प्रवास

टोकियो ओलम्पिक २०२१ अझै ढिला हुने संभावना

सन् २०२१ मा जापानमा सुरु हुने भनिएको टोकियो ओलम्पिक सर्ने संभावना बढेर गएको छ। जापान सरकारले जुलाईमा प्रतियोगिता सुरु गर्ने यसअघि नै घोषणा गरेपनि जापानमा कोराना महामारी बढेसँगै लगाइएका प्रतिवन्दका कारण प्रतियोगिता सुरु गर्न ढिलाइ हुने भएको हो। प्रधानमन्त्री योसिहिदा सुगाले तोकिएको समयमै ओलम्पिक प्रतियोगिता संचालन गर्ने प्रतिवद्धता जनाएपनि कोरोनाको संक्रमण जारी रहेकाले प्रतियोगिता सर्ने संभावना रहेको अधिकारीहरुले जनाएका छन्। विश्व खेलकुदको यो कुम्भमेला यसअघि गत वर्ष २०२० को २४ जुलाईदेखि ९ अगस्तसम्म हुने तय भएको थियो। विश्वव्यापी कोरोना भाइरस… पुरा पढौ

बेलायती प्रधानमन्त्री जोनसनले भने, ‘हिंसा भड्काउन डोनाल्ड ट्रम्प जिम्मेवार’

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले अमेरिकामा हिंसाको घटना हुनुमा राष्ट्रपति डोनाल्ड ट्रम्प जिम्मेवार रहेको आरोप लगाएका छन्। ‘यस्तो लाग्छ कि ट्रम्पले क्यापिटलमा बलपूर्वक प्रवेश गर्न उक्साए र अहिलेसम्म निष्पक्ष निर्वाचनमाथि प्रश्न उठाइरहेका छन् । यो सरासर गलत छ भन्ने मेरो मान्यता हो,’ जोनसनले भनेका छन्। उनले उल्लेख गरेका छन्, ‘निर्वाचित राष्ट्रपतिको जितलाई औपचारिकता प्रदान गरिएकोमा आफूलाई खुशी लागेको र यसले लोकतन्त्रलाई बचाएको छ।’ पुरा पढौ

ट्रम्प समर्थकको हिंसात्मक प्रदर्शनमा एक महिलाको ज्यान गयो

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थकले गरेको हिंसात्मक प्रदर्शनको क्रममा गोली लागेर एक महिलाको ज्यान गएको छ। ट्रम्प समर्थकले संसद भवन क्यापिट हिलभित्र गरेको प्रदर्शनलाई रोक्ने क्रममा नेशनल गार्डले गोली चलाउँदा प्रदर्शन गर्नेमध्येकै एक महिलालाई गोली लागेको हो। गोली लागेपछि महिलालाई अस्पताल लगिएको थियो । उनको उपचारको क्रममा ज्यान गएको बीबीसीले जनाएको छ। राष्ट्रपति चुनावको मत परिणाम उल्ट्याउने ट्रम्पको प्रयासले अमिरिकामा हिंसा मच्चिएको हो। वासिङ्टनमा रहेको संसद भवन (क्यापिटल बिल्डिङ)मा अमेरिकी कांग्रेसमा इलेक्टोरल कलेजलाई लिएर बहस चलिरहेको थियो। यही बहसपछि राष्ट्रपतिमा… पुरा पढौ

हार स्वीकार्न नसकेका ट्रम्पले संसद भवन क्यापिट हिलमै आक्रमण गराए

जनवरी ६ को सन्ध्या अमेरिकी प्रजातन्त्रमा कहिल्यै नमेटिने कालो धब्बा बनेर आयो । निर्वाचनमा भएको पराजय स्वीकार्न नसकेर बहालवाला अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी प्रजातन्त्रको मन्दिर मानिने संसद भवन क्यापिट हिलमै आक्रमण गराएका छन्। जसको सर्वत्र निन्दा र भत्र्सना शुरु भएको छ। राष्ट्रपति निर्वाचित जो बाइडनदेखि वर्तमान उपराष्ट्रपति माइक पेन्स, रिपब्लिकन सिनेटरहरुसम्मले यस हर्कतको निन्दा गरेका छन्। राष्ट्रपति निर्वाचित बाइडनले यस आक्रमणलाई विद्रोहको संज्ञा दिँदै तत्काल आफ्ना समर्थकलाई नियन्त्रण गर्न ट्रम्पसँग आग्रह गर्दै भनेका छन्, ‘यो कुनै विरोध होइन। यो… पुरा पढौ

कोरोनाका कारण विश्वभर ६०२ पत्रकारको मृत्यु

कोरोना भाइरसबाट संक्रमित भएकामध्ये विश्वभरी ६०० भन्दा बढी पत्रकारको मृत्यु भएको समाचार छ। सन् २०२० को मार्चदेखि डिसेम्बर अन्त्यसम्ममा उनीहरुको मृत्यु भएको विवरण प्रेस स्वतन्त्रतासम्बन्धी एउटा संस्थाले सार्वजनिक गरेको हो। सो संस्थाले प्रतिवेदन सार्वजनिक गर्ने क्रममा पत्रकारहरु पनि अग्रपंक्तिमा हुने भएकाले उनीहरुलाई कोरोनाविरुद्धको खोपमा पनि प्राथमिकता दिन आग्रह गरेको छ। प्रेस एम्ब्लेम क्याम्पेन (पीइसी)ले विश्वभरी कोरोनाका कारण ६०२ पत्रकारको मृत्यु भएको विवरण सार्वजनिक गरेको हो। तीमध्ये आधाभन्दा बढी अर्थात् ३०३ जना ल्याटिन अमेरिकी मुलुकका परेका छन्। त्यसैगरी, एसियाका १४५ जना… पुरा पढौ

विद्यालय, जिमखाना र सिनेमा हलहरु खुल्दै

कोभिडका कारण बन्द भएका विद्यालयहरू खुल्ने भएका छन् । आइतबार बसेको कोभिड रोकथाम तथा नियन्त्रण समिति (सीसीएमसी) निर्देशक समितिको बैठकले आवश्यक परेमा विद्यालय, चलचित्र घर, जिमखाना लगायतलाई बन्द गर्न सक्ने अधिकार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई दिएर हाललाई खुल्ला गर्ने निर्णय गरेको हो। सरकारको पूर्व निर्णयअनुसार रोक लगाइएका सबै क्षेत्रहरूमा वर्तमान स्थितिको विश्लेषण गरी रोक लगाउन सक्ने गरी अधिकार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई दिएर हाललाई खुल्ला गर्न मन्त्रिपरिषदमा प्रस्ताव पठाउने निर्णय गरिएको हो। यस्तै, बैठकले नयाँ कोरोना भाइरसको संक्रमणको… पुरा पढौ

नक्कली पीसीआर रिपोर्ट पेश भएको पाइएपछि विदेश जान खोज्ने पक्राउ

कोभिड–१९ को नक्कली पीसीआर रिपोर्ट बनाएर विदेश जान खोज्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार, सल्यानका दिनेशसिंह, धनुषाका तेजनारायण महत्तो, छेदी महतो र सोलेन्द्र महतो, मकवानपुरका रोशनप्रसाद आचार्य, अर्घाखाँचीका प्रवीन भट्टराई र सिन्धुपाल्चोकका माइला तामाङ पक्राउ परेका हुन्। महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रमेश विष्टका अनुसार, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार राति उनीहरु विदेश जान लाग्दा नक्कली पीसीआर रिपोर्ट पेश भएको पाइएपछि पक्राउ परेका हुन् । पीसीआर रिपोर्ट नक्कली भएको आशंकामा विमानस्थल प्रहरीले उनीहरुलाई रोकी अनुसन्धानका लागि गौशाला पठाएको थियो।… पुरा पढौ

नाइजरमा संदिग्ध चरमपन्थीले कम्तीमा ५६ को हत्या गरे

नाइजरमा संदिग्ध इस्लामी चरमपन्थीले मालीको सीमा नजिकै एक गाउँमा हमला गरेर कम्तिमा ५६ व्यक्तिको हत्या गरेका छन् । रिपोर्टका अनुसार हमलामा २० जना घाइते भएका छन्। स्थानीय अधिकारीले बीबीसीसँग कुराकानीमा दिएको जानकारीअनुसार चरमपन्थीले टिल्लाबेरी इलाकामा चामोबांगोऊ नामको गाउँमा हमला भएको पुष्टि गरेका छन्। यो इलाकामा सन् २०१७ देखि नै आपतकाल लगाइएको छ। हालका महिनामा यो इलाकामा छिमेकी देशबाट माली आउने संदिग्ध जेहादीले विभिन्न हमला गरेका छन्। यस्तै समाचार एजेन्सी एएफपीले अधिकारीलाई उद्धृत गर्दै दुई गाउँ हमलाको शिकार भएको र मृत्यु… पुरा पढौ

ट्रम्पको कार्यकालमै ट्रम्पको भिटो अमेरिकी संसद कँग्रेसद्वारा अस्वीकार

अमेरिकी संसदका दुबै सदनले पारित गरेको सुरक्षा खर्चसम्बन्धी विधेयक रोक्न राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रयोग गरेको भिटो अमेरिकी संसद कँग्रेसले अस्वीकार गरेको छ। राष्ट्रपति ट्रम्पको कार्यकालमै पहिलोपटक यसरी संसदले राष्ट्रपतिले प्रयोग गरेको भिटो अस्वीकार गरेको हो। रिपब्लिकनहरुकै नियन्त्रण रहेको सिनेटमा नयाँ वर्षकै दिन विशेष अधिवेशन आव्हान गरी विधेयकका विषयमा छलफल गरिएको थियो। सिनेटमा विधेयकको पक्षमा ८१ र विपक्षमा १३ मत परेको छ। यसअघि नै प्रतिनिधिसभाबाट विधेयक पारित भइसकेको थियो। राष्ट्रपतिले प्रयोग गरेको भिटो रोक्न दुबै सदनमा दुई तिहाई बहुमतको आवश्यकता पर्छ।… पुरा पढौ

नयाँ वर्षको पहिलो दिन विश्वभर ३ लाख ७१ हजार नयाँ शिशुको जन्म

नयाँ बर्ष सन् २०२१ को पहिलो दिन जनवरी १ का दिन संसारभरी ३ लाख ७१ हजार ५०४ जना जन्मिएको युनिसेफले जनाएकोछ। कम्बोडियाका लागि युनिसेफका प्रतिनिधि फोरुघ फोयौजातले भनेका छन्, ‘हजारौँ नयाँ सुन्दर बालबालिकाहरुलाई स्वागत गर्न पाइएको छ, यसले हामीलाई रोमान्चित बनाएको छ।’ फोरुघद्वारा जारी वक्तव्यमा लेखिएको छ, ‘गत बर्ष सन् २०२० सवैका लागि चुनौतिपूर्ण बर्ष बनेको थियो। त्यसमा पनि बालबालिकाहरुका लागि झनै चुनौतीपूर्ण भएको थियो। तथापि, कम्बोडियाले कोरोनाभाइरसको महामारीमा राम्रो व्यवस्थापन गरेको पाइयो।’ संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले शुक्रबार सार्वजनिक गरेको… पुरा पढौ