प्रवास

अस्ट्रेलियामा बाढीका कारण ११ को मृत्यु

अष्ट्रेलियाका पूर्वी राज्यहरुमा बाढीपहिरोबाट मृत्यु हुनेको सङ्ख्या बुधबार ११ पुगेको छ । न्यु साउथ वेल्सको प्रहरीले बुधबार उक्त राज्यमा बाढीका कारण तेस्रो व्यक्तिको मृत्यु भएको पुष्टि गरेको छ । बाढीका कारण राज्यकै सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये एक दक्षिण लिसमोरमा एक महिलाको शव भेटिएसँगै अष्ट्रेलियामा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ११ पुगेको हो । बाढीका कारण मृत्यु हुनेमध्ये आठ आठ व्यक्ति क्वीन्सल्यान्ड राज्यका रहेका प्रहरीले पुष्टि गरेको छ । यसबीच, शहरको मुख्य पानीको स्रोत, दक्षिणपश्चिम सिड्नीको वारागाम्बा बाँधलाई बाढीले बगाइदिएको छ… पुरा पढौ

भारतमा सात हजार पाँच सय भन्दा बढी कोरोना सङ्क्रमित

भारतमा पछिल्लो २४ घण्टामा सात हजार ५५४ नयाँ सङ्क्रमित भएका छन् । यसैसँगै भारतमा कोरोना सङ्क्रमितको कूल संख्या चार करोड २९ लाख ३८ हजार ५९९ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार जानकारी दिएको छ । सोही अवधिमा कोरोना सङ्क्रमणको २२३ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको अधिकारीले जनाएका छन् । कोरोना शुरुभएबाट हालसम्म भारतमा कोरोनाबाट पाँच लाख १४ हजार २४६ जनाको मृत्यु भएको जनाइएको छ । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या ८५ हजार ६८० रहेको सङ्घीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।… पुरा पढौ

रुसका सिनेमा हलमा विदेशी चलचित्र नदेखाइने

रुसले युक्रेनमा आक्रमण गरेपछि वार्न ब्रोस, डिस्नी र सोनीले रुसी सिनेमाघरहरूमा चलचित्र रिलिज गर्न बन्द गरेका छन्। यस घोषणाको कारण अब पूर्व निर्धारित मितिमा प्रमुख चलचित्रहरू जस्तै ‘दि ब्याटम्यान’, ‘टर्निङ रेड’ र मोवियस’ रुसमा प्रदर्शन नहुने भएका छन्। विश्वभरिका सरकारहरूले मस्कोविरुद्ध विभिन्न प्रतिबन्ध लगाइरहेका बेला चलचित्र सम्बन्धमा पनि रुसमाथि यो कारबाही गरिएको हो। पछिल्ला दिनहरूमा विश्वका कार निर्माता र उर्जा उद्योग लगायत थुप्रै करर्पोरेसनले रुससँगको व्यापार सम्बन्ध विच्छेद गरेका छन्। वार्नर ब्रोसको ‘दि ब्याटम्यान’ रुसमा शुक्रबार रिलिज हुने कार्यक्रम थियो।… पुरा पढौ

किभमा आक्रमण गर्ने रुसको चेतावनी, खार्किभमा १० सर्वसाधारण मारिए

रुसी रक्षा मन्त्रालयले युक्रेनको राजधानी किभका वासिन्दालाई त्यहाँका विभिन स्थानमा लक्षित आक्रमणको तयारी गरिरहेको चेतावनी दिएको छ। मन्त्रालयले किभ प्रविधि केन्द्रहरूमा आक्रमण गर्न लागेको भन्दै वरपरका वासिन्दालाई सुरक्षित गन्तव्यमा जान सल्लाह दिएको छ। रुसी सशस्त्र फौज सवार सवारी साधनको लस्कर निरन्तर किभतर्फ बढिरहेका छन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भिडियोमार्फत युरोपेली संसदमा भाग लिँदै आफूहरूलाई कसैले टुक्रयाउन नसक्ने बताएका छन्। साथै, उनले ईयूका विधायकहरूलाई युक्रेनलाई पनि ईयूमा समावेश गर्न आग्रह गरेका छन्। यसैगरी, युक्रेनको दोस्रो ठूलो सहर खार्किभको मध्यभागमा रहेको फ्रिडम… पुरा पढौ

रुसबाट ‘युद्ध अपराध’ भयोः युक्रेनी राष्ट्रपति जेलेन्स्की

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसद्वारा दर्जनौँ सर्वसाधारणको ज्यान जानेगरी खार्किभ सहरमा भएको बमबारीलाई ‘युद्ध अपराध’ को संज्ञा दिएका छन्। उनले सोमबार युक्रेनकै दोस्रो सबैभन्दा ठूलो सहर खार्किभमा नियतवश नै सर्वसाधारणमाथि लक्षित गरी हमला भएको दाबी गरेका छन्।अन्तर्राष्ट्रिय मानव अधिकारवादी समूहहरूले पनि रुसको आक्रमणको दौरान युद्ध अपराध भएको हुनसक्ने बताएका छन्। अन्तर्राष्ट्रिय अपराधिक अदालत (आइसीसी)ले जेलेन्स्कीको यस आरोपलाई लिएरै आफ्नै अनुसन्धान सुरु गर्ने तयारी गरेको छ। सोमबार राति युक्रेनका प्रधान न्यायधीश करिम खानले युक्रेनमा युद्ध अपराध वा मानवताविरुद्धको अपराध भएको हुनसक्ने… पुरा पढौ

रुस र युक्रेनबीचको पहिलो चरणको वार्ता निष्कर्षविहीन

रुस र युक्रेनबीचको युद्ध चर्किएका बेला सोमबार यी दुई देशकाबीचमा पहिलो चरणको शान्ति वार्ता भएको छ। सो वार्ता युक्रेन र बेलारुसबीचको सीमामा भएको थियो। रुसी र युक्रेनी अधिकारीहरूबीच पहिलो चरणको वार्ता सकिएको तर सो वार्ताले कुनै निष्कर्ष भने ननिकालेको अधिकारीहरुले जनाएका छन्। युक्रेनका अधिकारीहरुले नै यस वार्ताले त्यस्तो कुनै ठूलो नतिजा निकाल्ने अपेक्षा गरिएको बताएका छन्। वार्तामा सहभागी अधिकारीहरु दुवै पक्ष आआफ्नो राजधानी फर्किएका छन् र उनीहरुले आवश्यक परामर्श गरी दोस्रो चरणको वार्ता गर्ने बताएका छन्। रुस पछिल्लो चरणमा वार्ता… पुरा पढौ

रुसी आक्रमणमा एक भारतीय विद्यार्थीको मृत्यु

युक्रेनमा भएको रुसी आक्रमणमा परी एक जना भारतीय विद्यार्थीको ज्यान गएको छ। युक्रेनको खार्किभमा मंगलबार बिहान भएको रुसी बमबारीमा कर्नाटकका २० वर्षीय नवीन शेखरप्पा ग्यानागौदरको ज्यान गएको भारतीय विदेश मन्त्रालयले जनाएको छ। उनी खार्किभ नेसनल मेडिकल युनिभर्सिटीमा चौँथो वर्षमा अध्ययनरत विद्यार्थी थिए। किराना पसलको अगाडि लामबद्ध भएका बेला भएको रुसी आक्रमणमा उनको मृत्यु भएको उनी सँगसँगै होस्टेलमा बस्ने श्रीधरन गोपालकृष्ननले बताएका छन्। नवीनको शवको बारेमा आफूहरूलाई कुनै सूचना नभएको उनको भनाई छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दर्जनौँको मृत्यु भएको खार्किभको… पुरा पढौ

श्रीलंकाद्वारा रुस र युक्रेनका पर्यटकको भिसा अवधि थप

श्रीलंकाले आफ्नो देशमा रहेका रुस र युक्रेनका पर्यटकहरुको भिसाको म्याद थप्ने निर्णय गरेको छ। उनीहरु अहिले आफ्नो देशमा फर्किने अवस्था नरहेकाले उनीहरुको भिसाको अवधि २ महिना थप गरिएको सरकारी अधिकारीहरुले जनाएका छन्। रुसले युक्रेनमाथि आक्रमण गरेपछि अहिले रुस र युक्रेनका बीचमा युद्ध भइरहेको छ। युद्धका कारण युक्रेनमा रहेकाहरु पनि सकेसम्म अन्य देशतर्फ जाने गरेका छन्। सरकारी अधिकारीहरुका अनुसार श्रीलंकामा अहिले रुस र युक्रेनका कुल १५ हजारभन्दा बढी पर्यटक रहेको जनाएका छन्। तीमध्ये ११ हजार ४ सय ६३ जना रुसका पर्यटक… पुरा पढौ

जेलेन्स्कीद्वारा यूरोपेली संसदको विशेष बैठकलाई सम्बोधन

ब्रसेल्स । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मङ्गलबार युरोपेली संसद्को विशेष बैठकलाई भिडिओ लिङ्कमार्फत् सम्बोधन गर्दै युक्रेनलाई कसैले भङ्ग गर्न नसक्ने बताए । उनले यूक्रेनले रूसको आक्रमणको सबै क्षेत्रबाट प्रतिरोध गरिरहेको बताए र भने, “यूक्रेनी राष्ट्रियतालाई कमजोर पार्ने सोच नराख्नु रूसका लागि उचित हुनेछ ।” उनले आफूले युद्ध नचाहेको तर यूक्रेनविरूद्ध हुने आक्रमणसँग डराएर नभाग्ने उनले बताए । यसैबीच मङ्गलबार पनि रूसी आक्रमणका कारण युक्रेनभरि गैरसैनिकहरूको ज्यान गइरहेका विवरण प्राप्त भइरहेका बीबीसीले जनाएको छ । उसले आक्रमण र हताहतीका सबै दाबीहरूलाई… पुरा पढौ

युक्रेनद्धारा रुस विरुद्ध १ लाख सेना परिचालन

रुसले युक्रेनमा आक्रमण जारी राखेपछि त्यसका विरुद्धमा युक्रेनले पनि कम्तीमा पनि १ लाख सेना परिचालन गरेको जनाएको छ । रुसले आइतबार चौथो दिन पनि आक्रमण जारी राखेको बताइएको छ । त्यस्तै आइतबार राति पनि स्थल सेनाले युक्रेनको राजधानी किभमा आक्रमण गरेका थिए । त्यहाँका सेना प्रमुख भेलरी जालुज्नीले सो कुराको जानकारी दिए । उनले फेसबुकमार्फत् भन्नुभएको छ– युक्रेनले १ लाख भन्दा बढी सैनिक परिचालन गरेको छ र तीमध्ये अधिकांश सीमा सुरक्षा क्षेत्रमा कार्यरत सेना रहेका छन् । अहिले पनि रुसको… पुरा पढौ