प्रवास

युद्धग्रस्त मुलुक युक्रेनबाट तीन म्याग्देलीको उद्धार

म्याग्दी । युद्धग्रस्त मुलुक युक्रेनको राजधानी किएभमा फसेका तीन नेपालीको उद्धार गरी पोल्यान्डमा लगिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष सुसन परियारले दिएको जानकारीअनुसार रुस र युक्रेनबीचको युद्धमा चर्किंदै गएपछि युक्रेनको राजधानी किएभमा रहेका युद्ध प्रभावित क्षेत्रबाट म्याग्दीको मालिका गाउँपालिका–६ दिच्यामका अमृत पटेल, मालिका –७ बिमका तिलक सुनार र बेनी –३ भकिम्लीका नारायण पुन रहनुभएको छ । उहाँहरुलाई पोल्यान्डमा रहेका नेपाली सङ्घ संस्थामार्फत उद्धार गरिएको हो । अध्यक्ष परियारका अनुसार दिच्यामका पटेल र बिमका सुनार गन्तव्यमा पुगिसकेको भए पनि… पुरा पढौ

रुसको आक्रमणपछि १० लाख शरणार्थीले युक्रेन छोडे

जेनेभा । युक्रेनमा रुसको सैन्य कारबाही शुरु भएदेखि सात दिनमा करिब १० लाख शरणार्थीले युक्रेन छोडेको संयुक्त राष्ट्र शरणार्थी एजेन्सी (UNHCR) ले बिहीबार जनाएको छ। आफ्नो ट्विटर ह्यान्डलमा (UNHCR) उच्चायुक्त फिलिपो ग्रान्डीले लेखेका छन् “केवल सात दिनमा हामीले युक्रेनबाट छिमेकी देशहरूमा १० लाख शरणार्थीहरू पलायन भएको देख्यौं। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको डोनबास क्षेत्रमा सैन्य कारबाही गर्न आदेश दिएको आठ दिन बितिसकेको छ। उनले युक्रेनका टुक्रिएका क्षेत्रहरू ( डोनेट्स्क र लुहान्स्कको स्वतन्त्रतालाई मान्यता दिएपछि तनाब युद्धमा परिणत भएको छ ।… पुरा पढौ

इङ्लिस क्लबका मालिक रोमनले चेल्सी बेच्दै

प्रिमियर लिग क्लब चेल्सीका मालिक तथा रसियन अर्वपति रोमन अब्रामोविचले क्लब बेच्ने भएका छन्। रोमनले बुधबार एक विज्ञप्ति निकाल्दै आफूले चेल्सी बेच्ने निर्णय गरेको बताएका छन्। लण्डन क्लबका मालिक रोमनले क्लबको हितलाई ध्यानमा राखेर चेल्सी बेच्ने निर्णय गरेको जनाएका छन्। रोमनले २००४ मा चेल्सी किनेका थिए। तर, हालै उनीमाथि बेलायतमा बस्न प्रतिबन्ध लागेको छ। उनी ईन्भेष्टर भिसामा बेलायत बस्दै आएका थिए। उनको भिषा अवधि सकिएको छ। युक्रेनमाथि रुसले आक्रमण थालेपछि बेलायतले रुसी नागरिकलाई भिषा दिन आनाकानी गरिरहेको छ। त्यही कारण… पुरा पढौ

युक्रेनी डिफेन्डर यारोस्लावले रसियन क्लब छाडे

युक्रेनी डिफेन्डर यारोस्लाव राकित्स्कीले रसियन क्लब जेनिट सेन्ट पिटर्सवर्ग छाडेका छन्। रसियन प्रिमियर लिग क्लबले डिफेन्डर यारोस्लावले क्लब छाडेको जनाएको छ। पिटर्सवर्गले आपसी समझदारीमा यारोस्लावले क्लब छाडेको जनाएको छ। रुसले युक्रेनमाथि आक्रमण गरेपछि उनले क्लब छाडेका हुन्। ३२ वर्षीय डिफेन्डर २०१९ को जनवरीमा रसियन क्लब आएका थिए। त्यसअघि, उनी युक्रेनी क्लब शाख्तर डोनेट्स्कमा रहेका थिए। यारोस्लावले पिटर्सवर्गका लागि १ सय ८ खेलमा ७ गोल गरेका छन्। २०१९ मा अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका उनले युक्रेनका लागि ५४ खेल खेलेका थिए। पुरा पढौ

एप्पल, गुगल, नाइकीसहित दर्जनौँ कम्पनीले रुससँगको सम्बन्ध तोडे

रुसमा आफ्ना सम्पूर्ण उत्पादनको बिक्री वितरण बन्द गर्ने विश्वको पछिल्लो महत्वपूर्ण कम्पनीमा ’एप्पल’ रहेको छ। रुसबाट युक्रेनमा भएको आक्रमणको विरोध जनाउँदै चर्चित अन्तर्राष्ट्रिय कम्पनीहरूले धमाधम रुससँगको सम्बन्ध तोड्न थालेका छन्। विशाल प्रविधि कम्पनी एप्पलले भनेको छ, ‘रुसी आक्रमणलाई लिएर हामी निकै चिन्तित छौँ। हिंसा भोग्न बाध्य सबैका पक्षमा यो कम्पनी उभिएको छ।’ यस कम्पनीले रुसमा ’एप्पल पे’ र अन्य सेवाहरू जस्तै ’एप्पल म्याप्स’ मा सीमित पारेको छ। अर्को अन्तर्राष्ट्रिय ब्रान्ड ’नाइकी ’ले युक्रेन द्वन्द्वबारे कुनै पनि टिप्पणी गरेको छैन। तर,… पुरा पढौ

युक्रेनकै ठूलो पारमाणविक भट्टी क्षेत्र रुसी नियन्त्रणमा !

रुसले युक्रेनकै सबैभन्दा ठूलो पारमाणविक भट्टी वरपरको क्षेत्र आफ्नो नियन्त्रणमा रहेको दाबी गरेको छ। रुसले विश्वको पारमाणविक पहरेदार निकायलाई दक्षिणी युक्रेनको निएपर नदी नजिकको जापोरिझझिया सहरस्थितको क्षेत्र आफ्नो नियन्त्रणमा रहेको दाबी गरेको हो। रुसकाअनुसार उक्त भट्टीका कर्मचारीहरू आफ्नो कार्य सामान्य ढंगले संचालन गरिरहेको अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय (आइएइए)ले जनाएको छ। तर, युक्रेनको पारमाणविक संचालकले भने आफ्नो मुलुकका सम्पूर्ण ऊर्जा भट्टीसँग सम्पर्क रहेको र सबै स्थानमा नियमित कार्य जारी रहेको जानकारी दिएको छ। आइएइएकाअनुसार युक्रेनका १५ वटा पारमाणविक ऊर्जा भट्टीमध्ये ६… पुरा पढौ

रुसी आक्रमणबाट २ हजार बढी सर्वसाधारण मारिए: युक्रेन

युक्रेनको सरकारी निकायले एकसाता अघि रुसले आक्रमण सुरु गरेयता अहिलेसम्म आफ्ना २ हजार भन्दा बढी सर्वसाधारणको ज्यान गइसकेको बताएको छ। युक्रेनको आपतकालीन सेवाले १० जना उद्धारकर्मीले पनि ज्यान गुमाएको जनाएको छ। उद्धारकर्मीहरूले रुसी गोला बारुद प्रहारका कारण लागेको ४ सय वटा भन्दा बढी आगलागी निभाएका छन्। उनीहरूले ४ सय १६ वटा विस्फोटक पदार्थलाई निष्क्रिय पारेका छन्। रुसी फौजले सयौँ यातायात क्षेत्र, आवासीय भवन, अस्पताल र किन्डरगार्टेनहरू ध्वस्त पारेको आपतकालीन सेवाले पुष्टि गरेको छ। बीबीसी पुरा पढौ

अमेरिकाले रुसी विमानलाई प्रतिबन्ध लगायो

अमेरिकी राष्ट्रपति जो बाइडेनले संसदलाई सम्बोधन गर्दै सबै रुसी उडानहरूले अब अमेरिकी हवाई क्षेत्र प्रयोग गर्न नपाउने बताएका छन्। आफ्नो सम्बोधनका क्रममा उनले यी रुसी उडानहरूमा सबै प्रकारका व्यावसायिक र निजी उडानहरू समावेश गरिएको बताए। युरोपेली राष्ट्रहरू र क्यानडाले पनि रुसका उडानमा प्रतिबन्ध लगाइसेका छन्। बाइडेनले प्रतिबन्धले रुसलाई अझ एक्लो बनाउने र अर्थतन्त्रमा ठूलो दबाब पर्ने बताए। उनले रुसी मुद्रा रुबल र स्टक बजारले आफ्नो भ्याल्यू ३०÷४० प्रतिशत गुमाइसकेको पनि औंल्याए। राष्ट्रपति बाडेनले अमेरिकीहरूलाई युक्रेनी जनताबाट प्रेरणा लिन पनि आग्रह… पुरा पढौ

युक्रेनबाट १० लाख व्यक्ति विस्थापित

रुसी आक्रमणबाटयुक्रेनबाट झण्डै १ लाख मानिस विस्थापित भएको संयुक्त राष्ट्रसंघीय शरणार्थी निकायले मंगलबार जनाएको छ। विस्थापितमध्ये लाखौँ मानिसहरू युरोपतर्फ शरणार्थीका रूपमा पलायन भएको बताइएको छ। ‘छिमेकी देशहरूमा भाग्नेहरूको संख्यालाई बढी ध्यान दिइएको छ, तर यो सम्झनु महत्वपूर्ण छ कि सबैभन्दा ठूलो संख्या युक्रेनभित्र नै विस्थापित अवस्थामा रहेका छन्,’ युक्रेनका लागि युएनएचसीआर प्रतिनिधि कारोलिना लिन्डहोम बिलिङले स्टकहोममा संवाददाताहरूसँग बताइन्। ‘युक्रेनभित्र विस्थापित मानिसहरूको संख्याबारेमा हामीसँग अझै भरपर्दो तथ्यांक छैन, तर हाम्रो अनुमानमा लगभग १० लाख व्यक्ति आन्तरिक रूपमा विस्थापित छन्। आक्रमण क्षेत्रबाट… पुरा पढौ

रुस र युक्रनेबीच फेरि शान्तिवार्ता हुँदै

रुस र युक्रेनबीच पुनः शान्तिवार्ता हुने भएको छ। स्थानीय समयअनुसार बुधबार साँझ दुई देशका अधिकारीबीच वार्ता हुने रुसी सरकारी समाचार एजेन्सी इतार तासले जनाएको छ। यसअघि दुई पक्षबीच सोमबार बेलारुसको गोमेल क्षेत्रमा वार्ता भएको थियो। तर, युक्रेनको सीमा नजिकको बेलारुसको पहिलो चरणको वार्ता विना निष्कर्ष टुंगिएको थियो। क्रेमलिनका प्रवक्ता दिमित्रि पेस्कोभ रुसी प्रतिनिधिमण्डल नयाँ चरणको वार्ताका लागि तयार रहेको बताएका छन्। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगी भ्लादिमिर मेदिन्स्कीले एकपटक पुन रुसका लागि प्रमुख बार्ताकारको भूमिका निभाउने भएका छन् । राष्ट्रपतीय… पुरा पढौ