प्रवास

ह्याप्पी न्यू इअर २०२१, कोरोना कहरको वर्ष २०२० लाई यसरी गरियो विदाई, आज नेपाली टोपी दिवस पनि

आजबाट ईस्वी संवतको नयाँ वर्ष २०२१ प्रारम्भ भयो। नयाँ वर्ष २०२१ लाई स्वागत गर्न विश्वभर गरिदैंछ। अब, २०२० विगत बन्यो। नयाँ वर्ष २०२१ को मिर्मिरेमा विश्वले प्रवेश ग¥यो। कोरोना कहरका कारण सन् २०२० विश्वकै लागि विर्सनलायक बन्यो। अर्थात, २०२० विषम र कठिन वर्ष बन्यो। २०२० भर नै विश्व लकडाउनमै बाँधियो। चीनको उहान प्रान्तबाट देखा परेको कोरोना (कोभिड–१९) ले पूरै विश्व समाजलाई नै बन्दाबन्दीमा राख्यो। दोश्रो विश्वयूद्धपछिको सर्वाधिक ठूलो विषम र कठिन वर्षको रुपमा यो २०२० को वर्ष बन्यो। अझैपनि, विश्वमा… पुरा पढौ

पोर्चुगलमा कोभिडबाट नेपाली युवकको मृत्यु

कोभिडबाट पोर्चुगलमा २७ वर्षीय नेपाली युवक तिलबहादुर रानाको उपचारका क्रममा मृत्यु भएको छ । साउ जोसे अस्पताल मार्तिमुनिज लिस्बनमा उपचाररत उनी विगत दुई वर्षदेखि पोर्चुगललाई आफ्नो कर्मथलो बनाउँदै आउनुभएको थियो । तनहुँ घर भएका उनी विगत एक महिनादेखि निमोनिया र कोभिडको सङ्क्रमणबाट ग्रसित भई आइसोलेशनमा रही उपचाररत रहेको परिवार स्रोत्रले जानकारी दिएको छ । कोभिडको कारण ज्यान गुमाउने उनी छैठांै व्यक्ति भएको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ । पोर्चुगलमा कोभिडका कारण नेपाली महिलाको उपचारको क्रममा मृत्यु भएको थियो । यससँगै कोभिडबाट… पुरा पढौ

चिनियाँ उच्च प्रतिनिधि आज काठमाडौं आउँदैछन्

उत्तरी छिमेकी चीनका उच्च अधिकारी आज (आइतबार) काठमाडौं आउने भएका छन्। चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौकोको नेतृत्वको टोली आइतबार काठमाडौं आउन लागेको हो। नेकपा उच्च स्रोत भन्छ, ‘पार्टीमा आएको फुटबारे चिनियाँ कम्युनिस्ट पार्टीले चिन्ता व्यक्त गरेको छ । त्यही चिन्तासहित उपमन्त्री येचौकोको नेपाल भ्रमण हुन लागेको हो।’ उपमन्त्री येचौकोले नेकपाका शीर्ष नेताहरुलाई भेट्ने बताइएको छ। तर, भ्रमणबारे नेकपा र काठमाडौंस्थित चिनियाँ दूताबासले थप बताएको छैन। यसअघि, चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति, प्रधानमन्त्रीका साथै नेकपाका शीर्ष नेताहरुलाई भेटेकी… पुरा पढौ

कुवेतमा पनि कोरोनाविरुद्धको खोप भोलीबाट

कुवेत सिटी । कुवेतमा पनि कोरोनाभाइरस विरुद्धको खोप दिन थालिने भएको छ । बिहीबार (भोलि) देखि खोप लगाउने अभियान नै चलाइने कुवेतका स्वास्थ्य मन्त्री बसेल अल सबाहले बुधबार जानकारी दिए । खोप अभियानअन्तर्गत सबैभन्दा पहिला वृद्धवृद्धा र अग्रपङ्तिमा खटिएकाहरुलाई खोप लगाइने भएको छ । उनले एक वर्षभरी एक÷एक महिनाको अवधिमा खोप ल्याइने पनि जानकारी दिए । खोप देशव्यापी रुपमा सबै नागरिकलाई लगाइ दिने योजना बनाइएको पनि उनले बताए । पछिल्ला महिनाहरुमा कोरोनाभाइरसको महामारी नियन्त्रण गर्न र खोप ल्याउनका लागि स्वास्थ्यकर्मीहरुले… पुरा पढौ

कोरोनाका कारण भारतका विभिन्न राज्यमा कफ्र्यु

भारत । कोरोनाभाइरसको महामारी थप फैलिन नदिन भन्दै भारतका विभिन्न राज्यमा कफ्र्यु जारी गरिएको छ । दक्षिण पश्चिमी राज्य कर्नाटकमा बुधबारदेखि जनवरी २ तारिखसम्म लागू हुनेगरी बुधबार नै कफ्र्यु आदेश जारी गरिएको छ । कफ्र्यु रातको समयमा मात्रै लागू हुने भएको छ । राति १० बजेदेखि बिहान ६ बजेसम्म मात्रै लागू हुनेगरी कफ्र्यु आदेश जारी गरिएको अधिकारीहरूले जनाएका छन् । यसअघि भारतकै महाराष्ट्र राज्यले पनि सातघण्टे कफ्र्यु आदेश जारी गरेको केही दिनपछि कर्नाटक राज्यले आठ घण्टे कफ्र्यु लगाएको हो ।… पुरा पढौ

विद्यालयबाट अपहरित ३४४ विद्यार्थी मुक्त

नाइजेरियाको उत्तरी राज्य कितसिनाबाट करिब एक हप्ता अगाडी बन्दुकधारीहरुले विद्यालयमा आक्रमण गरी बेपत्ता पारिएका ३४४ विद्यार्थी मुक्त भएका सो राज्यका गभर्नर अमिनु मासारीले बताउनु भएको छ । यस घटनामा यहाँको आतङ्ककारी समूह बोको हरामको हात रहेको छ । अपहरण मुक्त भएका प्रायःविद्यार्र्थिहरु केटा भएका मसारीले नाइजेरियाली टेलिभिजन एनटिएनलाई बताउनु भएको छ । हाल ती विद्यार्थिहरु कितसिना राज्यतर्फ फर्किर्दै गरेका र उनीहरुलाई स्वास्थ्य उपचार गराई परिवारजनको जिम्मा लगाइने मसारीले बताउनु भएको छ । कितसिना राज्यको कंकरा इलाकामा रहेको सरकारी विज्ञान माध्यमिक… पुरा पढौ

अमेरिकामा कोभिड-१९ भ्याक्सिन लगाउन शुरु

अमेरिकामा कोभिड - १९ भ्याक्सिन लगाउन सोमबारबाट शुरु भएको छ । फ्रण्टलाइनमा काम गरिरहेकी एक नर्सलाई खोप लगाएर शुरु गरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । आइसियूमा कार्यरत न्यूयोर्कको लङ आइल्याण्डकी उनलाई सो खोप लगाइएको हो । अर्को सालको अप्रिलसम्म १० करोड मानिसलाई खोप दिने लक्ष्य राखेको अमेरिकले सोमबार १५० अस्पतालमा सो खोप दिएको समाचारमा जनाइएको छ । एजेन्सी । पुरा पढौ

विद्यालयमा आक्रमण गरी ३०० भन्दा बढी विद्यार्थीको अपहरण

नाइजेरियाको लागोसमा शुक्रबार र आइतबार अज्ञात बन्दुकधारीहरुले गरेको आक्रमणका कारण यहाँका कम्तीमा पनि ३०० जना विद्यार्थी बेपत्ता भएका बताइएको छ । यहाँका सुरक्षा अधिकारीहरुले दिएको जानकारीअनुसार बन्दुकधारीहरुले गरेको सो हमलामा परी ती बालबालिका हराएका हुन् । नाइजेरियाको उत्तर पश्चिमी राज्य कातसिनाको एक प्राथमिक विद्यालयमा सो हमला भएको हो । सो राज्यका गभर्नर अमिनु मासारीले सो जानकारी दिनुभएको छ । उहाँले शुक्रबार र आइतबार सो विद्यालयमा गरिएको हमलाका कारण सो विद्यालयका ३०० भन्दा बढी विद्यार्थी सम्पर्कहिन भएका बताउनुभएको हो । सो… पुरा पढौ

जापानमा एकै दिनमा अहिलेसम्मकै धेरै एकैदिनमा ३ हजारभन्दा बढी कोरोना संक्रमित

जापानमा पछिल्लो समयमा कोरोना भाइरसको समस्या बढ्दै गएको देखिएको छ । जापानमा शनिबार एकैदिन अहिलेसम्मकै धेरै संक्रमितहरु थपिएका बताइएको छ । जापानको स्वास्थ्य मन्त्रालयले सो कुराको जानकारी दिएको हो । उक्त मन्त्रालयका अनुसार यहाँ शनिबार एकै दिनमा कम्तीमा पनि ३ हजार जना संक्रमित थपिएका छन् । जापानको राजधानी टोकियोमा शनिबार अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएको जानकारी गराइएको हो । सबैभन्दा बढी टोकियो र त्यसपछि अरु केही जिल्लामा यो संख्याका संक्रमित भेटिएका बताइएको छ । यो सँगै जापानमा अहिलेसम्म संक्रमण हुने… पुरा पढौ

साउदीले पनि नेपाल ओलम्पिक कमिटीसित माग्यो समर्थन

साउदी अरेबियाले पनि नेपाल ओलम्पिक कमिटी (एनओसी)सँग सन् २०३० को २१ औं एसियाली खेलकुद आयोजनाका लागि समर्थन मागेको छ। हीबार नेपाल ओलम्पिक कमिटीका अध्यक्ष एवं सांसद जीवनराम श्रेष्ठसँग भएको भर्चुअल बैठकमा साउदीका खेलकुदमन्त्री तथा साउदी ओलम्पिक कमिटीका अध्यक्ष अब्दुलाजिज बिन तुर्की अलफैसालले समर्थन मागेका हुन्। सो क्रममा राजपरिवारका सदस्यसमेत रहेका अलफैसालले तयारीका बारेमा तयार पारेको भिडियो प्रिजेन्टेसनसमेत गरेका थिए। अलफैसालको नौ सदस्यीय टोली बुधबार राति चार्टर्ड फ्लाइटमा काठमाडौं आउने कार्यक्रम रहेको भएपनि अन्तिम समयमा प्राविधिक कारणले फ्लाइट स्थगित हुन पुगेको… पुरा पढौ