पश्चिम युरोपमा आएको बाढीका कारण १ सय २० जनाले ज्यान गुमाएका छन्। ज्यान गुमाउनेमध्ये धेरैजसो जर्मनीका रहेको संचारमाध्यमहरुले जनाएको छ। बाढीका कारण पश्चिमी र दक्षिणी जर्मनीका २ गाउँ तहसनहस भएका छन्। बाढीका कारण सयौँ घर बगेका छन् भने सयौँ सर्वसाधारण बेपत्ता भएका छन्। बाढीले जर्मनी, बेल्जियम, लक्जम्बर्ग र नेदरल्याण्ड्सको जनजीवन प्रभावित बनेको छ। जर्मनीको राइनल्यान्ड प्यालाटिनेट राज्यका १३ सय नागरिक हराइरहेका संचारमाध्यमहरुको समाचारमा उल्लेख छ। जर्मनीका मौसम विभागका प्रवक्ता एन्ड्रियास फ्रेडरिकले भीषण बाढी एक सय वर्षयताकै खतरनाक भएको बताएका छन्।…
पुरा पढौ