल्लेख्य सुधार नभएको भन्दै परिवारका सदस्य र डाक्टरले थप उपचारका लागि भारत लैजान सुझाव दिएसँगै पौडेललाई बुधबार भारत लगिएको हो । राष्ट्रपति पौडेलको छातीमा सङ्क्रमण देखिएको थियो । राष्ट्रपति पौडेलसँग निजी… पुरा पढौ

मनोसामाजिक, मानसिक स्वास्थ्य एवं आत्महत्या रोकथाम सम्बन्धी अभिमूखीकरण कार्यक्रम सम्पन्न

वैशाख ८ पोखरा । ‘आशा जगाऔं, जीवन बचाऔं’ भन्ने नाराका साथ पोखरा महानगरपालिका वडा नं. ७ का जनप्रतिनिधि तथा समुदायका अगुवा व्यक्तिहरुका लागि मनोसामाजिक, मानसिक स्वास्थ्य एवं आत्महत्या रोकथाम सम्बन्धी अभिमूखीकरण कार्यक्रम आज सम्पन्न भएको छ । विभिन्न क्षेत्रका गरी ४० जनाको सहभागिता रहेको उक्त अभिमूखीकरण कार्यक्रमको आयोजना राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन संगठन (कोशिश)ले गरेको थियो भने समन्वय वडाले गरेको थियो । कार्यक्रममा कोशिशका परियोजना संयोजक सुदिप घिमिरे र अभियान तथा पैरवी अधिकृत सम्झना पौडेलले सहजीकरण गरेका थिए । दिनप्रतिदिन… पुरा पढौ

कोरोना सङ्क्रमणबाट थप १ जनाको ज्यान गयो

देशभर पछिल्लो २४ घण्टामा थप एक सय छ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । एक हजार आठ सय ८३ जनाको नमुना परीक्षण गर्दा एक सय छ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट एक जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या १२ हजार २६ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यही अवधिमा ४६ जना सङ्क्रमित निको भएका छन् । अहिले कोरोना… पुरा पढौ

बागलुङको दुर्गम गाउँमा बिरामीको उपचार गर्दै डा. केसी

डा. गोविन्द केसी बागलुङको निसीखोला गाउँपालिकामा बिरामीको उपचारमा खटिएका छन् । मङ्गलबार निसीखोला आउनुभएका डा केसीले वडा नं ३ स्थित बोहरागाउँ स्वास्थ्यचौकीमा पुगेर बिरामीको उपचारमा खटिएका हुन् । डा केसीले स्वास्थ्यचौकीमा बिरामीको उपचार गरिरहेको बोहरागाउँ स्वास्थ्यचौकीका प्रमुख कसिन्द शाहीले जानकारी दिए । केसी कुनै खबरबिना नै स्वास्थ्यचौकी पुगेका हुन् । शाही भन्छन्, “उनी आउने कुनै जानकारी थिएन, स्वास्थ्यचौकीमा हामी बिरामी हेर्दै थियौँ, टुप्लुक्क आउनुभयो, हामी अचम्ममा प¥यौँ ।” डा केसीले तीन दिनसम्म यहाँ बिरामीको उपचार गर्ने जानकारी दिएको उनले बताए… पुरा पढौ