स्याङ्जा । स्याङ्जाको विकट मानिने गल्याङ–९ बेलचौरमा आधारभूत स्वास्थ्यसेवा केन्द्र सञ्चालनमा आएको छ । गाउँमा स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा आएपछि बेलचौर तथा आसपासका बासिन्दाले सामान्य स्वास्थ्य समस्याको उपचारका लागि टाढा जानुपर्ने बाध्यताको अन्त्य भएको छ । यहाँका बासिन्दामा स्वास्थ्यसम्बन्धी सामान्य समस्या देखिँदासमेत गल्याङ बजार तथा पाल्पाको हुँगी जानुपर्ने बाध्यतामा रहेको स्थानीय नरेन्द्रप्रसाद अर्यालले बताए। “वडा नं ९ को साङ्लियामा रहेको स्वास्थ्य चौकीमा जान हामीलाई अपायक थियो”, उनले भने, “आफ्नै गाउँमा स्वास्थ्य सेवा केन्द्र स्थापना भई सञ्चालनमा आएसँगै निक्कै सहज भएको…
पुरा पढौ