प्रवास

आइएसका वरिष्ठ सदस्य सामी जसिम गिरफ्तार

इराकी प्रधानमन्त्री मुस्तफा अल–कादिमीले इस्लामिक स्टेट (आइएस) का उच्चपदस्थ सदस्य सामी जसिमलाई इराक बाहिरको कारबाहीमा सोमबार गिरफ्तार गरेको घोषणा गरेका छन्। इराकको गुप्तचर सेवाले आइएसको आर्थिक मामिलाको जिम्मा र पूर्व आइएस नेता अबु बकर अल–बगदादीका डेपुटी जसिमलाई गिरफ्तार गर्न देश बाहिर एउटा जटिल अभियान चलाएको प्रधानमन्त्रीले आफ्नो ट्वीटमा उल्लेख गरेका छन्। अल कादिमीले कहिले र कहाँ ठ्याक्कै उक्त अपरेशन भयो भन्ने बारे थप विवरण भने बताएका छैनन्। इराकी संयुक्त अपरेसन कमाण्डले जारी गरेको विज्ञप्तिका अनुसार जसिमलाई इराकको सिमाना बाहिर एक… पुरा पढौ

सिरियाको अफ्रिनमा कार बम विस्फोट, ६ जनाको मृत्यु

सिरियाको उत्तरी शहर अफ्रिनमा सोमबार भएको कार बम विष्फोटमा कम्तीमा १ टर्की समर्थित विद्रोही लडाकु सहित ६ जनाको मृत्यु भएको छ। अफ्रिनमा पनि टर्की समर्थक विद्रोहीहरूद्वारा हुने अन्य क्षेत्रहरू जस्तै नियमित लक्षित हत्या, बम विस्फोट र गोली हानाहान को दृश्य सामान्यरूपमा देखिन्छ। बेलायतस्थित ‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’ले बताएअनुसार सोमबार विद्रोहीको नियन्त्रणमा रहेको शहरको बीचमा ‘सर्वसाधारणको भिड लागेको क्षेत्रमा’ विष्फोटक पदार्थले भरिएको गाडी विष्फोट भएको बताइएको छ। रासस पुरा पढौ

नोबेल शान्ति पुरस्कार विश्व प्रेसका लागि ’शुभ समाचार: गोर्भाचोभ

पूर्वसोभियत नेता तथा नोबेल शान्ति पुरस्कार विजेता मिखाइल गोर्बाचेभले शुक्रबार पत्रकार मारिया रेसा र दिमित्री मुराटोभलाई प्रदान गरिएको यसवर्षको नोबेल शान्ति पुरस्कार विश्वका प्रेसका लागि ‘शुभ समाचार’ भएको बताएका छन्। ‘यो राम्रो छ, धेरै राम्रो खबर छ, यस पुरस्कारले आधुनिक संसारमा प्रेसको महत्वलाई ठूलो उचाइमा पु¥याउँछ,’ नेता गोर्भाचोभको टिप्पणी छ। एएफपी पुरा पढौ

पाकिस्तानमा ५.७ म्याग्निच्युडको भूकम्प, २० जनाको मृत्यु, सयौं घाइते

पाकिस्तानको दक्षिण–पश्चिम प्रान्त बलुचिस्तानमा आज (बिहीबार) बिहान ५.७ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा २० जनाको मृत्यु भएको छ। उद्दारकर्ताहरुले भत्किएका संरचनाहरु हटाउने र अवरुद्ध सडकलाई खुलाउने प्रयास गरिरहेका छन्। प्रान्तीय राजधानी क्वेटादेखि १०० किलोमिटर पूर्व पर्ने हानी जिल्लालाई केन्द्रविन्दू बनाएर भूकम्प गएको थियो। अमेरिकी भूगर्भ विभागका अनुसार जमिनको सतहदेखि २० किलोमिटर तलदेखि भूकम्पको धक्का महसुस गरिएको छ।‘हामीले २० जनाको मृत्यु र १०० भन्दा बढीको मृत्यु भएको हुनसक्ने अनुमान गरेका छौं’ प्रान्तीय मन्त्री जिया लोंगोभले अलजजिरासँग भनेका छन्। उनका अनुसार भूकम्पपछि गएको… पुरा पढौ

बडा दसैँ सुरु

आज आस्विन शुक्ल प्रतिपदा अर्थात नेपालीहरुको महान पर्व बडादसैँ सुरु भएको दिन। आजदेखि यस वर्षको बडादसैँ सुरु भएको मानिन्छ। बडा दसैँको पहिलो दिन आज घटस्थापना। घर–घरमा कलश स्थापना गरी घटस्थापना मनाउने चलन छ। आश्विन शुक्ल पक्ष प्रतिपदाका दिनलाई घटस्थापना गरिन्छ। आजकै दिनदेखि नवरात्र आरम्भ हुन्छ। घटस्थापनाका दिन दियो, गणेश र कलशको पूजा गरी घटस्थापना गर्ने र शक्तिस्वरुपा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा गर्दै जमरा राखिन्छ। घटस्थापनाको शुभसाइत बिहान ११ः ४६ मा रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। नवरात्रभर दुर्गा सप्तशती… पुरा पढौ

१२७ वर्षीय एरिट्रियाली नाताबे तिन्सीउको निधन

अफ्रिकी मुलुक एरिट्रियाका १२७ वर्षीय एक व्यक्तिको निधन भएको छ। एरिट्रियाका नाताबे तिन्सीउको १२७ वर्षको उमेरमा निधन भएको बीबीसीले जनाएको छ। उनका नाति जेरे नाताबेले हजुबुवाको नाममा सबैभन्दा धेरै वर्ष बाँच्ने व्यक्तिको विश्व कीर्तिमानमा लेखिने अपेक्षा गरेका छन्। आफ्नो हजुरबुवा दीर्घजीवी हुनुको कारण धैर्य, उदारता र आनन्दित जीवन रहेको बताएका छन्। नाताबेको सोमबार अजिफामा मृत्यु भएको परिवारले जनाएको छ। उक्त गाउँमा ३ सय जनाको बसोबास रहेको छ। उनका नातिले चर्चले राखेको जन्म दर्ता सहितको तथ्यांकमा उनी सन् १८९४ मा जन्मिएको… पुरा पढौ

अमेरिकाको ५० वटै राज्यमा गर्भपतनको माग

अमेरिकामा गर्भपतनको समर्थनमा हजारौंले प्रदर्शन गरेका छन्। टेक्सस राज्यमा गर्भपतनको अधिकारमा केही परिमार्जन गरिएपछि त्यसको विरोध गर्दै प्रदर्शन गरिएको हो। अन्य राज्यहरुमा पनि कानुन परिमार्जन हुनसक्ने भन्दै त्यसविरुद्ध महिला तथा अधिकारकर्मीहरु प्रदर्शनमा उत्रिएका हुन्। अमेरिकामा सन् १९७३ मै गर्भपतनलाई कानुनी मान्यता दिइए पनि रिपब्लिकनहरुले बेला बेलामा गर्भपतन सम्बन्धि प्रावधानहरुलाई परिमार्जन गर्ने गरेका छन्। रिपब्लिनको सरकार रहेको टेक्सासमा ६ साताको गर्भपतन गर्न प्रतिबन्ध लगाइएको छ। कति समयको गर्भपतन गर्न पाउने भन्ने विषय सधैं विवादको विषय बन्दै आएको छ। अमेरिकी सर्वोच्च अदालतमा… पुरा पढौ

ब्राजिलको १६० भन्दा बढि शहरमा राष्ट्रपति बोल्सोनारोको विरोध

ब्राजिलको १६० भन्दा बढि शहरमा राष्ट्रपति जैर बोल्सोनारोको विरोधमा हजारौँ प्रदर्शनकारीहरू सडकमा निस्किएकाएकै समय भेला भएका प्रदर्शनकारीहरुले राष्ट्रपतिले पदत्याग नगरेसम्म प्रदर्शन जारी राख्ने बताएका छन्। ब्राजिलको विपक्षी दल र ट्रेड युनियनको संयुक्त आयोजनामा गरिएको प्रदर्शनमा हजारौँ नागरिक उपस्थित भएको समाचारहरुमा जनाइएको छ। राष्ट्रपति बोल्सोनारोको लापर्बाहीकै कारण ब्राजिलमा कोरोना भाइरसको संक्रमणबाट ६ लाखभन्दा धेरैको ज्यान गएको उनीहरुको आरोप छ। राष्ट्रपतिका कारण देशमा भ्रष्टाचार, गरिबी, भोकमरीको समस्या बढेको भन्दै लोकतन्त्रको रक्षाका लागि नागरिक एकजुट भएको प्रदर्शनकारीको भनाई छ। बीबीसी पुरा पढौ

डब्लुएचओले कोभिड–१९ को जानकारी नेपाली भाषामा दिने

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोभिड–१९ सम्बन्धी जानकारी अब नेपाली भाषामा उपलब्ध गराउने भएको छ। डब्लुएचओले पाँचमा विज्ञान (‘साइन्स इनफाइभ’) कार्यक्रममार्फत पोडकाष्टबाट कोभिड–१९ सम्बन्धी जानकारी गराउने भएको हो। आजदेखि प्रत्येक शुक्रबार दृश्य र श्रव्यमा दुवैमा कोभिड–१९ को जानकारी गराउने छ। कोभिड–१९ सम्बन्धी अफवाह र गलत समाचार फैलिन थालेपछि डब्लुएचओले इन्टरनेट प्रयोगकर्तालाई लक्षित गरी यो पोडकाष्ट थालेको हो। यसले अफवाहलाई चिर्न र सत्य सूचनामा मात्रै विश्वास गर्न सहयोग मिल्ने बताइएको छ। पोष्ट कार्डको नयाँ अंक प्रत्येक शुक्रबार साउण्ड क्लाउडमा पाँचमा विज्ञान च्यानलमार्फत… पुरा पढौ

चीनको सिचुवानमा पहिरो जाँदा थुप्रै बेपत्ता

दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तको तियानक्वान काउन्टीमा भारी वर्षाका कारण आइतबार बिहान गएको पहिरामा धेरै मानिस बेपत्ता भएका छन्। आइतबार बिहान १०ः२० बजेसम्म ४ जनालाई उद्धार गरिएको छ। तियानक्वानको आपत्कालीन व्यवस्थापन मुख्यालयका अनुसार उद्धार गरिएकामध्ये २ जना सामान्य घाइते भएका छन् भने अर्का १ जना अचेत अवस्थामा छन्। त्यसैगरी, अर्का १ जना भने उद्धारका क्रममा स्थिर अवस्थामा पाइएका छन्। तियानक्वानको प्रशासन हेर्ने यान सिटीको आपत्कालीन व्यवस्थापन ब्युरोका अनुसार ती ४ जना स्थानीय निर्माणस्थलको अस्थायी छाप्रोभित्र थिए। आइतबार बिहान पहिरामा परी मानिस… पुरा पढौ