प्रवास

दिल्लीस्थित एक अदालतमा गोली चल्दा ‘ग्याङस्टार’ गोगीसहित ४ को मृत्यु

भारतका ‘चर्चित ग्याङस्टार’ जितेन्द्रमान गोगीलाई अदालतमा पेश गर्नुअघि राजधानी नयाँदिल्लीस्थित रोहिणी अदालतमा गोली चलेको भारतीय संचारमाध्यमहरूले बताएका छन्। गोली लागेर गोगीको मृत्यु भएको छ भने प्रतिक्रियामा सुरक्षाकर्मीले चलाएको गोली लागि ३ आक्रमणकारीको पनि मृत्यु भएको रोहिणी अदालतका एक अधिकारीले बताएका छन्। आक्रमणकारी वकिलको भेषमा आई एक्कासी गोगीलाई लक्षित गरेर गोली चलाएका थिए। घटनामा एक महिला वकिलसहित ३ जना घाइते भएका छन्। प्रहरीको स्पेशल सेलले २ वर्षअघि पक्राउ गरेर तिहाड जेलमा राखेका गोगीको मुद्दामा शुक्रबार पेशी परेपछि रोहिणी अदालत ल्याइएको थियो।गोगीले… पुरा पढौ

भारतमा थप ३१ हजार नयाँ सङ्क्रमित

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट थप ३१ हजार ३८२ जना नयाँ सङ्क्रमित फेला परेका छन् । योसँगै भारतमा अहिलेसम्म तीन करोड ३५ लाख ९४ हजार ८०३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार बिहान दिएको जानकारी अनुसार नयाँ सङ्क्रमित मध्ये १९ हजार ६८२ जना केरलाका मात्रै रहेका छन् । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या तीन लाख १६२ पुगेको छ । यो सङ्ख्या १८८ दिनपछिकै सबैभन्दा कम हो । पछिल्लो समय भारतमा महामारी निकै कम हुँदै… पुरा पढौ

अस्ट्रेलियामा ५.८ रेक्टर स्केलको भूकम्प

दक्षिणपूर्वी अस्ट्रेलियामा आज (बुधबार) ५.८ रेक्टर स्केलको भूकम्प गएको छ। सो भूकम्पले मेलबर्न लगायतका शहरमा घरहरु भत्किएका छन्। स्थानीय सयमअनुसार विहान ९ ः१५ बजे (नेपाली समय ५ बजे तिर ) सो भूकम्प गएको बीबीसीले जनाएको छ। छिमेकी दक्षिण अस्ट्रेलिया र न्यू साउथ वेल्समा पनि भूकम्पको धक्का महसुस गरिएको थियो। साथै ४.० र ३.१ रेक्टरका पराकम्प पनि गएको जनाइएको हो। अस्ट्रेलियाका प्रधानमनत्री स्कट मोरिसनले भूकम्पमा कोहीपनि गंभीर घाइते नभएको जानकारी भन्दै त्यो खुशीको खबर भएको बताएका छन्। पुरा पढौ

पञ्जाबको मुख्यमन्त्रीका रूपमा काँग्रेस नेता चन्नीले लिए सपथ ग्रहण

काँग्रेस नेता चरनजीत सिंह चनीले सोमबार पञ्जाबको मुख्यमन्त्रीको रूपमा शपथ ग्रहण गरेका छन् । उनी पञ्जाब राज्यमा मुख्यमन्त्रीको पद सम्हाल्ने पहिलो दलित व्यक्ति हुन्। पञ्जाब राज्यपाल बनवारीलाल पुरोहितले राज भवनमा आयोजित समारोहबीच चन्नीलाई शपथ ग्रहण गराएका हुन्। चन्नीले पञ्जाबी भाषामा सपथ ग्रहण गरेका थिए। काँग्रेस नेता अमरिन्दर सिंहले पदबाट राजीनामा दिएपछि काँग्रेसले आइतबार चन्नीलाई पञ्जाबको मुख्यमन्त्रीको रूपमा चयन गरेका थिए। रासस पुरा पढौ

हुथी नेताको हत्यामा संलग्न भएको आरोपमा ९ जनालाई मृत्युदण्ड

साउदी अरबले दाबी गरेको सन् २०१८ को हवाई आक्रमणमा मारिएका आफ्ना एक जना प्रमुख नेताको हत्यामा संलग्न भएको आरोपमा यमनी हुथी समूहले ९ जनालाई मृत्युदण्ड दिएको बताएको छ। हुथी समूहका तत्कालिन सर्वोच्च राजनैतिक परिषद्का प्रमुख सालेह अल–सामदको तीन बर्ष पहिले भएको मृत्यु सानालाई नियन्त्रण गरेको इरान समर्थित विद्रोहीहरूका लागि ठूलो प्रहारको रूपमा लिइएको थियो । विद्रोही समर्थक साबा न्यूज एजेन्सीले ती ९ जनालाई यमनको राजधानी सानाको एक चोकमा गोली प्रहार गरी मृत्युदण्ड दिइएको जनाएको छ। उनीहरू हुथी समूहको एक अदालतले… पुरा पढौ

नेपालमाथिको प्रवेश प्रतिबन्ध हटाउँदै जापान

जापानले नेपालमाथि लगाएको प्रवेश प्रतिबन्ध हटाउँदै छ। नेपालबाट रि–इन्ट्री भिसा भएकाहरूलाई जापान प्रवेशमा लगाइएको रोक हटाउने भएको हो। जापानको पररास्ट्र मन्त्रालयद्वारा प्रकाशित सीमा नियन्त्रणसम्बन्धी सूचनाअनुसार नेपालसहित अफगानिस्तान, भारत, श्रीलंका, बङलादेश र माल्दिभ्सबाट प्रवेशमा लगाएको रोक हटाउने निर्णय भएको उल्लेख छ। सेप्टेम्बर २० तारिखदेखि जापानको आवासीय भिसा भएका रि–इन्ट्री बाहक नेपाली नेपाल–जापान यात्रा गर्न सक्नेछन्। पछिल्लो समय जापान प्रवेश नखुल्दा सयौं नेपालीहरू तेस्रो मुलुक १४ दिन क्वारेन्टिन बसेर जापान आउन थालेका थिए। जापानमा कोभिड संक्रमणदर केही कम भएको र संक्रमण घटेसँगै… पुरा पढौ

लण्डनमा बस्ने पोखरेली स्रष्टा सनमनको सिर्जना मांझी दाइ गीतको भि.डि.ओ.लोकार्पण

पोखरा । पुरानो घर पोखरा राम बजार (पेन्सन क्याम्प)भई हाल लन्डन बस्दै आउनु भएका सनमन गुरुङ्गको रचना तथा संगीतको “माँझी दाइ” बोलको गीत लोकार्पण गरिएको छ । रामबजार सोसाइटी यू.के.का प्रमुख सल्लाहकार तथा सामाजिक अभियन्ता महेश गुरुङ्ले पोखरामा आयोजित एक कार्यक्रममा गीतको भि.डि.ओ.लोकार्पण गर्नु भएको हो ।सनमन गुरुङको आफ्नै रचना तथा संगीत भरेको उक्त माझी दाइ गीत कालिका स्कुल पोखराको शिक्षक ज्ञान थापाले स्वर दिनुभएको छ भने संगीत संयोजन देउराली ब्याण्ड पोखराका तेज केसीले गर्नुभएको छ । पोखराको विभिन्न रमणीय… पुरा पढौ

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या फेरि घट्यो

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि कमी आएको छ । पछिल्ला केही दिनदेखि दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा लगातार कमी हुदै आएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार बिहान सार्वजनिक गरेको विवरणअनुसार भारतमा पछिल्लो २४ घण्टामा २७ हजार २५४ जना नयाँ सङ्क्रमित थपिएका छन् । अघिल्लो दिन सार्वजनिक गरिएको विवरणमा भने २८ हजार ५९१ जना नयाँ सङ्क्रमितहरु थपिएको उल्लेख गरिएको थियो । त्योभन्दा अघिल्लो दिन शनिबार बिहान भारतमा कोरोनाभाइरसबाट एक दिनमा थप ३३ हजार ३७६… पुरा पढौ

बंगलादेशमा १८ महिनापछि विद्यालय खुल्यो

बंगलादेशमा १८ महिनापछि विद्यालय खुलेका छन् । लामो समयसम्म विद्यालयहरू बन्द रहँदा बालबालिकाको सिकाइमा असर पर्ने युनिसेफको चेतावनीपछि आइतबारदेखि विद्यालय खुलेका हुन्। राजधानीको एक विद्यालयमा आइतबार विद्यार्थीहरूलाई फूल र मिठाइले स्वागत गरिएको थियो। विद्यालय प्रशासनले प्रवेशद्वारमा विद्यार्थीको तापक्रम नापिरहेको देखिन्थ्यो। आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर विद्यार्थीहरूलाई कक्षाकोठामा प्रवेश गराइएको थियो। लामो समयपछि विद्यालयमा भेट हुँदा विद्यार्थीहरू अङ्कमाल गर्दै खुशी साटासाट गर्दै गरेका भेटिन्थे। कोरोना भाइरसको संक्रमणले गर्दा दक्षिण एशियामा विद्यालय बन्द छन्। पुरा पढौ

भारतमा कोरोनाभाइरसबाट थप २८ हजारभन्दा बढी सङ्क्रमित

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट थप २८ हजार ५९१ जना सङ्क्रमित थपिएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयले आइतबार बिहान दिएको जानकारीअनुसार नयाँ थपिएका सङ्क्रमितमध्ये २० हजार ४८७ जना केरलाका राज्यमा मात्रै रहेका छन् । पछिल्लो समय केरलामा दैनिक सङ्क्रमितको सङ्ख्या अत्यधिक धेरै देखिएको छ । भारतका बाँकी भू–भागमा भन्दा केरलामा सङ्क्रमितको सङ्ख्या धेरै देखिएको हो । भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या तीन करोड ३२ लाख ३६ हजार ३३० पुगेको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भारतमा अहिले कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै… पुरा पढौ